२०१९
“आउ, मलाई पछ्याउ”
प्रथम अध्यक्षताको सन्देश, मे २०१९


प्रथम अध्यक्षताको सन्देश, मे २०१९

“आउ, मलाई पछ्याउ”

येशू ख्रिष्टले करारको बाटो घरमा हाम्रो सोर्गका अविभावक कहाँ फर्काउन र हामीले माया गर्ने हरुसँग बस्न आमन्त्रण गर्नुहुन्छ ।

मेरा प्यारा दाजुभाई र दिदीबहिनीहरु, म र मेरी श्रीमती यो सबाथको बिहानीमा तपाईहरुसँग हुन पाउँदा आनन्दित भएका छौँ । अघिल्लो साधारण सभा पछि धेरै कुरा भएको छ । नयाँ मन्दिरहरु समर्पित भएका छन् कन्सेपसिओन, चिली; बरनकुइला, कोलमबिया; र रोम, इटाली मा । यी पवित्र कार्यक्रमहरुमा हामीले प्रसस्त मात्रामा पवित्र आत्मा खनिएको अनुभब गर्यौं ।

म ति धेरै महिलाहरु (र पुरुषहरु)लाई बधाई दिन्छु जसले हालै मोर्मोनको पुस्तक पढ्नुभएको छ र खुशी र लुकेको खजानाहरुको पत्ता लगाउनु भएकोछ । म प्राप्त गरिएको चमत्कार को प्रतिवेदनबाट प्रभावित छु ।

म ११ बर्षको युवाहरु देखेर आश्चर्य हुन्छु जो, अहिले डीकन भएर, योग्यताका साथ हरेक आइतबार प्रभुभोज बाड्छ । उनीहरु हाम्रा ११ बर्षका युवतीहरुसँग मन्दिरमा जान्छन्, जो अहिले बिहाइब भएर उत्सुकताका साथ सिक्दै र सेवा गर्दै छन् । दुबै युवा र युवतीहरुले सुसमाचारका सत्यहरु स्पष्टता र विश्वासका साथ प्रचार गरिरहेका छन् ।

म बालबालिकाहरु र युबाहरु सँग खुशी छु जसले आफ्नो घरमा सुसमाचार सिकाउन सहयोग गर्छ जब अफ्ना अभिभावक सँग घर-केन्द्रित, चर्च समर्थित पाठ्यक्रमलाई पछ्याउन काम गर्छन् ।

हामीले यो चार बर्षको ब्लेक को फोटो पायौं, जस्ले, सनिबार बिहान, चर्चको किताब समात्यो र भन्यो, “मैले मेरो आत्मालाई खुवाउनु छ!”

छवि
ब्लेकले आत्मालाई खुवाउँदै

ब्लेक, हामी तिमी लगायत अरुहरु प्रति ज्यादै खुशी छौँ जसले आफ्नो आत्मालाई येशू ख्रिष्टको पुनर्स्थापित सुसमाचारका सत्यहरुको भोज गराएर खुवाउने छनौट गरिरहेका छौ । र हामी यो थाहा पाएर प्रसन्न छौँ कि धेरैले आफ्नो जिबनमा परमेश्वरको शक्ति प्राप्त गरिरहेका छन् जब उनीहरुले आराधना र मन्दिरमा सेवा गर्छन् ।

तपाईहरु धेरैलाई थाहा छ, तीन महिना अघि हाम्रो परिवारले दुखद बिछोडको अनुभब गर्नुपर्यो जब हाम्री छोरी वेन्डी यो मरणशील जीबनबाट प्रस्थान गर्यो । क्यान्सरसँगको लडाईको अन्तिम दिनहरुमा, म हाम्रो बुबा-छोरिको विदाई बार्तालाप गर्ने मौकाको लागि अशिषित भएँ ।

