२०२०
उहाँलाई सुन
मे २०२०


छवि
सेवा गर्ने

फोटो मेसन कोबर्लीद्वारा

प्रथम अध्यक्षताको सन्देश, मे २०२०

उहाँलाई सुन

हाम्रा पितालाई थाहा छ कि जब हामी अनिश्चितता र डरले घेरिएका हुन्छौँ, तब उहाँका पुत्रका कुराहरू सुन्न हामीलाई सबैभन्दा बढी कुन कुराले सहयोग गर्दछ।

मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू, म कत्ति कृतज्ञ छु कि प्रविधिको प्रयोगबाट आइतबारको यस बिहानीमा हामी भेला हुन र उपासना गर्न सक्षम भएका छौं। येशू ख्रीष्टको सुसमाचार पृथ्वीमा पुनर्स्थापित भएको छ भनेर जान्न पाउँदा हामी कत्ति धेरै खुसी छौं!

बितेका धेरै हप्ताहरूमा, हामी मध्ये धेरैले हाम्रो व्यक्तिगत जीवनमा अवरोधहरू अनुभव गरेका छौं। भूकम्प, आगलागी, बाढी, विपत्तिहरू, र तिनीहरूका परिणामले दिनचर्यामा अवरोध पुर्‍याएका छन् अनि खाद्यान्न अभाव र बचतको अभाव भएको छ।

यी सबैका बीचमा हामी तपाईंको प्रशंसा गर्दछौं र हामी सबैलाई साधारण सम्मेलनका लागि हामीसँगै सामेल भई परमप्रभुका वचन सुन्न छनौट गर्नुभएकोमा धन्यवाद दिन्छौं। सङ्कट सँगैको बढ्दो अन्धकारले येशू ख्रीष्टको ज्योतिलाई अझै चम्किलो बनाउँछ। विश्वव्यापी उथलपुथलको समयमा हामी प्रत्येकले गर्न सक्ने राम्रो कुराका बारेमा सोच्नुहोस्। येशू ख्रीष्टको सुसमचारको पूर्णताको पुनर्स्थापन पत्ता लगाउनका लागि तपाईंको प्रेम र मुक्तिदातामा तपाईंको विश्वास कसैका लागि उत्प्रेरक हुनसक्छ।

विगतका दुई वर्षहरुमा, दिदी नेल्सन र मैले संसार भरका तपाईहरू हजारौंलाई भेटेका छौं। हामीले तपाईंहरूसँग बाहिरी सभा स्थल र होटलका साभा कक्षहरूमा सभाहरू आयोजना गरिसकेका छौं। प्रत्येक स्थानमा, मैले महसुस गरेको छु कि म परमप्रभुले छनौट गरिएकाहरूको उपस्थितिमा थिएँ र मैले इस्राएलको भेलालाई मेरा आँखा अगाडि देखेको थिएँ।

हामी त्यस दिन बाँचिरहेका छौं जुन “हाम्रा पुर्खाहरूले बेचैनीका साथ प्रतिक्षा गर्नुभएको थियो।” हामीसँग अगाडिको पङ्तिमा प्रत्यक्ष साक्षी छ जुन अगमवक्ता नफिले केवल दृष्टिमा देख्नुभएको थियो कि “परमेश्वरका थुमाको शक्ति” “परमप्रभुका करार गरिए मानिसमाथि खसालिनेछ” जो पृथ्वीको चारैतिर छरिएका थिए; तिनीहरू धार्मिकता र परमेश्वरको शक्तिले महान महिमामा सुस्वजित थिए। ”

मेरा दाजुभाइ तथा दिदीबहिनीहरूतपाईंहरू,ती पुरुषहरू, महिलाहरू र केटाकेटीहरूमध्ये हुनुहुन्छ जसलाई नफिले देख्नुभएको थियो। त्यसका बारेमा सोच्नुहोस्!

तपाईं जहाँसुकै बस्नुभए तापनि वा तपाईंको अवस्था जस्तोसुकै भए तपनि, परमप्रभु येशू ख्रीष्ट तपाईंका मुक्तिदाता हुनुहुन्छ, र परमेश्वरका अगमवक्ता जोसेफ स्मिथ तपाईंका अगमवक्ता हुनुहुन्छ। पृथ्वीको आधार बसाल्नु पूर्व यो उहाँ अन्तिम समयावधिको अगमवक्ता हुनका लागि पूर्वनिर्धारण गरिएको थियो, जब “केही सन्तहरूबाट केही पनि रोकिनेछैन”। पुनर्स्थापनाको यस निरन्तर प्रक्रियामा परमप्रभुबाट प्रकाशको प्रवाह भइरहेको छ।

येशू ख्रीष्टको सुसमाचार पृथ्वीमा पुनर्स्थापित भएको छ भन्ने कुराले तपाईंलाई अर्थ दिन्छ ?

