२०२०
आत्मनिर्भरता मार्फत सेवा गर्ने
अगस्ट २०२०


आत्मनिर्भरता मार्फत सेवा गर्ने लियाहोना अगष्ट २०२०

छवि
सेवा गर्ने

सेवाका सिद्धान्तहरू, अगष्ट २०२०

आत्मनिर्भरता मार्फत सेवा गर्ने

अरूहरूलाई आत्मनिर्भर हुन सहयोग गर्नु भनेको परमप्रभुको तरिकामा सेवा प्रदान गर्नु र सेवा गर्नु हो।

हाम्रा परिवारका धेरै सदस्यहरू, साथीहरू र छिमेकीहरू अझै बढी आत्मनिर्भर बन्न इच्छुक हुनुहुन्छ। चर्चका सदस्यहरूले अरूहरूलाई “ठूलो आशा, शान्ति, र प्रगति” ल्याउने सिद्धान्तहरू मार्फत आशीर्वाद दिदै गर्दा उनीहरूले चर्चको आत्मनिर्भरता पहल प्रयोग गरेर सेवा गर्ने र हेरचाह गर्ने अवसरहरू पाइरहेका छन् ।

“म घरमा थिएँ”

क्रिसि केप्लरद्वारा, एरिजोना, संयुक्त राज्य अमेरिका

सम्बन्ध विच्छेद पछि म आर्थिक रुपमा सङ्घर्ष गर्दै थिएँ र गृहिणीका रुपमा आठ वर्षसम्म घरमा बसिसकेपछि मैले काम गर्ने प्रयास गरिरहेकी थिएँ। म आध्यात्मिक तवरमा सत्य र विश्वासको खोजीमा पनि सङ्घर्ष गर्दै थिएँ, जबकि म किशोरावस्था देखि नै सभा भवनको भित्र प्रवेश गरेकी थिईन।

एक आइतबार म चर्चकी एक सक्रिय सदस्य, मेरी जेठी दिदी प्रिससिल्लाको घरमा लुगा धुँदै थिएँ। म त्यहाँ हुँदा प्रिससिल्लाले उनको परिवारसँगै चर्चमा जानका लागि मलाई आमन्त्रण गरीन्। १५ वर्ष भन्दा पनि बढी समयमा यो मेरा लागि पहिलो आमन्त्रण थियो।

सुरुमा म अनिच्छुक थिएँ, तर अघिल्लो रात मैले परमेश्वरलाई उहाँसँग कसरी नजिक हुन सकिन्छ भनेर देखाउन बिन्ती गरेको थिएँ। एकछिन आन्तरिक खिचातानीको महसुस गरिसकेपछि,”एक वयस्कका रुपमा आफ्नै हृदय र आँखाले आफुस्वयंका लागि किन सुन्ने र हेर्ने नगर्ने भन्ने निष्कर्षमा म पुगेँ: ?”

जब हामी प्रभूभोज सभामा थियौँ, आइतबारको बुलेटिनको एक फ्लायरमा मैले व्यक्तिगत वित्तमा आत्मनिर्भरताको पाठ्यक्रम बारे सूचना गरेको देखें। म चर्चमा फर्किनका लागि तयार भएकी थिइनँ, तर मैले १२ हप्ताको पाठ्यक्रमतिर आफु आकर्षित भएको महसुस गरें। मेरी दिदी र भिनाजुको प्रोत्साहनबाट केवल बजेट कसरी बनाउने र ऋण कसरी तिर्ने भन्ने अपेक्षामा मैले आफ्नो नाम टिपाएँ । यद्यपि, कक्षाहरूले, मलाई आध्यात्मिक रुपमा रुपान्तरण गरे।

सुरुका केही हप्ताका कक्षाका आध्यात्मिक सन्देशहरूबाट म छक्क परें, तर तेस्रो कक्षाको समयमा म घरमा थिएँ र नयाँ तर परिचित सत्यहरु सुनिरहेकी थिएँ भन्ने सुनिस्चित्ताको भावनाले व्यग्र बनेँ। कक्षा छुटे पछि म सिधै प्रिससिल्लालाई भेट्न त्यतै तिर ड्राइभ गरें। आँसु सहित मैले उनलाई सोधेँ, “यो भावनालाई म आफ्नो जीवनमा अझै बढी कसरी पाउन सक्छु?” उहाँले सुसमाचार प्रचारकहरूले मलाई सिकाउन सुरू गर्नका लागि व्यवस्था गर्नुभयो।

