२०२२
आध्यात्मिक गतिको शक्ति
मे २०२२


मासिक लियाहोना सन्देश, मे २०२२

आध्यात्मिक गतिको शक्ति

म सकारात्मक आध्यात्मिक गति कायम राख्न सहयोग गर्न हामीले गर्न सक्ने पाँचवटा विशेष कार्यहरू सुझाव दिन चाहन्छु।

प्रिय दाजुभाइ दिदीबहिनीहरू, म तपाईंहरूलाई प्रेम गर्दछु। म आज तपाईंसँग कुरा गर्ने यो अवसरको कदर गर्छु। म दिनहुँ प्रार्थना गर्दछु कि तपाईंमा शत्रुको भयानक आक्रमणबाट जोगाउन र तपाईंले सामना गर्नुहुने जस्तासुकै चुनौतीहरू मार्फत अगाडि बढ्ने शक्ति होस्।

केही परीक्षणहरू गहिरा व्यक्तिगत बोझहरू हुन् जुन अरू कसैले देख्न सक्दैन। अरूहरूलाई विश्व रंगमञ्चमा खेलाइन्छ। पूर्वी युरोपको सशस्त्र द्वन्द्व यिनै मध्येको एक हो। म धेरै पटक युक्रेन र रूस गएको छु। मलाई ती भूमि, मानिसहरू र तिनीहरूको भाषा मन पर्छ। म यस द्वन्द्वबाट प्रभावित सबैका लागि रुन्छु र प्रार्थना गर्छु। चर्चका रुपमा हामीले पीडित र जिउनका लागि संघर्ष गरिरहेकाहरूलाई सहयोग गर्न सक्दो गरिरहेका छौं। हामी सबैलाई उपवास जारी राख्न र यस विपत्तिबाट पीडित सबै मानवहरूका लागि प्रार्थना गर्न आमन्त्रण गर्दछौं। कुनै पनि युद्ध परमप्रभु येशू ख्रीष्टका प्रतीक अनि उहाँले सिकाउनुहुने सबै कुराहरूको भयानक उल्लङ्घन हो।

हामी मध्ये कसैले पनि राष्ट्र वा अरूको कार्य वा आफ्नै परिवारका सदस्यहरूलाई नियन्त्रण गर्न सक्दैनौं। तर हामी आफैलाई नियन्त्रण गर्न सक्छौं। आज मेरो आह्वान, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंको हृदय, तपाईंको घर, र तपाईंको जीवनमा भइरहेका द्वन्द्वहरू अन्त्य गर्नका लागि हो। अरूलाई चोट पुर्याउने सहित कुनै पनि अनि सबै झुकावहरूलाई गाड्नुहोस्—चाहे ती झुकावहरू स्वभाव, तीखो जिब्रो, वा तपाईंलाई चोट पुर्याउने कसैका लागि रिस होस्। मुक्तिदाताले हामीलाई अर्को गाला फर्काउन, हाम्रा शत्रुहरूलाई प्रेम गर्न, अनि हामीलाई प्रयोग गर्नेहरूका लागि प्रार्थना गर्न आदेश दिनुभयो।

यति न्यायोचित महसुस गर्ने रिसलाई छोड्न पीडादायी रूपमा गाह्रो हुन सक्छ। जसका विनाशकारी कार्यहरूले निर्दोषहरूलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्न असम्भव लाग्न सक्छ। अनि तैपनि, मुक्तिदाताले हामीलाई “सबै मानिसहरूलाई क्षमा गर्न” सल्लाह दिनुभयो।