मैले उसको हात समातें र भनें म उसलाई कति माया गर्छु र म उसको बुबा हुन पाएकोमा कति कृतज्ञ छु । मैले भनें : “तिमीले मन्दिरमा बिबाह गर्यौ र इमान्दारीपूर्वक करारहरूको आदर गर्यौ । तिमी र तिम्रो श्रीमानले आफ्नो घरमा सात जना बच्चाहरुलाई स्वागत गर्यौ र तिनीहरुलाई येशू ख्रिष्टको आस्थावान चेलाहरु, दरिला चर्चका सदस्यहरु र योगदान दिने नागरिकहरु बन्न हुर्कायौ । र तिनीहरुले तेस्तै क्षमता भएका श्रीमान श्रीमतीहरुको छनौट गरेका छन् । तिम्रो बुबालाई तिमि माथि धेरै धेरै गर्ब छ । तिमीले मलाई धेरै खुशी दिएको छ ।

उसले बिस्तारै जवाफ दियो, “धन्यवाद बुबा ।”

त्यो हाम्रो लागि दुखद क्षण थियो । उसको ६७ बर्षहरुको समयमा, हामीले सँगै काम गर्यौं, गित गायौं, र प्रायजसो सँगै स्की गर्थ्यौं । तर त्यो साँझ, हामीले सबैभन्दा महत्वपूर्ण कुराहरुका बारे कुरा गर्यौं, जस्तै कि करारहरू, बिधिहरु, आज्ञाकारीता, आस्था, परिवार, निष्ठा, माया र अनन्त जीवन ।

हामी हाम्रो छोरीलाई धेरै सम्झन्छौँ । जे भएपनि, येशू ख्रिष्टको पुनर्स्थापित सुसमाचारका कारण, हामी उसको बारेमा चिन्ता गर्दैनौँ । जब हामी परमेश्वरसँगको करारहरूको निरन्तर आदर गर्छौं, हामी फेरी उनीसँग रहने प्रत्याशामा बाच्छौँ । एस बीच, हामी यहाँ परमप्रभुको सेवा गरिरहेका छौँ र उनी उहाँको सेवा त्यहाँ गरिरहेकी छिन्-स्वोर्गमा ।

बस्तबमा, मेरी श्रीमती र मैले यो सालको अरम्म्भ तिर स्वोर्गको भ्रमण गरेका छौँ-सोर्ग, क्यालीफोर्निय, हो त्यो । एस्तो हुन गयो कि, हाम्रो त्यहाँको अनुसूचित भ्रमण हाम्रो छोरि यो संसारबाट गईसकेको ४० घण्टा भन्दा कम समयमा आयो । हामी, एल्डर केभिन डब्लू पियरसन र उनको श्रीमती जुन लगायत चीको क्यालीफोर्निया किल्लाका सन्तहरुद्वारा उत्साहित भयौं । हामीले उनीहरुको महान आस्था, उनीहरुको सेवा, र क्यालिफोर्नियाको इतिहासमा सबभन्दा भयानक आगलागी बाट भएको बिनाशको बिचमा पनि भएको चमत्कारका। बारेमा जान्यौं ।

त्यहाँ हुँदा, हामीले पुलिस अफिसर जोनसँग लामो कुराकानी गर्यौं, जो पहिलो प्रदिक्रिया दिने धेरै बहादुरहरु मध्ये एक थिए । उस्ले नोवेम्बेर ८, २०१८मा स्वोर्गमा छाएको बाक्लो अन्धकारलाई स्मरण गर्यो, जब आगो र अंगारहरु शहर भित्र छिर्यो, सबै धन र सम्पतिहरुलाई खरानी बनाएर केवल खरानीको थुप्रो र बलेको इट्टाहरु मात्र बाँकी रहयो ।