यसको अर्थ यो हो कि तपाईं र तपाईंको परिवारलाई सदाका लागि बाँध्न सकिन्छ! यसको अर्थ यो हो कि येशू ख्रीष्टबाट अधिकार प्राप्त व्यक्तिबाट तपाईले बप्तिस्मा लिनुभएको छ जसलाई छ र उहाँको चर्चको सदस्यका रुपमा प्रमाणित हुनुभएको छ, तपाईले पवित्र आत्माको निरन्तर सङ्गतिबाट आनन्द लिन सक्नुहुन्छ। उहाँले तपाईंलाई निर्देशन दिनुहुनेछ र सुरक्षा दिनुहुनेछ। यसको अर्थ तपाईलाई कहिलै पनि असुविधामा वा तपाईंलाई सहयोग गर्ने परमेश्वरको शक्तिको पहुँच बिना छोडिने छैन। यसको अर्थ यो छ कि पादरित्वको शक्तिले तपाईंलाई आशीष दिन सक्छ जब तपाईं परमेश्वरसँग करार गर्ने र तिनीहरूको पालना गर्ने आवश्यक विधिहरू प्राप्त गर्नुहुन्छ। विशेष गरी आँधीबेहरी चलिरहेको यो समयमा हाम्रा आत्माहरूका लागि यी सत्यताहरू कस्ता साहारा हुन्।

मोर्मोनको पुस्तकले दुई प्रमुख सभ्यताहरूको उदय र पतनका घटनाक्रमहरूलाई वर्णन गर्दछ। अधिकांश मानिसहरूलाई परमेश्वरलाई बिर्सन, परमप्रभुका अगमवक्ताहरूको चेतावनीलाई अस्वीकार गर्न, र शक्ति, लोकप्रियता, र शरीरिक आनन्द खोज्न कत्ति सजिलो छ भनेर उनीहरूको इतिहासले देखाउँछ। विगतका अगमवक्ताहरूले “ठूला-ठूला र आश्चर्यजनक कुराहरुका बारेमा बारम्बार, उनीहरूलाई गर्नुभयो”, जसलाई उनीहरु विश्वास गर्दैनथे।

यो हाम्रो समयमा फरक छैन। वर्षै भरी, संसार भरीका प्रवचन गरिने मञ्चहरूबाट महान र अद्भुत कुराहरू सुनिएका छन्। अझै धेरै मानिसहरूले यी सत्यहरूलाई अँगालेका छैनन् - किनभने या त तिनीहरूलाई यिनीहरूलाई कहाँ खोज्ने भनेर थाहा छैन 6 वा तिनीहरूले तिनका कुरा सुनेका छन् जोसँग पूर्ण सत्य छैन वा सांसारिक खुशीको पछि लागेका कारण तिनीहरूले सत्यलाई अस्वीकार गरेका छन्।

प्रतिद्वन्दी चतुर छ। सहस्राब्दीका लागि उहाँले राम्रोलाई र खराब र खराबलाई राम्रो देखाइरहनुभएको छ। उसका सन्देशहरू चर्का, धृष्ट र घमन्डले पूर्ण हुन्छन्।

यद्यपि स्वर्गमा रहनुहुने हाम्रा पिताबाट प्राप्त सन्देशहरू धेरै फरक छन्। उहाँले सरल, शान्त, र यस्तो आश्चर्यजनक स्पष्टताका साथ कुरा गर्नुहुन्छ कि हामी उहाँलाई गलत सम्झन नै सक्दैनौं।

उदाहरणका लागि, जब उहाँले जन्माइएका एक मात्र पुत्रलाई नश्वर संसारमा परिचय गराउनुभयो, उहाँले थोरै उल्लेखनीय शब्दहरू सँगै त्यसो गर्नुभयो। पत्रुस, याकूब र योहन्नालाई रूपान्तरणको पहाडमा, परमेश्वरले भन्नुभयो, “यी मेरा प्रिय पुत्र हुन्: उहाँलाई सुन।” प्राचीन बाउन्टीफूलमा नफिका जनहरूलाई उहाँका शब्दहरू थिए “हेर, मेरा प्रिय पुत्र, जसमा म प्रसन्न छु, जसमा मैले मेरो नाम महिमित गरेको छु-उहाँलाई सुन।”१० अनि जोसेफ स्मिथलाई, त्यो गहन घोषणामा यो समयावधिको उद्घाटनमा, परमप्रभूले केवल यसो भन्नुभयो “यी मेरा प्रिय पुत्र हुन्।” उहाँलाई सुन११

