२०२३
मृतकहरू परमेश्वरका सामु खडा हुने छन्
डिसेम्बर २०२३


“मृतकहरू परमेश्वरका सामु खडा हुने छन्,” युवाहरूको शक्तिका लागि, डिसेम्बर २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, डिसेम्बर २०२३

मृतकहरू परमेश्वरका सामु खडा हुने छन्

आफ्नो प्रकाशमा, यूहन्नाले अन्तिम फैसला देखे ।

छवि
येशू ख्रीष्ट

He Comes Again to Rule and Reign मेरी सोअरद्वारा

मृतक, महत्वहीन र महान्, परमेश्वरकोसामु खडा हुन्छन्

येशू ख्रीष्टको पुनरुत्थानको शक्तिले सबैमानिसहरूलाई न्यायका लागि परमेश्वरको उपस्थितिमा ल्याउँछ (हेर्नुहोस् अल्मा ११:४२–४४; ३३:२२; ४०:२१;हेलामान १४:१५–१७; मोर्मोन ९:१३–१४) ।

पुस्तकहरू खोलिएका थिए

यी पुस्तकहरूले करारको मार्गलाई अनुशरण गर्नका लागि पृथ्वीमा मानिसहरूले के गरे भनेर पृथ्वीमा राखिएका अभिलेखहरूलाई प्रतिनिधित्व गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १२८:७) ।

जीवनको पुस्तक

“एक अर्थमा जीवनको पुस्तक भनेको व्यक्तिको विचार र कार्यहरूको —उसको जीवनको अभिलेखको योग हो । यद्यपि, धर्मशास्त्रहरूले यो पनि सङ्केत गर्छन् कि आस्थावानहरूको स्वर्गीय अभिलेख राखिएको छ, तिनीहरूका नाम र तिनीहरूका धार्मिक कार्यहरूको विवरणहरू सहित” (Guide to the Scriptures, “Book of Lifescriptures.ChurchofJesusChrist.org )।

न्याय गरियो

मानिसहरूको पुनरुत्थान भएपछि अन्तिम फैसला आउँछ । येशू ख्रीष्ट प्रत्येक व्यक्तिको न्यायकर्ता हुनुहुने छ । यो फैसलाले प्रत्येक व्यक्तिले प्राप्त गर्ने अनन्त महिमा निर्धारण गर्ने छ । (Guide to the Scriptures, “Judgment, the Last,” scriptures.ChurchofJesusChrist.org हेर्नुहोस्; अल्मा ४१:३–५; सिद्धान्त र करार ८८:२६–३२ ।)

तिनीहरूको कार्यअनुसार

प्रत्येक व्यक्तिलाई उनीहरूले गरेका कार्य र उनीहरूले चाहनाहरूद्वारा न्याय गरिने छ (हेर्नुहोस् सिद्धान्त र करार १३७:९)। तिनीहरू परमेश्वरका आज्ञाहरूप्रति आज्ञाकारी थिए वा थिएनन् र यस जीवनमा आफूले पाएको ज्योति र सत्यअनुसार मेलमिलापमा कार्य गरे वा गरेनन्‌ भनेरतिनीहरूको न्याय गरिने छ ।

प्रिन्ट गर्नुहोस्