अध्याय २५
जरहेम्लाका मुलेकका सन्तति नफीहरू बन्दछन्—उनीहरूले अल्माका र जेनिफका जनका बारेमा थाहा पाउँछन्—अल्माले लिम्ही र उनका सबै जनलाई बप्तिस्मा दिन्छन्—मोसीयाहले अल्मालाई परमेश्वरको चर्च सङ्ठित गर्न अधिकार दिन्छन्। लगभग ई.पू. १२०।
१ अनि अब मोसीयाह राजाले अह्राए कि सबै जन एक साथ भेला गरिनुपर्दछ।
२ अनि त्यहाँ त्यति धेरै नफीका छोराछोरीहरू, अथवा त्यति धेरै नफीका सन्तति थिएनन्, जति जरहेम्लाका जन थिए, जो मुलेकका सन्तति थिए र ती जो उनीसँग उजाड स्थानतिर आए।
३ अनि त्यहाँ त्यति धेरै नफीका जन र जरहेम्लाका जन थिए जति लमानीहरू थिएनन्; हो, उनीहरू आधा सङ्ख्यामा पनि थिएनन्।
४ अनि अब नफीका सबै जन र जरहेम्लाका सबै जन पनि एक साथ भेला भएका थिए र उनीहरू दुई समूहमा भेला भएका थिए।
५ अनि यस्तो हुन गयो कि मोसीयाहले पढे र जेनिफको अभिलेख उनका जनसामु पढ्न अह्राए; हो, उनले तिनीहरूले जरहेम्लाको भूमि छाडेको समयदेखि उनीहरू पुन: नफर्कुन्जेलसम्मका जेनिफका जनका अभिलेखहरू पढे।
६ अनि उनले अल्मा र उनका बन्धुहरूको र उनीहरूका सबै कष्टहरूको, उनीहरूले जरहेम्लाको भूमि छाडेको समयदेखि उनीहरू पुन: नफर्कुन्जेलसम्मका अभिलेखहरू पनि पढे।
७ अनि अब, जब मोसीयाहले अभिलेखहरूको पढ्न अन्त्य गरे, भूमिमा बास बस्दै गरेका उनका जन आश्चर्य र विस्मयले भरिए।
८ किनकि उनीहरूले के सोच्ने भन्ने थाहा भएन; किनकि जब उनीहरूले तिनलाई देखे जो दासत्वबाट मुक्त गराइएको थिए उनीहरू अत्यन्तै खुसीले भरिएका थिए।
९ अनि फेरि, जब उनीहरूले लमानीहरूद्वारा बध गरिएका उनीहरूका बन्धुहरूका बारेमा सोचे उनीहरू दु:खले भरिए र दु:खका धेरै आँसुसमेत बगाए।
१० अनि फेरि, जब उनीहरूले परमेश्वरको प्रत्यक्ष कृपा र अल्मा र उनका बन्धुहरूलाई लमानीहरूको हातहरूबाट र दासत्वबाट मुक्त गर्नमा उहाँको शक्तिका बारेमा सोचे, उनीहरूले आफ्ना स्वरहरु उच्च पारे र परमेश्वरलाई धन्यवाद दिए।
११ अनि फेरि, जब उनीहरूले आफ्ना बन्धुहरू लमानीहरूको पापमय र दूषित अवस्थालाई सोचे, उनीहरू तिनीहरूका जीवात्माहरूको कल्याणका निम्ति पीडा र वेदनाले भरिए।
१२ अनि यस्तो हुन गयो कि लमानीहरूका छोरीहरूलाई पत्नी बनाउने अमुलोन र उनका बन्धुहरूका छोराछोरीहरूले उनीहरूका पितापुर्खाहरुको व्यवहारबाट चित्त दुखाए र उनीहरूले उनीहरूका पितापुर्खाहरुका नाउँबाट अरु बोलाइन चाहेनन्, त्यसकारण उनीहरूले आफैँमाथि नफीको नाउँ लिए, कि उनीहरू नफीका छोराछोरीहरू भनी बोलाइयून् र तिनीहरूमा गनियून् जसलाई नफीहरू भनिन्छ।
