२०२२
छनौट
जुन २०२२


“छनौट,” युवाहरुको शक्तिका लागि, जुन २०२२।

मासिक युवाहरुको शक्तिका लागि सन्देश, जुन २०२२

छनौट

यहोशूले आफ्नो मानिसहरुलाई सहि छनौट गर्न आग्रह गरे—परमप्रभुको अनुसरण गर्न।

छनौट गर्नुहोस्

हाम्रो छनौट गर्ने क्षमता र आफ्नो लागि कार्य गर्ने कुरालाई छनौटको स्वतन्त्रताभनिन्छ। यो स्वर्गमा रहनुहुने पिताको योजनाको महत्वपूर्ण भाग हो। यो जीवनको एक उद्देश्य हामीले परमेश्वरका आज्ञाहरुको पालना गर्छौं भनी देखाउनु हो ताकि हामी उहाँ जस्तै बन्न सकौं। हाम्रो छनौटहरु अनुसार हाम्रो न्याय गरिनेछ। (हेर्नुहोस् २ नफी २:२७; सिद्धान्त र करार १०१:७८; अब्राहम ३:२५।)

यस दिन

यहोशूले आफ्नो मानिसहरुलाई छनौट गर्न आग्रह गरे “यस दिन,” अथवा तत्काल हामी एक पटक महत्त्वपूर्ण छनोटहरू गर्न सक्छौं र त्यसपछि तिनीहरूप्रति प्रतिवद्ध रहन प्रयास गर्न सक्छौं। हेर्नुहोस् भजनसंग्रह ३७:५

सेवा

यस पंक्तिमा, सेवा गर्नु भनेको आराधना गर्नु, सहायता गर्नु, आज्ञापालन गर्नु र कसैको लागि आफूलाई समर्पित गर्नु हो। हामीले परमप्रभको सेवा गर्नु पर्छ (हेर्नुहोस् मोशा १:१५)।

परमेश्वरहरु

इस्राएललाई केवल साँचो र जीवित परमेश्वर, येशू ख्रीष्टको सेवा गर्न आज्ञा दिइएको थियो (हेर्नुहोस् प्रस्थान २०:२–५)। यहोशूले अरु परमेश्वरहरुको उदाहरण दिए जसको आराधना गर्नुहुन्न। हाम्रो जीवनमा अरु परमेश्वोरहरु भन्नाले धनसम्पत्ति, अरुको विचार, अरुको रुची—जेपनि समावेश हुनसक्छ जसले हामीलाई परमप्रभुबाट टाढा लैजान्छ।

म र मेरो घर

यहोशूले आफ्नो र आफ्नो घरको लागि बोले। उनले भने तिनीहरुले परमप्रभुको सेवा गर्ने छन्। उनले तिनको परिवारलाई धार्मिक रुपमा लैजान चाहन्थे र उनीहरुलाई परमप्रभुको अनुसरण गर्न सिकाउन चाहन्थे (हेर्नुहोस् सिद्धान्त र करार ९३:४०)।

प्रिन्ट गर्नुहोस्