२०२२
प्रोत्साहनको विरासत—उद्धरणहरू
नोभेम्वर २०२२


मासिक लियाहोना सन्देश, नोभेम्वर २०२२

प्रोत्साहनको विरासत

उद्धरणहरू

छवि
हवाइजहाजको छाया सँग कागजको हवाई जहाज

जब म कुनै विषय कति कठीन छ भनेर गुनासो गर्दथेँ मेरी आमाले मलाई भन्नुहुन्थ्यो, “हो, हाल, निश्चय नै यो कठीन छ । यो हुनपर्ने नै हो । जीवन एक परीक्षा हो ।”

उहाँ त्यसलाई मुस्कुराउँदै, शान्तिपूर्वक भन्न सक्नुहुन्थ्यो, किनभने उहाँलाई दुई विषयहरू जानकारी थियो । सङ्घर्ष हुँदाहुँदै पनि, उहाँका स्वर्गका पितासँगै रहनका लागि घर फर्कने विषयले सबैभन्दा महत्त्व राख्छ । अनि उहाँका मुक्तिदातामा आस्थाद्वारा यसो गर्न सकिन्छ भनेर उहाँलाई जानकारी थियो …।

प्रोत्साहनको विरासत जुन उहाँले हाम्रा लागि छोड्नुभयो त्यसलाई मोरोनी ७मा उत्तम तरिकाले व्याख्या गरिएको छ जहाँ मोर्मोन आफ्ना छोरा मोरोनी अनि आफ्ना मानिसहरूलाई प्रोत्साहन दिन्छन् … ।

जसरी आफ्नो स्वर्गको घरको मार्गमा माथि सङ्घर्ष गरिरहेकाहरूलाई प्रोत्साहन दिन सफल हुने सबैले गर्छन्, त्यसरी नै उहाँले येशू ख्रीष्टलाई पहिलो स्थानमा राख्नुहुन्छ । …

मोर्मोनले विनम्रतालाई उनीहरूको आस्थाको शक्तिको प्रमाणका रूपमा हेरे …।

तिनीहरू ख्रीष्टको विशुद्ध प्रेमले भरिँदै आफ्नो हृदयले चाहेको उपहार प्राप्त गर्ने मार्गमा छन् भन्ने गवाही दिँदै मोर्मोनले पुन: तिनीहरूलाई प्रोत्साहन दिन्छन् …।

पछाडि फर्केर हेर्दा, म अहिले देख्दछु कि त्यो करुणा—ख्रीष्टको पवित्र प्रेमलेमेरी आमालाई आफ्नो घर फर्कने मार्गमा सङ्घर्ष गर्न कसरी — शक्ति, निर्देशन दियो, टिकायो अनि परिवर्तन गरायो …।

… मुक्तिदातालाई तपाईंका कठीनाइहरू विस्तारपूर्वक थाहा छ । आस्था, आशा अनि करुणामा हुर्कन तपाईंमा भएको महान् क्षमताका सम्बन्धमा उहाँ जानकार हुनुहुन्छ ।

उहाँले दिनुभएका आज्ञाहरू र करारहरू तपाईंलाई नियन्त्रण गर्न ल्याइएका परीक्षाहरू होइनन् । तिनीहरू तपाईंलाई परमेश्वरका सबै उपहारहरू प्राप्त गर्न र तपाईंका स्वर्गका पिता र तपाईंलाई प्रेम गर्ने परमप्रभुको गृहमा फर्कने तर्फ उचाल्ने उपहार हुन् ।

प्रिन्ट गर्नुहोस्