२०२१
परमेश्वरको पादरित्व
अगष्ट २०२१


“परमेश्वरको पादरित्व,” यूवाको शक्तिका लागि, अगष्ट २०२१, २०-२१।

युवाको शक्तिका लागि मासिक सन्देश, अगष्ट २०२१

परमेश्वरको पादरित्व

सिद्धान्त र करार 84

पादरित्व र त्यससँग तिनीहरूको सम्बन्धका बारेमा प्रत्येक युवाले के जान्नुपर्दछ।

छवि
युवा

एक शब्द दुई तरिकामा प्रयोग हुँदा यो कति भ्रमपूर्ण हुन सक्छ भनेर के तपाईंले कहिल्यै याद गर्नु भएको छ? उदाहरणका लागि, अङ्ग्रेजी शब्द पृथ्वीले हामी बसेको ग्रह र हाम्रो खुट्टा मुनिको धुलो दुबै लाई जनाउँछ। दुबै सही छन्, तर तपाईंले त्यो शब्द प्रयोग गर्नुहुँदा त्यो समयमा केका बारेमा तपाईंले कुरा गरिरहनु भएको छ भन्ने कुरामा निर्भर गर्दछ। यसलाई अझ भ्रमपूर्ण बनाउन, जब पृथ्वी को अर्थ हाम्रो ग्रह हो, यसमा धुलो भन्ने विचारलाई पनि समावेश गर्छ किनकि यस ग्रहमा धुलो छ।

पादरित्व भन्ने शब्दलाई परिभाषित गर्दै

चर्चमा हामीले दुई किसिमले प्रयोग गर्ने एउटा शब्द हो पादरित्व यो शब्दले परमेश्वरको पूर्ण शक्ति र अधिकारलाई जनाउँछ। यद्यपि, हामीले पादरित्वलाई अझ सीमित ढङ्गमा—“परमेश्वरले पादरित्व वाहकहरूलाई उहाँका सन्ततिहरूको उद्धारका लागि आवश्यक पर्ने सबै कुरामा कार्य गर्नका लागि शक्ति र अधिकार दिनुहुन्छ।” भनी उल्लेख गर्नेको लागि पनि प्रयोग गर्छौं

मानिसलाई प्रदान गरिने पादरित्व परमेश्वरको सबै शक्ति होइन। निम्न चार्टले यस भनाइलाई चित्रण गर्दछ।

यस चार्टमा तपाईंले परमेश्वरका अनन्त र कुनै सीमा नभएका शक्तिका केही उदाहरणहरू देख्नुहुनेछ। यस भित्र, तपाईंले परमेश्वरको पादरित्वका शक्ति र अधिकारका उदाहरणहरू पनि देख्नुहुनेछ जुन उहाँले ख्रीष्टको चर्चमा सेवा गर्न योग्य पुरुषहरूलाई प्रदान गर्नुहुन्छ, वा दिनुहुन्छ।

तपाईंको जीवनमा पादरित्वको अधिकारका उदाहरणहरू

पादरित्वका सबै आशीषहरू स्वर्गका पिताका सबै प्रिय छोरी र छोरालाई उपलब्ध छन्। दोस्रो सूचीले केवल ती पदारित्वका साँचाहरू वहन गर्ने वा उहाँमाथि पादरित्वका अधिकार प्रदान गरिएका व्यक्ति मार्फत आउने आशीषहरूलाई प्रतिनिधित्व गर्दछ।

यो पृथ्वीमा आफ्नो चर्चलाई संगठन र प्रशासन गर्नका लागि परमेश्वरले स्थापित गरिएको क्रम हो। परमेश्वरको पादरित्वको अधिकारका अन्य उदाहरणहरूमा, डिकनहरू वा शिक्षक गणका अध्यक्ष समवेस छन्, जोसँग आफ्नो गणको काम, घरमा दिने पिताको आशीर्वाद, र मन्दिरका विधि र करारहरू गर्ने निर्देशिन गर्नका लागि साँचाहरू छन्।

