युवाहरूको शक्तिका लागि
युवाहरूको शक्तिका लागि: तपाईंहरूका लागि मुक्तिदाताको सन्देश
मार्च २०२४


“युवाहरूको शक्तिका लागि: तपाईंहरूका लागि मुक्तिदाताको सन्देश,”युवाहरूको शक्तिका लागि, मार्च २०२४ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, मार्च २०२४

युवाहरूको शक्तिका लागि: तपाईंहरूका लागि मुक्तिदाताको सन्देश

यो मार्गदर्शनले तपाईंहरूलाई तपाईंका छनोटहरूलाई येशू ख्रीष्ट र उहाँको शिक्षासँग जोड्न सहयोग गर्छ ।

छवि
येशू ख्रीष्ट

म ढोकामा उभिएर ढकढक्याउँछु, जे कर्क रिचर्ड्सद्वारा

कल्पना गर्नुहोस् कि तपाईं २,००० वर्ष पूर्वको पुरातन ग्यालिलमा बस्दै हुनुहुन्छ । तपाईंहरू र तपाईंहरूका साथीहरूलाई स्थानीय सभागृहमा, विशेष अतिथि वक्ता: नाजरथका येशू हुनु भएको एक युवा भक्तिको कार्यक्रममा आमन्त्रन गरिएको छ । अनि आफ्नो सन्देशको एक निश्चित बिन्दुमा, येशूले श्रोताहरूमा रहेका युवाहरूलाई उहाँलाई प्रश्नहरू सोध्न आमन्त्रन गर्नुहुन्छ ।

तपाईंहरूलाई कस्तो प्रकारका प्रश्नहरू सुन्न सकिन्छ जस्तो लाग्छ?

केही प्रश्नहरूले समयको संस्कृति र परिस्थितिलाई प्रतिविम्वित गर्छन् भन्ने मलाई लाग्छ । परन्तु वास्तवमा नै ती मध्ये अधिकांश आज हामीसँग भएका प्रश्नहरू जस्तै महसुस हुन सक्छन् भनेर म विश्वास गर्छु ।

उदाहरणका लागि, नयाँ काररमा, मानिसहरूले मुक्तिदातालाई निम्न प्रश्नहरू सोधे:

  • अनन्त जीवन प्राप्त गर्न मैले के गर्नु पर्छ?

  • के मलाई स्वीकार गरिन्छ? के म सम्बन्धित छु?

  • यदि मेरो बन्धुले मेरा विरुद्धमा पाप गर्छ भने, मैले उसलाई कति पटक क्षमा गर्नु पर्छ?

  • भविष्यमा यस संसारमा के के हुन गइरहेको छ? के म सुरक्षित हुने छु?

  • के हजुरले मेरो प्रियजनलाई चङ्गाइ दिन सक्नुहुन्छ?

  • सत्य के हो?

  • म सही मार्गमा गइरहेको छु भनेर मैले कसरी थाहा पाउने?

के हामी सबैले समय समयमा एकै प्रकारको विषय सोच्दैनौं? शताब्दीयौँदेखि, प्रश्नहरू धेरै परिवर्तन भएका छैनन् । अनि न त तिनीहरू सोध्नेहरूप्रति मुक्तिदाताको करुणा नै परिवर्तन भएका छन् । उहाँलाई जीवन कत्ति कष्टदायी र भ्रमपूर्ण हुन सक्छ भन्ने थाहा छ । हाम्रो बाटो गुमाउन कति सजिलो छ भन्ने उहाँलाई थाहा छ । हामी यदाकदा भविष्यका बारेमा चिन्ता गर्छौं भन्ने उहाँलाई थाहा छ । अनि उहाँले धेरै पहिले उहाँका अनुयायीहरूलाई भन्नुभए जस्तै उहाँले तपाईंहरू र मलाई भन्नुहुन्छ:

  • “तिम्रो हृदय विचलित हुन नदेऊ ।”

  • “मार्ग [र] सत्य म नै हुँ ।”

  • “मलाई अनुशरण गर ।”१०

जब तपाईंहरूले महत्त्वपूर्ण छनोटहरू गर्नुपर्ने हुन्छ, येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचार सबैभन्दा राम्रो छनोट हो । जब तपाईंहरूसँग प्रश्नहरू हुन्छन्, येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचार सबैभन्दा उत्तम जवाफ हो ।