हामी शान्तिका राजकुमारका अनुयायी हौं । हामीलाई अब पहिले भन्दा धेरै, शान्ति चाहिन्छ जुन उहाँले मात्रै ल्याउन सक्नुहुन्छ । जब हामी व्यक्तिगत रूपमा शान्ति र सद्भावको खोजी गरिरहेका छैनौं भने हामी कसरी संसारमा शान्तिको आशा गर्न सक्छौं? दाजुभाइ तथा दिदीबहिनीहरू, मैले के सुझाव दिइरहेको छु त्यो सजिलो छैन भनेर मलाई थाहा छ। तर येशू ख्रीष्टका अनुयायीहरूले अनुशरण गर्नका लागि सारा संसारलाई उदाहरण निर्धारण गर्नुपर्छ। म तपाईसँग बिन्ती गर्दछु कि तपाईंको हृदयमा र तपाईंको जीवनमा हाल भइरहेका व्यक्तिगत द्वन्द्वहरू अन्त्य गर्न तपाईंले सक्दो गर्नुहोस्।

मैले हालै बास्केटबल खेल हेर्दा सम्झाएको एउटा अवधारणाको बारेमा छलफल गरेर यो कल टु कार्यलाई छलफल गर्न सक्छु।

उक्त खेलमा पहिलो आधामा अगाडि र पछाडिको संघर्ष भएको थियो। त्यसपछि, पहिलो हाफको अन्तिम पाँच सेकेन्डमा, एक टोलीका गार्डले सुन्दर तीन अंकको शट बनाए। केवल एक सेकेन्ड बाँकी हुँदा, उनको टोलीले इनबाउन्ड पास चोर्यो र बजरमा अर्को थप बास्केट बनायो! सपछि त्यो टोली चार अङ्कको गतिको स्पष्ट वृद्धिका साथ लकर कोठामा अगाडि गयो। उनीहरुले त्यो गतिलाई दोस्रो भागमा लगेर खेल जित्न सफल भए।

गति एक शक्तिशाली अवधारणा हो । हामी सबैले यसलाई कुनै न कुनै रूपमा अनुभव गरेका छौं - उदाहरणका लागि, गति लिने सवारी साधनमा वा असहमतिको तर्क जुन अचानक विवादमा परिणत हुन्छ।

त्यसैले म सोध्छु, आध्यात्मिक गतिलाईके ले प्रज्वलित गराउन सक्छ? हामीले सकारात्मक र नकारात्मक दुबै गतिका उदाहरणहरू देखेका छौं । हामी येशू ख्रीष्टका अनुयायीहरूलाई चिन्छौं जो परिवर्तन भए र तिनीहरूको आस्थामा बढ्दै गए। तर हामीलाई एक पटक प्रतिवद्ध विश्वासीहरूको बारेमा पनि थाहा छन जो टाढा भए। गतिले कुनै पनि तरिकामा अस्थिरता निम्त्याउन सक्छ।

छवि
युवती महिला

दुष्टता र समयका अन्धकार सङ्केतहरू तीव्र हुँदै गएको गतिलाई प्रतिरोध गर्न हामीलाई अहिले भन्दा बढी कहिल्यै सकारात्मक आध्यात्मिक गतिको आवश्यकता परेन। सकारात्मक आध्यात्मिक गतिले हामीलाई महामारी, सुनामी, ज्वालामुखी विष्फोट, र सशस्त्र शत्रुताहरूले सिर्जना गरेको डर र अनिश्चितताका बीचमा अगाडि बढ्न सहयोग गर्नेछन्। आध्यात्मिक गतिले हामीलाई शत्रुको अथक, दुष्ट आक्रमणहरूको सामना गर्न अनि हाम्रो व्यक्तिगत आध्यात्मिक आधारलाई खलबलाउने प्रयासहरूलाई विफल पार्न सहयोग गर्न सक्छ।

धेरै कार्यहरूले सकारात्मक आध्यात्मिक गतिलाई प्रज्वलित गर्न सक्छन्। आज्ञाकारिता, प्रेम, नम्रता, सेवा र कृतज्ञता थोरै केही मात्र हुन्।

आज म सकारात्मक आध्यात्मिक गति कायम राख्न सहयोग गर्न हामीले गर्न सक्ने पाँचवटा विशेष कार्यहरूका बारेमा सुझाव दिन चाहन्छु।

