२०१९
हामीले कसरी चर्चमा समाबेशीताको परम्परा बनाउन सक्छौं ?
जुलाई २०१९


छवि
ministering

सेवाका सिद्धान्तहरु, जुलाई २०१९

हामीले कसरी चर्चमा समाबेशीताको परम्परा बनाउन सक्छौं ?

जब हामी हाम्रो वार्डहरु र साखाहरु वोरिपरी हेर्छौं, हामीले मानिसहरु देख्छौं जो सजिलै मिल्न सक्छ । हामी के महसुस गर्दैनौँ भने ति मध्ये जो मिल्न सक्छ, त्यहाँ धेरै छन् जो बेवास्ता गरिएको महसुस गर्छन् । एक अध्ययनले, उदाहरणको लागि, हालै पत्ता लाग्यो कि संयुक्त अमेरिकामा आधा बयेस्कहरुले एक्लोपन महसुस गरेको, बेवास्ता अथवा अरुबाट छुट्याइएको प्रतिवेदन दिए ।

समाबेश गरिएको महसुस गर्न जरुरी छ । यो मौलिक मानब आवश्यकता हो, र जब हामीलाई अलग्याईएको महसुस हुन्छ, यस्ले चित्त दुख्छ । बेवास्ता गरिनाले दुख र रिसको भावना उत्पन्न गर्न सक्छ । जब हामी सम्बन्धित छौँ भन्ने महसुस गर्दैनौँ, हामी जहाँ बढी सहज हुन्छौं त्यो ठाउँको खोजि गर्छौं । हामी सबैलाई उहाँहरु चर्चमा सम्बन्धित हुनुहुन्छ भनेर महसुस गराउन मदत गर्नु पर्छ ।

मुक्तिदाताले जस्तै समाबेश गराउने ।

मुक्तिदाता अरुलाई महत्वो दिने र समाबेश गराउने पूर्ण उदाहरण हुनुहुन्थ्यो । जब उहाँले उहाँका प्रेरितहरुको छनौट गर्नुभयो, उहाँले प्रतिष्ठा, धन अथवा उच्च पेशाको वास्ता गर्नु भएन । उहाँले इनारमा समारियन महिलाको कदर गर्नुभयो, येहुदीहरुले समारियनहरुलाई तल्लो नजरले हेरे तापनि उनीलाई उहाँको इश्वोरत्वको गवाही दिदै । (हेर्नुहोस् यूहन्ना ४ । उहाँले हृदयलाई हेर्नुहुन्छ र पक्षपात गर्नुहुन्न (हेर्नुहोस् १ शमूएल १६:७; सिद्धान्त र करार ३८:१६, २६

मुक्तिदाताले भन्नुभयो:

“नयाँ करार म तिमीहरुलाई दिन्छु, कि तिमीहरु एक अर्कालाई माया गर; मैले तिमीहरुलाई माया गरे जस्तै, तिमीहरुले पनि एक अर्कालाई माया गर।

“यस्तो गर्नाले मानिसहरुले थाहा पाउन् कि तिमीहरु मेरा चेलाहरु हौ, यदि तिमीहरुमा एक अर्का प्रति माया छ भने” (यूहन्ना १३:३४-३५)।

हामी के गर्न सक्छौं ?

कहिलेकाँही भन्न गाह्रो हुन्छ कि कसैले उनीहरु बाहिर भएको महसुस गर्छन्। धेरै मानिसले यो भन्दैन-कमसेकम स्पस्ट रुपमा हैन । तर मायालु हृदयले, पवित्र आत्माको निर्देशनले र सतर्क हुने प्रयासले, जब कसैले चर्चका बैठकहरुमा र क्रियाकलापहरुमा समाबेश भएको महसुस गर्दैनन् हामीले चिन्न सक्छौं ।

कसैले बेवास्ता गरिएको महसुस गर्ने सम्भावित चिन्हहरु:

  • खुम्चिएको हाउभाउ, जस्तै कि कस्सिएर हात बाँधेको अथवा आखाँ झुकेको ।

  • कोठाको पछाडी बसेको अथवा एक्लै बसेको ।

  • चर्चमा उपस्थित नहनु अथवा अनियमित उपस्थिति।

  • बैठकहरु अथवा कार्यक्रमहरु चाँडै छोडेर जाने।

  • बार्तालापहरु र पाठहरूमा सहभागी नहुनु ।

यी अरु भावनाका चिन्हहरु पनि हुन सक्छन्, जस्तै कि लाज अथवा अप्ठ्यारो हुनु । सदस्यहरुले “भिन्न” महसुस गर्न सक्छन् जब उनीहरु चर्चका नयाँ सदस्यहरु हुन्छन्, उनीहरु अर्को देशको र संस्कृतिको अथवा हालै दुखद जीवन परिवर्तनको अनुभब भएको जस्तै कि पारपाचुके, परिवारका सदस्य को मृत्यु अथवा सुसमाचार प्रचार सेवाबाट छिटो फर्किएको ।

