२०२०
परमेश्वरलाई प्रभुत्व जमाउन दिनुहोस्
नोभेम्वर २०२०


परमेश्वरलाई प्रभुत्व जमाउन दिनुहोस्

के तपाईं परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिन इच्छुक हुनुहुन्छ? के तपाईं परमेश्वरलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रभाव बन्न दिन इच्छुक हुनुहुन्छ?

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, यस सम्मेलनका अद्भुत सन्देशहरूका लागि र अहिले तपाईंसँग बोल्ने मेरो सुअवसरका लागि म कत्ति कृतज्ञ छु।

३६ वर्ष भन्दा बढी वर्ष म प्रेरित भएको छु, इस्राएलको भेलाको सिद्धान्तले मेरो ध्यान खिचेको छ। यसका बारेमाहेरक चीज अब्राहम, इसहाक र याकूबका सेवा र नामहरू सहितले, मलाई चासो राख्ने बनाएको छ; तिनीहरूका जीवन र पत्नीहरू; परमेश्वरले उनीहरूसँग गर्नुभएको करार र तिनीहरूको वंशलाई विस्तार गर्नुभएको; बाह्र कुलहरूका तितरबितर अनि हाम्रो समयमा एकत्रित गर्ने बारेमा असंख्य भविष्यवाणीहरू।

मैले भेलाका बारेमा अध्ययन गरेको छु, यसका बारेमा प्रार्थना गरेको छु, हरेक सम्बन्धित धर्मशास्त्रका पदहरूको भोजन गरेको छु, र परमप्रभुलाई मेरो समझ बढाउनको लागि मागेको छु।

त्यसैले मेरो आनन्दको कल्पना गर्नुहोस जब मलाई हालसालै नयाँ अन्तरदृष्टिमा लगियो। दुई हिब्रू विद्वानहरूको सहयोगमा मैले सिकेँ कि इस्राएल शब्दको एक हेबेरिक अर्थ हो “परमेश्वरले प्रभुत्व जमाऊन्।” यसप्रकारले इस्राएल नामले एक व्यक्तिलाई जनाउँछ जो परमेश्वरले उसको जीवनमा प्रभुत्व जमाउनदिनको लागि इच्छुक छ। त्यो अवधारणाले मेरो आत्मामा हलचल ल्याउँछ!

चाहना शब्द इजरायलको यो व्याख्याको लागि महत्त्वपूर्ण छ। हामी सबैको हाम्रो स्वतन्त्रता छ। हामीले इस्राएलको हुने वा नहुने छनौट गर्न सक्छौं। हामी हाम्रो जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिने वा नदिने छनौट गर्न सक्छौं। हामी हाम्रो जीवनमा परमेश्वरलाई सबैभन्दा शक्तिशाली प्रभाव बन्न दिने वा नदिने छनौट गर्न सक्छौँ।

एकछिनका लागि, हामी अब्राहमका नाति याकूबको जीवनको एउटा निर्णायक मोड़ सम्झियौँ। याकूबले नाम दिनु भएको ठाउँ पेनिलमा (जसको अर्थ “परमेश्वरको अनुहार” हो), याकूबले एउटा गम्भीर चुनौतीको सामना गरे। उहाँको छनौटको परीक्षण गरिएको थियो। यस चुनौती मार्फत याकूबले आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर प्रमाणित गर्नुभयो। उहाँले आफ्नो जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिन चाहेको कुरा देखाउनुभयो। यसको जवाफमा, परमेश्वरले याकूबको नाम इजरायलमा परिवर्तन गर्नुभयो, यसको अर्थ परमेश्वरलाई प्रभुत्व जमाउन दिनुहोस् हो। तब परमेश्वरले इस्राएललाई प्रतिज्ञा गर्नुभयो कि सबै आशीषहरू जुन अब्राहमको टाउकोमा उच्चारण गरिएका थिए उनका पनि हुनेछन्।

