अध्याय २१
लिम्हिका जन लमानीहरूद्वारा प्रहार गरिइन्छन् र हराइन्छन्—लिम्हिका जन अम्मोनलाई भेट्छन् र उनीहरू परिवर्तित हुन्छन्—उनीहरूले अम्मोनलाई येरेदीहरूका चौबीस पाताहरूका बारेमा भन्दछन्। लगभग ई.पू. १२२–१२१।
१ अनि यस्तो हुन गयो कि लिम्ही र उनका जन नफीको सहरमा फर्के र फेरि शान्तिपूर्वक भूमिमा बास गर्न थाले।
२ अनि यस्तो हुन गयो कि धेरै दिनहरूपछि लमानीहरू नफीहरूविरुद्ध रिसमा भड्काइन थालिए र उनीहरू वरिपरिको भूमिको सिमानाहरूतिर आउन थाले।
३ अब उनीहरूले तिनीहरूको बध गर्न आँट गरेनन्, उनीहरूका राजाले लिम्हीसामु गरेको शपथका कारणले; तर उनीहरूले तिनीहरूलाई तिनीहरूका गालामा प्रहार गर्थे र तिनीहरूमाथि अधिकारको अभ्यास गर्थे; र तिनीहरूका पिठ्यूँ हरूमा गह्रुङ्गो भारिहरू राख्न थाले र उनीहरूलाई लाटो गधा जसरी धपाउनथाले—
४ हो, यो सबै गरिएको थियो कि परमप्रभुका वचन पूरा होऊन्।
५ अनि अब नफीहरूका कष्टहरू महान् थिए र उनीहरूले उनीहरू आफैँलाई उनीहरूका हातहरूबाट मुक्त गर्ने कुनै उपाय थिएन, किनकि लमानीहरूले उनीहरूलाई प्रत्येकतिरबाट घेरेका थिए।
६ अनि यस्तो हुन गयो कि जन राजासँग उनीहरूका कष्टहरूका कारण गनगनाउन थाले; अनि उनीहरू तिनीहरूका विरुद्ध लडाइँ गर्न जान चाहाना गर्न थाले। अनि उनीहरूले आफ्ना गुनासाहरूद्वारा राजालाई कष्टपूर्वक पीडा दिए; त्यसकारण उनले उनीहरूलाई आफ्ना चाहानाअनुसार गर्न अनुमति दिए।
७ अनि उनीहरू आफैँ फेरि एकसाथ भेला भए, अनि उनीहरूका कवच लगाए र लमानीहरूलाई उनीहरूको भूमिबाट धपाउन लमानीहरूविरुद्ध गए।
८ अनि यस्तो हुन गयो कि लमानीहरूले उनीहरूलाई हराए र उनीहरूलाई धपाए र उनीहरूमध्ये धेरैको बध गरे।
९ अनि अब त्यहाँ लिम्हीका जनमाझ एक महान् शोक र विलाप थियो, विधवा उनका पतिका निम्ति बेदना गरेर, छोरा र छोरी उनीहरूका पिताको निम्ति वेदना गरेर र दाजुभाईहरू उनीहरूका बन्धुहरूका निम्ति।
१० अब त्यहाँ भूमिमा अत्यन्त धेरै विधवाहरू थिए, अनि उनीहरूले दिनदिनै शक्तिपूर्वक पुकारे, किनकि उनीहरूमाथि लमानीहरूको महान् त्रास आएको थियो।
११ अनि यस्तो हुन गयो कि उनीहरूको निरन्तर पुकाराले लिम्हीका जनको बाँकी भाग लमानीहरूका विरुद्धको रिसमा भड्किए; र उनीहरू पुन: युद्ध गर्न गए, तर उनीहरूलाई पुन: धपाइयो, धेरै क्षति सहँदै।
१२ हो उनीहरू पुन: तेस्रो पटकसमेत गए, अनि त्यस्तै प्रकारले पिडित भएर; अनि बध नगरिएकाहरू पुन: नफीको सहरमा फर्के।
१३ अनि उनीहरू धूलोसम्म समेत विनम्र भए; दासत्वको जुवामा आफैँलाई अधीनमा दिँदै, प्रहारित हुन आफैँलाई समर्पित गर्दै र यत्र-तत्र लखेटिइन, बोझबाट ग्रसित हुँदै, उनीहरूका शत्रुहरूका चाहनाहरूअनुसार।