छवि
आगलागी पछिको बैठक घर

पन्ध्र घण्टासम्म जोनले आफ्नो ज्यानलाई जोखिममा राखेर भालाहरु जस्तो डरलाग्दा अंगारहरु बर्सिरहेको त्यो अगाध अन्धकारमा एक पछि अर्को मानिसहरु, एक पछि अर्को परिवारहरुलाई सुरक्षित ठाउँमा भाग्न मद्दत गर्दै गाढी चलाई रहे । तेस्तो साहसी भयानक समयमा, जोनलाई सबैभन्दा डर लागेको प्रश्न थियो: “कहाँमेरो परिवार?” धेरै लामो डरलाग्दो दुखद समय पछि. उसले अन्तत उनीहरुको सुरक्षित निकाशको बारेमा थाहा पायो ।

जोनको आफ्नो परिवार प्रतिको चिन्ताको कुराले आज मलाई तपाईहरु जसले तपाईको जीबनको अन्त तिर पुग्दा कहाँमेरो परिवार? भनेर सोध्नेहरु सँग कुरा गर्न प्रेरित गर्यो । त्यो आउने दिनमा जब तपाईको मानब जीवनको समय अबधि समाप्त हुन्छ र आत्माको संसारमा जानुहुन्छ, तपाईको प्रत्यक्ष अगाडी त्यो हृदय छुने प्रश्न ल्याइनेछ: “कहाँमेरो परिवार ?”

येशू ख्रिष्टले हाम्रो अनन्त घर फर्कने बाटो सिकाउनु हुन्छ । उहाँले हाम्रो सोर्गका पिताका अनन्त उन्नतिको योजनाका बारेमा हामी मध्ये कोही भन्दा राम्ररी बुझ्नुहुन्छ । जे भएपनि, उहाँ यो सबैको कोशे ढुंगा हुनुहुन्छ । उहाँ हाम्रो उद्दारकर्ता, हाम्रो चंगाई दिने र हाम्रो मुक्तिदाता हुनुहुन्छ ।

आदम र हब्बालाई अदनको बगैंचाबाट निकालिए देखि , येशू ख्रिष्टले आफ्नो दरिलो पाखुरा अघि बढाउनु भएको छ ति सबै को सहयताको लागि जसले उहाँलाई पछ्याउने छनौट गरेका छन् । बारम्बार, धर्मशास्त्रहरुमा अभिलेख गरिएको छ कि सबै थरिका मनिसहरु बाट गरिएको सबै थरिका पापहरु बावजुद, उहाँका पाखुराहरू अझै पनि फैलिएको छ ।

हामी हरेकमा भएको आत्माले स्वाभाविक रुपमा परिवारको माया सदाको लागि चाहन्छ । मायाका गीतहरुले निरन्तर झुठो आशा दिन्छ कि येदी तिमीहरु सदाका लागि सँगै रहन चाहन्छौ भने माया मात्र चाहिन्छ । र केहिले गलत तरिकाले बिश्वाश गर्छन् कि येशू ख्रिष्टको पुनरुथानले बाचा दिन्छ कि सबै मानिसहरु मृत्यु पछि आफ्ना माया गर्नेहरुसँग हुन्छन् ।

बास्तबमा, मुक्तिदाताले प्रचुरमात्रमा स्पष्ट गर्नु भएको छ कि जब उहाँको पुनारुथानले आश्वासन दिन्छ कि हरेक व्यक्ति जो जीवित छन् उनीहरुको बास्तबमा पुनारुथान हुन्छ र सदाको लागि जीवित हुन्छ, यदि हामीलाई अनन्त खुशीको उच्च विशेषाधिकार चाहिन्छ भने अझ धेरै कुराहरुको आवश्यक छ । मुक्ति भनेको व्यक्तिगत मामिला हो, तर अनन्त खुशी भनेको पारिवारिक मामिला हो ।

