२०२३
येशू ख्रीष्टले तपाईंलाई मजबुत बनाउनुहुने ४ तरिकाहरू
जनवरी २०२३


“येशू ख्रीष्टले तपाईंलाईयेशू ख्रीष्टले तपाईंलाई मजबुत बनाउनुहुने ४ तरिकाहरू,” युवाहरूको शक्तिका लागि, जनवरी २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, जनवरी २०२३

येशू ख्रीष्टले तपाईंलाईमजबुत बनाउनुहुने चार तरिकाहरू

ख्रीष्टकोमाध्यमबाट सबै चीज गर्न सक्छु ।
फिलिप्पी ४:१३

छवि
स्तूप

संसारभर इसाई धर्मीहरू यो धर्मशास्त्र पढेर रमाउछन् “उहाँद्वारा नै म सबैचीज गर्न सक्छु जसले मलाई शक्ति दिनुहुन्छ” (फिलिप्पी ४:१३)।

जब मानिसहरूले यो सुन्छन्, यसको अर्थ तिनीहरू कुनै पनि परीक्षा उत्तीर्ण हुन सक्छन्, कुनै पनि खेल जित्न सक्छन् र हरेक इच्छा पूरा हुन सक्छन् भनेर तिनीहरूमध्ये केहीले सोच्न सक्छन् । परन्तु यो त्यो होइन जुन धर्मशास्त्रले सिकाउँछ ।

यो कारागारमा प्रेरित पावलद्वारा रहँदा लेखिएको थियो । एक कैदी भएकाले पावलले धेरै चीजहरू गर्न सकेनन्, तर उनलाई थाहा थियो कि येशू ख्रीष्टले उनलाई त्यो चीजमा शक्ति दिनुहुन्छ जुन सबैभन्दा महत्त्वपूर्ण छ ।

त्यही तपाईंका लागि पनि सत्य हो ।

ख्रीष्टले तपाईंलाई बुझ्नशक्ति दिनुहुन्छ

ख्रीष्टले तपाईंलाई विभिन्न महत्त्वपूर्ण तरिकाहरू दिनुभएको छ जसबाट तपाईंले के सत्य हो भनेर बुझ्नुहुने छ । उहाँले हामी सबैलाई सधैँ प्रार्थना गर्न (हेर्नुहोस् ३ नफी १८:१८) र सत्य के हो भनेर बुझ्नका लागि सोध्न सिकाउनुभएको छ (हेर्नुहोस् मोरोनी १०:४-५)। तपाईंले धर्मशास्त्रहरूको अध्ययनद्वारा पनि सत्य के हो पत्ता लगाउनुहुने छ अनि बुझ्न सक्नुहुन्छ ।

प्रार्थना र धर्मशास्त्रको अध्ययनले तपाईंको जीवनमा आत्मालाई निम्त्याउन सक्दछ । आत्माले “तपाईंको मस्तिष्क र …तपाईंको हृदयमा बोल्न” (सिद्धान्त र करार ८:२),”तपाईंको आत्मा खुशीले भर्न,” अनि “तपाईंको मष्तिस्कलाई ज्ञान दिन” सक्दछ” (सिद्धान्त र करार ११:१३)।

यी तरिकाहरूले तपाईंले “उहाँलाई सुन्न” सक्नुहुन्छ—मुक्तिदाताका वचनहरू सुन्न अनि उहाँले के भन्नुभएको छ त्यसलाई पालना गर्न सक्नुहुन्छ । अध्यक्ष नेल्सनले सिकाउनुभएको छ कि यो “यस जीवनमा सफलता, खुशी र आनन्दको नमूना हो ।”

ख्रीष्टले तपाईंलाई गर्नशक्ति दिनुहुन्छ

तपाईंमा शक्ति तब आउँछ जब तपाईं आज्ञाहरू पालन गर्न र सहीछनोटहरू गर्न प्रयास गर्नुहुन्छ जसले तपाईंलाई शान्ति र खुशीतर्फ डोर्याउँछ । ती छनोटहरू गर्न कठीन हुँदा पनि येशू ख्रीष्टले तपाईंलाई यसो गर्न शक्ति दिनुहुन्छ । कहिलेकाहीँ तपाईंले गलत छनोट गर्न सक्नुहुन्छ । कृतज्ञतापूर्वक, मुक्तिदाताको प्रायश्चित्तले पश्चात्ताप सम्भव बनाउँदछ । येशू ख्रीष्टका कारण, तपाईंले शुद्ध हुन र आनन्द पाउन सक्नुहुन्छ । उहाँले तपाईंलाई हरेक दिन “अझै राम्रोगर्न अनि असल हुन” शक्ति दिन सक्नुहुन्छ ।