१४ अनि उनीहरूले आफैँलाई विनम्रताको गहिराईहरूमा विनम्र तुल्याए; अनि उनीहरूले परमेश्वरसामु शक्तिपूर्वक पुकारे; हो, सबै दिनभरि समेत उनीहरूले उनीहरूका परमेश्वरसामु पुकारे कि उहाँले उनीहरूलाई उनीहरूको कष्टहरूबाट मुक्त गर्नुहुनेछ।
१५ अनि अब उनीहरूका दुष्टताका कारण परमप्रभु उनीहरूको पुकारा सुन्न ढिलाइ गर्नुभयो; तैपनि परमप्रभुले उनीहरूका पुकारा सुन्नुभयो र लमानीहरूका हृदयहरूलाई कोमल बनाउन थाल्नुभयो कि उनीहरूले उनीहरूका बोझहरूलाई हलुका बनाउन थाले, परमप्रभुले अझ उनीहरूलाई दासत्वबाट मुक्त गर्न योग्य ठहऱ्याउनु भएन।
१६ अनि यस्तो हुन गयो कि उनीहरूले थोरै थोरै गर्दै भूमिमा उन्नति गर्न थाले र अझ बढी प्रचूरमात्रामा अन्न र बथान र झुण्डहरू पाल्न थाले, कि उनीहरूले भोक सहन परेन।
१७ अब त्यहाँ महिलाहरूको सङ्ख्या ठूलो थियो, पुरुषहरूको भन्दा अझ बढी; त्यसकारण लिम्ही राजाले आज्ञा दिए कि प्रत्येक पुरुषले विधवाहरू र उनीहरूका छोराछोरीहरूको जीविकाको निम्ति छुट्याउनु पर्दछ, कि उनीहरू भोकले नाश नहोऊन् र बध गरिएकाको सङ्ख्या ठुलो भएको कारणले उनीहरूले यो गरे।
१८ अब लिम्हीका जन यथाशक्य एउटै समूहमा एकसाथ रहे र उनीहरूको अन्न र उनीहरूका बथानको सुरक्षा गरे।
१९ अनि राजा आफैँले सहरको पर्खालहरूबाहिर आफैँलाई सुरक्षित देखेनन्, उनका रक्षकहरू उनकासाथ नलगेसम्म, कुनै कारणबस लमानीहरूका हातहरूमा पर्छन् कि भन्ने डरले।
२० अनि उनले अह्राए कि उनका जनले वरिपरिको भूमिको पहरा दिनुपर्दछ; कि उनै माध्यमद्वारा उनीहरू उजाड स्थानतिर भागेका पादरीहरूलाई समात्न सकून्, जसले लमानीहरूका छोरीहरू चोरेका थिए र जसले उनीहरूमाथि यस्तो विशाल विनाश ल्याएका थिए।
२१ किनकि उनीहरूले तिनीहरूलाई समात्न इच्छुक थिए कि उनीहरूले तिनीहरूलाई सजाय दिन सकून्; किनकि उनीहरू रातमा नफीको भूमिमा आएका थिए र उनीहरूका अन्न र उनीहरूका मूल्यवान् कुराहरूमध्ये धेरै लगेका थिए; त्यसकारण उनीहरू तिनीहरूलाई कुरेर बसेका थिए।
२२ अनि यस्तो हुन गयो कि त्यहाँ लमानीहरू र लिम्हीका जनबीच अरु कुनै विघ्न भएन, अम्मोन र उनका बन्धुहरू भूमिमा आउने समयसम्म समेत।
२३ अनि राजा उनका रक्षकहरूसँग सहरको मूल द्वारहरूबाहिर भएकाले, अम्मोन र उनका बन्धुहरूलाई फेला पारे; अनि उनीहरू नोआका पादरीहरू हुन् भन्ने ठानेर त्यसकारण उनले अह्राए कि उनीहरूलाई समात्न र बाँध्न र कारागारमा फाल्नु पर्छ। अनि यदि उनीहरू नोआका पादरीहरू भएका भए उनले अह्राउने थिए कि उनीहरू मारिन पर्दछ।
२४ तर जब उनले पत्तालगाए कि उनीहरू थिएनन्, तर उनीहरू उनका बन्धुहरू थिए र जरहेम्लाको भूमिबाट आएका थिए, उनी अत्यन्त खुशीले भरिए।