दुःखको कुरा, इस्राएलको वंशले परमेश्वरसँग उनीहरूको करार तोड्यो। तिनीहरूले अगमवक्ताहरूलाई ढुंगालेप्रहार गरे र तिनीहरूको जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिन चाहँदैनथे। पछि, परमेश्वरले तिनीहरूलाई पृथ्वीको चार कुनामा तितरबितर पार्नुभयो। दयाका साथ, यशैयाले भनेझैं पछि उनले तिनीहरूलाई जम्मा गर्ने वाचा गरे: “केही क्षणको निम्ति मैले तँलाई [इस्राएल] त्यागेको थिएँ; तर अगाध क्रिपासित म तँलाई फेरि ल्याउनेछु।”१०

इस्राएलको हेब्रिक परिभाषालाई ध्यानमा राखेर हेर्दा, हामी पाउँछौं कि इस्राएलको एकत्रित गर्ने कार्यले थप अर्थ दिन्छ। परमेश्वरले ती व्यक्तिहरूलाई एकत्रित गर्दै हुनुहुन्छ जो परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिन इच्छुक छन्। परमेश्वर उनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ जसले परमेश्वरलाई आफ्नो जीवनमा सबै भन्दा महत्त्वपूर्ण प्रभाव बनाउन छनौट गर्दछन्।

शताब्दियौंदेखि, अगमवक्ताहरूले यस एकत्रित गर्ने कार्यका बारेमा अगमवाणी गरेका छन्,११ र यो अहिले भइरहेको छ! परमप्रभुको दोस्रो आगमनका लागि एक अनिवार्य प्रस्तावनाका रुपमा, यो कार्य, संसारमा सब भन्दा महत्त्वपूर्ण छ!

यो पूर्ववर्ती एकत्रित गर्ने कार्य लाखौं मानिसहरुलाई विश्वास र आध्यात्मिक साहस विस्तार गर्ने व्यक्तिगत गाथा हो। अनि पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यका रुपमा, वा “इस्राएलका पछिल्ला दिनका करारका रुपमा,”१२ हामीलाई परमप्रभुले यस महत्त्वपूर्ण काममा सहयोग पुर्‍याउनको लागि लगाउनुभयएको छ।१३

जब हामी पर्दाको दुबै छेउमा इस्राएललाई एकत्रित पार्ने कुरा गर्छौं, तब हामी अवश्य पनि सुसमाचार प्रचार, मन्दिर र पारिवारिक इतिहासका कामहरूको उल्लेख गर्छौं। हामी उनीहरूको हृदयमा विश्वास र गवाहीको वृद्धि गर्ने कुरा पनि उल्लेख गर्छौं जो सँग हामी बाँच्छौँ, काम गर्छौं र सेवा गर्छौं। कुनै पनि समयमा हामी कसैलाई सहयोग गर्छौं—पर्दाको दुबै तर्फकालाई—परमेश्वरसँग उनीहरुको करार बनाउन र पालन गर्नका लागि, हामी इस्राएललाई एकत्रित गर्न सहयोग गरिरहेका हुन्छौं।

केही समय अगाडि, हाम्रो एक नातिको श्रीमती आध्यात्मिक तवरमा संघर्ष गरिरहेकी थिइन्। म उसलाई “जिल” भन्नेछु। उपवास, प्रार्थना र पादरित्वको आशीश्का बावजुद पनि जिलका बुबा मर्दै थिए। आफ्नो बुबा र गवाही दुबै गुमाउछु कि भनेर उनी डराईरहेकी थिइन्।

अल्लि ढिला एक साँझ , मेरी श्रीमती, विन्डी नेल्सनले मलाई जिलको अवस्थाका बारेमा बताइन्। अर्को बिहान विन्डी जिलसँग बाँढ्न प्रभावित भईन कि उनको आध्यात्मिक विचार प्रति मेरो एक शब्दको प्रतिक्रिया थियो ! शब्द मायोपिक थियो।

सुरुमा मेरो प्रतिक्रियाले उनी खिन्न भएकोकुरा उनले विन्डीलाई स्वीकार गरिन्। उनले भनिन्, “मैले मेरा हजुरबुबाले मेरो बुबाका लागि चमत्कारका वचनहरू दिनुहुन्छ भनेर अपेक्षा गरेको थिएँ। उहाँ मायोपिक भन्ने शब्द उचारण गर्न नै किन बाध्य बन्नुभयो भनेर म सोच्न थालें।“