ख्रीष्टले तपाईंलाई परास्त गर्नशक्ति दिनुहुन्छ

कारागारमा छँदा, पावलले लेखे: “जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु ।

“कसरी होचिन र कसरी बढ्ने म जान्दछु: सबैतिर र जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु ।” (फिलिप्पी ४:११-१२)।

अर्को शब्दमा, ख्रीष्टद्वारा उनले आफ्ना परीक्षणहरू र चुनौतीहरूलाई परास्त गर्न र यसबाट सिक्न सक्दछन् भनेर पावलले सिके । येशू ख्रीष्टले तपाईंलाई सोही गर्न शक्ति दिन सक्नुहुन्छ ।

मुक्तिदाताले “ हरेक प्रकारका पीडाहरू र कष्टहरू र प्रलोभनहरू सहनुभयो ।” अनि उहाँले उनीहरूका कमजोरीहरूलाई आफूमाथि लिनुभयो, ताकि … कि उनीहरूका कमजोरीहरू अनुसार उहाँका जनको कसरी सहायता गर्ने” भनेर उहाँले बुझ्न सक्नुहोस् (अल्मा ७:११–१२) । तपाईंले जेसुकैको सामना गरेपनि, येशू ख्रीष्टले तपाईंलाई अन्त्यसम्म सहन अनि आफूले गर्न नसक्ने चीजहरू पूर्ण गर्न शक्ति दिन सक्नुहुन्छ ।

ख्रीष्टले तपाईंलाई उहाँ जस्तै बन्नशक्ति दिनुहुन्छ

येशू ख्रीष्टले हाम्रा लागि पुनरुत्थानलाई वास्तविकता बनाइदिनु भएको छ र उहाँले पश्चात्ताप गर्ने, आवश्यक विधिहरू प्राप्त गर्ने, अनि त्यसमा संलग्न करारहरू आफूमा लिने र त्यसलाई पालना गर्ने सबैलाई अनन्त जीवन सम्भव बनाइदिनुहुन्छ । स्वर्गका पिताले हामीबाट के चाहनुहुन्छ —उहाँ र उहाँका पुत्र येशू ख्रीष्ट जस्तै बन्ने, अनि अनन्तकालका लागि उहाँहरू सँग बस्ने त्यो चीज ख्रीष्टबिना हामीले पूरा गर्न सक्दैनौँ ।

छवि
येशू ख्रीष्ट

तपाईंले उहाँका बारेमा सिक्नुभएमा, उहाँलाई भरोसा र विश्वास गर्नुभएमा, अनि उहाँका उदाहरण अनुशरण गर्नुभएमा तपाईं अझै बढी येशू ख्रीष्ट जस्तै बन्न सक्नुहुन्छ । यसले तपाईंलाई अझै आस्था, आशा, करुणा, धैर्यता, विनम्रता, शुद्धता, अनि आज्ञाकारिताका साथ जिउन अगुवाइ गर्नेछ । यी सबै मुक्तिदाताका विशेषताहरू हुन् ।

तपाईंले येशू ख्रीष्टलाई अनुशरण गर्ने प्रयास गर्नुभएमा, उहाँ तपाईंको आशा र तपाईंको ज्योति बन्नुहुनेछ जसले तपाईंलाई ती सबै बन्न अगुवाइ गर्नुहुनेछ जुन उहाँलाई जानकारी छ तपाईं बन्न सक्नुहुन्छ । अनि, पावल सँगै, तपाईंले भन्न सक्नुहुनेछ, “ख्रीष्टद्वारा नै म सब चीज गर्न सक्छु जसले मलाई शक्ति दिनुहुन्छ ।”

सूचीहरू

  1. Russell M. Nelson, “Hear Him,” Apr. 2020 general conference (Ensign or Liahona, May 2020, 89).

  2. हेर्नुहोस् रसल एम. नेल्सन, “हामी अझै राम्रो गर्न सक्छौँ र अझै राम्रो बन्न सक्छौँ,” अप्रील २०१९ साधारण सम्मेलन (Ensign अथवा Liahona, मे २०१९, ६९) ।

प्रिन्ट गर्नुहोस्