२०२३
व्यक्तिगत शान्ति खोज्ने
मे २०२३


मासिक लियाहोना सन्देश, मे २०२३

व्यक्तिगत शान्ति खोज्ने

उद्धरणहरू

छवि
भित्तेपत्र

हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि आज म व्यक्तिगत शान्ति खोज्ने चमत्कारका सम्बन्धमा सिकेका बिषयमा बोल्ने छु, । …

मैले मुक्तिदाताको शिक्षाबाट न्यूनतम पाँचवटा सत्य सिकेको छु ।

पहिलो, शान्तिको वरदान हामीले उहाँका आज्ञाहरू पालना गर्ने आस्था भएपछि प्रदान गरिन्छ । …

दोस्रो, पवित्र आत्मा आउने छ र हामीसँग रहने छ । …

तेस्रो, मुक्तिदाताले प्रतिज्ञा गर्नुहुन्छ कि हामीले हाम्रा करारहरू पालना गर्दा, हामी एकअर्का र हाम्रा लागि पिता र पुत्रको प्रेम महसुस गर्न सक्छौँ । …

चौथो, परमप्रभुका आज्ञाहरू पालना गर्न आज्ञाकारिता भन्दा पनि अधिक आवश्यक हुन्छ । हामीले आफ्नो सारा हृदय, सामर्थ्य, मस्तिष्क र आत्माले परमेश्वरलाई प्रेम गर्नु पर्छ । …

पाँचौँ, यो स्पष्ट छ कि परमप्रभुले हामीलाई हाम्रा पापहरूको मूल्य चुकाउन पर्याप्त प्रेम गर्नुभयो ताकि हामी—उहाँमा हाम्रो आस्था र हाम्रो पश्चात्ताप, उहाँको प्रायश्चितका प्रभावहरूद्वारा—शान्तिको वरदान प्राप्त गर्न सक्छौँ जसले यस जीवनमा र उहाँसँग अनन्ततासम्म…“सबै समझदारीलाई पार गर्छ ।” [फिलिप्पी ४:७], ।

चर्चका सदस्यहरूले परमप्रभुको व्यक्तिगत शान्तिको उपहार महसुस गरेका छन् । उहाँले अरूहरूलाई उहाँकहाँ आउन र सोही शान्तिका लागि योग्य हुने अवसरहरू प्राप्त गर्नका लागि सहयोग गर्न सबैलाई सबैलाई प्रोत्साहन दिइरहनुभएको छ । तिनीहरूले यसको सट्टामा त्यो उपहार अरूहरूलाई कसरी बाँढ्न सक्छन् भनेर बुझ्न प्रेरणा खोज्ने छनोट गर्ने छन् ।

यी हुर्कदो पिँढी पुस्ताका पालनपोषणकर्ता बन्ने छन् । यी अनगिन्ती प्रयासले चमत्कार उत्पन्न गर्ने छ । यो समयसँगै फैलिने र बढ्दै जाने छ र पृथ्वीमा परमप्रभुको राज्य तयार हुने छ र उहाँलाई उच्च स्वरमा होसन्नाले अभिवादन गर्न तयार हुने छ । पृथ्वीमा शान्ति हुने छ ।

प्रिन्ट गर्नुहोस्