जिलका बुबा बितिसकेपछि, मायोपिक{८४} शब्द उनको दिमागमा आइरह्यो। उनले अझै गहिरो रुपमा बुझ्नका लागि उनको हृदय खोलिन् कि मायोपिक भनेको “टाढाको नदेख्ने” हो। अनि उनको सोच बदलिन थाल्यो। त्यसपछि जिलले भनिन्, “मायोपिक{8८}ले मलाई रोकिन, सोच्न, र चङ्गाइ प्राप्त गर्न लगायो। त्यो शब्दले अहिले मलाई शान्तिले भर्दछ। यसले मलाई मेरो सम्भाव्यता विस्तार गर्न र अनन्त खोजी गर्न सम्झना गराउँछ। यसले मलाई स्मरण दिलाउँछ कि त्यहाँ दिव्य योजना छ र मेरो बुवा अझै पनी बाँच्नुहुन्छ र माया गर्नुहुन्छ र अझ बढी खोजमा हुनुहुन्छ।मायोपिकले मलाई परमेश्वरतर्फ अगुवाइ गरेकोछ।”

म हाम्रो अमूल्य नातिनी बुहारीमा गर्व गर्छु। आफ्नो जीवनको यो हृदयविदारक समयमा, प्रिय जिलले आफ्नो बुबाका लागि आफ्नो जीवनको अनन्त सम्भाव्यताका साथ परमेश्वरको इच्छालाई अँगाल्न सिकिरहेकी छिन्। परमेश्वरलाई प्रभुत्व जमाउन दिने छनौटगरेर उनले शान्ति प्राप्त गरिरहेकी छिन्।

यदि हामी यसलाई अनुमति दिनेछौं भने, त्यहाँ इस्राएलको हेब्रिक व्याख्याले हामीलाई सहयोग गर्न सक्ने धेरै तरिकाहरू छन्। कल्पना गर्नुहोस्, हाम्रा सुसमाचार प्रचारकहरूका लागि— र इस्राएलीहरूलाई जम्मा गर्ने आफ्नै प्रयासहरूका लागि—हाम्रा प्रार्थनाहरूले यस धारणालाई ध्यानमा राखेर कसरी परिवर्तन गर्न सक्छ। प्रायस: हामी र सुसमाचार प्रचारकहरूलाई येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारको सत्यताहरू लिन तयार भएका मानिसहरू तर्फ अगुवाइ गरियोस् भनेर प्रार्थना गर्छौं। मलाई आश्चर्य लाग्छ, जब हामी उनीहरूको जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिन चाहनेलाई पत्ता लगाउन बिन्ती गर्छौं तब हामी कसकोमा अगुवाई गरिन्छौं होला?

हामी ति कोहीमा अगुवाई गरिन सक्छौं जसले परमेश्वर वा येशू ख्रीष्टमा कहिले पनि विश्वास गरेको थिएन तर अब तिनीहरू उनीहरूको खुशीको योजनाका बारेमा जान्न आतुर छन्। अरूहरू “करारमा जन्मिएका” हुन सक्छन्”१४ तर त्यसबेलादेखि करारको मार्गबाट टाढा भइसकेका छन्। तिनीहरू अब पश्‍चात्ताप गर्न, फर्कन, र परमेश्वरलाई प्रभुत्व जमाउन दिन तयार हुन सक्छन्। हामी तिनीहरूलाई खुला हात र हृदयका साथ स्वागत गरेर सहयोग गर्न सक्दछौं। अनि हामीलाई अगुवाई गरिन सक्ने कसैले आफ्नो जीवनमा केही कमी भएको महसुस गरेका हुनसक्छन्। उनीहरु ले पनि सम्पूर्णता र आनन्दको चाहना गरिरहेका हुन्छन् जुन परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिन चाहनेहरूमा आउँछ।

इस्राएललाई एकत्रित गर्न सुसमाचारको जाल व्यापक छ। त्यहाँ प्रत्येक व्यक्तिका लागि ठाउँ छ जसले पूर्ण रुपमा येशू ख्रीष्टको सुसमाचारलाई अँगाल्नेछ। परिवर्तन हुने हरेक परमेश्वरका करारको सन्तान मध्ये एक बन्छ।१५ चाहे जन्मद्वारा होस् वा अपनाएर होस्। हरेक व्यक्ति इस्राएलका विश्वासी सन्ततिहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको सबै कुराको पूर्ण उत्तराधिकारी बन्नेछन्!१६

