२०२०
मन्दिरको सेवा मार्फत सेवा गर्ने
मार्च २०२०


सेवाका सिद्धान्तहरू, मार्च २०२०

मन्दिरको सेवा मार्फत सेवा गर्ने

जब हामी मन्दिरका आशीषहरु प्राप्त गर्न अरुलाई मद्दत गर्दछौँ, तब हामी सेवा गरिरहेका हुन्छौँ।

छवि
ministering

Getty Images बाट प्राप्त पृष्ठभूमि; टेगुसिगाल्पा होन्डुरस टेम्पलको फोटो

मन्दिरको उपस्थिति मूल्यवान् प्रयास हो। अध्यक्ष्य रसेल एम. नेल्सनले “हाम्रो तथा हाम्रो परिवारको मुक्ति र उन्नयनका लागि मन्दिर अत्यन्त महत्वपूर्ण हुन्छ. …

“… हामी प्रत्येकलाई निरन्तर आत्मिक सशक्तीकरण र शिक्षणको आवश्यकता हुन्छ जुन प्रभुको घरमा मात्र सम्भव छ” भनेर सिकाउनुभएको छ।

मन्दिरमा उपस्थित हुनका लागि हामीले आफ्नो समय, जिम्मेवारीहरु र स्रोतहरूको व्यवस्थापन गर्नुका साथै आफूलाई आत्मिक रूपमा तयार पार्नुपर्ने हुन्छ। जब हामी हाम्रा दाजुभाइहरु र दिदीबहिनीहरूलाई मन्दिरबाट टाढा राख्ने बाधाहरु पत्ता लगाउन र तिनको समाधानका लागि सहयोग गर्छौं तब हामी सेवा गरिरहेका हुन्छौं।

मन्दिर भनेको सबैले आनन्द लिन सक्ने आशीष हो

भर्खरै फर्केकी धर्मप्रचारक, मेगले कोना हवाई मन्दिरको ढोकातिर हिंडिरहेका बेला एक युवतीलाई बाहिर बेन्चमा एक्लै बसिरहेको देखिन् । मेगलाई ती युवतीसँग बोल्नुपर्छ जस्तो लाग्यो, तर के बोल्नुपर्ने हो भन्ने बारे उनी निश्चित थिईनन् । त्यसैले उनले ती युवतीको खुट्टाको ट्याटूको अर्थ सोधिन्। यहाँबाट वार्तालाप सुरु भयो जसकारण युवती, लानीले, आफ्नो कथा सुनाउन पाइन्।

लानीले मेगलाई चर्चमा फेरि आफ्नो पूर्ण सहभागिता जनाउनका लागि आफूले गरिरहेको संघर्ष, उनलाई सहयोग गर्ने सज्जन सदस्यहरु र कुनै दिन आफ्नो छोरीसँगै बाँधिने आफ्नो आशासँग सम्बन्धित कुराहरू बताइन्।

मेगले लानीलाई मन्दिरको प्रतीक्षालय कक्षमा आएर आफूसँगै बस्न आमन्त्रण गरिन्। उनीहरू मन्दिरमा अझ अगाडी जान त सक्दैनथे, तरपनि तिनीहरूले प्रवेशद्वारको सीमा भने पार गर्न सक्थे। लानी सहमत भइन् र उनीहरू सँगै मूल ढोका हुँदै भित्र गए। मन्दिरका एकजना सेवकले उनीहरूलाई मुक्तिदाताको चित्रमुनि रहेको बेन्च देखाइदिए।

ती दुवैजना सँगै त्यहाँ बसे, लानीले कानेखुशी गरेर भनिन्, “म साँच्चै आज मन्दिरमा आउन चाहन्थे, तर म आशंकित थिएँ।” मेगले आत्माको अनुशरण गरेको हुनाले, लानिको मौन प्रार्थनाको जवाफ दिन सहयोग गरिन् ।

अनुमतिपत्र नभएकाहरुको सहयोग गर्ने उपायहरू

मन्दिर अनुमति पत्र नभएकाहरुले पनि मन्दिरबाट अशिषित हुन् सक्छन्।

  • परमप्रभुले कसरी मन्दिरको कार्यबाट तपाईंलाई आशीष दिनुभयो भन्ने बारे आफ्ना भावनाहरू व्यक्त गर्नुहोस्।

  • कसैलाई मन्दिरको ओपन हाउस वा आगन्तुक केन्द्रमा उपस्थित हुन आमन्त्रण गर्नुहोस्। temples.ChurchofJesusChrist.org मा गई आगामी ओपन हाउसहरू पत्ता लगाउनुहोस्।

