धर्मशास्त्रहरू
मोसीयाह १०


अध्याय १०

लामान राजा मर्दछन्—उसका जन जङ्गली र डरलाग्दा छन् र गलत परम्पराहरूमा विश्वास गर्दछन्—जेनिफ र उनका जन उनीहरूबिरुद्ध विजय प्राप्त गर्दछन्। लगभग ई.पू. १८७–१६०।

अनि यस्तो हुन गयो कि हामीले अधिराज्यको स्थापना गर्न पुन: प्रारम्भ गऱ्यौं र हामीले भूमि शान्तिका साथ स्वामित्वमा लिन पुन: प्रारम्भ गऱ्यौँ। अनि मैले अह्राएँ कि त्यहाँ प्रत्येक प्रकारका युद्धका हतियारहरू बनाइनुपर्छ, कि त्यसबाट मेरा जनविरुद्ध लमानीहरू फेरि युद्ध गर्न आउने समयमा मसँग मेरा जनका लागि हतियारहरू होऊन्।

अनि मैले भूमिका वरिपरि रक्षकहरू तैनाथ गरेँ, कि लमानीहरू फेरि हामीलाई थाहै नदिई आएर हाम्रो नाश नगरून्; अनि यसरी मैले मेरा जनको र मेरा बथानको रक्षा गरेँ र उनीहरूलाई हाम्रा शत्रुहरूका हातमा पर्नबाट संरक्षण गरेँ।

अनि यस्तो हुन गयो कि हामीले हाम्रा पितापुर्खाहरुको भूमि धेरै वर्षसम्म अधीनमा लियौँ, हो बाइस वर्षको अन्तरालसम्म।

अनि मैले अह्राएँ कि मानिसहरूले जमिन जोत्न, सबै किसिमका अन्नहरू र सबै किसिमका फलफूलहरू उब्जाउन पर्दछ।

अनि मैले अह्राएँ कि स्त्रीहरूले धागो कात्नु पर्दछ र मेहनत गर्नुपर्दछ र कार्य गर्नुपर्दछ र सबै किसिमका मलमलका काम गर्नुपर्दछ, हो र प्रत्येक प्रकारका वस्त्रहरूका, कि हामीले हाम्रो नाङ्गोपनलाई ढाक्न सकौँ; अनि यसरी हामीले यो भूमिमा उन्नति गऱ्यौं—यसरी बाइस वर्षको अन्तरालसम्म हामीसँग यो भूमिमा निरन्तर शान्ति थियो।

अनि यस्तो हुन गयो कि लामान राजा मरे, अनि उनका छोराले उनका सट्टामा शासन गर्न प्रारम्भ गरे। अनि उनले आफ्ना जनलाई मेरा जनविरुद्ध विद्रोह गर्न भड्काउन सुरु गरे;त्यसकारण उनीहरूले युद्ध गर्न र मेरा जनविरुद्ध लडाइँ गर्न आउन तयारी गर्न सुरु गरे।

तर मैले शेम्लोनको भूमि वरिपरि मेरा जासुसहरू पठाएको थिएँ, कि मैले उनीहरूका तयारीहरू पत्तालगाउन सकूँ कि मैले उनीहरूका विरुद्ध रक्षा गर्न सकूँ, कि उनीहरू मेरा जनमाथि आउन र उनीहरूको विनास गर्न नसकून्।

अनि यस्तो हुन गयो कि उनीहरू शिलोमको भूमिको उत्तरपट्टि माथि आए, उनीहरूका अनगिन्ती सैन्यहरू साथ, मानिसहरू धनुहरूका साथ र बाणहरूका साथ र तरबारहरूका साथ र खुडाहरूका साथ र ढुङ्गाहरूका साथ र गुलेलीहरूका साथ; र तिनीहरूले तिनीहरूका शिरहरू खौरिएका थिए कि उनीहरू नाङ्गा थिए; अनि उनीहरूका कम्मरहरू वरिपरि एक छालाको पटुका बेरेका थिए।

अनि यस्तो हुन गयो कि मैले अह्राएँ कि मेरा जनका स्त्रीहरूलाई र बालबालिकाहरूलाई उजाड स्थानमा लुकाइनुपर्दछ; अनि मैले यो पनि अह्राएँ कि मेरा सबै बृद्धहरू जो हतियारहरू बोक्न सक्षम छन् र मेरा सबै युवाहरू पनि जो हतियारहरू बोक्न सक्षम छन्, लमानीहरूविरुद्ध लडाइँमा जान स्वयम् एकसाथ जम्मा हुनुपर्दछ; अनि मैले, प्रत्येक मानिस उनीहरूका उमेरअनुसार, उनीहरूका दर्जाहरूमा राखेँ।

१० अनि यस्तो हुन गयो कि हामी लमानीहरूविरुद्ध लडाइँ गर्न गयौँ; अनि म, मसमेत, मेरो बूढो उमेरमा, लमानीहरूविरुद्द लडाइँ गर्न गएँ। अनि यस्तो हुन गयो कि हामी परमप्रभुको शक्तिमा लडाइँ गर्न गयौँ।