पुरुष, महिला र पादरित्वको अधिकार

यद्यपि पादरित्वको पदमा नियुक्ति पुरुषहरूलाई मात्र दिइन्छ, अध्यक्ष ड्यालिन एच् ओक्स् प्रथम अध्यक्षतामा पहिलो सल्लाहकार ले एउटा महत्त्वपूर्ण सिद्धान्त वर्णन गर्नुभएको छ: “पादरित्व उहाँका सबै सन्ततिहरूलाई फाइदा पुर्‍याउने परमेश्वरको कार्यका लागि प्रयोग गरिने आस्थामा लिइएको दैवी शक्ति र अधिकार हो। पादरित्व पादरित्वको पदमा नियुक्त गरिएका वा जसले यो अधिकार चलाउँछन् ती पादरित्व होइनन् । पादरित्व वहन गर्ने पुरुषहरू पदारित्व होइनन् नियुक्त गरिएका पुरुषहरूलाई हामीले पादरित्व ” मान्नु हुँदैन।

यद्यपि महिलाहरू पादरित्वमा नियुक्त गरिएका हुँदैनन्, तापनि अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो, “जब तपाईंलाई पदारित्वका साँचाहरू धारण गर्ने व्यक्तिको निर्देशनमा बोलावटमा सेवा गर्न नियुक्त गरिन्छ… तपाईंलाई त्यो बोलावटमा काम गर्ने पादरित्व अधिकार दिइन्छ।” युवती महिला वर्गका अध्यक्षहरू, सुसमाचार पढाउने बहिनी सुसमाचार प्रचारकहरू, सिकाउन र नेतृत्व गर्न नियुक्त गरिएका वार्ड र किलाका अगुवाहरू अनि मन्दिरमा विधिका लागि काम गर्ने कार्यकर्ताहरू यसका केही उदाहरणहरू हुन्।

पादरित्वको शक्तिले हरेकलाई आशीषित गर्दछ

तपाईं युवा पुरुष र युवती महिलाहरूले पाउनु भएका आशीषहरू तपाईंहरूले बप्तिस्माको समयमा र मन्दिरमा गर्नुभएका करारहरू मार्फत प्राप्त भएका हुन्। यद्यपि तपाईको घरमा पादरित्व वाहक हुनुहुन्न भने पनि, यदि तपाईंले उहाँसँग गर्नु भएका करारहरू पालन गर्नुहुन्छ भने तपाईं आफ्नो जीवनमा परमेश्वरको पादरित्वको शक्तिद्वारा आशीषित हुन सक्नुहुन्छ (हेर्नुहोस् १ नफि १४:१४)।

हामी हाम्रा करारहरू अनुसार जिउँदा, हामीले हामीलाई शक्ति र आशीर्वाद प्राप्त हुने आशीष पाउँछौँ । हामी तपाईंलाई तपाईंको जीवनमा पादरित्वका आशीषहरूका बारे सोच्न आमन्त्रण गर्दछौँ—त्यो आशीष जुन परमेश्वरको अनन्त पादरित्वको शक्तिका कारण आएको हो र विशेष गरी पादरित्वको अधिकारबाट आएको हो जुन परमेश्वरको चर्चमा प्रदान गरिन्छ।

सूचीहरू:

  1. Dale G. Renlund and Ruth Lybbert Renlund, The Melchizedek Priesthood: Understanding the Doctrine, Living the Principles (2018), 11.

  2. Dallin H. Oaks, “The Melchizedek Priesthood and the Keys,” Apr. 2020 general conference (Ensign or Liahona, May 2020, 69).

  3. President Russell M. Nelson, “Spiritual Treasures,” Oct. 2019 general conference (Ensign or Liahona, Nov. 2019, 78).

प्रिन्ट गर्नुहोस्