हामी सबैको दैवी सम्भावना छ किनकि हरेक परमेश्वरको सन्तति हो। प्रत्येक मानिस उहाँको नजरमा बराबर छन्। यस सत्यका प्रभावहरू गहिरा छन्। दाजुभाइहरु तथा दिदीबहिनीहरु, कृपया म के भन्न गैरहेको छु ध्यान दिएर सुन्नुहोस्। परमेश्वरले एउटा जातलाई अर्कोलाई भन्दा धेरै माया गर्नुहुन्न। यस विषयमा उहाँको सिद्धान्त स्पष्ट छ। उहाँले “कालो र सेतो, बन्धक र स्वतन्त्र, पुरुष र महिला सबैलाई उहाँ कहाँ आउन आमन्त्रण गर्नुहुन्छ।”१७

म तपाईंलाई आश्वसन दिन्छु कि परमेश्वर सामु उभिने कुरालाई तपाईको छालाको रङ्गले निर्धारण गर्दैन। परमेश्वरको साथ मनपर्ने वा मन नपर्ने कुरा परमेश्वरमा र उहाँको आज्ञाप्रतिको तपाईंको भक्तिमा निर्भर गर्दछ र तपाईंको छालाको रङ्गमा होइन।

म दु: खी छु कि संसारभरीका हाम्रा काला दाजुभाइ दिदीबहिनीहरूले जातिवाद र पूर्वाग्रहको दु: ख सहिरहेका छन्। आज म सबैतिरका हाम्रा सदस्यहरूलाई पूर्वाग्रहका मनोवृत्ति र कार्यहरू त्याग्ने नेतृत्व गर्न आग्रह गर्दछु। परमेश्वरका सबै सन्ततिहरूलाई सम्मान गर्नका लागि म तपाईंसँग बिन्ती गर्दछु।

जुनसुकै जातको भए पनि हामी सबैका लागि प्रश्न उस्तै छ। के तपाईं परमेश्वरलाई तपाईंको जीवनमा प्रभुत्व जमाउन दिनहुन इच्छुक हुनुहुन्छ? के तपाईं परमेश्वरलाई तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण प्रभाव बन्न दिन इच्छुक हुनुहुन्छ? के तपाईं उहाँको वचन, आज्ञा, र उहाँका प्रतिज्ञाहरूलाई तपाईंले दिनहुँ गर्ने कार्यहरूमा प्रभाव पार्ने अनुमति दिनुहुन्छ? के तपाई उहाँको आवाजलाई अरु कुनै चीज माथि प्राथमिकता लिन अनुमति दिनुहुन्छ? के तपाईं उहाँले तपाईंबाट गराउन चाहनु भएको कुरालाई अन्य सबै महत्वकांक्षामाथि प्राथमिकता बन्न दिन चाहनुहुन्छ? के तपाईं आफ्नो इच्छालाई उहाँको इच्छामा निल्न दिन चाहनुहुन्छ?१८

यस्तो चाहनाले तपाईंलाई कसरी आशीष दिन सक्छ विचार गर्नुहोस्। यदि तपाईं अविवाहित हुनुहुन्छ र अनन्त साथी खोज्दै हुनुहुन्छ भने, तपाईंको “इस्राएलको” हुने चाहनाले तपाईंलाई कोसँग र कसरी सम्बन्ध गाँस्ने भनेर निर्णय गर्न सहयोग गर्दछ।

यदि तपाईं एक त्यस्तो साथीसँग विवाहित हुनुहुन्छ जसले आफ्ना करारहरू भङ्ग गरेको छ भने, परमेश्वरलाई तपाईंको जीवनमा प्रभुत्व जमाउन दिने तपाईंको चाहनाले गर्दा तपाईंको परमेश्वरसँगको करार अखण्ड रहिरहने छ। तपाईंको टुटेको हृदयलाई मुक्तिदाताले चङ्गाइ दिनुहुनेछ। कसरी अगाडि बढ्ने भनेर तपाईंले जान्ने प्रयास गर्दा स्वर्गहरु खुल्नेछन्। तपाईंले भौतारिनु वा अचम्म मान्नुपर्दैन।

