२०२१
परमेश्वरले हामीलाई बप्तिस्मा लिन भन्नुभयो
फेब्रुवरी २०२१


“परमेश्वरले हामीलाई बप्तिस्मा लिन भन्नुभयो” लियाहोना, फेब्रुवरी २०२१

मासिक लियाहोना सन्देश, फेब्रुवरी २०२१

परमेश्वरले हामीलाई बप्तिस्मा लिन भन्नुभयो

येशू ख्रीष्टले परमेश्वरको अधिकार भएको कुनै व्यक्तिमार्फत बप्तिस्मा लिने एउटा उदाहरण कायम गर्नुभएको थियो।

हुन त हामीसँग येशू ख्रीष्टको व्यक्तिगत जीवनको बारेमा विस्तृत जानकारी छैन, तैपनि हामी उहाँले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएको थियो भन्ने कुरा अवश्य जान्दछौँ (लुका ३:२३ हेर्नुहोस्) । उहाँको उदाहरणबाट हामीले बप्तिस्माका बारेमा सिक्ने केही कुराहरू यहाँ दिइएका छन् ।

हरेक व्यक्तिका लागि

यदि हामी पर्याप्त पाको छौं र सही र गलतका बीचमा फरक छुट्याउन पर्याप्त परिपक्व छौं भने, स्वर्गमा रहनुहुने पिताले हामीले बप्तिस्मा लिएको देख्न चाहनुहुन्छ (सिद्धान्त र करार १८:४२ हेर्नुहोस्) । येशू परिपूर्ण हुनुहुन्थ्यो, तैपनि उहाँले परमेश्वरको आज्ञा पालन गर्न बप्तिस्मा लिने छनौट गर्नुभयो (मात्ति ३:१३–१७; २ नफी ३१:७ हेर्नुहोस्) । पहिले नै मृत्यु भइसकेका मानिसहरूले पनि बप्तिस्मा स्वीकार गर्न मिल्छ । हामी मन्दिरहरूमा तिनीहरूका लागि बप्तिस्मा लिएर यो कुरा अर्पण गर्दछौँ । (सिद्धान्त र करार १२८:१५–१८ हेर्नुहोस् ।)

छवि
बप्तिस्मा

अधिकारद्वारा गरिएको

येशूलाई कुनै आम व्यक्तिद्वारा बप्तिस्मा दिइएको होइन । उहाँ विशेष रूपमा आफ्नो भतिजा युहन्नाकहाँ जानुभएको थियो जोसँग परमेश्वरको पादरित्वको अधिकार थियो । येशू र उहाँका चेलाहरूको मृत्यु पछि त्यो पादरित्वको अधिकार पृथ्वीबाट हरायो । त्यसपछि, १८२९ मा बप्तिस्मा दिने युहन्ना जोसेफ स्मिथका सामु देखापर्नुभयो र उहाँलाई परमेश्वरको नाममा बप्तिस्मा दिने अधिकार दिनुभयो । त्यस पुनर्स्थापनाकै कारण, आज पनि त्यही अधिकारमार्फत बप्तिस्मा लिन सक्छौँ ।

छवि
हारूनको पादरित्वको पुनर्स्थापना

दुईतर्फी प्रतिज्ञा

बप्तिस्मामा हामी र परमेश्वरबीचको दुईतर्फी प्रतिज्ञा वा करार समावेश छ । हामी प्रतिज्ञा गर्दछौँ :

  1. आफैले ख्रीष्टको नाम लिने ।

  2. सधैँ उहाँलाई सम्झिने ।

  3. उहाँका आज्ञाहरूको पालना गर्ने ।

यसको बदलामा, परमेश्वरले आफ्नो आत्मा सधैँ हामीसँग रहने वचन दिनुहुन्छ । प्रभुभोजका प्रार्थनाका शब्दहरूले हामीलाई हरेक हप्ता यो करार स्मरण गराउँछन् । (सिद्धान्त र करार २०:७७, ७९ ।)

छवि
प्रभुभोज सभामा परिवार

पवित्र आत्मालाई ग्रहण गर्नु बप्तिस्माको महत्त्वपूर्ण अंश हो

येशूले बप्तिस्मा लिएपछि, पवित्र आत्मा ढुकुरको रूपमा देखा पर्यो (२ नफी ३१:८ हेर्नुहोस्) । आज मानिसहरूले बप्तिस्मा लिएपछि ती कुराहरू प्रमाणित हुन जान्छन् । अर्थात् उनीहरूले एउटा यस्तो विशेष आशीर्वाद पाउँछन् जसमा उनीहरूलाई पवित्र आत्माको आत्मिक सरसफाइ गर्ने उपहार लिन आमन्त्रित गरिन्छ (२ नफी ३१:१७ हेर्नुहोस्) । पवित्र आत्माले हामीलाई खतराको बारेमा सचेत गर्न, सान्त्वना दिन, राम्रो निर्णय लिनका लागि मार्गदर्शन गर्न र हामीलाई परमेश्वरको प्रेम महसुस गर्नमा सघाउन सक्छ (सिद्धान्त र करार ३९:६ हेर्नुहोस्) ।

छवि
महिलालाई प्रमाणित गरिँदै

हामी सधैँ प्रायश्चित्त गर्न सक्छौँ

परमेश्वरलाई हामीले गल्ती गर्दछौँ भन्ने कुरा थाहा छ । उत्तम प्रयासका बावजुद, हामी पाप गर्न पुग्छौँ र हाम्रो बप्तिस्माका संकल्पहरूको पालना गर्न गर्न छोड्नेछौँ । यस प्रकार उहाँले हामीमध्ये हरेकलाई प्रायश्चित्त गर्ने अवसर दिनुहुन्छ । (सिद्धान्त र करार १८:१३ हेर्नुहोस् ।) हरेक दिन हामी माफी माग्ने सक्दो प्रयास गर्न र कुनै पनि गल्ती सच्याउन सक्छौँ । हामी प्रार्थना गर्न र परमेश्वरसँग क्षमा याचना गर्न सक्छौँ । त्यसपछि हामीले नम्र हृदयले प्रभुभोज ग्रहण गर्दा हामीसँग पवित्र आत्मा हुन सक्छ (३ नफी १८:११ हेर्नुहोस्) ।

छवि
ओछ्यानमा प्रार्थना गर्दै महिला

बप्तिस्माका बारेमा धर्मशास्त्रहरूले के भन्छन् ?

अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई बप्तिस्माको तयारीमा सघाउनुपर्छ (सिद्धान्त र करार ६८:२५ हेर्नुहोस्) ।

आठ वर्षभन्दा कम उमेरकाले बप्तिस्मा लिनु आवश्यक छैन (मोरोनी ८ हेर्नुहोस्) ।

बप्तिस्मा लिँदा हामी “शोक गर्ने मानिसहरूसँग शोक मनाउने; … सान्त्वनाको खाँचो परेकाहरूलाई सान्त्वना दिने र सधैँ, सबै कुराहरूमा र सबै स्थानहरूमा परमेश्वरको साक्षीका रूपमा उभिने” (मोसीयाह १८:९) संकल्प लिन्छौँ ।

प्रिन्ट गर्नुहोस्