२०२१
प्रकाशको सिद्धान्तमा अभ्यस्त हुनुहोस्
जनवरी २०२१


“प्रकाशको सिद्धान्तमा अभ्यस्त हुनुहोस्,” लियाहोना, जनवरी २०२१

मासिक लियाहोना सन्देश, जनवरी २०२१

प्रकाशको सिद्धान्तमा अभ्यस्त हुनुहोस्

म तपाईंहरुलाई परमप्रभुलाई अझ राम्ररी र धेरै पटक सुन्नका लागि आवश्यक कदमहरु लिन प्रोत्साहन गर्छु ताकि उहाँले दिन चाहनुभएको ज्ञान हामीले प्राप्त गर्न सकौं।

छवि
विरुवा

गेट्टी चित्रबाट तस्वीर

सेप्टेम्बर ३०, २०१७मा, साधारण सम्मेलनको दिवा सत्र पछाडि, म मेरा गणका प्रिय सदस्य एल्डर रोबर्ट डी. हेल्सलाई भेट्न अस्पतालमा गएँ। केही दिन अघि हृदय घात भए देखि उहाँलाई अस्पतालमा राखिएको थियो।

हाम्रो भेट अद्भुत रह्यो र उहाँको सुधार भएको देखिन्थ्यो। उहाँ आफैं सास फेर्दै हुनुहुन्थ्यो, जुन राम्रो सङ्केत थियो।

त्यो साँझ, तैपनि, आत्माले मेरो हृदय र मस्तिष्कमा बोल्यो कि म आइतबार आस्पतालमा फर्कनु पर्छ। साधारण सभाको आइतबार बिहानी सत्रको समयमा, त्यो दरिलो प्रभाव पून: आयो । मलाई महसुस भयो कि मैले खाना छोडेर एल्डर हेल्सको छेउमा बिहानीको सत्र सकिने बित्तिकै पुग्नु पर्छ, जुन मैले गरें।

जब म त्यहाँ पुगें, मैले देखें कि एल्डर हेल्स गम्भीर अवस्थामा पुगिसक्नुभएको थियो। दु:खको कुरा, म पुगेको दस मिनेट पछाडि उहाँ बित्नुभयो, तर म धन्यवादी छु कि म उहाँको छेउमा उहाँको प्रिय श्रीमती र उहाँका दुई छोराहरुको साथमा थिएँ जब उहाँ यस जीवनबाट बिदा हुनुभयो।

म कति कृतज्ञ छु कि पवित्र आत्माको सानो आवाजले मलाई त्यो कुरा गर्न प्रोत्साहन गर्नुभयो जुन अन्यथा मैले गर्ने थिएन होला। अनि प्रकाशको वास्तविकता र स्वर्ग फेरि खुल्ला भएकोमा म कत्ति आभारी छु।

यस वर्ष हाम्रो व्यक्तिगत र कक्षा अध्ययन सिद्धान्त र करारमा केन्द्रित हुनेछ। यी “दैवी प्रकाशहरु र प्रेरित घोषणाहरु” ले तिनीहरुको अध्ययन गर्ने र तिनीहरुको दैवी निर्देशनमा कार्य गर्ने सबैलाई आशीषित गर्न सक्छन्। तिनीहरुले “सबैतिरका सबै मानिसहरुलाई परमप्रभु येशू ख्रीष्टको आवाज सुन्नका लागि” आमन्त्रण गर्दछ, किनकि वास्तवमा “परमप्रभुको आवाज सबै मानिसहरुका लागि हो” (सिद्धान्त र करारह १:२)।

खतरा, अन्धकार, छलकपट

, कोभिड-१९ महामारीले हामीलाई स्मरण गराए जस्तै भौतिक र आत्मिक चुनौतीहरु पृथ्वीमा जीवनका एक अंश हुन् । उहाँको दोस्रो आगमन भन्दा अघि, मुक्तिदाताले ठूलो संकष्टका दिनहरूको भविष्यवाणी गर्नुभयो। उहाँले भन्नुभयो, “त्यहाँ विभिन्न ठाउँहरुमा अनिकालहरु, महामारीहरु र भूकम्पहरु हुनेछ” (जोसेफ स्मिथ—मत्ती १:२९)।

यी सबै कष्टहरु बढ्दो अन्धकार र छलकपटहरु हुन् जसले हामीलाई घेर्छ। येशूले उहाँका अनुयायीहरुलाई भन्नुभएको जस्तै, उहाँको आगमन अगाडि “दुष्टता बढ्नेछ ” जोसेफ स्मिथ—मत्ती १:३०)

