“निरन्तर प्रकाश,” युवाका शक्तिका लागि, मार्च २०२१, १६ ।
मासिक युवाका शक्तिका लागि सन्देश, मार्च २०२१
निरन्तर प्रकाश
अप्रिल २०२० साधारण सम्मेलन सम्बोधन बाट ।
अगमवक्ता जोसेफ स्मिथले प्रकाश पछि प्रकाश प्राप्त गर्नुभयो। अगमवक्ता जोसेफले प्राप्त गरेका कैयौं प्रकाशहरू हाम्रा निम्ति सिद्धान्त र करारमा जगेर्ना गरिएको छ ।
साथै, हामी जीवित अगमबक्ताहरुले प्राप्त गर्ने निरन्तर प्रकाशद्वारा आशिषित छौँ जो परमप्रभुका तर्फबाट बोल्न अधिकार प्राप्त आयुक्त प्रतिनिधि हुनुहुन्छ।”१
बिनम्र भई परमप्रभुबाट निर्देशन खोज्ने प्रत्येकका निम्ति पनि व्यक्तिगत प्रकाश उपलब्ध छ । यो भाविश्यसूचक प्रकाश जतिकै महत्वपूर्ण छ |
व्यक्तिगत प्रकाश पवित्र आत्माबाट प्राप्त आत्मिक सत्यहरूको आधारमा हुन्छ । पवित्र आत्मा, विशेष गरी मुक्तिदाताका सबै सत्यको प्रकाशक र गवाही हुनुहुन्छ । पवित्र आत्मा बिना हामीले वास्तवमा थाहा पाउन सक्दैनौं कि येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर। पिता र पुत्र र उहाँहरूको उपाधिहरु र उहाँहरूको महिमाको गवाही दिनु उहाँको प्राथमिक भूमिका हो |
परमप्रभुको दाखबारीमा विनम्र भएर श्रम गर्दा हामी सबैले निश्चय नै मार्गदर्शन प्राप्त गर्न सक्छौं भनेर म तपाइँलाई आश्वस्त गर्दछु।
मेरो बिनम्र अनुरोध यो छ कि आफ्ना जीवनहरु निर्देशन गर्नका लागि हामि प्रत्येकले निरन्तर प्रकाशको खोजी गर्नेछौँ र परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टको आराधना गर्दैगर्दा आत्मालाई पछ्याउनेछौं।
© 2021 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly For the Strength of Youth Message, March 2021 को अनुवाद। Nepali. 17466 372