११ अब, लमानीहरूलाई परमप्रभुका बारेमा केही थाहा थिएन, न त उहाँको शक्तिका बारेमा, त्यसकारण उनीहरू उनीहरूका आफ्नै शक्तिमाथि भर पर्दथे। तैपनि उनीहरू, मानिसहरूका सामर्थ्यमा, एक शक्तिशाली जन थिए।

१२ उनीहरू एक जङ्गली र डरलाग्दा र एक रक्तपिपासु जन थिए, उनीहरूका पितापुर्खाहरुका परम्पराहरूमा विश्वास गर्दै, जुन यो हो—विश्वास गर्दै कि उनीहरूका पितापुर्खाहरुका दुष्टताहरूका कारण उनीहरूलाई यरुशलेमको भूमिबाट लखेटिएका थिए र उनीहरूका बन्धुहरूद्वारा उजाड स्थानमा उनीहरूमाथि अन्याय गरिएको थियो र उनीहरूमाथि समुद्र पार गर्दा पनि अन्याय गरिएको थियो।

१३ अनि फेरि, कि उनीहरूले समुद्र पार गरेपछि, उनीहरूमाथि उनीहरूको प्रथम रिक्थको भूमिमा हुँदा अन्याय गरिएको थियो, अनि यो सबै किनभने कि नफी परमप्रभुका आज्ञाहरू पालना गर्नमा बढी आस्थावान् थिए—त्यसकारण उनले परमप्रभुबाट कृपा पाए, किनकि परमप्रभुले उनका प्रार्थनाहरू सुन्नुभयो र उत्तर दिनुभयो र उनले उनीहरूको उजाड स्थानको यात्राको अगुवाइ लिए।

१४ अनि उनका बन्धुहरू उनीसँग क्रुद्ध थिए किनभने उनीहरूले परमेश्वरका व्यवहारहरू बुझेनन्; उनीहरू पानीमाथि पनि उनीसँग क्रुद्ध थिए किनभने उनीहरूले आफ्ना हृदयहरू परमेश्वरविरुद्ध कठोर पारे।

१५ अनि फेरि, उनीहरू उससँग क्रुद्ध थिए जब उनीहरू प्रतिज्ञाको भूमिमा आइपुगेका थिए, किनभने उनीहरूले भने कि उनले जनको शासन उनीहरूको हातबाट लिएका थिए; अनि उनीहरूले उनलाई मार्न खोजे।

१६ अनि फेरि, उनीहरू उससँग क्रुद्ध भए किनभने परमप्रभुले आज्ञा दिए जस्तै उनी उजाड स्थानतिर प्रस्थान गरे र काँसका पाताहरूमा कुँदिएका अभिलेखहरू लिए, किनकि उनीहरूले भने कि उनले तिनीहरूलाई लुटे।

१७ अनि यसरी उनीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाएका छन् कि उनीहरूले उनीहरूलाई घृणा गर्नुपर्छ र उनीहरूले तिनीहरूको हत्या गर्नुपरछ र उनीहरूले तिनीहरूलाई लुट्नु र डकैंती गर्नुपर्दछ र तिनीहरूको नाश गर्न उनीहरूले सकेको सबै गर्नुपर्छ; त्यसकारण उनीहरूसँग नफीका छोराछोरीहरूप्रति अनन्त घृणा छ।

१८ किनकि सोही कारणले गर्दा लामान राजाले, उनको चातुर्यद्वारा र उनको झुटो धूर्तपनद्वारा र उनको लोभलाग्दा वाचाहरूद्वारा, मलाई छले, कि मैले यी मेरा जनलाई यो भूमिमा ल्याएको छु, कि उनीहरूले तिनीहरूको विनाश गर्न सकून्, हो, अनि हामीहरूले यो भूमिमा यतिका वर्षहरूसम्म सहेका छौँ।

१९ अनि अब, म, जेनिफले, लमानीहरूका बारेमा यी सबै कुराहरू भनिसकेपछि, मैले उनीहरूलाई आफ्नो बलसहित, परमप्रभुमा उनीहरूको भरोसा राख्दै, युद्धमा जाऊन् भनि उक्साएँ; हामीले उनीहरूसँग आम्ने साम्ने गरेर लड्यौँ।

२० अनि यस्तो हुन गयो कि हामीले उनीहरूलाई फेरि हाम्रो भूमिबाट धपायौँ; अनि हामीले महान् संहारकासाथ उनीहरूको बध गऱ्यौं, यति धेरै कि हामीले उनीहरूको गणना गरेनौँ।

२१ अनि यस्तो हुन गयो कि हामी हाम्रो आफ्नो भूमिमा पुन: फर्कियौँ र मेरा जनले उनीहरूका बथानको हेरचाह गर्न र उनीहरूको जमिन जोत्न पुन: प्रारम्भ गरे।

२२ अनि अब, म, बूढो भएकाले, मेरा छोराहरूमध्ये एकलाई अधिराज्य प्रदान गरेँ; त्यसकारण, म अरु भन्दिनँ। अनि परमप्रभुले मेरा जनलाई आशीष दिऊन्। आमिन।