धर्मशास्त्रहरू
मोसीयाह ७


अध्याय ७

अम्मोनले लही-नफीको भूमि पत्ता लगाउछन् जहाँ लिम्ही राजा छन्—लिम्हीका जन लमानीहरूका दासत्वमा छन्—लिम्हीले उनीहरूको इतिहासको विस्तार लगाउँछन्—एक अगमवक्ताले (अबिनादी) गवाही दिएका थिए कि ख्रीष्ट परमेश्वर हुनुहुन्छ र सबै कुराहरूका पिता हुनुहुन्छ—ती जसले घिनलाग्दो कुराको बिउ छर्छन् हावाको भुमरीको फसल काट्छन्, अनि परमप्रभुमा भरोसा गर्नेले मुक्ति पाउनेछन्। लगभग ई.पू. १२१।

अनि अब, यस्तो हुन गयो कि मोसीयाह राजालाई तीन वर्षको अन्तरालसम्म निरन्तर शान्ति भएपछि, उनी लही-नफीको भूमिमा अर्थात् लही-नफीको सहरमा बस्न गएका मानिसहरूका बारेमा जान्न इच्छुक थिए; किनकि उनका जनले उनीहरूले जरहेम्ला छोडेर गएदेखि उनीहरूबाट केही सुनेका थिएनन्; त्यसकारण, उनीहरूका प्रश्नहरूले उनलाई दिक्क बनाएका थिए।

अनि यस्तो हुन गयो कि मोसीयाह राजाले अनुमति दिए कि तिनीहरूका बलिया मानिसहरूमध्ये सोह्रजना उनीहरूका बन्धुहरूका बारेमा सोधखोज गर्न लही-नफीको भूमितिर जाऊन्।

अनि यस्तो हुन गयो कि भोलिपल्ट उनीहरूले जान सुरु गरे, उनीहरूसँग अम्मोन भएकाले, ऊ एक बलियो र शक्तिशाली मानिस भएकाले र जरहेम्लाका सन्तति भएकाले; अनि ऊ उनीहरूको अगुवा पनि थियो।

अनि अब, लही-नफीको भूमिसम्म जान उनीहरू उजाड स्थानमा कुन बाटोमा यात्रा गर्नुपर्छ उनीहरूलाई थाहा थिएन; त्यसकारण उनीहरू उजाड स्थानमा धेरै दिन बरालिए, चालिस दिनसम्म समेत उनीहरू बरालिए।

अनि जब उनीहरू चालिस दिन बरालिएपछि उनीहरू एउटा डाँडामा आए, जुन शिलोमको भूमिको उत्तरमा छ, अनि उनीहरूले त्यहाँ उनीहरूका पालहरू टाङ्गे।

अनि अम्मोनले उनका तीन बन्धुहरू लिए, अनि उनीहरूका नाउँहरू अमलेकी, हेलेम र हेम थिए, अनि उनीहरू नफीको भूमितिर गए।

अनि हेर, उनीहरूले नफीको भूमिमा र शिलोमको भूमिमा भएका मानिसहरूका राजालाई भेटे; अनि उनीहरू राजाका रक्षकद्वारा घेरिए, अनि लगिए, अनि बाँधिए, अनि कारागारमा हालिए।

अनि यस्तो हुन गयो जब उनीहरूलाई कारागरमा दुई दिन राखेपछि उनीहरूलाई राजाका अगाडि फेरि ल्याइयो र उनीहरूका बन्धनहरूलाई खुलाइयो; अनि उनीहरू राजाअगाडि खडा भए र उनीहरूलाई अनुमति दिइयो, अर्थात आज्ञा दिइयो, कि उनीहरूले उनले सोध्ने प्रश्नहरूका उत्तर दिनुपर्छ।

