२०२३
तपाईंको मार्गदर्शकको रूपमा पवित्र आत्मा लिनुहोस्
अक्टोबर २०२३


“तपाईंको मार्गदर्शकको रूपमा पवित्र आत्मा लिनुहोस्,” युवाको शक्तिका लागि, अक्टोबर २०२३ ।

मासिक युवाको शक्तिका लागि सन्देश, अक्टोबर २०२३ ।

तपाईंको मार्गदर्शकको रूपमा पवित्र आत्मा लिनुहोस्

अप्रिल २०१७ साधारण सम्मेलन सम्बोधनबाट ।

स्वर्गमा हुनुहुने हाम्रा पितालाई थाहा थियो कि मरणशील जीवनमा हामीले चुनौतीहरू, सङ्कष्टहरू र अशान्तिहरूको सामना गर्ने छौँ; उहाँलाई थाहा थियो कि हामी प्रश्नहरू, निराशाहरू, प्रलोभनहरू र कमजोरीहरूसँग कुश्ती गर्ने छौँ । हामीलाई नश्वर शक्ति र दैवी निर्देशन दिनको लागि, उहाँले पवित्र आत्मा प्रदान गर्नुभयो ।

दैवी कार्यभारद्वारा, पवित्र आत्माले हामीलाई प्रेरित गर्दछ, गवाही दिन्छ, सिकाउँछ र परमप्रभुको ज्योतिमा हिँड्न प्रेरित गर्दछ । हाम्रो जीवनमा उनको प्रभावलाई चिन्न र प्रतिक्रिया दिन सिक्ने पवित्र जिम्मेवारी हामीसँग छ ।

हामीले त्यो कसरी गर्छौँ ?

पहिलो, हामी आत्मा प्राप्त गर्न योग्य जीवन जिउने कोसिस गर्छौँ ।

दोस्रो, हामी आत्मा प्राप्त गर्न इच्छुक हुनु पर्छ ।

तेस्रो, हामीले आत्मालाई चिन्नुपर्छ जब यो आउँछ ।

चौथो, हामीले पहिलो प्रेरणा पाउना साथ कार्य गर्नु पर्छ ।

हामी परमप्रभुको “खुसी होओ, किनकि म तिमीहरूलाई मार्गदर्शन गर्ने छु” आह्वानलाई गम्भीरताका साथ लिऔँ (सिद्धान्त र करार ७८:१८)। उहाँले हामीलाई पवित्र आत्माद्वारा मार्गदर्शन गर्नुहुन्छ । हामी आत्माको नजिक रहौं, हामीले प्राप्त गर्ने पहिलो प्रेरणाहरू परमेश्वरबाट आएका हुन् भन्ने जानेर छिटो कार्य गरौं । म पवित्र आत्माको शक्तिको गवाही दिन्छु जसले हामीलाई मार्गनिर्देशन गर्न, हामीलाई रक्षा गर्न र सधैं हामीसँग रहन सक्छ ।

प्रिन्ट गर्नुहोस्