२०२१
त्रिशक्ति भनेको के हो?
जुन २०२१


“त्रिशक्ति भनेको के हो?,”लियाहोना, जुन २०२१

मासिक लियाहोना सन्देश, जुन २०२१

त्रिशक्ति भनेको के हो?

स्वर्गका पिता, येशू ख्रीष्ट, र पवित्र आत्मा एक उद्देश्य सहितका तीन फरक व्यक्तित्वहरु हुनुहुन्छ ।

छवि
पहिलो दर्शन

पहिलो दर्शन, बाट विवरण, जोन नोटनद्वारा

एक पटक एक पत्रिकाको सम्पादकले अगम्बक्ता जोसेफ स्मिथलाई पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चका सदस्यहरुले के विस्वास गर्छन् भनेर सोधेका थिए । जवाफमा, अगम्बक्ताले आस्थाका विश्वासका १३ बयानहरु लेख्नुभयो जसलाई हामीले आस्थाका बूँदाहरु भन्छौँ। पहिलो बयानले भन्छ, “हामी अनन्त परमेश्वर पिता, र उहाँका छोरा, येशू ख्रीष्ट, र पवित्र आत्मा मा विश्वास गर्छौं” आस्थाका बूँदाहरु १:१। यी तीनले हामीले भनेको त्रिशक्ति बन्छ।

परमेश्वर अनन्त पिता

परमेश्वरसंग मम्सपेसी र हड्डीको पुनरुत्थापित शरीर छ। उहाँ हाम्रा आत्माहरुका पिता हुनुहुन्छ। उहाँले आफ्ना हरेक सन्ततिहरूलाई निपूर्ण रुपमा प्रेम गर्नुहुन्छ। परमेश्वर पूर्ण हुनुहुन्छ, उहाँसँग सबै शक्ति छ र उहाँलाई सबै कुराको जानकारी छ। उहाँ न्यायी, कृपालु र दयालु हुनुहुन्छ। हामी जन्मनु भन्दा अगाडी परमेश्वरसँग आत्माका रुपमा बस्थ्यौं। उहाँले हामीलाई सिक्न र उन्नति गर्नका लागि पृथ्वीमा पठाउनुभयो। परमेश्वरको सबैभन्दा ठूलो चाहना भनेको हाम्रो मृत्यु पश्चात उहाँका सबै सन्ततिहरू उहाँसँग जिउनका फर्कियून भन्ने नै हो। परमेश्वरले सिकाउनुहुन्छ कि परमेश्वरको उपस्थितिमा फर्कनका निम्ति हामीले येशू ख्रीष्टको अनुसरण गर्नुपर्छ।

छवि
येशू ख्रीष्ट आत्मिक संसारमा सिकाउँदै

येशू ख्रीष्ट आत्मिक संसारमा सिकाउँदै, रोबर्ट टि. बारेटद्वारा

येशू ख्रीष्ट

येशू ख्रीष्टसँग पनि मासु र हड्डी पुनरुत्थान भएको शरीर छ। उहाँ परमेश्वरका प्रथम पुत्र हुनुहुन्छ। हामी जन्मनु भन्दा अगाडी, परमेश्वरले उहाँलाई हाम्रो मुक्तिदाता बन्नका लागि छनौट गर्नु भयो। यसको अर्थ येशू पृथ्वीमा हाम्रो लागि उदाहरण बन्न, उहाँको सुसमाचार सिकाउन, हाम्रो मुक्ति र हामीलाई मृत्युबाट उद्दार गर्नका लागि आउनुभयो। येशू ख्रीष्टको कारणले, जब हामी पश्चाताप गर्छौं हामीले हाम्रो पापको क्षमा पाउन सक्छौं। येशू ख्रीष्टले पनि धेरै कुरा सहनुभयो ता कि उहाँले बुझ्न सकोस् र हामीलाई सहयोग गर्न सकोस्। येशू ख्रीष्टको मृत्यु भयो र फेरी बाँच्नुभयो, सबैलाई फेरी बाँच्ने मौका दिदै।

