धर्मशास्त्रहरू
मोसीयाह २०


अध्याय २०

लमानीका केही छोरीहरूलाई नोआका पादरीहरूद्वारा अपहरण गरिन्छ—लमानीहरू लिम्ही र उनका जनमाथि युद्ध गर्दछन्—लमानीका सैन्यहरूलाई पछाडि धकेलिन्छ र शान्त पारिन्छ। लगभग ई.पू. १४५–१२३।

अब शेम्लोनमा एउटा स्थान थियो जहाँ लमानीहरूका छोरीहरू गाउन र नाच्न र उनीहरू आफैँ रमाउन एकसाथ स्वयम् भेला भए।

अनि यस्तो हुन गयो कि त्यहाँ एक दिन उनीहरू एउटा सानो सङ्ख्यामा गाउन र नाच्न एकसाथ जम्मा भएका थिए।

अनि अब नोआ राजाका पादरीहरू, नफीको सहरमा फर्कन लज्जित भएकाले, हो, जनले उनीहरूको बध गर्छन् कि भन्ने त्राशले पनि, त्यसकारण उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरूसामु फर्कन उनीहरूले आँट गरेनन्।

अनि उजाड स्थानमा बास बसेकाले र लमानीहरूका छोरीहरूलाई फेला पारेकाले, उनीहरूले पल्टेर उनीहरूलाई हेरे।

अनि जब त्यहाँ उनीहरूमध्ये थोरै नाच्न एक साथ भेला भएका थिए, तिनीहरू आफ्ना गोप्य स्थानहरूबाट बाहिर आए र उनीहरूलाई लिए र उनीहरूलाई उजाड स्थानतिर लगे; हो, लमानीहरूका चौबिस छोरीहरूलाई उनीहरूले उजाड स्थानतिर लगे।

अनि यस्तो हुन गयो कि जब लमानीहरूले थाहा पाए कि उनीहरूका छोरीहरू हराएका थिए, उनीहरू लिम्हीका जनसँग रिसाए, किनकि उनीहरूले सोचेँ यी लिम्हीका जन थिए।

त्यसकारण उनीहरूले आफ्ना सेनाहरू पठाए; हो, राजा आफैँ समेत उनका जनअगाडि गए; अनि उनीहरू लिम्हीका जनको विनाश गर्न नफीको भूमिसम्म गए।

अनि अब लिम्हीले धरहराबाट उनीहरूलाई पत्तालगाए, उनीहरूका युद्धका सबै तयारीहरूसमेत उनले पत्तालगाए; त्यसकारण उनले उनका जनलाई एकसाथ भेला गरे; अनि उनीहरूलाई जमिनमा र बनमा कुरेर बसे।

अनि यस्तो हुन गयो कि जब लमानीहरू आए, कि लिम्हिका जनले उनीहरू लुकेको स्थानहरूबाट उनीहरूमाथि आक्रमण गर्न थाले र उनीहरूको बध गर्न थाले।

१० अनि यस्तो हुन गयो कि लडाइँ अत्यन्त कष्टप्रद भयो, किनकि शिकारका निम्ति सिंह लडेझैँ उनीहरू लडे।

११ अनि यस्तो हुन गयो कि लिम्हीका जनले लमानीहरूलाई उनीहरूअगाडिबाट धपाउन थाले; अझ उनीहरूको सङ्ख्या लमानीहरूको आधा थिएन। तर उनीहरू आफ्ना जीवनका निम्ति र आफ्ना पत्निहरूका निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति लडे; त्यसकारण उनीहरूले आफैँ परिश्रम गरे र अजिङ्गरजस्तै उनीहरू लडे।

१२ अनि यस्तो हुन गयो कि उनीहरूले लमानीहरूका राजालाई उनीहरूका मृतकका सङ्ख्यामाझ फेला पारे; उनी अझ मरेका थिएनन्, घाइते भएर जमिनमा छाडिएका थिए, उनका जनका भगाई त्यस्तो द्रूत थियो।

१३ अनि उनीहरूले उनलाई लगे र उनका घाउहरूमा पट्टि बाँधे र उनलाई लिम्हीअगाडि ल्याए र भने: हेर्नुहोस् यहाँ छन् लमानीहरूका राजा; चोट लागेका हुनाले उनी आफ्ना मृतकहरूमाझ ढलेका छन् र तिनीहरूले उनलाई छाडेका छन्; अनि हेर हामीले तपाईँअगाडि उनलाई ल्याएका छौँ; अनि अब हामी उसको बध गरौँ।

१४ तर लिम्हीले उनीहरूसामु भने: तिमीहरूले उनको बध नगर, तर उनलाई यहाँ ल्याऊ कि म उसलाई देखूँ। अनि उनीहरूले उनलाई ल्याए। अनि लिम्हीले उनीसामु भने: तपाईँसँग के कारण छ मेरा जनविरुद्ध लडाइँ गर्न आऊन्? हेर, मेरा जनले मैले तपाईँसामु गरेको शपथ तोडेका छैनन्; त्यसकारण, किन तपाईँले मेरा जनसामु गरेको शपथ तोड्नुहुन्छ?