यही कारणले गर्दा म युवाहरूको शक्तिका लागि: छनोटहरू निर्माण गर्नका लागि मार्गदर्शन मन पराउँछु । यसले हामीलाई येशू ख्रीष्टतर्फ औँल्याउँछ ताकि हामीहरूले उहाँको शक्ति प्राप्त गर्न सकौँ । म सदैव आफ्नो खल्तीमा एक प्रतिलिपि राख्छु । जब म संसारभरका मानिसहरूलाई भेट्छु जो बुझ्न चाहनुहुन्छ हामी किन येशू ख्रीष्टको चर्चका सदस्यहरूका रूपमा हामीले गर्ने विषयहरू गर्छौं, उहाँहरू सँग म यो मार्गदर्शन बाँढ्छु ।

युवाहरूको शक्तिका लागि: ले मुक्तिदाता र उहाँको मार्गका सम्बन्धमा अनन्त सत्यहरू सिकाउँछ । यसले तपाईंहरूलाई ती सत्यहरूमा आधारित छनोटहरू गर्न आमन्त्रण गर्छ । अनि यसले उहाँलाई अनुशरण गर्नेहरूलाई प्रदान गर्ने प्रतिज्ञा गरिएका आशीर्वादहरू बाँढ्छ । कृपया यो मार्गदर्शन पढ्नुहोस्, मनन गर्नुहोस् र बाँढ्नुहोस्!

उहाँलाई भित्र आमन्त्रण गर्नुहोस्

येशू ख्रीष्ट—एक स्थिर, दैनिक उपस्थिति, असल र खराब समयमा तपाईंहरूको जीवनको अंश बन्न चाहनुहुन्छ । उहाँ बाटोको अन्त्यमा मात्र उभिनुभएको छैन, उहाँसँग भेट्नका लागि तपाईंहरूको प्रतिक्षामा हुनुहुन्छ । उहाँ तपाईंहरूलाई बाटोका हरेक पाइलामा साथ दिनुहुने छ । उहाँ नै मार्ग हुनुहुन्छ!

परन्तु उहाँले तपाईंहरूको जीवनमा आफ्नो तरिकालाई बाध्यात्मक गर्नुहुने छैन । तपाईंहरूले आफ्ना छनोटहरूद्वारा उहाँलाई आमन्त्रण गर्नुहुन्छ । यही कारणले छनोट गर्ने मार्गदर्शन, जस्तै युवाहरूको शक्तिका लागि, धेरै बहुमूल्य छ। हरेक पटक तपाईंहरूले मुक्तिदाताका अनन्त सत्यहरूमा आधारित धार्मिक छनोट गर्नुहुन्छ, तपाईंहरूले आफ्नो जीवनमा उहाँलाई चाहनुहुन्छ भनेर देखाउनुहुन्छ । ती छनोटहरूले स्वर्गका ढोकाहरू खोल्छन् र उहाँको शक्ति तपाईंहरूको जीवनमा खन्याइन्छ ।११

मजबुत जडान बनाउनुहोस्

मुक्तिदाताले उहाँका वचनहरू सुन्नेगर्नेहरूलाई “चट्टानमा आफ्नो घर निर्माण गर्ने” ज्ञानी मानिससँग तुलना गर्नुभयो भनेर तपाईंहरूले स्मरण गर्नु भएको होला । उहाँले वर्णन गर्नुभयो:

“पानी पऱ्यो र बाढी आयो र हुरी चल्यो र त्यो घरमाथि बजारियो; र त्यो ढलेन, किनकि त्यो चट्टानमाथि निर्माण गरिएको थियो ।” १२

घर बलियो भएको कारणले आँधीमा त्यो घर टिकेको होइन । चट्टान बलियो भएका करणले मात्र पनि यो टिकेको होइन । त्यो घर आँधीबाट बच्छ किनभने त्यो बलियो चट्टानसँग जोडिएको छ । यो चट्टानसँगको जडानको शक्ति हो जुन महत्त्वपूर्ण छ ।

त्यसै गरी, हामीले हाम्रो जीवन निर्माण गर्दा, राम्रो छनोट गर्नु महत्त्वपूर्ण छ । अनि मुक्तिदाताको अनन्त सत्यलाई बुझ्नु महत्त्वपूर्ण छ । परन्तु जीवनको आँधीबेहरी सामना गर्न हामीलाई आवश्यक पर्ने शक्ति तब आउँछ जब हामीले हाम्रा छनोटहरूलाई येशू ख्रीष्ट र उहाँको सिद्धान्तसँग जोड्छौँयुवाहरूको शक्तिका लागि यसले हामीलाई सहयोग गर्छ ।