कारण जे भएतापनि, हामी मायाले अघि बढ्न हिच्किचाउनु हुदैन । हामीले जे गर्छौं र जे गर्न सक्छौंले सबैलाई स्वागत गरिएको र सबैको आवश्यकता भएको महसुस गराउन सक्छ ।

समावेशी बन्ने र स्वागत गर्ने केहि तरिकाहरु:

  • चर्चमा सँधै त्यहि मानिसहरुसँग नबस्नुस् ।

  • बास्तबिक मानिसलाई हेर्न मानिसहरुको बाहिरी आचरण भन्दा बाहेक हेर्नुहोस् । (यो बिषयमा अझै जान्नको लागि, हेर्नुहोस् “सेवा गर्नु भनेको अरुलाई मुक्तिदाताले जस्तै हेर्नु हो,” लियाहोना, जुन २०१९ ८-११)

  • अरुलाई कुराकानीहरुमा समाबेश गर्नु ।

  • अरुलाई तपाइको जीवनको भाग बन्न आमन्त्रण गर्नुहोस् । तपाईले उनीहरुलाई आफुले योजना गरिसकेको क्रियाकलापहरुमा समाबेश गर्न सक्नुहुन्छ ।

  • समान रुचिका कुराहरु खोज्नु र निर्माण गर्नु ।

  • केवल तपाइको सोच अनुसार नभएको कारणले मित्रता नछोड्नुस् ।

  • जब तपाई मानिसको बारेमा केहि बिशिस्ट देख्नुहुन्छ, त्यसलाई मूल्यांकन गर्ने अथवा बेवास्ता गर्नु भन्दा त्यसमा रुची देखाउनुहोस् ।

  • माया व्यक्त गर्नुहोस् र इमान्दारी पूर्वक प्रशंसा गर्नुहोस् ।

  • जब हामी भन्छौं चर्च सबैको लागि हो, उनीहरुमा भिन्नता भएतापनि, यस्को बास्तबिक अर्थ के हो भनेर समय निकालेर सोच्नुस् । हामीले यसलाई वास्तविक कसरी बनाउन सक्छौं ?

सधैँ हामी भन्दा फरक मानिसहरु वरिपरी सहज महसुस गर्न सजिलो छैन । तर अभ्यास बाट, भिन्नताहरुमा महत्व खोजेर र हरेक व्यक्तिले ल्याउने बिशिस्ट योगदानहरुको कदर गरेर हामी राम्रो बन्न सक्छौं । बाह्र प्रेरित गणका एल्डर डीटर एफ उक्दोर्फले सिकाउनु भएको जस्तै, हाम्रो भिन्नता हरुले हामीलाई अझ राम्रो, अझ खुशी मानिसहरु बन्न मद्दत गर्न सक्छ: “आऊ, सबै परमेश्वरका सन्तान तर्फ चंगाईको, दयाको र कृपाको संस्कृति बनाउन र दरिलो पार्न हाम्रो मद्दत गर ।”

समाबेशद्वारा अशिषित

आफ्नो मातृभूमिलाई युद्दले नष्ट गरे पछि क्रिस्टल फेचर अर्को देशमा गयो । उसले भाषा राम्रो बोल्दैन थियो र आफ्नो छिमेकमा कसैलाई चिन्दैन थियो, त्यसैले उ सुरुमा अलग्याईएको र एक्लो मसुस गर्थ्यो ।

चर्चको सदस्य भएकोले, उसले आँट बटुल्यो र उसको नयाँ वार्डमा जान थाल्यो। उसलाई चिन्ता थियो कि उसको मोटो उच्चारणको कारणले गर्दा मानिसहरुलाई उसँग बोल्न मन लाग्दैन होला भनेर अथवा ऊ एकल महिला भएको कारणले गर्दा उसको आलोचना गर्छ भनेर ।

तर उस्ले अरुहरु भेटे जस्ले उस्को भिन्नताहरुको बेवास्ता गरे र उनीहरुको साथीहरुको समूदायमा स्वागत गरे । उनीहरु मायाले अघि बढे र उसले छिट्टै नै आफुलाई प्राइमरी कक्षाम पढाउन मद्दत गर्दै व्यस्त भएको पाईन् । बच्चाहरु अनुमोदनको ठुलो उदाहरणहरु थिए र माया गरिएको र आवश्यकताको महसुसले उसको आस्थालाई बलियो बनायो र परमेश्वर प्रतिको जीवन भरको भक्तिलाई पुनः जगायो ।

सूचीहरु

  1. हेर्नुहोस् Alexa Lardieri, “Study: Many Americans Report Feeling Lonely, Younger Generations More So,” U.S. News, May 1, 2018, usnews.com.

  2. हेर्नुहोस् Carly K. Peterson, Laura C. Gravens, and Eddie Harmon-Jones, “Asymmetric Frontal Cortical Activity and Negative Affective Responses to Ostracism,” Social Cognitive and Affective Neuroscience, vol. 6, no. 3 (June 2011), 277–85.

  3. Dieter F. Uchtdorf, “Believe, Love, Do,” Liahona, Nov. 2018, 48.

प्रिन्ट गर्नुहोस्