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, अब यो तथ्यलाई विचार गर्नुहोस् कि भर्खरै उल्लेख गरिएको यी तीनवटा उदाहरणहरूमा पिताले पुत्रलाई परिचय दिनु भन्दा पहिले देखि नै तिनीहरू डराएका थिए र केही हदसम्म निराश थिए।

येशू ख्रीष्टलाई रूपान्तरणको पहाडमा बादलले घेरेको देखेर प्रेरितहरू डराए।

नफिहरूका समूह डराए किनभने तिनीहरू धेरै दिनदेखि विनाश र अन्धकारमा थिए।

आकाश खुल्नुभन्दा ठीक अगाडि जोसेफ स्मिथ अन्धकारको बलमा हुनुहुन्थ्यो।

हाम्रा पितालाई थाहा छ कि जब हामी अनिश्चितता र डरले घेरिएका हुन्छौँ, तब उहाँका पुत्रका कुराहरू सुन्न हामीलाई सबैभन्दा बढी कुन कुराले सहयोग गर्दछ।

किनकि जब हामीले उहाँको पुत्रलाई सुन्ने खोजी गर्छौं—साँच्चै सुन्छौं, कुनै पनि परिस्थितिमा के गर्ने भनेर जान्न हामीले निर्देशन प्राप्त गर्नेछौँ।

सिद्धान्त र करारको पहिलोशब्द सुन्नु हो। १२ यसको अर्थ अनुशरण गर्ने चाहना सहित सुन्नु भन्ने हो। १३ सुन्नु भनेको “उहाँलाई सुन्नु हो” सुन्नु भनेको मुक्तिदाताले के भन्नुहुन्छ भनेर सुन्नु हो र त्यसपछिध्यान दिनु भनेको उहाँको सल्लाहमा ध्यान दिनु हो । “उहाँलाई सुन्नुहोस्” भन्ने ती दुई शब्दहरूमा -परमेश्वरले हामीलाई यस जीवनमा सफलता, खुशी, र आनन्दको नमूना दिनुभएको छ। हामीले परमप्रभूका वचनहरूलाई सुन्नु अनि तिनीलाई गहिरिएर सुन्नु उहाँले हामीहरूलाई के भन्नुभएको छ भनेर तिनीहरूमा ध्यान दिनुआवश्यक छ।

जब हामी येशू ख्रीष्टका अनुयायीहरू बन्न खोज्छौं, हाम्रो प्रयास उहाँलाई सुन्नका लागि अझै बढी केन्द्रित हुनु आवश्यक छ। हाम्रो दैनिक जीवनलाई उहाँका वचनहरू, उहाँका शिक्षाहरू, सत्यताहरूले भरिपूर्ण पार्नका लागि सचेत र निरन्तर प्रयास गरिनु आवश्यक छ।

हामी केवल सामाजिक सञ्जालमा एकाएक आउने जानकारीमा भर पर्न सक्दैनौं। अरबौं शब्दहरूको साथ अनलाईन र बजारीकरणले-परिपूर्ण विपत्तिहरूको निरर्थक प्रयासले निरन्तर घुसपैठ गर्ने संसारमा उसलाई सुन्न हामी काँहाजान सक्छौं?

हामी धर्मशास्त्रमा खोज्न सक्छौं। तिनीहरूले हामीलाई येशू ख्रीष्ट र उहाँको सुसमाचार, उहाँको प्रायश्चितको परिमाण, र हाम्रा पिताको खुशी र उद्दारको महान योजनाका बारेमा सिकाउँछन्। दैनिक जीवनमा विशेष गरी बढ्दो उथलपुथलको समयमा परमेश्वरका वचनमा डुब्नु आत्मिक अस्तित्वका लागि महत्त्वपूर्ण छ। हामी दिनहुँ ख्रीष्टका शब्दहरूमा भोज लिन्छौं, ख्रीष्टका शब्दहरूले हामीलाई कठिनाइहरूको सामना कसरी गर्ने भनेर बताउँछन् जुन हामीले समान गर्नुपर्छ भनेर सोचेका थिएनौं।

हामी उसलाई मन्दिरमा पनि सुन्न सक्छौं। परमप्रभुको घर सिकाइको घर हो। त्यहाँ परमप्रभुले आफ्नै तरिकामा सिकाउनुहुन्छ। त्यहाँ प्रत्येक विधिले मुक्तिदाताका बारेमा सिकाउँछन्। त्यहाँ हामीले पर्दालाई कसरी हटाउने र स्वर्गसँग अझै स्पष्ट रुपमा कुराकानी गर्ने तरिका सिक्छौं। त्यहाँ हामीले शत्रुलाई कसरी परास्त गर्ने भनेर सिक्छौं र परमप्रभुको पादरित्वको शक्तिले हामीलाई र हामीले प्रेम गर्नेहरूलाई बलियो बनाउनका लागि आकर्षण गर्न सक्छौं। त्यहाँ शरण लिन हामी हरेक कत्ति उत्सुक हुनुपर्छ।