सैतानले परमप्रभुको कार्य र हामी जो त्यसमा संलग्न छौँ को बिरुद्ध आफ्नो फौज अगाडि बढाइसकेको छ र भड्काइरहेको छ। हामीले सामना गर्ने बढ्दो खतराका कारण, दैवी मार्गदर्शनको आवश्यकता यति बढी कहिलेपनि भएको थिएन र येशू ख्रीष्ट—हाम्रो मध्यस्थकर्ता, मुक्तिदाता र उद्दारकर्ताको आवाज सुन्ने हाम्रो प्रयासको—यति जरुरी कहिले पनि भएको थिएन।

मैले भने जस्तै चर्चको अध्यक्षका रुपमा बोलावट भए लगतै, परमप्रभु उहाँको मस्तिष्क हामीमा प्रकाश गर्नका लागि तयार हुनुहुन्छ। त्यो हाम्रो लागि उहाँको आशीषहरु मध्यको सबैभन्दा ठुलो आशीष हो।

हाम्रो समयमा, उहाँले वाचा गर्नुभएको छ, “यदि तिमीले माग्छौ भने, तिमीले प्रकाश माथि प्रकाश, ज्ञान माथि ज्ञान प्राप्त गर्नेछौ” (सिद्धान्त र करार ४२:६१)।

मलाई थाहा छ उहाँले हाम्रो बिन्तीहरूलाई सुन्नुहुन्छ।

हामी उहाँलाई कसरी सुन्छौं

आत्माले कसरी वार्तालाप गर्छ भनेर जान्नु आज अति नै आवश्यक छ। व्यक्तिगत प्रकाश प्राप्त गर्न, उत्तर पाउन र सुरक्षा अनि निर्देशन प्राप्त गर्नका लागि, हामी जोसेफ स्मिथले हाम्रा लागि तयार पार्नु भएको नमुनाको स्मरण गर्छौं।

पहिलो, हामी आफैंलाई धर्मशास्त्रहरुमा डुबाउँछौं। यसो गर्नले हाम्रो मस्तिष्कहरु र हृदयहरु मुक्तिदाताका शिक्षाहरु र सत्यहरुमा खुल्नेछन्। ख्रीष्टका शब्दहरुले “[हामीलाई] विशेष गरि यी अनिश्चित र उथलपुथलको समयमा” (२ नफी ३२;३), [हामीले] गर्नुपर्ने सबै कुराहरु भन्नेछन्।

अर्को हामी प्रार्थना गर्छौं। प्रार्थनाका लागि पहलको आवश्यकता हुन्छ, त्यसैले हामी परमेश्वर सामु विनम्र हुन्छौं, हामी दैनिक रुपमा जान सकिने शान्त ठाउँ खोज्छौं र आफ्नो हृदय उहाँमा खन्याउँछौं।

परमप्रभु भन्नुहुन्छ, “मेरो नजिक आऊ र म तिमीहरुको नजिक आउँछु; लगनशीलताका साथ मेरो खोजी गर र तिमीले मलाई भेट्टाउनेछौ; माग, र तिमीले प्राप्त गर्नेछौ; ढकढकाउ, र त्यो तिम्रा लागि खोलिनेछ”(सिद्धान्त र करार ८८:६३

परमप्रभुको नजिक जानाले सान्त्वना र प्रोत्साहन, आशा र चङ्गाइ ल्याउने छ। त्यसैले, हामी उहाँको नाममा हाम्रो चिन्ताहरुको र हाम्रा कमजोरीहरु, हाम्रा चाहनाहरु र हाम्रा प्रियजनहरु, हाम्रा बोलावटहरु र हाम्रा प्रश्नहरुका बारेमा प्रार्थना गर्छौं।

त्यसपछि हामी सुन्छौं।

यदि हामी हाम्रा प्रार्थना सकिएपछि घुडा टेकेर केही समयका लागि बस्यौं भने, विचार, भावना, र चाहनाहरू हाम्रो मस्तिष्कमा आउनेछन्। ती प्रभावहरुlलाई स्मरण गर्नाले परमप्रभुले हामीले के कार्य गरोस् भनेर चाहनुभएको छ भन्ने कुरा स्मरण गर्न सहयोग मिल्छ।

छवि
महिला पढ्दै

जब हामी यो प्रक्रियालाई दोहोर्याउँर्छौं, हामी अध्यक्ष जोसेफ स्मिथका शब्दहरुमा, “प्रकाशका सिद्धान्तमा अभ्यस्त हुन्छौं।”

प्रकाश प्राप्त गर्न गर्न योग्य

पवित्र आत्माको सानो आवाजलाई चिन्ने आफ्नो क्षमतालाई निखार्न र प्रकाश प्राप्त गर्ने हाम्रो क्षमता वृद्धि गर्न योग्यताको आवश्यकता पर्दछ। योग्यताका लागि पूर्णता आवश्यक छैन, तर यसका लागि शुद्धतालाई बढाउने हाम्रो निरन्तर प्रयास आवश्यक छ।

