२०२१
क्षमा दिनका लागि शक्ति खोज्दै
जुन २०२१


“क्षमा दिनका लागि शक्ति खोज्दै”युवाका शक्तिका लागि, जुन २०२१, १०-११ ।

आऊ, मलाई अनुशरण गर

क्षमा दिनका लागि शक्ति खोज्दै

परमप्रभुले हामीलाई अरुलाई क्षमा दिनका लागि आज्ञा दिनुभएको छ। यो समेत, उहाँले हामीलाई उहाँका आज्ञाहरुको पालना गर्न सहयोग गर्नुहुन्छ।

सिद्धान्त र करार ६४:१०

छवि
महिलाले कसैले आफ्नो सहयोगी हात दिदै गरेको हेर्दै

जेम्स मेडसनद्वारा चित्रण

के कुनै आज्ञाहरु अरु भन्दा पालना गर्न कठिन हुन्छ?

यस्तो एउटा छ जसले धेरैलाई तर्साउछ: ‘म परमप्रभुले जसलाई मन लाग्छ उसलाई क्षमा गर्छु, तर तिमीले सबैलाई क्षमा गर्नुपर्नेछ” (सिद्धान र करार ६४:१०)।

पर्खीनुहोस्। हामीले आफुलाई गलत गर्नेसबैलाई क्षमा गर्नुपर्छ? के त्यो सम्भव पनि छ ?!

रूखो बोली बोलेका कारण वा डिनर टेबलमा अन्तिम रोल लिएका कारण कसैलाई क्षमा दिनु फरक विषय हो। तर गहिरा चोटहरुका बारेमा के त? ती गम्भीर अपराधहरु जसले हाम्रो जीवनलाई अबरोध पुर्याउछन् वा हाम्रो जीवनको दिशा नै परिवर्तन गरिदिन्छन् ?

कहिलेकाँही हामीलाई नराम्रोसंग चोट पुर्याएको कुनै व्यक्तिलाई क्षमा गर्ने क्षमता हाम्रो पहुँच भन्दा टाडा जस्तो लाग्न सक्छ ।

सुसमाचारमा के छ भने: येशू ख्रीष्टको सहयोगले, हामी आफैले गर्न सक्ने कुरामा सीमित हुनु पर्दैन ।

उनीलाई चाहिएको सहयोग

क्यारी टेन बूम नाम गरेकी नेदरल्याण्डकी एक समर्पित इसाईले कसैलाई क्षमा दिनका लागि आफूलाई सहयोग गर्नका लागि परमेश्वरसँग बिन्ती गर्ने शक्ति महसुस गर्नुभयो।

उहाँ र उहाँकी बहिनी बेट्सीलाई दोश्रो विश्व युद्धमा यातना शिविरमा थुनिएको थियो । कोरी र अरुहरुले नाजी जेलका गार्डहरुबाट डरलाग्दो दुर्व्यवहार सहनु पर्यो । त्यही दुर्व्यवहारका कारण उहाँकी बहिनीको मृत्यु भयो। कोरी बाँच्नुभयो।

युद्ध पश्चात कोरीले अरुलाई क्षमा दिँदा चङ्गाइ प्राप्त हुने शक्ति पत्ता लगाउनुभयो। उहाँले आफ्नो सन्देशलाई प्राय: सार्वजनिक ठाउँमा सुनाउनुहुन्थ्यो तर एक दिन उहाँका शब्दहरु अन्तिम परिक्षणमा परे ।

एक सार्बजनिक भाषणपछि, जेलका गार्डहरु मध्येका एक क्रूर गार्ड कोरीको नजिग आए।

उसले भनेकि युद्ध पश्चात् उनी एक इसाई बने अनि आफुले जेलको गार्डका रुपमा गरेका नराम्रा कुराहरुको पश्चाताप गरिसकेको बताए ।

उसले आफ्नो हात निकाले र भने, “के तिमीले मलाई माफ गर्छौ ?”