२५ अब राजा लिम्हीले, अम्मोनको आगमन पहिले, जरहेम्लाको भूमि खोज्न मानिसहरूको सानो सङ्ख्या पठाएका थिए; तर उनीहरूले त्यसलाई फेलापार्न सकेनन् र उनीहरू उजाड स्थानमा हराइए।
२६ तैपनि, उनीहरूले एक भूमि फेला पारे जुनमा बसोबास गरिएको थियो; हो, एक भूमि जुन सुखा हाड़हरूले ढाकिएको थियो; हो, एक भूमि जसमा बसोबास गरिएको थियो र विनाश गरिएको थियो; अनि उनीहरू, त्यो जरहेम्लाको भूमि हो भन्ने ठानेर, नफीको भूमिमा फर्के; भूमिको सिमानाहरूमा अम्मोन आउनु भन्दा केही दिन अगाडिमात्र आइपुगेका थिए।
२७ अनि उनीहरूले उनीहरूको अभिलेख ल्याए, ती जनको अभिलेख समेत जसको हाड़हरू उनीहरूले फेला पारेका थिए; अनि त्यो कच्चा धातुको पातामा कुँदिएको थियो।
२८ अनि अब लिम्ही राजा आनन्दले भरिएका थिए अम्मोनको मुखबाट यो सुन्दा कि मोसीयाह राजासँग त्यस्तो उपहार छ, जसबाट यस्ता कुँदाइहरू उनले भाषान्तरण गर्न सक्छन्; हो, अम्मोन पनि खुशी भए।
२९ तैपनि अम्मोन र उनका बन्धुहरू दु:खले भरिएका थिए किनभने उनीहरूका बन्धुहरूमध्ये धेरैको बध गरिएको थियो।
३० अनि यो पनि कि नोआ राजा र उनका पादरीहरूले जनलाई परमेश्वरविरुद्ध यति धेरै पापहरू र दुष्टताहरू गर्न लगाए; अनि उनीहरूले अबिनादीको मृत्युको पनि शोक गरे; अनि अल्मा र उनीसँग गएका जनको प्रस्थानको पनि, जसले परमेश्वरको बल र शक्ति र अबिनादीद्वारा बोलिएका वचनहरूमाथिको आस्थामार्फत् परमेश्वरको चर्च बनाएका थिए।
३१ हो, उनीहरूले तिनीहरूको प्रस्थानको शोक गरे, किनकि उनीहरूलाई थाहा थिएन तिनीहरू कहाँ भागे। अब उनीहरू खुशीपूर्वक तिनीहरूसँग सम्मिलित हुन्थे, किनकि उनीहरू आफैँ परमेश्वरसँग उहाँको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्न एक करारमा प्रवेश गरेका थिए।
३२ अनि अब अम्मोनको आगमनदेखि, लिम्ही राजा पनि परमेश्वरसँग करारमा प्रवेश गरे र उनका जनमध्ये धेरै पनि, उहाँको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्न।
३३ अनि यस्तो हुन गयो कि लिम्ही राजा र उनका जनमध्ये धेरै बप्तिस्मा लिन इच्छुक थिए; तर त्यहाँ कोहि थिएन जोसँग परमेश्वरको अधिकार थियो। अनि अम्मोनले सो गर्न अस्वीकार गरे, आफैँलाई अयोग्य सेवक सोचेर।
३४ त्यसकारण उनीहरूले आफैँलाई त्यस समयमा एक चर्च बनाएनन्, परमप्रभुको आत्माको प्रतीक्षा गर्दै। अब उनीहरू उजाड स्थानतिर भागेका अल्मा र उनका बन्धुहरू जस्तै बन्न इच्छुक थिए।
३५ उनीहरू गवाही र साक्षीका रुपमा बप्तिस्मा लिन इच्छुक थिए कि उनीहरू सारा हृदयकासाथ परमेश्वरको सेवा गर्न इच्छुक थिए; तैपनि उनीहरूले समय लम्ब्याए; र उनीहरूको बप्तिस्माको विवरण यस उपरान्त दिइनेछ।
३६ अनि अब अम्मोन र उनका जन र लिम्ही राजा र उनका जनको सारा ध्यान आफैँलाई लमानीहरूका हातहरू र दासत्वबाट मुक्त गर्नु थियो।