येशू ख्रिष्टले आफ्ना अगम्बक्ताहरुलाई बोल्नु भएको शब्दहरु सुन्नुहोस्: “सबै करारहरू, अनुबंधहरु, बन्धनहरु, दायित्वहरु,शपथहरु, प्रतिज्ञाहरु, सहयोजनहरु, मेलमिलापहरु अथवा अपेक्षाहरु जो पवित्र आत्माको बचाद्वारा बनाईएको छैन र भित्र्याइएको छैन र बाँधिएको छैन … तिनीहरु प्रभाबकारी, नैतिक अथवा बाध्य छैन पुनरुथानमा र मृत्यु पछि पुनरुथानमा; सबै अनुबंधहरु जुन यो अन्तसम्म बनाइएको छैन तिनीहरुको मानिसहरुको मृत्यु पछि अन्त हुन्छ ।”

त्यसैले, परिवारलाई सदाकोलागि अनन्त सुखी रहन के आवश्यक छ ? हामी परमेश्वरसँग बाचा गरेर, ति करारहरू पूरा गरेर र आवश्यक बिधिहरु प्राप्त गरेर त्यो विशेषाधिकार को लागि योग्य हुन्छौं ।

यो समयको सुरुवात देखी नै सत्य रहेको छ । आदम र हब्बा, नोहा र उनको श्रीमती, अब्राहम र सारा, लही र सारिया र सबै अरु येशू ख्रिष्टका समर्पित चेलाहरुले-संसारको उत्पती देखि-सोहि करारहरु परमेश्वरसँग गरेका छन् । तिनीहरुले सोहि बिधिहरु प्राप्त गरेका थिए जुन हामी परमप्रभुको पुनर्स्थापित चर्चका सदस्यहरुले आज गरेका छौँ: ति करारहरू जुन हामीले बप्तिस्मको बेला र मन्दिरमा प्राप्त गर्छौं ।

मुक्तिदाताले सबैलाई बप्तिस्माको पानीमा उहाँलाई पछ्याउन र, समयमा, परमेश्वरसँग मन्दिरमा थप करार गर्न र प्राप्त गर्न र ति थप अति आवश्यक बिधिहरुमा आस्थावान हुन आग्रह गर्नुहुन्छ । यी सबै आवश्यक छ यदि हामी आफ्नो परिवारहरुसँग र परमेश्वरसँग सदाको लागि रहन चाहन्छौं भने ।

मेरो हृदयको दुख यो हो कि धेरै मानिसहरु जसलाई म माया गर्छु, जसलाई म प्रसंसा गर्छु र जसलाई म आदर गर्छु उनीहरुले उहाँको निमन्त्रणालाई अस्वीकार गर्छन् । उनीहरुले उहाँको अनुरोधलाई बेवास्ता गर्छन जब उहाँ ले भन्नुहुन्छ, “आऊ, मलाई पछ्याउ ।”

म बुझ्छु परमेश्वर किन रुनुहुन्छ । म पनि तेस्ता साथीहरु र आफन्तहरुको लागि रुन्छु । उनीहरु राम्रा पुरुष र महिलाहरु हुन्, परिवारमा र नागरिक जिम्मेवारीमा समर्पित । उनीहरुले उदारतापूर्बक आफ्ना समय, उर्जा र स्रोतहरु दिन्छन् । र उनीहरुको मेहेनतको लागि संसार राम्रो छ । तर उनीहरुले परमेश्वरसँग करार नगर्ने छनौट गरेका छन् । उनीहरुले आफ्ना परिवारहरुसँग रहने र सदाकोलागि सँगै बाँधिने बिधिहरु प्राप्त गरेका छैनन् ।

म चाहन्छु कि म उनीहरुसँग भेट्न सकूँ र उनिहरुलाई परमप्रभुका सक्षम नियमहरु गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्न सकूँ । म के भन्न सक्छु भन्ने सोचमा छु ताकी उनीहरुले मुक्तिदाताले उनीहरुलाई कति माया गर्नुहुन्छ भनेर महसुस गर्न सकोस् र मैले उनीहरुलाई कति माया गर्छु भनेर थाहा पाओस् र करार गर्ने पुरुष र महिलाले “पूर्ण खुशी” प्राप्त गर्न सक्छ भनेर जान्न सकोस् ।