१५ अनि अब राजाले भने: मैले शपथ तोडेको छु किनभने तपाईँका जनले मेरा जनका छोरीहरूलाई लगे; त्यसकारण, मेरो रिसमा मैले मेरा जनलाई तपाईँका जनविरुद्ध युद्ध गर्न आउन अह्राएँ।

१६ अनि अब लिम्हीले यस विषयका बारेमा केही सुनेका थिएनन्; त्यसकारण उनले भने: म मेरा जनमाझ खोज्नेछु र जसले यो गरेको छ उसको नाश हुनेछ। त्यसकारण उनले आफ्ना जनमाझ खोजी गर्न अह्राए।

१७ अब जब गिदोनले यी कुराहरू सुनेका थिए, ऊ राजाको कप्तान भएकोले, ऊ अघि गए र राजासामु भने: म रोक्न बिन्ती गर्दछु र यी जनमाझ खोजी नगर्नुहोस्; र उनीहरूलाई यो कुराको दोष नलाउनुहोस्।

१८ किनकि के तपाईँ तपाईँका पिताका पादरीहरूलाई सम्झनुहुन्न, जसलाई यी जनले विनाश गर्न खोजे? अनि के उनीहरू उजाड स्थानमा छैनन्? अनि के उनीहरू ती होइनन् जसले लमानीहरूका छोरीहरू चोरेका छन्?

१९ अनि अब, हेर र यी कुराहरू राजालाई भननुहोस्न, कि उनले उनका जनलाई भनून् कि उनीहरू हामीहरूप्रति शान्त होऊन्; किनकि हेर्नुहोस् उनीहरूले हामीविरुद्ध आउन तयार गरिरहेका छन्; अनि यो पनि हेर्नुहोस् हामी थोरै मात्रै छौँ।

२० अनि हेर्नुहोस्, उनीहरू आफ्ना अनगिन्ति सैन्यहरूसाथ आउँछन्; अनि राजाले उनीहरूलाई हामीप्रति शान्त नपारे हाम्रो नाश हुनुपर्छ।

२१ किनकि के अबिनादीका वचनहरू पूरा भएनन्, जुन उनले हाम्रा विरुद्ध अगमवाणी गरेका थिए—अनि यो सबै किनभने हामीले परमप्रभुका वचनहरू सुनेनौँ र हाम्रा दुष्टताबाट फर्केनौँ?

२२ अनि अब हामी राजालाई शान्त पारौँ र हामीले उनीसामु गरेको शपथ पूरा गरौँ; किनकि हामीले हाम्रो जीवन गुमाउनुभन्दा दासत्वमा हुनु नै राम्रो हो; त्यसकारण हामी त्यति धेरै रगत बगाउन बन्द गरौँ।

२३ अनि अब लिम्हीले राजालाई उनका पिता र उजाड स्थानतिर भागेका पादरीहरूका बारेमा सबै कुराहरू भने र उनीहरूका छोरीहरू लैजाने आरोप पादरीहरूलाई लगाए।

२४ अनि यस्तो हुन गयो कि राजा उनका जनप्रति शान्त भए र उनीहरूसामु भने: हामी मेरा जनलाई भेट्न अघि जाऔं, कुनै हतियार बिना; अनि म तिमीहरूसामु शपथका साथ कसम खान्छु कि मेरा जनले तिम्रा जनको बध गर्ने छैनन्।

२५ अनि यस्तो हुन गयो कि उनीहरूले राजालाई पछ्याए र लमानीहरूलाई भेट्न कुनै हतियारबिना गए। अनि यस्तो हुन गयो कि उनीहरूले लमानीहरूलाई भेटे; र लमानीहरूका राजा आफैँले उनीहरूअगाडि झुके र लिम्हीका जनका निम्ति बिन्ती गरे।

२६ अनि जब लमानीहरूले लिम्हीका जनलाई देखे, कि उनीहरू हतियारबिना थिए, उनीहरूमा तिनीहरूमाथि सहानुभूति जाग्यो र तिनीहरूप्रति शान्त भए र आफ्ना राजाकासाथ शान्तिपूर्वक आफ्नो भूमितिर फर्के।