यदि तपाईंसँग सुसमाचार वा चर्चका बारेमा निष्कपट प्रश्नहरू छन् भने, जसरी तपाईंले परमेश्वरलाई प्रभुत्व जमाउन दिन छनौट गर्नुहुन्छ, तपाईंलाई पूर्ण, अनन्त सत्यहरू पत्ता लगाउन र बुझ्नका लागि अगुवाइ गरिनेछ जसले तपाईंको जीवनलाई मार्गनिर्देशन गर्दछ र तपाईंलाई करारको मार्गमा दृढ रहन सहयोग गर्दछ।

जब तपाई प्रलोभनको सामना गर्नुहुन्छ—तपाई थकित हुनुभएको वा एक्लै वा गलत अर्थ लगाएको महसुस गर्दाको समयमा प्रलोभन आएतापनि—तपाईले आफ्नो जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिने भन्ने निर्णय गर्दा र तपाईलाई मजबुत बनाउनका लागि उहाँलाई बिन्ती गर्दा तपाईंले समेट्न सक्ने साहसको कल्पना गर्नुहोस्।

जब तपाईंको सबैभन्दा ठूलो इच्छा इस्राएलको अंश बन्नको लागि, परमेश्वरलाई प्रभुत्व जमाउन दिनुहुन्छ भने, अन्य धेरै निर्णयहरू सजिला हुन्छन्। यति धेरै मुद्दाहरु गैर मुद्दा बन्छन्! आफु स्वयंलाई कसरी रेखदेख गर्नुपर्दछ भनेर तपाईंलाई थाहा हुन्छ। के हेर्ने र पढ्ने, तपाईंको समय कहाँ खर्च गर्ने र कोसँग संगत गर्ने भनेर तपाइँले जान्नुहुन्छ। तपाईं के गर्न चाहानुहुन्छ भनेर थाहा पाउनुहुनेछ। वास्तवमै तपाई कस्तो व्यक्ति बन्न चाहनुहुन्छ भन्ने कुरा तपाईलाई थाहा हुनेछ।

अब, मेरा प्यारा दाजुभाइहरू तथा दिदीबहिनीहरू, परमेश्वरलाई प्रभुत्व जमाउन दिन विश्वास र साहस दुवै चाहिन्छ। पश्चात्ताप गर्न र येशू ख्रीष्टको प्रायश्चितको माध्यमबाट प्राकृतिक मानिसलाई त्याग्न निरन्तर र कठोर आध्यात्मिक कर्म चाहिन्छ।१९ सुसमाचारको अध्ययन गर्न, स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टका बारेमा अझै बढी जान्न, र व्यक्तिगत प्रकाशको खोजी गर्न अनि जवाफ दिन व्यक्तिगत बानीहरू बसाल्नका लागि निरन्तर दैनिक प्रयासको आवश्यकता पर्दछ।

यस जोखिमपूर्ण समयमा प्रेरित पावलले अगमवाणी गरेका थिए,२० शैतानले परमेश्वरको योजनामा हमला गर्नलाई लुकाउने प्रयास समेत गरिरहेको छैन। दुष्टता प्रचूर मात्रामा छ तसर्थ, आध्यात्मिक तवरमा जिउने एउटै मात्र तरिका भनेको हाम्रो जीवनमा परमेश्वरलाई प्रभुत्व जमाउन दिनु हो, उहाँको आवाज सुन्न सिक्नु हो, र इस्राएललाई एकत्रित गर्नका लागि सहयोग गर्न हाम्रो शक्तिको प्रयोग गर्नु हो।

अब, परमेश्वरलाई प्रभुत्व जमाउन दिने मानिसहरूका बारे परमप्रभुले कस्तो महसुस गर्नुहुन्छ? नफिले यसलाई सारांशमा वर्णन गरे: “[परमप्रभु]ले तिनीहरूलाई नै प्रेम गर्नुहुन्छ जसले उहाँलाई तिनीहरुका परमेश्वर हुन दिन्छन्। हेर, उहाँले हाम्रा पुर्खाहरूलाई प्रेम गर्नुहुन्थ्यो र उनीहरुसँग वाचा गर्नुभयो, हो, अब्राहम, इसहाक र याकूबलाई समेत; अनि आफूले बनाएका करारहरू उहाँलाई याद छ।”२१