पहिलो: करारको मार्गमा प्रवेश गर्नुहोस् र त्यहीँ रहनुहोस्।

केही समय अघि, मैले एउटा जीवन्त सपना देखेको थिएँ जसमा मैले मानिसहरूको ठूलो समूहलाई भेटें। तिनीहरूले मलाई धेरै प्रश्नहरू सोधे, जसमध्ये प्रायः करारको मार्गका बारेमा र यो किन महत्त्वपूर्ण छ भन्ने बारेमा थिए।

मेरो सपनामा, मैले बप्तिस्मा लिएर अनि परमेश्वरसँग हाम्रो पहिलो करार गरेर हामी करारको मार्गमा प्रवेश गर्छौं भनेर वर्णन गरें। प्रत्येक पटक हामीले प्रभूभोजमा भाग लिनेबेला, मुक्तिदाताको नाम हामीमाथि लिने, उहाँलाई सम्झने र उहाँका आज्ञाहरू पालन गर्ने प्रतिज्ञा पून: गर्छौं। त्यसको बदलामा, परमेश्वरले हामीलाई आश्वासन दिनुहुन्छ कि हामीसँग सधैँ परमप्रभुको आत्मा रहिरहनेछ।

पछि हामी मन्दिरमा थप करारहरू गर्छौं, जहाँ हामीले अझैँ ठूला प्रतिज्ञाहरू गर्छौं। विधि र करारहरूले हामीलाई ईश्वरीय शक्तिमा पहुँच दिन्छन्। करारको मार्ग मात्रै मार्ग हो जसले उन्नयन र अनन्त जीवनतर्फ अगुवाइ गर्छ।

मेरो सपनामा, एउटी महिलाले सोधिन् कि जसले आफ्नो करारको मार्गलाई तोडेको छ त्यो मार्गमा कसरी फर्कन सक्छ। उनको प्रश्नको मेरो जवाफले मेरो दोस्रो सुझावलाई अगुवाइ गर्छ:

दैनिक पश्चातापको आनन्द पत्ता लगाउनुहोस्।

पश्चात्ताप कत्तिको महत्त्वपूर्ण छ? अल्माले सिकाउनुभयो कि हामीले “परमप्रभुमा पश्चात्ताप र आस्था बाहेक अरू केही नसिकाउनु ।” अनन्त महिमा चाहने हरेक जवाफदेही व्यक्तिलाई पश्चात्ताप आवश्यक छ। त्यहाँ कुनै अपवाद छैनन्। अगमवक्ता जोसेफ स्मिथलाई प्रकट गरिएको प्रकाशमा, परमप्रभुले प्रारम्भिक चर्चका अगुवाहरूलाई आफ्ना सन्ततिहरूलाई सुसमाचार सिकाउन नसकेकोमा दण्ड दिनुभयो। पश्चात्ताप गर्नु भनेको प्रगतिको साँचो हो। विशुद्ध आस्थाले हामीलाई करार मार्गमा अगाडि बढाईरहन्छ।

कृपया पश्चात्ताप गर्न डराउने वा ढिला गर्ने नगर्नुहोस्। शैतान तपाईंको दुःखमा खुशी हुन्छ। यसलाई छोटो बनाउनुहोस्। आफ्नो जीवनबाट उसको प्रभाव बाहिर निकाल्नुहोस्! प्राकृतिक मानवलाई छोड्ने आनन्दको अनुभव गर्न आज नै सुरु गर्नुहोस्।१० मुक्तिदाताले हामीलाई सधैं प्रेम गर्नुहुन्छ तर विशेष गरी जब हामीले पश्चात्ताप गर्छौं। उहाँले प्रतिज्ञा गर्नुभयो कि “पहाडहरू हट्नेछन्, अनि पहाडहरू हटाइनेछन् … मेरो करुणा तपाईंबाट हट्नेछैन ।”११