जब कोभिड-१९ का यी अस्थायी प्रतिवन्धहरू हटाइन्छन्, कृपया मन्दिरमा आरधना र सेवा गर्नका लागि नियमित समय तालिका बनाउनुहोस्। त्यस समयको हरेक मिनेटले तपाईंलाई र तपाईंको परिवारलाई अन्य कुनै चीजले दिन नसक्ने आशिष दिनेछ। तपाईं त्यहाँ हुँदा तपाईं के सुन्नुभयो र महसुस गर्नुभयो भनेर विचार गर्न समय लिनुहोस्। तपाईंको जीवन र तपाईंले प्रेम गर्ने अनि सेवा गर्नेहरूको जीवनलाई आशीर्वाद दिन कसरी स्वर्ग खोल्न सकिन्छ भनेर सिकाउन परमप्रभुलाई सोध्नुहोस्।

मन्दिरमा उपासना गर्न सम्भव नभएको हालको अवस्थामा म तपाईंलाई पारिवारिक इतिहास अनि पारिवारिक इतिहासको अनुसन्धान र सूचीकरणमा आफ्नो सहभागिता बढाउन आमन्त्रण गर्दछु । मन्दिर र पारिवारिक इतिहासको काममा आफ्नो समय बढाउँदा तपाईंले उसलाई सुन्ने आफ्नो क्षमतालाई बढाउनुहुनेछ र सुधार्नुहुनेछ भनेर म प्रतिज्ञा गर्छु।

जब हामीले पवित्र आत्माको मसिनो आवाजलाई पहिचान गर्ने हाम्रो क्षमतालाई परिष्कृत गर्छौं हामीले पनि अधिक स्पष्ट रूपमा उसलाई सुन्छौं। अहिले आत्माले तपाईसँग कसरी कुरा गर्छ भनेर थाहा पाउनु भन्दा बढी जरूरी अरू कुनै पनि कुरा कहिल्यै पनि भएन। पवित्र आत्मा दूत हो। उसले तपाईंको मस्तिष्कमा विचारहरू ल्याउनेछ जुन पिता र पुत्रले तपाईले प्राप्त गरेको चाहनुहुन्छ। ऊ सान्त्वनादायक हो। उसले तपाईको हृदयमा शान्ति ल्याउनेछ। जब तपाईंले परमप्रभुका वचन सुन्ने र पढ्ने गर्नुहुन्छ सत्य के हो भनेर उसले सत्यको प्रमाणित गर्नेछ।

व्यक्तिगत प्रकाश प्राप्त गर्ने तपाईंको आध्यात्मिक क्षमता बढाउनका लागि जेसुकै गर्नु आवश्यक छ सो गर्न तपाईंका लागि मेरो बिन्तीलाई नवीकरण गर्छु।

त्यसो गर्नाले तपाईंलाई आफ्नो जीवनसँगै कसरी अगाडि बढ्ने, संकटको समयमा के गर्ने, अनि प्रलोभनहरू र विपत्तिहरूलाई कसरी बेवास्ता गर्ने र तिनीहरूको सामना गर्ने तरिका कसरी पत्ता लगाउने भन्ने कुरा बुझ्न सहयोग गर्दछ।

अनि अन्तमा, हामी उहाँलाई सुन्छौं, जब हामी अगमवक्ताहरू, द्रष्टाहरू र प्रकाशकहरूका कुरा ध्यान दिन्छौँ । येशू ख्रीष्टका नियुक्त प्रेरितहरूले सधैं उहाँको गवाही दिनुहुन्छ। हामीले हाम्रा भौतिक अनुभवका हृदय-विदारक चक्रव्यूह हुँदै मार्ग तय गर्दै गर्दा तिनीहरूले हामीलाई मार्ग औंल्याइदिन्छन्।

मुक्तिदाताले के भन्नुभएको थियो र अहिले उहाँले आफ्ना अगमवक्ताहरू मार्फत के भन्दै हुनुहुन्छ भन्ने कुरा तपाईले सङ्कल्पपूर्वक सुन्नुहुन्छ अनि ध्यान दिनुहुन्छ भने के हुनेछ? म प्रतिज्ञा गर्छु कि तपाईंलाई प्रलोभन, संघर्ष र कमजोरीसँग जुध्न थप शक्ति प्रदान गरिनेछ। म तपाईंको विवाह, पारिवारिक सम्बन्ध, र दैनिक काममा चमत्कारहरूको प्रतिज्ञा गर्छु। अनि म वचन दिन्छु कि तपाईंको जीवनमा अशान्ति बढ्दा पनि तपाईंको आनन्द अनुभव गर्ने क्षमता बढ्नेछ।

प्रिन्ट गर्नुहोस्