अनि परमप्रभु इस्राएलका लागि के गर्न चाहानुहुन्छ? परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ कि उहाँले “[हाम्रा] लडाईहरू, र [हाम्रा] सन्ततिहरूको लडाईहरु, र हाम्रा सन्ततिहरूका सन्ततिहरूको [लड़ाईहरु] … तेस्रो र चौथो पुस्तासम्म” लड्नुहुनेछ!२२

जब तपाईले आगामी छ महिना आफ्नो धर्मशास्त्रको अध्ययन गर्नुहुनेछ, म तपाईलाई परमप्रभुले करारका इस्राएलीहरूको लागि गर्छु भन्नुभएका सबै प्रतिज्ञाको सूची बनाउनको लागि प्रोत्साहन गर्छु। मलाई लाग्छ तपाईं चकित हुनुहुनेछ! यी प्रतिज्ञाहरूलाई मनन गर्नुहोस्। आफ्नो परिवार र साथीहरूसँग तिनीहरूका बारेमा कुरा गर्नुहोस् | त्यसपछि जिउनुहोस् र यी वचनहरू तपाईंको आफ्नै जीवनमा पूरा भएको हेर्नुहोस्।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जसरी तपाईं परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिने छनौट गर्नुहुन्छ, तपाईं आफैले अनुभव गर्नुहुनेछ कि हाम्रा परमेश्वर “चमत्कारका परमेश्वर” हुनुहुन्छ।२३ एक मानिसका रुपमा, हामी उहाँहका करारवद्ध सन्तति हौं, र हामी उहाँको नामले बोलाइन्छौँ। यी कुराहरूको गवाही येशू ख्रीष्टको पवित्र नाममा दिन्छु, आमीन ।

सूचीहरुः

  1. प्रेरितका रुपमा मेरो ३६ वर्षको सेवा अवधिमा मैले दिएका ८०० भन्दा बढी मेरा सन्देशहरू मध्ये कम्तिमा पनि ३७८ सन्देशहरूमा मैले इस्राएलका बारेमा कुरा गरेको छु।

  2. हिब्रूमा, अब्राम एक महान नाम हो जसको अर्थ “उच्च पिता” हो। तर जब परमेश्वरले त्यो नामलाई अब्राहम मा परिवर्तन गर्नुभयो, यो नामले अझ ठूलो अर्थ राख्यो, जसको अर्थ हो “बहुसंख्यका पिता।” वास्तवमा, अब्राहम “धेरै राष्ट्रहरूका पिता” हुनुपर्ने थियो। (हेर्नुहोस् उत्पत्ति १७:५ ; नहेम्याह ९:७ ।)

  3. परमप्रभु परमेश्वर यहोवाले अब्राहमसँग एउटा करार गर्नुभयो कि संसारको मुक्तिदाता अब्राहमको सन्तानबाट जन्मिनेछ, केही देशहरू पैतृक सम्पत्तिका रुपमा प्राप्त हुनेछन्, र सबै जातिहरू अब्राहमको वंशबाट आशीषित हुनेछन् (बाइबल शब्दकोश, “ हेर्नुहोस् अब्राहम, करार ”)।

  4. बाइबल शब्दकोश हेर्नुहोस्, “इस्राएल ।”

  5. धर्मशास्त्रमा इस्राएल शब्द हजार भन्दा बढी पटक देखा पर्दछ। यो याकूबका (इस्राएलका) परिवारका १२ छोरा र थप छोरीहरूमा लागू हुन्छ (हेर्नुहोस् उत्पत्ती ३५:२३-२६; ४६:७)। आज यो पृथ्वी ग्रहमा भौगोलिक रुपमा एक ठाउँमा लागू गर्न सकिन्छ। तर यसको सैद्धान्तिक प्रयोग ती व्यक्तिहरूमा लागू हुन्छ जो परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिन इच्छुक छन्।

  6. हेर्नुहोस् उत्पत्ति ३२:३०; उत्पत्ति ३२:३१मा Penuelको रुपमा पनि उच्चारण गरिएको छ।

  7. हेर्नुहोस् उत्पत्ति ३२:२८

  8. हेर्नुहोस् उत्पत्ति ३५:११-१२

  9. थप अध्ययनको लागि, टपिकल गाइड, “इस्राएलको, तितरवितर हेर्नुहोस्।”

  10. यशैया ५४:७

  11. हेर्नुहोस् यशैया ११: ११–१२; २ नफि २१: ११–१२ ; मोसियाह १५:११

  12. हेर्नुहोस् Encyclopedia of Mormonism (1992), “Covenant Israel, Latter-Day,” 1:330–31.

