२०२१
साधारण सम्मेलन: एक विश्वव्यापी चर्च सभा
सेप्टेम्वर २०२१


साधारण सम्मेलन: एक विश्वव्यापी चर्च सभा¨ लियाहोना, सेप्टेम्वर २०२१

मासिक लियाहोना सन्देश, सेप्टेम्वर २०२१

साधारण सम्मेलन: एक विश्वव्यापी चर्च सभा

साधारण सम्मेलनको समयमा हामी अगमवक्ताहरू र चर्चका अन्य अगुवाहरूलाई सुन्दछौँ। उहाँहरूले हामीलाई त्यो सिकाउनुहुन्छ जुन परमेश्वरले हामीले सुनून् भन्ने चाहनुहुन्छ।

छवि
सम्मेलन केन्द्र बाहिर

प्रत्येक अप्रिल र अक्टोवरमा, चर्चले साधारण सम्मेलन भनिने एक सभाहरूका श्रृंखलाको आयोजना गर्दछ। अगुवाहरूले येशू ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा सिकाउनुहुन्छ र प्रमाणित गर्नुहुन्छ। साधारण सम्मेलन साल्ट लेक सिटी, यूटा, संयुक्त राज्य अमेरिकामा आयोजना गरिन्छ, र ८० भन्दा बढी भाषाहरूमा विश्वभरी प्रसारित गरिन्छन्। सबै सदस्यहरू र अन्य कुनै इच्छुक व्यक्तिहरूलाई वक्तव्यहरू सुन्नका लागि आमन्त्रण गरिन्छ।

छवि
सम्मेलन केन्द्र भित्र

पहिलो चर्च सम्मेलनहरू

अप्रिल ६, १८३० को एक वैठकमा आधिकारिक रुपमा चर्चको गठन गरिएको थियो (हेर्नुहोस् सिद्धान्त र करार २०)। पहिलो साधारण सम्मेलन जून ९, १८३० मा आयोजना गरिएको थियो। त्यसपछि देखि, सदस्यहरू भेला हुन सक्ने स्थानहरूमा चर्चका अध्यक्षको निर्देशनमा साधारण सम्मेलनहरू गरिएका छन्। १८४० को दशकमा अगुवाहरूले वर्षमा दुई पटक सम्मेलन गर्न सुरु गर्नुभयो।

छवि
अध्यक्ष नेल्सन मञ्चमा

सम्मेलनहरू आजभोलि कसरी आयोजना गरिन्छ

प्रथम अध्यक्षता, बाह्र प्रेरितहरूको गण, र चर्चका अन्य अगुवाहरूले साधारण सम्मेलनमा बोल्नुहुन्छ। टेम्पल स्क्वायर र चर्चका अन्य क्वायरहरूले सङ्गीत प्रदान गर्दछन्। प्रत्येक सम्मेलनमा पाँच सत्रहरू छन्: तीन शनिबार र दुई आइतबार। अप्रिलमा, शनिबारको तेस्रो सत्र हारुन र मेल्केसेडेक पदारित्वको गणका सदस्यहरूका लागि हो। अक्टोवरमा, यो राहत समाज र युवती महिला सदस्यहरूका लागि हो।

अगुवाहरूका शिक्षाहरू

सम्मेलन अघिका महिनाहरूमा, चर्चका अगुवाहरूले के सिकाउने भन्ने बारेमा प्रार्थना गर्नुहुन्छ। के भन्नु पर्छ भनेर बारेमा परमप्रभुले उहाँलाई प्रेरित गर्नुहुन्छ। उहाँहरूले सुसमाचारका सत्यहरू सिकाउनुहुन्छ र हामीलाई परमेश्वरका आज्ञाहरू पालन गर्न आमन्त्रण गर्नुहुन्छ। उहाँहरूले येशू ख्रीष्टका बारेमा गवाही दिनुकासाथै उहाँको अनुसरण गर्न हामीलाई प्रोत्साहित पनि गर्नुहुन्छ।

साधारण सम्मेलनबाट सिक्ने

साधारण सम्मेलन भन्दा पहिले, परमेश्वरले हामीलाई के सिकून् भन्ने चाहनुहुन्छ भनेर हामी प्रार्थना गर्न सक्छौँ । जब हामी व्यक्तव्यहरू सुन्छौँ, हामी के जान्नु आवश्यक छ भनेर आत्माले हामीलाई सिकाउनेछ। सम्मेलन पछि, वक्तव्यहरू ChurchofJesusChrist.org मा, सुसमाचार पुस्तकालय एपमा, र लियाहोना मा देखिन्छन्। येशू ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा थप जानकारी लिनका लागि हामीले प्रार्थनापूर्वक वक्तव्यहरूको अध्ययन गर्न सक्दछौँ।

धर्मशास्त्रहरूबाट

येशू ख्रीष्टले सिकाउनुभयो कि हामीले प्रायश: एकसाथ भेट्नु गर्नुपर्छ (हेर्नुहोस् ३- नफी १८:२२ )।

जब चर्चका सदस्यहरू सँगै आराधना गर्दछन्, परमप्रभु उनीहरूसँग हुनुहुनेछ (हेर्नुहोस् मत्ती १८:२०)।

परमप्रभुले चर्चका सदस्यहरूलाई “एकअर्कालाई सिकाउन र मजबुत” पार्न आदेश दिनुभयो ( सिद्धान्त र करार ४३:८ )।

चर्चका सदस्यहरूले ख्रीष्टमा विश्वास देखाउँदा, उहाँको आत्मा उनीहरूसँग हुनेछ जब उनीहरू भेट्छन् (हेर्नुहोस् सिद्धान्त र करार ४४:२)।

प्रिन्ट गर्नुहोस्