उनीहरुले बुझ्नु पर्छ कि जबकि त्यहाँ उनीहरुको लागि यहाँपछि ठाउँ -राम्रा पुरुष र महिलासँग जसले परमेश्वरसँग करार नगर्ने पनि छनौट गरेका छन्-त्यो, त्यो ठाउँ हैन जहाँ परिवारहरुको पुनर्मिलन हुन्छ र सदाको लागि उन्नति हुन्छ र जिउने विशेषाधिकार दिइन्छ । त्यो, त्यो राज्य हैन जहाँ उनीहरुले पूर्ण खुशीको अनुभब गर्ने छ-कहिले पनि अन्त नहुने उन्नति र खुशीको । ती परिपूर्ण आशिषहरु परमेश्वर, हाम्रा अनन्त पिता; उहाँका पुत्र येशू ख्रीष्ट; र हाम्रा असल र योग्य परिवारका सदस्यहरुसँग उन्नत सेलेस्टियल राज्यमा जिउँदा मात्र आउन सक्छ ।

म मेरा मौन साथीहरुलाई भन्न चाहन्छु:

“यो जीबनमा, तपाईहरुले कहिले पनि राम्रोमा दोस्रोको लागि बस्नु भएको छैन । तर पनि, तपाईले येशू ख्रिष्टको पुनर्स्थापित सुसमाचारलाई पूर्ण अंगाल्न प्रतिरोध गर्नुभयो भने, तपाईले दोस्रो राम्रो को लागि बस्ने छनौट गर्दै हुनुहुन्छ ।

“मुक्तिदाताले भन्नुभयो, ‘मेरो पिताको घरमा धेरै महलहरु छन् ।’१० जे भएतापनि, जब तपाइले परमेश्वरसँग करार नगर्ने छनौट गर्नुहुन्छ, सम्पूर्ण अनन्त जिबन भरि तपाई आफ्नो शिर माथि सबैभन्दा कमजोर छाना को लागि बस्दै हुनुहुन्छ ।

म मेरा मौन साथीहरुलाई अझै बिन्ति गर्न चाहन्छु यो भन्दै:

“आफ्नो हृदय परमेश्वरमा खन्याउनुस् । उहाँलाई सोध्नुस् यदि यी कुराहरु सहि हो कि होइन । उहाँका शब्दहरु पढ्ने समय निकाल्नुहोस् । बास्तबमा बढ्नुस्! यदि तपाई आफ्नो परिवारलाई साचै नै माया गर्नुहुन्छ भने र यदि तपाई अनन्तसम्म उनीहरुसँग रहने इच्छा राख्नुहुन्छ भने, अहिले नै मुल्य चुकाउनुहोस्-गम्भीर पढाई र भावनात्मक प्रार्थना द्वारा-यी अनन्त सत्यहरु जान्नको लागि र तिनीहरुको पालना गर्नेको लागि ।

“यदि तपाई निश्चित हुनुहुन्न कि तपाई परमेश्वरको बिश्वास गर्नुहुन्छ भनेर, यहाँ सुरु गर्नुहोस् । यो बुझ्नुहोस् कि, परमेश्वरसँगको अनुभबको अनुपलब्धिमा, मानिसले परमेश्वरको अस्तित्वमा सङ्का गर्न सक्छ । त्यसैले, तपाईले आफैलाई उहाँसँगको अनुभबहरू लिन सुरुवात गर्ने स्थानमा राख्नुहोस् । आफैलाई बिनम्र बनाउनुहोस् । परमेश्वरको हात तपाइको जीबनमा र तपाई वोरिपरिको संसारमा भएको हेर्ने आँखा पाउनको लागि प्रार्थना गर्नुहोस् । उहाँलाई उहाँ साच्चै त्यहाँ हुनुहुन्छ भनेर बताउन भन्नुहोस्-यदि उहाँ तपाइलाई चिन्नुहुन्छ । उहाँले तपाइको कस्तो महसुस गर्नुहुन्छ भनेर सोध्नुस् । अनि सुन्नुहोस् ।”

