साथी
ख्रीष्टलाई अनुसरण गर्दै
नोभेम्बर २०२४


मासिक युवाहरूको शक्तिका लागि सन्देश, नोभेम्बर २०२४

ख्रीष्टलाई अनुसरण गर्दै

केही अंशहरू

परिवार एकसाथ बस्दै

फिलिपिन्स

ख्रीष्टलाई अनुसरण गर्नु कुनै सामान्य वा संयोगवस गरिने अभ्यास होइन । यो एक निरन्तर प्रतिबद्धता र जीवन शैली हो जसले हामीलाई सदैव अनि सबै स्थानहरूमा मार्गदर्शन गर्नु पर्छ । उहाँका शिक्षाहरू र उहाँको उदाहरणले येशू ख्रीष्टका प्रत्येक शिष्यका लागि मार्ग निर्धारण गर्छ । …

परमेश्वरका आज्ञाहरूले हाम्रो जीवनमा मार्गनिर्देशन र दृढ शक्ति प्रदान गर्छ । …

हाम्रा दैनिक परिस्थितिहरूमा हाम्रा मुक्तिदाताका शिक्षाहरू मध्येको अर्को शिक्षालाई पुनः जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

अहिलेको समय भनेको सार्वजनिक सञ्चार र यदाकदा हाम्रो परिवारमा पनि अधिक कठोर र आघातपूर्ण शब्दहरू प्रयोग गरिने समय हो ।

विषाक्त सञ्चारको यो समयमा ख्रीष्टका अनुयायीहरूले के सिकाउनु पर्छ र के गर्नु पर्छ? उहाँका शिक्षाहरू र उदाहरणहरू के थिए? …

… हामीले सबैलाई प्रेम र सबैको भलाइ गर्नु पर्छ । हामी विवादबाट टाढा रहने र शान्ति स्थापना गर्ने व्यक्ति हुनु आवश्यक छ । यसको अर्थ हाम्रा सिद्धान्त र प्राथमिकताहरूमा सम्झौता गर्नु होइन तर तिनीहरूका लागि अरूहरूलाई कठोर रूपमा तिरस्कार गर्न बन्द गर्नु हो । हाम्रा प्रेरणाका आदर्श नमूनाले उहाँको सेवाकालमा त्यही गर्नुभएको थियो । उहाँलाई अनुसरण गर्नका लागि उहाँले हामीलाई आमन्त्रण गर्नुहुँदा हाम्रा लागि उहाँले देखाउनुभएको उदाहरण यही हो । …

ख्रीष्टका अनुयायीहरूका रूपमा, हामी हाम्रा प्रेरणाका आदर्श नमूना, येशू ख्रीष्टका सम्बन्धमा सिकाउँछौँ र गवाही दिन्छौँ । त्यसैले विवाद त्यागेर हामी उहाँको अनुसरण गरौँ । सार्वजनिक कार्यहरूमा हामीले आफूलाई मनपर्ने नीतिहरूको पालना गर्दा, हामी शान्ति स्थापना गर्नेहरूका भाषा र विधिहरू प्रयोग गरेर उहाँका आशीर्वादका लागि योग्य बनौँ । हाम्रा परिवार र अन्य व्यक्तिगत सम्बन्धहरूमा हामी त्यस्ता विषयहरूबाट टाढा रहौँ जुन कठोर र घृणास्पदछन् ।