१३ अनि अब जरहेम्लाका सबै जनलाई नफीहरूमा गनियो र यो किनभने अधिराज्य नफीका सन्ततिभन्दा अरु कसैलाई दिइएको थिएन।
१४ अनि अब यस्तो हुन गयो कि जब मोसीयाहले जनसामु बोल्न र पढ्न अन्त्य गरे, उनले चाहे कि अल्माले पनि जनसामु बोल्नपर्दछ।
१५ अनि अल्माले उनीहरूसामु बोले, जब उनीहरू ठूला समूहहरूमा एकसाथ भेला भएका थिए र उनी जनसामु पश्चात्ताप र परमप्रभुमाथिको आस्थाको प्रचार गर्दै एक समूहदेखि अर्कोमा गए।
१६ अनि उनले लिम्हीका जन र उनका बन्धुहरूलाई, दासत्वबाट मुक्त गराइएका ती सबैलाई, प्रोत्साहित गरे, कि उनीहरूले सम्झनुपर्दछ कि यो परमप्रभु हुनुहुथ्यो जसले उनीहरूलाई मुक्त गर्नुभयो।
१७ अनि यस्तो हुन गयो कि अल्माले जनलाई धेरै कुराहरू सिकाएपछि र उनीहरूसामु बोल्न अन्त्य गरेपछि, कि लिम्ही राजा इच्छुक थिए कि उनले बप्तिस्मा लिन सकून्; र उनका सबै जन इच्छुक थिए कि उनीहरूले पनि बप्तिस्मा लिन सकून्।
१८ त्यसकारण, अल्मा पानीमा अघि गए र उनीहरूलाई बप्तिस्मा दिए; हो उनले जसरी मोर्मोनको पानीमा उनका बन्धुहरूलाई दिएको थिए उनले तिनीहरूलाई बप्तिस्मा दिए; हो र उनले बप्तिस्मा दिएका जति परमेश्वरको चर्च मातहतमा थिए; र यो तिनीहरूको अल्माका वचनहरूमाथिको विश्वासका कारणले थियो।
१९ अनि यस्तो हुन गयो कि मोसीयाह राजाले अल्मालाई अनुमति दिए कि उनले जरहेम्लाको सबै भूमिभरि चर्चको स्थापना गर्न सकून्; र प्रत्येक चर्चमा पादरीहरू र शिक्षकहरू नियुक्त गर्ने शक्ति दिए।
२० अब यो गरिएको थियो किनभने त्यहाँ यति धेरै जन थिए कि उनीहरू सबै एउटा शिक्षकद्वारा सञ्चालित हुन सकेनन्; न त उनीहरू सबैले एउटा सभामा परमेश्वरका वचन सुन्न सके।
२१ त्यसकारण उनीहरू भिन्न भिन्न समूहहरूमा एकसाथ भेला भए, चर्चहरू भनिँदै; प्रत्येक चर्चका आफ्नै पादरीहरू र आफ्नै शिक्षकहरू भएर र प्रत्येक पादरीले अल्माको मुखबाट उनीहरूलाई हस्तान्तरण गरिएअनुसार वचनको प्रवचन गर्दै।
२२ अनि यसरी, धेरै चर्चहरू हुँदाहुँदै तिनीहरू सबै एउटै चर्च थिए, हो परमेश्वरको चर्चसमेत; किनकि त्यहाँ सबै चर्चहरूमा पश्चात्ताप र परमेश्वरमाथिको आस्थाबाहेक अरु केही प्रचार गरिँदैनथ्यो।
२३ अनि अब त्यहाँ जरहेम्लाको भूमिमा सात चर्चहरू थिए। अनि यस्तो हुन गयो कि जो ख्रीष्टको, अथवा परमेश्वरको नाउँ लिन इच्छुक थिए, उनीहरू परमेश्वरको चर्चहरूमा सम्मिलित भए।
२४ अनि उनीहरूलाई परमेश्वरका जन भनियो। अनि परमप्रभुले उनीहरूमाथि उहाँको आत्मा खन्याउनुभयो र उनीहरू आशीषित भए र भूमिमा उन्नति गरे।