छवि
ख्रीष्टको दफन

तस्वीर गेट्टी चित्रसंग्रह बाट

पवित्र आत्मा

पवित्र आत्मा त्रिशक्तिका एक सदस्य हुनुहुन्छ जसको भौतिक शरीर छैन। उहाँ आत्मा हुनुहुन्छ। पवित्र आत्माले हाम्रो आत्मासँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुन्छ। उहाँले हामीलाई परमेश्वर वास्तविक हुनुहुन्छ र येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। पवित्र आत्माले हामीलाई प्रेम, निर्देशन र सान्त्वनाको महसुस गराउन परमेश्वरको दूतका रुपमा कार्य गर्नुहुन्छ । जब हाम्रो बप्तिस्मा हुन्छ र प्रमाणीकरण गरिन्छ, हामीले पवित्र आत्माको उपहार पाउँछौँ। हाम्रो बप्तिस्म पछि, पवित्र आत्मा सधैं हामीसँग बस्न सक्नुहुन्छ जब हामीले परमेश्वरका आज्ञाहरुको पालना गर्छौं।

छवि
पहिलो दर्शन

पहिलो दर्शन, वाल्टर रेनद्द्वारा

जोसेफ स्मिथको पहिलो दर्शन

समय संगै मानिसहरु त्रिशक्तिका बारेमा दुबिधामा परे। परमेश्वर, येशू ख्रीष्ट र पवित्र आत्मा कस्तो हुनुहुन्छ भन्ने बारेमा मानिसहरू असहमत भए। यस कारणले पनि जोसेफ स्मिथले देख्नुभएको पहिलो दर्शन त्यति धेरै महत्त्वपूर्ण भएको हो। उहाँले स्वर्गका पिता र येशू ख्रीष्टको शरीर भएको र उहाँहरु दुइ अलगै ब्यक्तित्वहरु देख्नुभएको थियो।

छवि
सुन्ने

सुन्ने, माइकल जविस नेलसनद्वारा

अलगै तर एककृत

धर्मशास्त्रहरु र आधुनिक अगमबक्ताहरुले परमेश्वर, येशू ख्रीष्ट र पवित्र आत्मा एकै उद्देश्यका साथ छुट्टै व्यक्तित्वहरु हुनुहुन्छ भनेर सिकाउनुहुन्छ: हाम्रो अमरत्व र अनन्त जीवन (मोशा १:३९ हेर्नुहोस्)। एकै समूहका सदस्यहरु जस्तै, उहाँहरु हाम्रो दैनिक सहयोगका लागि एकैसाथ काम गर्नुहुन्छ। जब हामीले आफ्ना पापहरूको पश्चात्ताप र सही छनौट गर्दछौं हामी उहाँहरूसँग नजिक भएको महसुस गर्न सक्छौं ।

त्रिशक्तिका बारेमा धर्मशास्त्रहरु

  • स्वर्गका पिता र येशू ख्रीष्ट उद्देश्यमा एक हुनुहुन्छ (यूहन्ना १०:३० हेर्नुहोस्)।

  • स्वर्गका पिताले उहाँका पुत्रसँग बोल्नुभयो (मत्ती ३:१६-१७ हेर्नुहोस्)।

  • येशू ख्रीष्टले उहाँका पितासँग बोल्नुभयो (यूहन्ना ११:४१ हेर्नुहोस्)।

  • कुनै दिन एक हुनका लागि येशू ख्रीष्टले हाम्रो लागि प्रार्थना गर्नुभयो (यूहन्ना १७:११ हर्नुहोस्)।

  • जोसेफ स्मिथले स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टलाई देख्नुभयो ( जोसेफ स्मिथ—इतिहास १:१७ हर्नुहोस्)।

  • पवित्र आत्माले येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ भनेर गवाही दिन्छ (यूहन्ना १५:२६ हेर्नुहोस्)।

प्रिन्ट गर्नुहोस्