परमप्रभुले दैनिक प्रयाश, दैनिक सुधार, दैनिक प्रायश्चित्तको अपेक्षा गर्नुहुन्छ। योग्यताले शुद्धता ल्याउँछ, र शुद्धताले हामीलाई पवित्र आत्माका लागि योग्य बनाउँछ। जब हामी “पवित्र आत्मालाई [हाम्रो] निर्देशनका लागि” लिन्छौं (सिद्धान्त र करार ४५:५७, हामी व्यक्तिगत प्रकाशका लागि योग्य हुन्छौं।

यदि कुनै कुराले स्वर्गीय निर्देशनको ढोका खोल्न हामीलाई रोकिरहेको छ भने हामीले पश्चाताप गर्नु आवश्यक पर्दछ। प्रायश्चित्तले हामीलाई ढोका खोल्न दिन्छ ताकि हामीले परमप्रभुका वाणीलाई अझ धेरै पटक र स्पष्टसँग सुन्न सक्छौं।

“यसको स्तर स्पष्ट छ,” बाह्र प्रेरित गणका एल्डर डेभिड ए. बेड्नारले सिकाउनुभयो। “यदि हामीले सोच्ने, हेर्ने, सुन्ने अथवा गर्ने केही कुराले हामीलाई पवित्र आत्माबाट टाढा राख्छ भने, हामीले त्यो कुरा सोच्न, हेर्न, सुन्न र गर्न छोड्नु पर्छ। यदि हाम्रो मनोरञ्जनले उदाहरणका लागि हामीलाई पवित्र आत्माबाट टाढा राख्छ भने, वास्तबमा त्यो तरिकाको मनोरञ्जन हाम्रो लागि होइन। किनकि आत्मा अश्लिल, असभ्य अथवा अविवेकको साथमा रहन सक्दैन त्यसैले स्पष्ट छ कि ती कुराहरु हाम्रा लागि होइनन् ।”

जब हामी बढ्दो शुद्धता र अज्ञाकरितालाई उपवास, प्रयत्नशील खोजी, धर्मशास्त्रहरुको अध्ययन र जीवित अगमवक्ताहरुको शब्दहरु र मन्दिर र पारिवारिक इतिहास कार्यसँग जोड्छौं, स्वोर्गहरु खोल्नेछन्। परमप्रभुले, बदलामा, उहाँको वाचालाई पूरा गर्नुहुनेछ: “म तिमीलाई मेरो आत्मा दिनेछु, जसले तिम्रो मस्तिष्कमा ज्ञान दिने छ” (सिद्धान्त र करार ११:१३)।

हामीले धैर्य गर्नु पर्ने हुन्छ, तर परमेश्वरले उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै समयमा हामीसँग बोल्नुहुनेछ।

बुझाइको आत्मा

अय्यूबले घोषणा गरेँ, “मानिसमा आत्मा छ: र सर्वशक्तिमानको प्रेरणाले तिनीहरुलाई समझ दिनेछ” (अय्यूब ३२:८)। यो नयाँ वर्षमा, म तपाईंहरुलाई परमप्रभुलाई अझ राम्ररी सुन्न र अझ धेरै पटक सुन्न आवश्यक कदमहरु लिन प्रोत्साहन गर्छु ताकि उहाँले तपाईलाई दिन चाहनुभएको ज्ञान तपाईंले प्राप्त गर्न सक्नुहुनेछ।

अक्टोवरको त्यो दिन २०१७ मा एल्डर हेल्सको निधन अगाडि, उहाँले छोटो वक्तव्य तयार गर्नु भएको थियो जुन उहाँले दिन पाउनुभएन। त्यो वक्तव्यमा, उहाँले लेख्नुभएको थियो, “हाम्रो आस्थाले हामीलाई परमप्रभु सामु जान हामीलाई तयार गर्छ।”

जब हामी प्रकाश प्राप्त गर्छौं, उहाँले आफ्नो मस्तिष्क, चाहना र वाणी हामीहरूलाई प्रकट गर्नुहुँदा हामी परमेश्वरको उपस्थिति समय बिताउँछौं। (सिद्धान्त र करार ६८:४)। उहाँलाई पुकार्दै, उहाँको प्रेरणाको वाचामा योग्य भएर जिउँदै अनि हामीले प्राप्त गरेका निर्देशन अनुसार कार्य गर्दै, हामीले आफ्नो आस्थालाई कार्यमा राख्न सकौं।

सूचीहरुः

  1. सिद्धान्त र करारको परिचय

  2. रसल एम. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” Liahona, मे २०१८, ९४ हेर्नुहोस्।

  3. Teachings of Presidents of the Church: Joseph Smith (२००७), 132.

  4. डेभिड ए. बेड्नार, “That We May Always Have His Spirit to Be with Us,” Liahona, मे २००६, ३०.

  5. निल एल. एन्डरसन, “The Voice of the Lord,” Liahona, नोभ. २०१७, 125 मा।

प्रिन्ट गर्नुहोस्