२०२१
निरन्तर प्रकाश
मार्च २०२१


“निरन्तर प्रकाश,” युवाका शक्तिका लागि, मार्च २०२१, १६ ।

मासिक युवाका शक्तिका लागि सन्देश, मार्च २०२१

निरन्तर प्रकाश

अप्रिल २०२० साधारण सम्मेलन सम्बोधन बाट ।

अगमवक्ता जोसेफ स्मिथले प्रकाश पछि प्रकाश प्राप्त गर्नुभयो। अगमवक्ता जोसेफले प्राप्त गरेका कैयौं प्रकाशहरू हाम्रा निम्ति सिद्धान्त र करारमा जगेर्ना गरिएको छ ।

साथै, हामी जीवित अगमबक्ताहरुले प्राप्त गर्ने निरन्तर प्रकाशद्वारा आशिषित छौँ जो परमप्रभुका तर्फबाट बोल्न अधिकार प्राप्त आयुक्त प्रतिनिधि हुनुहुन्छ।”

बिनम्र भई परमप्रभुबाट निर्देशन खोज्ने प्रत्येकका निम्ति पनि व्यक्तिगत प्रकाश उपलब्ध छ । यो भाविश्यसूचक प्रकाश जतिकै महत्वपूर्ण छ |

व्यक्तिगत प्रकाश पवित्र आत्माबाट प्राप्त आत्मिक सत्यहरूको आधारमा हुन्छ । पवित्र आत्मा, विशेष गरी मुक्तिदाताका सबै सत्यको प्रकाशक र गवाही हुनुहुन्छ । पवित्र आत्मा बिना हामीले वास्तवमा थाहा पाउन सक्दैनौं कि येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर। पिता र पुत्र र उहाँहरूको उपाधिहरु र उहाँहरूको महिमाको गवाही दिनु उहाँको प्राथमिक भूमिका हो |

परमप्रभुको दाखबारीमा विनम्र भएर श्रम गर्दा हामी सबैले निश्चय नै मार्गदर्शन प्राप्त गर्न सक्छौं भनेर म तपाइँलाई आश्वस्त गर्दछु।

मेरो बिनम्र अनुरोध यो छ कि आफ्ना जीवनहरु निर्देशन गर्नका लागि हामि प्रत्येकले निरन्तर प्रकाशको खोजी गर्नेछौँ र परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टको आराधना गर्दैगर्दा आत्मालाई पछ्याउनेछौं।

नोट

  1. ह्यूग बी. ब्राउन, “Joseph Smith among the Prophets” (Sixteenth Annual Joseph Smith Memorial Sermon, Logan Institute of Religion, डिसेम्बर ७, १९५८), ७।

प्रिन्ट गर्नुहोस्