  13. जब हामी इस्राएलको एकत्रित गर्ने कार्यमा सहभागी हुन्छौँ, परमप्रभुसँग एकत्रित गरिएकाहरूलाई वर्णन गर्ने अद्भुत तरिका छ। उनले हामीलाई सामूहिक रुपमा उनको “अनौठो खजाना” (प्रस्थान १९:५; भजन सङ्ग्रह १३५:४), आफ्नो “गहना” (मलाकी ३:१७:; सिद्धान्त र करार १०१:३), अनि “पवित्र राष्ट्र” का रुपमा उल्लेख गर्नुहुन्छ (प्रस्थान १९:६; पनि हेर्नुहोस् व्यवस्था १४:२; २६:१८)।

  14. यो वाक्यांशले परमेश्वरले अब्राहमसँग गर्नुभएको सोही करारलाई जनाउँछ, “तिम्रा सन्तानमा पृथ्वीका सबै कुलले आशीष पाउनेछन्” (३-नफि २०:२७)। “करारमा जन्मनु” भनेको एक व्यक्ति जन्मनु पूर्व त्यो व्यक्तिको आमा र बुबा मन्दिरमा बाँधिएको थियो हो।

  15. यस्तो प्रतिज्ञा परमेश्वरले अब्राहमलाई सिकाउनुभएको थियो: “यस सुसमाचार जति धेरैले ग्रहण गर्दछन्, उनीहरू तिम्रो नामको निम्ति बोलाइनेछन्, र तिम्रा सन्तानका रुपमा गनिनेछन्, र खडा हुनेछन् र बुबालाई झैं आशीर्वाद दिनेछन्।”(अब्राहम २; पनि हेर्नुहोस् रोमी:१८१४––१७; गलाती ३: २६–२९)।

  16. प्रत्येक आस्थावान सदस्यले कुलपिताकि आशीषका लागि अनुरोध गर्न सक्छन्। पवित्र आत्माको प्रेरणाद्वारा इस्राएलका कुलपिताले उक्त व्यक्तिको वंश इजरायलमा घोषणा गर्नुहुन्छ। त्यो घोषणा ऊ वा उनको जाति, राष्ट्रियता, वा आनुवंशिक ढाँचाको एक घोषणा हुनु पर्छ भन्ने जरूरी छैन। बरु, घोषित वंशले इस्राएलका कुललाई पहिचान गर्दछ जसका माध्यमबाट ती व्यक्तिले आशीष प्राप्त गर्नेछ।

  17. 2-नफी २६:३३

  18. हेर्नुहोस् मोसियाह 15:7। इस्राएलमा हुनु भनेको कमजोर हृदयको लागि होइन। अब्राहमका सन्ततिका लागि परमेश्वरले भण्डारमा राखेका सबै आशीष‌हरू प्राप्त गर्न हामी प्रत्येकले आ-आफ्नो अनौंठो “अब्राहमिक परीक्षा” दिने अपेक्षा गर्न सक्छौं। अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभए जस्तै, हाम्रा मर्महरुलाई बटारेर परमेश्वरले हाम्रो परीक्षा लिनुहुनेछ। (See recollection of John Taylor in Teachings of Presidents of the Church: Joseph Smith [2007], 231.)

  19. हेर्नुहोस् मोसीयाह ३:१९

  20. हेर्नुहोस 2 तिमोथि 3:1-13

  21. १-नफि १७:४०; जोड दिएर थपिएको

  22. सिद्धान्त र करार ९८:३७; पनि हेर्नुहोस् भजन संग्रह ३१:२३; यशैया ४९:२५; सिद्धान्त र करार १०५:१४

  23. मोर्मोन ९:११

प्रिन्ट गर्नुहोस्