यदि तपाईंलाई लाग्छ कि तपाईं करारको मार्गबाट धेरै टाढा गइसक्नुभयो वा धेरै लामो भइसकेको छ र फर्कने कुनै बाटो छैन भने, त्यो सत्य होइन।१२ कृपया आफ्नो विशप वा शाखा अध्यक्षलाई सम्पर्क गर्नुहोस्। उहाँ परमप्रभुको प्रतिनिधि हुनुहुन्छ अनि तपाईंलाई पश्चात्तापको आनन्द र राहत अनुभव गर्न सहयोग गर्नुहुनेछ।

अब, एक सजगता: कारारको मार्गमा फर्किनुको अर्थ जीवन सजिलो हुनेछ होइन। यो बाटो कठिन छ र कहिलेकाहीँ ठाडो आरोहण जस्तो लाग्छ।१३ तथापि, यो आरोहण हामीलाई परीक्षण गर्न र सिकाउन, हाम्रो स्वभावलाई परिष्कृत गर्न र सन्त बन्न सहयोग गर्नका लागि परिकल्पना गरिएको हो। यो मात्र बाटो हो जसले उन्नयन तर्फ अगुवाइ गर्छ। एक अगमवक्ता१४ ले “परमेश्वरको आज्ञा पालन गर्नेहरूको आशीषित र खुशी अवस्थाको वर्णन गर्नुभयो। किनकि हेर, उनीहरू सबै कुराहरूमा आशीषित छन्, आत्मिक र पार्थिव दुबै; अनि यदि उनीहरू अन्त्यसम्म आस्थावान् बने भने उनीहरूलाई स्वर्गमा ग्रहण गरिन्छ …[अनि] उनीहरू परमेश्वरसँग कहिल्यै अन्त्य नहुने खुसीयालीको अवस्थामा बास बस्न सक्छन्।”१५

दैनिक पश्चातापसँग सहकार्य गर्दै, करारको मार्गमा हिंड्दा, सकारात्मक आध्यात्मिक गति बढाउँछ।

छवि
सम्मेलन हेर्दै महिला

उरुग्वे

मेरो तेस्रो सुझाव: परमेश्वर र उहाँले कसरी काम गर्नुहुन्छ भन्ने बारे जान्नुहोस्।

आज हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको परमेश्वरको सत्यता र शैतानको नक्कलहरु बीचको भिन्नता पत्तालगाउनु हो। त्यसैकारण परमप्रभुले हामीलाई चेतावनी दिनुभयो “सधैं प्रार्थना गर्न, … कि [हामीले] शैतानलाई जित्न सकौं, अनि … शैतानका सेवकहरूको हातबाट बच्न सकौं जसले उसको कामलाई समर्थन गर्छ।”१६

परमेश्वर र शैतानलाई कसरी छुट्याउन सकिन्छ भनेर मोशाले उदाहरण दिनुभयो। जब शैतान मोशालाई प्रलोभनमा पार्न आयो, उसले धोका पत्ता लगायो किनभने उसले भर्खरै परमेश्वरसँग आमनेसामने अन्तरक्रिया गरेको थियो। मोशाले तुरुन्तै शैतान को हो भनेर बुझ्नुभयो र उसलाई जान आदेश दिनुभयो।१७ जब शैतान अडिग रह्यो, परमेश्वरलाई थप सहयोगका लागि कसरी पुकार्ने भनेर मोशालाई थाहा थियो। मोशाले दैवी शक्ति प्राप्त गर्नुभयो अनि दुष्टलाई हप्काउनुभयो पून:, यसोभन्दै, “मबाट टाढा जाऊ, शैतान, म यो एउटै परमेश्वरका लागि मात्र आराधना गर्नेछु।”१८

हामीले त्यो उदाहरण अनुशरण गर्नुपर्छ। आफ्नो जीवनबाट शैतानको प्रभाव हटाउनुहोस्! कृपया उसको “दुःख र अनन्त विपत्तिको खाडी” सम्म उसलाई पछ्याउने नगर्नुहोस्।१९

