युवाहरूको शक्तिका लागि
करार र उत्तरदायित्वहरू
मे २०२४


मासिक युवाहरूको शक्तिका लागि सन्देश, मे २०२४

करार र उत्तरदायित्वहरू

केही अंशहरू

छवि
alt text

फिलिपिन्स

करार भनेको निश्चित उत्तरदायित्वहरू पूरा गर्ने प्रतिवद्धता हो । हामी हरेकका जीवनहरूको नियमन र समाजका कार्यका लागि व्यक्तिगत प्रतिवद्धताहरू आवश्यक छन् । …

जब येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापनाका लागि समय आयो, परमेश्वरले एक अगमवक्तालाई बोलावट गर्नुभयो, जोसेफ स्मिथ । … [मोर्मोनको पुस्तक] सुमाचारको परिपूर्णताको प्रमुख स्रोत हो, आफ्ना सन्ततिहरूका लागि परमेश्वरको योजना सहित र मोर्मोनको पुस्तक करारहरूका सन्दर्भहरूले भरिएका छन् । …

सुसमाचारको पुनर्स्थापनामा करारहरू आधारभूत थिए । प्रारम्भिक चरणहरूमा यो स्पष्ट छ परमप्रभुले अगमवक्तालाई उहाँको चर्चलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । …

पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्चले विश्वभर मन्दिरहरू निर्माण गरिरहेको छ । तिनीहरूको उद्देश्य परमेश्वरका करारवद्ध सन्ततिहरूलाई मन्दिरको आराधना सहित र पवित्र जिम्मेवारीहरूका साथ र शक्तिहरू र करारद्वारा प्राप्त ख्रीष्टसँग बाँधिने अद्वितीय आशीर्वादहरू सहित अशीषित गर्नु हो ।

येशू ख्रीष्टको चर्चलाई त्यो चर्चका रूपमा चिनिन्छ जसले परमेश्वरसँग करारहरू निर्माण गर्नमा जोड दिन्छ । करारहरू यस पुनर्स्थापित् चर्चले प्रशासित गर्ने प्रत्यक मुक्तिका विधिहरू र उत्कर्षमा अन्तर्निहित छन् । बप्तिस्माको विधि र यससँग सम्बन्धित करारहरू सेलेस्टियल अधिराज्यमा प्रवेश गर्नका लागि महत्त्वपूर्ण आवश्यकताहरू हुन् । विधिहरू र मन्दिरसँग सम्बन्धित करारहरू सेलेस्टियल अधिराज्यमा उत्कर्षका लागि महत्त्वपूर्ण आवश्यकताहरू हुन्, जुन अनन्त जीवन हो, “परमेश्वरका सबै उपहारहरूमध्ये सबैभन्दा माहन्” [सिद्धान्त र करार १४:७]। पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको केन्द्र त्यही हो ।

प्रिन्ट गर्नुहोस्