  • temples.ChurchofJesusChrist.org मा गई तस्बिरहरू हेर्नुहोस् र मन्दिरका बारेमा थप जानकारी लिनुहोस्।

अन्य मानिसहरूलाई मन्दिरमा उपस्थित हुन सहज बनाउन सहयोग गर्नुहोस्

मन्दिर अनुमति पत्र भएका सदस्यहरूका लागि पनि मन्दिरमा उपस्थित हुने काम चुनौतीपूर्ण हुन सक्छ। केही मानिसहरूले लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। अन्य मानिसहरूको परिवारमा स्याहारसुसार गर्नुपर्ने बालबालिका वा वृद्ध सदस्यहरू हुन सक्छन्। हामी सबै मिलेर सबैका लागि मन्दिरको सेवा सम्भव बनाउने कार्य गर्न सक्छौँ।

लियोला चन्डलरले आफ्नो बिरामी पति र आफ्ना चार बच्चाहरूको स्याहारसुसार गर्दागर्दै थकित महसुस गरिन। त्यसैले उनले प्रत्येक मंगलबार केही समय निकालेर नजिकैको मन्दिरमा उपस्थित हुने निर्णय गरिन्। यो निर्णय नै उनको जीवनमा शान्ति तथा शक्तिको स्रोत बन्न पुग्यो।

एक दिन उनले उनको वार्डका केही प्रौढ दिदीबहिनीहरू मन्दिरमा जान अति नै इच्छुक रहेको कुरा थाहा पाइन्, तर उनीहरूसँग यातायातको साधन थिएन। लियोलाले ती दिदीबहिनीहरूलाई सवारी साधन उपलब्ध गराइन्। त्यसपछिका ४० वर्षसम्म, उनी बिरलै एक्लै मन्दिर गइन्।

लियोलालाई आशीष प्राप्त भएको थियो र उनले तिनीहरूलाई आफूसँगै मन्दिर लैजाने प्रस्ताव राखेर अन्य व्यक्तिहरूलाई पनि आशीष दिइन्।

अन्य मानिसहरूलाई मन्दिरमा उपस्थित हुन सहयोग गर्ने उपायहरू

तपाईं कसरी अन्य मानिसहरूलाई अझ धेरै पटक मन्दिर जानमा सहयोग गर्नुहुन्छ? सोही उपायहरूले तपाईंलाई पनि मद्दत गरेको तपाईंले पाउनुहुने छ।

  • सँगै जानुहोस्। कुनै मानिसका लागि यातायात प्रदान गर्ने वा त्यसको व्यवस्था मिलाउने प्रयास गर्नुहोस्।यो कार्यले अन्य कुनै मानिसलाई पनि मन्दिरमा उपस्थित हुन मद्दत गर्न सक्छ।

  • विशेष गरी तपाईंसँग पवित्र विधिहरूका लागि तयार पारिवारिक सदस्यका थुप्रै नामहरू छन् भने आफ्नो परिवार वा वार्डका सदस्यहरूलाई तपाईंका पूर्वजहरूका पवित्र विधिहरू पूरा गर्ने काममा सहयोग गर्न भन्नुहोस्।

  • अभिभावकहरू मन्दिरमा जान सकून् भन्नका निम्ति तिनीहरूका बालबालिकाहरूको स्याहारसुसार गरिदिने प्रस्ताव राख्नुहोस्। अथवा पालैपालो एकअर्काका बालबालिकाहरूको हेरचाह गर्ने व्यवस्था मिलाउनुहोस्।

मन्दिर अत्यन्त टाढा भएको खण्डमा

कोलम्बो, श्रीलंकाका चन्द्रदास “रोशन” र शेरोन एन्टनीले मन्दिरमा गएर बाँधिने निर्णय गरे। उनीहरूका साथीहरू एन र एन्टोन कुमारासामी तिनीहरूका लागि अत्यन्त उत्साहित थिए। तर उनीहरूलाई मनिला फिलिपिन्स मन्दिर जाने काम सजिलो वा सस्तो छैन भन्ने कुरा थाहा थियो।

रोशन र शेरोनले पैसा बचत गरे र आफूले सकेअनुसारको उडान पाउनका लागि केही महिनाअघि नै उडान बुक गरे। अन्ततः, त्यो दिन आइपुग्यो। यद्यपि, मलेसियामा विश्राम गर्ने क्रममा उनीहरूले फिलिपिन्सका लागि यात्रा जारी राख्न उनीहरूलाई भिसा चाहिन्छ वा उनीहरूले अर्कै एयरलाइनमा उडान गर्नुपर्ने हुन्छ भन्ने कुरा पत्ता लगाए। भिसा पाउने सम्भावना थिएन, र उनीहरूसँग अर्को एयरलाइनको टिकट किन्ने क्षमता पनि थिएन। तरपनि उनीहरू नबाँधीई घर फर्किने सोच्न पनि चाहँदैनथे ।