डरलाग्दो गतिमा, “परमेश्वरका असल वचनद्वारा” दैनिक पोषण नहुने गवाही20 विखण्डित हुन सक्छ। तसर्थ, शैतानको योजनाको प्रतिकारक स्पष्ट छ: हामीलाई परमप्रभुको उपासना र उहाँको सुसमाचार अध्ययन गर्ने दैनिक अनुभवहरू चाहिन्छन्। म तपाईंसँग बिन्ती गर्दछु कि परमेश्वरलाई तपाईंको जीवनमा विजय पाउनदिनुहोस्। उहाँलाई आफ्नो समयको उचित अंश दिनुहोस्। जसरी तपाईले गर्नुहुन्छ, तपाईको सकारात्मक आध्यात्मिक गतिमा के हुन्छ ध्यान दिनुहोस्।

सुझाव नम्बर ४: चमत्कार खोज्नुहोस् र आशा गर्नुहोस्।

मोरोनीले हामीलाई आश्वासन दिनुभयो कि “परमेश्वर चमत्कारहरूका परमेश्वर हुन छोड्नुभएको छैन।”21 धर्मशास्त्रको प्रत्येक पुस्तकले देखाउँछ कि परमप्रभु उहाँमा विश्वास गर्नेहरूको जीवनमा हस्तक्षेप गर्न कत्तिको इच्छुक हुनुहुन्छ।२२ उहाँले मोसेसका लागि लाल समुद्र विभाजित गर्नुभयो, नफीलाई पितलका पाताहरु पून: प्राप्त गर्न सहयोग गरे, अनि अगमवक्ता जोसेफ स्मिथ मार्फत आफ्नो चर्च पूनर्स्थापित गर्नुभयो। यी प्रत्येक चमत्कारले समय लिए अनि मौलिक रुपमाती व्यक्तिहरूले परमप्रभुबाट अपेक्षा गरेजस्तै नभएका हुन सक्छन्।

त्यसैगरी, परमप्रभुले तपाईंलाई चमत्कारहरू प्रदान गर्नुहुनेछ यदि तपाईंले उहाँमा विश्वास गर्नुहुन्छ, “कुनै पनि शंका नगरी।”२३ चमत्कार खोज्नका लागि आध्यात्मिक कार्य गर्नुहोस्। त्यस प्रकारको आस्थाको अभ्यास गर्नका लागि तपाईंलाई सहयोग गर्न प्रार्थनापूर्वक परमेश्वरलाई सोध्नुहोस्। म प्रतिज्ञा गर्छु कि तपाईंले आफै अनुभव गर्न सक्नुहुन्छ कि येशू ख्रीष्टले “बेहोसलाई शक्ति दिनुहुन्छ अनि उहाँले शक्ति नभएकाहरूलाई शक्ति बढाउनुहुन्छ।”२४ परमप्रभुले तपाईंलाई आफ्नो जीवनमा पहाड सार्न सहयोग गरिरहनुभएको छ भनी महसुस गर्नुभन्दा पनि स-साना कुराहरूले तपाईंको आध्यात्मिक गतिलाई बढाउँछन्।

छवि
सम्मेलन अवलोकन गर्दै परिवार

ताइवान

सुझाव नम्बर ५: आफ्नो व्यक्तिगत जीवनमा द्वन्द्व अन्त्य गर्नुहोस्।

तपाईंको जीवनमा द्वन्द्व समाप्त गर्नका लागि मेरो आह्वानलाई दोहोर्याउँछु। क्षमा गर्न र क्षमा खोज्न दुबैका लागि आवश्यक नम्रता, साहस, र शक्ति प्रयोग गर्न अभ्यास गर्नुहोस्। मुक्तिदाताले प्रतिज्ञा गर्नुभएको छ कि “यदि [हामी] मानिसहरूलाई तिनीहरूका अपराधहरूमा क्षमा गर्छौं भने, [हाम्रा] स्वर्गमा रहनुहुने पिताले पनि [हामीलाई] क्षमा गर्नुहुनेछ।”२५