आत्मनिर्भरता कक्षाका मेरा साथीहरूले सुसमाचार प्रचारका मेरा पाठहरूमा सहभागी भई मलाई समर्थन गर्नुभयो। मेरो आध्यात्मिकतामा तिनीहरूले स्थायी प्रभाव पारे अनि मलाई सुसमाचार र आधुनिक समयका अगमवक्ताहरू बारेको गवाही विकास गर्न सहयोग गरे।

यो पाठ्यक्रम पूरा गर्न मलाई लागेको समयमा, मैले धेरै भौतिक र आध्यात्मिक परिवर्तनहरू गरेँ। मैले एक राम्रो कम्पनीबाट नयाँ करिअर सुरू गरें, र मैले धेरै ऋण पनि तिरेँ।

तर पाठ्यक्रमबाट प्राप्त भएका गहिरा र मिठा आशीषहरूले सुन्दर मित्रता गाँस्न, प्रोत्साहन दिने बिशपसँग सकारात्मक सम्बन्ध विकास गर्ने, दशांस तिर्ने गवाही, दिने, मेरो मन्दिरको सिफारिस लिने, अभिदान प्राप्त गर्ने, र मेरा दुई जना जेठा सन्ततीहरूलाई बप्तिस्मा गरेको देख्नुलाई समावेश गर्दछन्।

आत्मनिर्भरता तर्फको मेरो मार्ग अझै खुल्दै छ, तर मेरो बाँकी यात्राका लागि, मैले सिकेका पाठहरू र मैले बनाएका मित्रताहरूको कदर गर्नेछु।

“मैले प्रत्येक कक्षामा म प्रतिको प्रेम महसुस गरेर निस्किएँ”

डिसेम्बर २०१६ मा जब उहाँ १० वर्षको छोरो भिन्सेन्टसँग युटाको सल्ट लेक सिटीको टेम्पल स्क्वायर जानुभयो, तब केटी फङ्कले आफूलाई “सहजतापूर्वक नास्तिक मान्नुभयो।” उहाँले १६ वर्षको उमेरमा चर्च छोड्नुभयो, १७ वर्षमा एक्लो आमा बन्नुभयो, ट्याटू खोप्न थाल्नुभयो र कफीका लागि रुचि विकास गर्नुभयो। तरपनि टेम्पल स्क्वायरको त्यो भ्रमणमा, भिन्सेन्टले पवित्र आत्मालाई महसुस गरे र आफ्नी आमालाई उनले सुसमाचारका पाठहरू लिन सक्छन कि भनेर अनुमति मागे।

८० घण्टाका उनका दुई-कामका बावजुद पनि सुसमाचार प्रचारकहरूको भेटका बीचमा उनका प्रश्नहरूको उत्तरहरू खोज्दै केटीले भिन्सेन्टसँग सुसमाचारको अध्ययन गरिन्। २०१७ को ग्रीष्म ऋतुबाट उनी चर्चका सभाहरूमा सहभागी हुन थालिन्, जहाँ उनले चर्चको आत्मनिर्भरता पाठ्यक्रमहरूका बारेमा सिकिन्।

“मैले महसुस गरें कि यी तिनै चीजहरू हुन् जसले मलाई सहयोग गर्न सक्छन्,” उनले भनिन्। “हुनसक्छ मैले मेरो जीवनका निम्ति दुईवटा काम गर्नु वा मेरा आमा-बुबामा आश्रित हुनु आवश्यक छैन।”

केवल आफूले सिकेका कारणले मात्र नभई उनको आत्मनिर्भरता समूहले उनलाई कसरी स्वीकार गर्‍यो र उनको सेवा गर्‍यो भनेर केटीले आफ्नो पाठ्यक्रमलाई “भौतिक र आध्यात्मिक रुपमा अतिनै मजबुत पार्ने” पाठ्यक्रमका रुपमा सम्बोधन गरिन्।

नोट

  1. प्रथम अध्यक्षताबाट सन्देशआत्मनिर्भरताका लागि व्यक्तिगत वित्त मा (२०१६)

प्रिन्ट गर्नुहोस्