अरु के गर्ने भन्ने बारे अलमल्ल परेका रोशनले एन्टोनलाई फोन गरे। एन्टोन र एन सहयोग गर्नका लागि निकै नै उत्सुक थिए। ती श्रीलंकाका केही यस्ता दम्पतीहरूमध्ये एक थिए जो मन्दिरमा बाँधिएका थिए र तिनीहरूलाई यो कस्तो आशीष हो भन्ने कुरा थाहा थियो। तर तिनीहरूले हालसालै मद्दतको खाँचो भएको एउटा परिवारलाई सहयोग गर्ने काममा आफूले बचाएको रकम प्रयोग गरिसकेका हुनाले तिनीहरूसँग रोशन र शेरोनलाई नयाँ उडानको टिकट किन्नमा सहयोग गर्नका लागि पर्याप्त पैसा थिएन।

श्रीलंकामा आफ्नो पतिको मृत्यु भएको खण्डमा पनि पत्नीसँग केही पैसा होस् भन्ने उद्देश्यले विवाहको बेला दुलाहाले दुलहीका लागि सुनको नेकलेस किनिदिने चलन छ। एनले आफ्नो नेकलेस बेचेर नयाँ टिकट किन्नमा सहयोग गर्ने निर्णय गरिन्। उनको उदारतापूर्ण उपहारले गर्दा रोशन र शेरोन मनिलाको मन्दिरको भ्रमण गर्न सफल भए।

“मलाई मन्दिरमा बाँधिनुको महत्व थाहा छ” एनले भनिन्। “शेरोन र रोशन उक्त शाखाका लागि एउटा उत्कृष्ट शक्ति सिद्ध हुने छन् भन्ने कुरा मलाई थाहा छ।मैले यो अवसर गुमाउन चाहिन।”

मन्दिर जान नसक्ने मानिसहरूलाई सहयोग गर्ने उपायहरू

तपाईंलाई प्रायः जसो वा सधैँ दूरी वा खर्चका कारण मन्दिर जान नसक्ने मानिसहरूको सेवा गर्ने आग्रह गरिन सक्छ। तर तपाईं अझै पनि मन्दिरको आशीषको कदर गर्ने प्रक्रियामा उनीहरूलाई सहयोग गर्ने तरिकाहरू पत्ता लगाउन सक्नुहुन्छ।

  • मन्दिरको तयारी प्रक्रिया वा पारिवारिक इतिहासको कक्षाका बारेमा सिकाउनुहोस् वा सँगै सहभागी हुनुहोस्।

  • तिनीहरूलाई घरमा झुन्डाउनका लागि मन्दिरको तस्बिर दिनुहोस्।

  • तपाईं मन्दिर गएर आउनुभएको छ भने आफ्ना अनुभवसँग सम्बन्धित कुराहरू र मन्दिरका पवित्र विधिहरूका बारे आफ्ना गवाही बाँढ्नुहोस्।

  • उनीहरूलाई उनीहरूले गरेका करारहरू र ती करारहरू ती करारहरू कसरि पालना गर्ने बारे अझ बढी सिक्न सहयोग गर्नुहोस्। जुलाई २०१२ लियाहोना मा रहेको “परमेश्वरसँगका हाम्रा करारहरू: हाम्रा सबैभन्दा महत्वपूर्ण संकल्पहरूको अवलोकन” प्रयोग गर्नेबारे विचार गर्नुहोस्।

सूचीहरू

  1. रसल एम नेल्सन, “अनुकरणीय पछिल्ला दिनका सन्त बन्ने तरिका” लियाहोना, नोभ. २०१८, ११४।

  2. लारेन ग्वान्टको निम्न लेख हेर्नुहोस्, “मन्दिरको सेवा गरी आनन्द प्राप्त गर्ने तरिका” Ensign, अक्टोबर १९९४, ८।

  3. कुनै कारणवश मन्दिरमा उपस्थिति जनाउन नसक्ने चर्चका सदस्यहरूलाई एक-पटक वित्तीय सहायता प्रदान गर्ने चर्चको जनरल टेम्पल प्याट्रोन असिस्टेंस फंडमार्फत भरपाइ गरिएपछि एन र एन्टोनले आफ्नो नेकलेस फिर्ता पाउन सफल भए।

प्रिन्ट गर्नुहोस्