२०२३
गेत्सेमनी
जुन २०२३


“गेत्सेमनी ” युवाहरूको शक्तिका लागि, अप्रिल २०२३ ।

स्थानहरू धर्मशास्त्रहरू बाट

गेत्सेमनी

हाम्रो लागि मुक्तिदाताको पीडा सुरु भएको स्थानका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् ।

छवि
जैतूनको वृक्षवाटिका

त्यो कहाँ छ?

जैतून पहाडको भीरमा, यरूशलेमको पूर्वमा (चित्रमा दायाँ, विशाल रूखले सङ्केत गरेको) ।

छवि
प्राचीन यरूशलेमको नक्सा

जिम मेडसनद्वारा यरूशलेमको नक्शा चित्रण

त्यहाँ के थियो?

जैतूनका रूखहरूको वृक्षवाटिका र सम्भवतः जैतूनबाट तेल लिनका लागि थिच्ने उपकरण ।

छवि
जैतून थिच्ने उपकरण

यहाँ के भयो?

अन्तिम भोजन पछि, येशू ख्रीष्ट आफ्ना एघार प्रेरितहरूसँगै गेत्सेमनीमा जानुभयो । त्यसपछि उहाँ प्रार्थना गर्न एक स्थानमा जानुभयो र पत्रुस, याकूब र यूहन्नालाई आफूसँगै लैजानुभयो ।

उहाँ “पीडादायी पीडामा द्रवीभूत हुन र अत्यधिक बोझिलो हुन सुरु गर्नु भयो ।” उहाँले भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै दुःखी छ” (मर्कूस १४:३३-३४) ।

उहाँले प्रार्थना गर्नुभयो, “पिता, यदि हजुर इच्छुक हुनुहुन्छ भने, यो प्याला मबाट हटाउनुहोस्: यद्यपि मेरो इच्छा होइन, तर हजुरको, पूरा होस् ।

“अनि उहाँलाई मजबूत पार्दै स्वर्गबाट उहाँकहाँ एक स्वर्गदूत देखा पर्नुभयो ।

“अनि पीडामा परेर उहाँले झन् दृढतापूर्वक प्रार्थना गरनुभयो: र उहाँको पसिना रगतका ठूला थोपाहरू जस्तै भुइँमा खसिरहेको थियो” (लूका २२:४२-४४) ।

मुक्तिदाताद्वारा बहन गारिएको यो तीव्र पीडा पछि, उहाँलाई यहूदाद्वारा धोका दिइयो र यहूदी अधिकारीहरू र रोमी सैनिकहरूको समूहद्वारा गिरफ्तार गरियो ।

छवि
गेत्सेमनीमा येशू ख्रीष्ट

गेत्सेमनी, माइकल माल्मद्वारा

सूचीहरू

  1. धर्मशास्त्रहरूका लागि मार्गदर्शन, “गेत्सेमनी ।”

  2. हेर्नुहोस् D. Todd Christofferson, अक्टो. २०१६ साधारण सम्मेलन (Ensign वा लियाहोना, नोभेम्वर २०१६, ५०) ।

प्रिन्ट गर्नुहोस्