आजबाट दुई हप्तामा हामी इस्टर मनाउँछौं। अहिले अनि त्यसपछिको बीचमा, म तपाईंलाई व्यक्तिगत द्वन्द्वको अन्त्य खोज्न आमन्त्रण गर्दछु जसले तपाईंलाई निराशगरेको छ। उहाँको प्रायश्चितका लागि येशू ख्रीष्टलाई कृतज्ञताको यो भन्दा उपयुक्त कार्य हुन सक्छ? यदि अहिलेका लागि क्षमा असम्भव देखिन्छ भने, येशू ख्रीष्टको प्रायश्चितको रगत मार्फत शक्तिका माध्यमबाट तपाईंलाई सहयोग गर्न बिन्ती गर्नुहोस्। तपाईंले त्यसो गर्दा, म व्यक्तिगत शान्ति र आध्यात्मिक गतिको विस्तारको प्रतिज्ञा गर्दछु।

जब मुक्तिदाताले सबै मानव जातिका लागि प्रायश्चित गर्नुभयो, उहाँले एउटा बाटो खोलिदिनुभयो कि उहाँलाई अनुशरण गर्नेहरूले उहाँको चङ्गाइ दिने, मजबुत पार्ने, र उद्धार गर्ने शक्तिमा पहुँच राख्न सक्छन्। यी आध्यात्मिक विशेषाधिकारहरू उहाँलाई सुन्ने र उहाँलाई अनुशरण गर्न खोज्ने सबैका लागि उपलब्ध छन्।

मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरू, मेरो हृदयका सबै बिन्तीहरू सहित, म तपाईंहरूलाई करार मार्गमा लाग्न र त्यसैमा रहिरहन आग्रह गर्दछु। दैनिक पश्चात्तापको आनन्द अनुभव गर्नुहोस्। परमेश्वर र उहाँले कसरी काम गर्नुहुन्छ भन्ने बारे बुझ्नुहोस्। चमत्कारहरू खोज्नुहोस् र आशा गर्नुहोस्। आफ्नो जीवनमा द्वन्द्व अन्त्य गर्न प्रयास गर्नुहोस्।

तपाईंले यी कार्यहरूमा काम गर्दा, म तपाईंलाई प्रतिज्ञा गर्दछु कि तपाईंले सामना गर्नुहुने जस्तासुकै अवरोधहरूका बावजुद बढ्दो गतिमा प्रतिज्ञा गरिएको मार्गमा अगाडि बढ्ने क्षमता हुनेछ। अनि म तपाईंलाई प्रलोभनको प्रतिरोध गर्न ठूलो शक्ति, थप मानसिक शान्ति, डरबाट स्वतन्त्रता, र तपाईंका परिवारहरूमा ठूलो एकताको प्रतिज्ञा गर्दछु।

परमेश्वर जीवित हुनुहुन्छ येशू नै ख्रीष्ट हुनुहुन्छ! उहाँ जीवित हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई सहयोग गर्नुहुनेछ। यस बारेमा म हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको पवित्र नाममा गवाही दिन्छु, आमीन।