उदाहरणका लागि, तपाईंहरूका मित्रहरूलाई तपाईंले आपत्तिजनक वा चोट पुर्याउने भाषा प्रयोग नगर्ने प्रयास गरेको थाहा हुन सक्छ । तिनीहरूले तपाईंहरूलाई विद्यालयमा त्यो बालक सम्म पुगेको देख्न सक्छन् जसलाई अधिकांश बालबालिकाहरूले बेवास्ता गर्छन् वा धम्की पनि दिन्छन् । परन्तु तपाईंहरूले यी छनोटहरू गर्नुहुन्छ किनभने … तपाईंहरू भन्दा भिन्न व्यक्तिहरू सहित” “सबै मानिसहरू तपाईंहरूका दाजुभाइ र दिदीबहिनीहरू हुन् भनेर येशू ख्रीष्टले सिकाउनुभएको थियो—भनेर के तिनीहरूलाई जानकारी छ?१३

तपाईंहरू हरेक आइतबार चर्च जानुहुन्छ भनी तपाईंहरूका साथीहरूलाई जानकारी हुन सक्छ । तपाईंहरूले एक निश्चित गीत बन्द गर्दा वा निश्चित चलचित्र हेर्नका लागि निमन्त्रणा अस्वीकार गर्दा तिनीहरूले स्मरण गर्न सक्छन् । परन्तु तपाईंहरूले यी छनोटहरू गर्नुहुन्छ किनभने तपाईंहरूसँग “स्वर्गका पिता र येशू ख्रीष्टसँगको प्रसन्नताको करारको सम्बन्ध” छ र मुक्तिदातालाई अनुशरण गर्ने त्यो प्रतिबद्धताको अंशका रूपमा, तपाईंहरू “पवित्र आत्मा तपाईंहरूको निरन्तर मित्रका रूपमा प्राप्त गर्दा कृतज्ञ हुनुहुन्छ भनेर के तिनीहरूलाई जानकारी छ”?१४

तपाईंहरूले पिउने वा धुमपान वा अन्य हानिकारक औषधिहरू प्रयोग गर्नु हुँदैन भन्ने कुरा मानिसहरूलाई जानकारी हुन सक्छ । परन्तु तपाईंहरूले यी छनोटहरू गर्नुहुन्छ किनभने येशू ख्रीष्टले सिकाउनुभयो कि “तपाईंहरूको शरीर पवित्र छ,” “तपाईंहरूका स्वर्गका पिताबाट अद्भुत वरदान” उहाँको स्वरूपमा बनाइएको हो भनेर के तिनीहरूलाई जानकारी छ?१५

तपाईंहरूले धोखा दिनु हुँदैन वा झूटो बोल्नु हुँदैन र तपाईंहरूले शिक्षालाई गम्भीर रूपमा लिनुहुन्छ भनेर तपाईंहरूका मित्रहरूलाई जानकारी हुन सक्छ । परन्तु “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउने छ” भनेर येशू ख्रीष्टले सिकाउनुभएकाले यस्तो भएको हो भनेर के तिनीहरूलाई थाहा छ?१६

सबै भन्दा धेरै, तपाईंहरूले कहिलेकाहीं ख्रीष्टका स्तरहरूमा सत्य रहन यी अपरिपक्व छनोटहरू गर्नुहुन्छ किनभने तपाईंहरूलाई थाहा छ कि “येशू ख्रीष्ट तपाईंहरूको शक्ति हुनुहुन्छ” भनेर के तपाईंहरूका साथीहरूलाई थाहा छ?१७

उहाँ तपाईंहरूको शक्ति हुनुहुन्छ

म तपाईंहरूलाई मेरो सुनिश्चित गवाही दिन्छु कि येशू ख्रीष्ट उज्ज्वल र गौरवशाली भविष्य—तपाईंहरूको भविष्यको मार्ग हुनुहुन्छ । अनि उहाँ चहकिलो र महिमित उपहारको मार्ग पनि हुनुहुन्छ । उहाँको मार्गमा हिड्नुहोस् अनि उहाँ तपाईंहरूसँग हिँड्नुहुने छ । तपाईंहरू यो गर्न सक्नुहुन्छ!

मेरा प्रिय युवा साथीहरू, येशू ख्रीष्ट तपाईंहरूको शक्ति हुनुहुन्छ । उहाँसँग हिँडिरहनुहोस् र उहाँले तपाईंहरूलाई “चीलहरूका जस्तै पखेटाहरू सँगै” १८ तपाईंहरूका लागि तयार गर्नुभएको अनन्त प्रसन्नता तर्फ उड्न सहयोग गर्नुहुने छ ।

प्रिन्ट गर्नुहोस्