मेरो तेस्तै एउटा प्यारो साथीलाई परमेश्वरसँग सिमित अनुभबहरु थियो तर उनि आफ्नो बितिसकेको श्रीमतीसँग बस्न चाहन्थ्यो । त्यसैले उहाँले मलाई मद्दत गर्न भन्नुभयो मैले उहाँलाई येशूको सिद्धान्त बुझ्नको लागि र सुसमाचारका करारहरू, बिधिहरु र आशिषहरुको बारेमा सिक्नको लागि उहाँलाई सुसमाचार प्रचारकहरु सँग भेट्नको को लागि प्रोत्साहन गरें ।

उहाँले त्यो गर्नुभयो । तर उहाँले महसुस गर्नुभयो कि उनीहरुले सुझाब दिएका पाठ्यक्रमले उहाँको जीबनमा थुप्रै परिवर्तनहरु गर्नु पर्नेछ । उहाँले भन्नुभयो, “ति आज्ञाहरु र करारहरू मेरो लागि ज्यादै कठिन छ । अनि, म दशाम्श पनि तिर्न सक्दिन र मसँग चर्चमा सेवा गर्ने समय पनि छैन ।” अनि उहाँले मलाई भन्नुभयो, “जब म मर्छु, कृपया मेरो र मेरी श्रीमतीको लागि आवश्यक मन्दिरमा काम गरि दिनुहोस् ताकी हामी फेरी सँगै हुन सकौं ।”

म धन्यबादी छु कि, म यो व्यक्तिको न्यायधिश होइन । तर म प्रश्न गर्छु कि त्यो मानिस जसले यो जीवनमा बप्तिस्मा गर्ने अवसर पाएको थियो-यहाँ यो जीवनमा पादरित्व प्राप्त गरेको र मन्दिरको आशिषहरु पाएको-तर त्यो पाठ्यक्रम लाई अस्विकार गर्ने सचेत निर्णय लिएको लाई मन्दिरको विधिको प्रभाब छ ।

मेरा प्यारा दाजुभाई र दिदीबहिनीहरु, येशू ख्रिष्टले हामीलाई करारको बाटो घरमा हाम्रो स्वोर्गका अविभावक कहाँ फर्काउन र हामीले माया गर्नेहरुसँग बस्न आमन्त्रण गर्नुहुन्छ । उहाँ हामीलाई आमन्त्रण गर्नुहुन्छ “आऊ, मलाई पछ्याउ ।”

अब, म उहाँको चर्चको अध्यक्ष भएकोले, म अनुरोध गर्न चाहन्छु तपाईहरुमा जसले चर्चबाट आफुलाई टाढा राख्नु भएको छ र जसले अझैसम्म बास्तबमा जान्न खोजेको छैन कि मुक्तिदाताको चर्चको पुनर्स्थापना भैसकेको छ । आफ्नो लागि पत्ता लगाउन आत्मिक कार्यहरु गर्नुहोस्, र कृपया अहिले गर्नुहोस् । समय जादैछ ।

म गवाही दिन चाहन्छु कि परमेश्वर जीवित हुनुहुन्छ । येशू नै ख्रिष्ट हुनुहुन्छ । उहाँको चर्च र उहाँको पूर्ण सुसमाचारको पुनर्स्थापना भैसकेको छ हाम्रो जीवनलाई खुशीसाथ अशिषित गर्न, यहाँ र यहाँ पछि । म यो गवाही येशू ख्रिष्टको नाम मा दिन्छु, आमिन ।

प्रिन्ट गर्नुहोस्