अनि उनले उनीहरूलाई भने: हेर, म लिम्ही हुँ, नोआको छोरा, जो जेनिफका छोरा थिए, जो यो भूमिको रिक्थ प्राप्त गर्न जरहेम्लाको भूमिबाट आएका थिए, जुन उनीहरूका पितापुर्खाहरुको भूमि थियो, जसलाई जनताका मतद्वारा राजा बनाइएको थियो।

१० अनि अब, म कारण जान्न चाहान्छु कि तिमीहरू सहरका पर्खालहरूनजिक आउन त्यस्तो साहास गऱ्यौ, जब म आफैँ मेरा रक्षकहरूसँग द्वार बाहिर थिएँ।

११ अनि अब, यो कारणका लागि मैले यो सहें कि तिमीहरूको संरक्षण गरिनु पर्छ, कि मैले तिमीहरूसँग सोधखोज गर्न सकूँ, अन्यथा मैले अह्राउन सक्थेँ कि मेरा रक्षकहरूले तिमीहरूलाई मार्नुपर्छ। तिमीहरूलाई बोल्न अनुमति दिइएको छ।

१२ अनि अब, जब अम्मोनले देखे कि उनलाई बोल्न अनुमति दिइएको थियो, उनी अघि गए र राजाअगाडि निहुरीए; अनि फेरि उठ्दै उनले भने: हे राजन्, म यो दिन परमेश्वरअगाडि धेरै आभारी छु कि म अझै जिउँदो छु र बोल्न अनुमति दिइएको छ; अनि म साहसका साथ बोल्न प्रयत्न गर्नेछु।

१३ किनकि म निश्चित छु कि यदि तपाईँले मलाई चिनेको भए तपाईँले सहनु हुन्नथ्यो कि मैले यी बन्धनहरू पहिरिन परोस्। किनकि म अम्मोन हुँ, अनि जरहेम्लाको सन्तति हुँ, अनि जेनिफले त्यो भूमिबाट बाहिर ल्याएका हाम्रा बन्धुहरूको खोजी गर्न जरहेम्लाको भूमिबाट बाहिर आएको हुँ।

१४ अनि अब, यस्तो हुन गयो कि लिम्हीले अम्मोनका वचनहरू सुनेपछी, उनी अत्यन्त हर्षित भए, अनि भने: अब मलाई निश्चिततापुर्वक थाहा छ कि जरहेम्लाको भूमिमा रहेका मेरा बन्धुहरू अझै जिउँदा छन्। अनि अब, म खुशी मनाउछुँ, अनि भोलि म अह्राउछु्ँ कि मेरा जनले पनि खुशी मनाऊन्।

१५ किनकि हेर, हामी लमानीहरूका दासत्वमा छौँ र सहनलाई कष्टकर करले लादिएका छौँ। अनि अब, हेर, हाम्रा बन्धुहरूले हामीलाई हाम्रो दासत्वबाट, अथवा लमानीहरूका हातहरूबाट मुक्त गर्नेछन् र हामी उनीहरूका दासहरू बनौँला; किनकि लमानीहरूका राजालाई कर तिर्नु भन्दा नफीहरूका दासहरू बन्नु उचित छ।

१६ अनि अब, लिम्ही राजाले उनका रक्षकहरूलाई आज्ञा दिए कि अम्मोन र उनका बन्धुहरूलाई अरु बाध्नु हुँदैन, तर अह्राए कि उनीहरू शिलोमको उत्तरको डाँडासम्म जानुपर्छ र उनीहरूका बन्धुहरूलाई सहरमा ल्याउनुपर्छ, कि त्यसबाट उनीहरू खान र पिउन र उनीहरूका यात्राको परिश्रमबाट आराम लिन सकून्, किनकि उनीहरूले धेरै कुराहरू सहेका थिए; उनीहरूले भोक, प्यास र थकान सहेका थिए।

१७ अनि अब, भोलिपल्ट यस्तो हुन गयो कि लिम्ही राजाले उनका जनमाझ घोषणा पठाए, कि त्यसबाट उनीहरूसामु उनले बोल्ने वचनहरू सुन्न, उनीहरू स्वयम् मन्दिरमा एकसाथ जम्मा होऊन्।