उनले अरुलाई क्षमा दिने बारे सिकेका र बाँडेका सबै कुरुहरुका बावजुद, कोरीले आफ्नैमा, जे भए पनि —यी व्यक्तिको हात समाएर उसलाई क्षमा गर्न सक्नुभएन।

उहाँले पछि लेख्नुभयो, “जसरी रिसयुक्त, बद्लाका विचारहरु ममा उम्लिरहँदा, मैले उनीहरुको पाप देखेँ। … परमप्रभु येशू, मैले प्रार्थना गरें, मलाई माफ गर्नुहोस् र उसलाई माफ गर्न मलाई सहयोग गर्नुहोस्।

“म मुस्कुराउन कोशिश गरें [र] मैले आफ्नो हात उठाउन संघर्ष गर्नुपर्यो । मैले गर्न सकिन । मैले केही पनि महसुस गरिन, न्यानोपनाको सानो झिल्का वा ख्रीष्ट रुपी प्रेम। अनि त्यसैले मैले एउटा मौन प्रार्थनाको सास फेरें । येशू, मैले उसलाई माफ गर्न सक्दिन। मलाई तपाइको क्षमा दिनुहोस्।

“जब मैले उसको हात समातें एउटा अविश्वसनीय कुरा भयो । मेरो कुम देखि पाखुरा हुँदै मेरो हातबाट उसकोमा एउटा करेन्ट गएको जस्तो महसुस भयो, र मेरो हृदयमा यो अपरिचितका लागि एउटा प्रेम उत्पन्न भयो जसले मलाई द्रविभूत बनायो।

“अनि मैले पत्ता लगाएँ कि संसारको चङ्गाइ हाम्रो क्षमा वा हाम्रो असलपनामा नभएर , उहाँमा आधारित छ। जब उहाँले हामीलाई आफ्ना सत्रुहरुलाई प्रेम गर्न भन्नुहुन्छ, उहाँले त्यो आज्ञा सहित त्यो प्रेम पनि दिनुहुन्छ।”

परमेश्वरले आफ्ना आज्ञाहरू पालन गर्न , क्षमा सहितको आज्ञा सहित - कठीन समयमा पनि तपाईलाई सहयोग गर्न सक्नुहुन्छ। उहाँले कोरी टेन बुमलाई सहयोग गरे जस्तै तपाईलाई पनि सहयोग गर्नुहुन्छ।

तपाईले पाउनुपर्ने चङ्गाइ

जीवन मुश्किल छ । यो लथालिड़ग छ। अनि यो पूर्णतया परमेश्वरले दिनुभएको छनौटको अधिकार भएका मानिसले भरिएको छ ।

त्यस्ता समयमा जब कसैले गरेको छनौटले तपाईलाई गम्भीर चोट पुर्याउछ—वा दुर्घटनावस् त्यसो गर्छ—तपाईले चङ्गाइ प्राप्त गर्ने शक्ति प्रदान गर्नुहुन्छ जब तपाईले सहयोगका लागि प्रार्थना गर्नुहुन्छ र क्षमा गर्ने प्रयास गर्नुहुन्छ।

अरुलाई क्षमा गर्दा तपाईको आत्मालाई चङ्गाइ ल्याउछ। परमेश्वरको सहयोगले, तपाईले आफुलाई गलत गर्नेलाई क्षमा गर्दा, तपाईलाई अगाडी बढ्न नदिई समातीराखेको हुनसक्ने एउटा भयानक बोझलाई आफ्नो काँधबाट खासाल्दिनुहुन्छ। सच्चा चङ्गाइको बाटो गाह्रो लागेतापनि, परमेश्वर हुँदा, तपाईले कहिल्यैपनि एक्लै हिड्नुपर्ने छैन।

सूचीहरुः

  1. Corrie ten Boom, The Hiding Place (1971), 215.

  2. Jeffrey R. Holland, Oct. 2018 general conference (Ensign or Liahona, Nov. 2018, 79).

प्रिन्ट गर्नुहोस्