२०२२
तपाईं उहाँलाई कसरी सुन्नुहुन्छ?
मार्च २०२२


तपाईं उहाँलाई कसरी सुन्नुहुन्छ? युवाको शक्तिका लागि मार्च २०२२

मासिक युवाका शक्तिका लागि सन्देश, मार्च २०२२

तपाईं उहाँलाई कसरी सुन्नुहुन्छ?

अप्रिल २०२० साधारण सम्मेलन सम्बोधन बाट।

छवि
पजलका टुक्राहरू
छवि
पजलका-टुक्राका आकारहरू हराएका मानिसहरू

ओक्साना ग्रिभिनाद्वारा चित्रण

हामीले पवित्र आत्माबाट प्राप्त गर्ने शान्तिपूर्ण निर्देशनको साथसाथै, समय-समयमा, परमेश्वरले हामी प्रत्येकलाई शक्तिशाली अनि अति नै व्यक्तिगत रूपमा आश्वासन दिनुहुन्छ कि उहाँले हामीलाई चिन्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। त्यसपछि, हाम्रा कठीनाइका क्षणहरूमा, मुक्तिदाताले यी अनुभवहरूलाई हाम्रो मस्तिष्कमा पून: ल्याउनुहुन्छ।

आफ्नो जीवनको बारेमा विचार गर्नुहोस्। यी अनुभवहरू हाम्रो जीवनमा निर्णायक समयमा आउन सक्छन् वा सुरुमा अनौठा घटनाहरू जस्ता लाग्न सक्छन् । यी आध्यात्मिक रूपमा परिभाषित क्षणहरू विभिन्न समयमा र विभिन्न तरिकामा, हामी प्रत्येकका लागि व्यक्तिगत रुपमा आउँछन्।

जोसेफ स्मिथले व्याख्या गरे गर्नुभयो कि हामीले कहिलेकाहीं अचानक विचारहरूका स्ट्रोक र कहिलेकाहीँ बुद्धिको विशुद्ध प्रवाह प्राप्त गर्छौं।

अध्यक्ष डलिन एच. ओक्सले यस्तो अनुभव कहिल्यै नआएको दाबी गर्ने एक इमानदार मानिसलाई जवाफ दिँदै यस्तो सल्लाह दिनुभयो, “सायद तपाईंको प्रार्थना बारम्बार सुनिएको छ, तर तपाईंले आफ्नो अपेक्षाहरू एउटा सङ्केतमा राख्नुभएको छ वा एउटा ठूलो स्वरमा कि तपाई सोच्नुहुन्छ कि तपाईले कुनै जवाफ पाउनुभएको छैन।”

हामीले भर्खरै अध्यक्ष रसल एम. नेल्सनले यसो भनेको सुनेका छौँ: म तपाईंलाई यो मुख्य प्रश्नका बारेमा गहिरो र बारम्बार सोच्न आमन्त्रण गर्दछु: तपाईंले उहाँको कुरा कसरी सुन्नुहुन्छ? म पनि तपाईंलाई उहाँलाई अझ राम्ररी र बारम्बार सुन्नका लागि कदम चाल्न आमन्त्रण गर्दछु।

प्रिन्ट गर्नुहोस्