१८ अनि यस्तो हुन गयो कि जब उनीहरू स्वयम् एकसाथ जम्मा भए कि उनीहरूसामु उनले यसप्रकारले यसो भन्दै बोले: हे तिमीहरू, मेरा जन, तिमीहरूका शिरहरू उचाल र सान्त्वना लेऊ; किनकि समय नजिकै छ, अथवा त्यति पर छैन, जब हामीहरू हाम्रा शत्रुहरूको अधीनतामा अरु हुनेछैनौँ, हाम्रा धेरै सङ्घर्षहरू हुँदाहुँदै, जुन व्यर्थमा भएका छन्; तैपनि म भरोसा गर्छु त्यहाँ प्रभावकारी सङ्घर्ष गर्न बाँकी छ।

१९ त्यसकारण, तिम्रा शिरहरू उचाल र खुशी मनाओ र आफ्नो भरोसा परमेश्वरमा राख, त्यो परमेश्वरमा जो अब्राहाम र इसहाक र याकूबका परमेश्वर हुनुहुन्थ्यो; अनि त्यो परमेश्वर पनि जसले इस्राएलका छोराछोरीहरूलाई मिश्रदेशको भूमिबाट बाहिर ल्याउनुभयो र अह्राउनुभयो कि उनीहरूले ओबानो जमिनमा लाल सागर पार गर्नु पर्छ र उनीहरूलाई मन्न खुवाउनुभयो कि उजाड-स्थानमा उनीहरूको नाश नहोस्; र धेरै कुराहरू उहाँले उनीहरूका निम्ति गर्नुभयो।

२० अनि फेरि, ती उही परमेश्वरले हाम्रा पितापुर्खाहरुलाई यरुशलेमको भूमिबाट बाहिर ल्याउनु भएको छ र उहाँका जनलाई अहिलेसम्म बचाउनुभएको र संरक्षण गर्नु भएको छ; अनि हेर, यो हाम्रा दुष्टताहरू र कुकर्महरूका कारण हो कि उहाँले हामीलाई दासत्वमा ल्याउनुभएको छ।

२१ अनि तिमीहरू सबै यो दिन साक्षीहरू छौ, कि जेनिफ, जसलाई यी जनमाथि राजा बनाइएको थियो, उनी उनका पितापुर्खाहरुको भूमिको रिक्थ प्राप्त गर्न अति उत्सुक भएकाले, त्यसकारण लामान राजाको धुर्तता र कपटद्वारा छलिएकाले, जसले जेनिफ राजासँग सन्धिमा प्रवेश गरेर, अनि भूमिको एक खण्डको, अथवा लही-नफीको सहर र शिलोमको सहर; र वरिपरिको भूमिको समेत स्वामित्व उनका हातहरूमा समर्पण गरेर—

२२ अनि यो सबै उनले गरे, यी जनलाई अधीनमा, अथवा दासत्वमा ल्याउने एकमात्र प्रायोजनका निम्ति। अनि हेर, हामी यस समयमा लमानीहरूका राजालाई कर तिर्छौँ, हाम्रो मकैको र हाम्रो जौको र प्रत्येक प्रकारका हाम्रा अन्नहरूको समेत आधा, हाम्रा बथान र झुण्डहरूका वृद्धिका आधा; अनि हामीसँग भएको र स्वामित्वमा भएको सबैको समेत आधा लमानीहरूका राजाले हामीबाट, अथवा हाम्रो जीवनहरूबाट असुल गर्छन्।

२३ अनि अब, के यो सहनलाई कष्टकर छैन? अनि के यी, हाम्रा कष्ट, महान् छैनन्? अब हेर, हामीले शोक गर्ने कारण कति महान् छन्?

२४ हो, म तिमीहरूसामु भन्दछु, हामीले शोक गर्ने कारणहरू महान् छन्; किनकि हेर हाम्रा बन्धुहरू मध्ये कतिको बध गरिएको छ, अनि उनीहरूको रगत व्यर्थमा पोखिएको छ र सबै दुष्टताको कारणले।

२५ किनकि यदि यी जन उल्लङ्घनमा पतन नभएको भए परमप्रभुले यो महान् दुष्टता उनीहरूमाथि आएको सहनु हुदैनथ्यो। तर हेर, उनीहरूले उहाँका वचनहरूलाई सुनेनन्; तर उनीहरूमाझ कलह उठ्यो, यतिसम्म समेत कि उनीहरूले आफ्नामाझ रगत बगाए।

२६ अनि उनीहरूले परमप्रभुको अगमवक्ताको बध गरेका छन्; हो, एक परमेश्वरको चुनिएको मानिसलाई, जसले उनीहरूका दुष्टताहरू र कुकर्महरूका बारेमा उनीहरूलाई भने, अनि आउने कुराहरूका धेरै अगमवाणी गरे, हो, ख्रीष्टको आगमनको समेत।

२७ अनि किनभने उनले उनीहरूलाई भने कि ख्रीष्ट परमेश्वर हुनुहुन्थ्यो, सबै कुराहरूको पिता, अनि भने कि उहाँले मानिसको स्वरूप उहाँमाथि लिनु पर्छ, अनि यो सुरुमा मानिसको सृष्टि गर्दाको त्यो स्वरूप हुनु पर्छ; अथवा अर्को शब्दमा, उनले भने कि मानिसको सृष्टि परमेश्वरको स्वरूपमा गरिएको थियो, अनि कि परमेश्वर मानिसका छोराछोरीहरूमाझ तल आउनुपर्छ, अनि शरीर र रगत आफूमाथि लिनुहुनेछ, अनि पृथ्वीको सतहमाथि अघि जानुहुनेछ—

२८ अनि अब, किनभने उनले यो भने, उनीहरूले उनलाई मारे; अनि उनीहरूले अरु धेरै कुराहरू गरे जसले उनीहरूमाथि परमेश्वरको क्रोध ल्यायो। त्यसकारण, कसले आश्चर्य मान्छ कि उनीहरू दासत्वमा छन् र उनीहरूलाई कष्टप्रद पीडाहरूले प्रहार गरिएको छ?

२९ किनकि हेर, परमप्रभुले भन्नुभएको छ: म मेरा जनलाई उनीहरूका उल्लङ्घनका दिनमा सहायता गर्नेछैन, तर म उनीहरूका बाटाहरूमा बार लगाउनेछु कि उनीहरूको उन्नति नहोस्, अनि उनीहरूका कार्यहरू उनीहरूलाई ठेस लगाउने ढुङ्गा बनून्।

३० अनि फेरि, उनले भने: यदि मेरा जन घिनलाग्दो कुराहरु रोप्छन् भने उनीहरूले त्यसको भुसको फसल हावाको भुमरीमा काट्ने छन्; अनि त्यसको प्रभाव विष हो।

३१ अनि फेरि उनले भने: यदि मेरा जनले घिनलाग्दो कुराहरु रोप्ने छन् उनीहरूले पुर्वको हावाको फसल काट्ने छन्, जुनले शीघ्र विनाश ल्याउनेछन्।

३२ अनि अब, हेर, परमप्रभुका वाचा पूरा भएका छन्, अनि तिमीहरूलाई दण्ड र पीडा दिइनेछ।

३३ तर यदि तिमीहरू परमेश्वरतिर हृदयको पुरा प्रयोजनसहित फर्क्यौ र उहाँमा तिमीहरूको भरोसा राख्यौ र मस्तिष्कको सबै लगनका साथ उहाँको सेवा गऱ्यौ, यदि तिमीहरूले यो गऱ्यौ भने, उहाँले, उहाँको आफ्नो इच्छा र चाहानाअनुसार, दासत्वबाट तिमिहरूलाई मुक्ति दिनुहुनेछ।