सूचीहरू

  1. हेर्नुहोस ३-नफि १२:३९

  2. हेर्नुहोस ३-नफि १२:४४

  3. सिद्धान्त र करार ६४:१०; यो पनि हेर्नुहोस् पद ९

  4. जसरी प्रेरित पावलले भने, “हरेक कुरामा धन्यवाद देओ” (१–थेसलोनिकी ५:१८)। निराशा, निरुत्साह र आध्यात्मिक सुस्तताका लागि एक सुनिश्चित उपाय भनेको कृतज्ञता हो। हामीले परमेश्वरलाई धन्यवाद दिन सक्ने केही चीजहरू के के हुन्? पृथ्वीको सौन्दर्यका लागि, सुसमाचारको पूनर्स्थापनाका लागि, र उहाँ र उहाँको पुत्रले यस पृथ्वीमा हाम्रा लागि आफ्नो शक्ति उपलब्ध गराउनुभएका अनगिन्ती तरिकाहरूका लागि उहाँलाई धन्यवाद दिनुहोस्। उहाँलाई धर्मशास्त्रका लागि, स्वर्गदूतहरू जसले सहयोगका लागि परमेश्वरलाई गरिने आग्रहहरूमा प्रतिक्रिया दिन्छन्, प्रकाशका लागि र अनन्त परिवारहरूका लागि हाम्रो धन्यवाद दिनुहोस्। अनि सबै भन्दा धेरै, उहाँको पुत्रको उपहार र येशू ख्रीष्टको प्रायश्चितका लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्, जसले हामीलाई पृथ्वीमा पठाइएका उद्देश्यहरू पूरा गर्न सम्भव बनाउँछ।

  5. करार मार्ग बुझ्नका लागि, यो बुझ्नु महत्त्वपूर्ण छ कि करारमा परमेश्वर र उहाँका सन्ततिहरू बीचको दुई-तर्फी प्रतिवद्धता समावेश हुन्छ। यस करारमा, परमेश्वरले सर्तहरू निर्धारण गर्नुहुन्छ, र हामी ती सर्तहरूमा सहमत हुन्छौं। बदलामा, परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुहुन्छ। धेरै करारहरू बाहिरी चिन्हहरू—वा पवित्र अध्यादेशहरू सँगै हुन्छन्—जसमा हामी उपस्थित साक्षीहरूसँग सहभागी हुन्छौँ। उदाहरणका लागि, बप्तिस्मा भनेको परमप्रभुका लागि एउटा सङ्केत हो कि बप्तिस्मा लिने व्यक्तिले परमेश्वरका आज्ञाहरू पालन गर्ने करार गरेको छ।

  6. हेर्नुहोस् मोरोनी: ४:३; ५:२; सिद्धान्त र करार २०:७७, ७९

  7. मोसीयाह १८:२०

  8. हेर्नुहोस् मोशा ६:५०, ५७

  9. हेर्नुहोस् सिद्धान्त र करार ९३:४०-४८

  10. हेर्नुहोस् मोसीयाह ३:१९

  11. यशैया ५४:१०, जोड दिएर थपिएको; यो पनि हेर्नुहोस् ३ नफी २२:१०दया हिब्रू शब्द हेसेडबाट अनुवाद गरिएको हो, गहिरो अर्थ भएको शक्तिशाली शब्द जसले दया, करुणा, करार प्रेम, र थप कुराहरू समावेश गर्दछ।

  12. केही पापहरूका लागि क्षतिपूर्ति गर्न सम्भव छ तर अरू होइन। यदि एक व्यक्तिले अर्कोलाई गाली गर्यो वा आक्रमण गर्यो वा एकले अर्कोको ज्यान लियो भने, पूर्ण क्षतिपूर्ति दिन सकिँदैन। ती अवस्थाहरूमा पापीले यति मात्रै गर्न सक्छ, अनि ठूलो राशि अझै पनि बाँकी रहनेछ। शेष राशिलाई क्षमा गर्ने परमप्रभुको उत्सुकताका कारण, हामी जति टाढा गए पनि उहाँकहाँ आउन सक्छौं। जब हामी इमानदारीपूर्वक पश्चात्ताप गर्छौं, उहाँले हामीलाई क्षमा गर्नुहुनेछ। हाम्रा पापहरू र पूर्ण क्षतिपूर्ति गर्ने हाम्रो क्षमता बीचको कुनै पनि सन्तुलन केवल येशू ख्रीष्टको प्रायश्चित लागू गरेर मात्र भुक्तान गर्न सकिन्छ, जसले कृपाको उपहार दिन सक्छ। हाम्रो शेष राशि क्षमा गर्ने उहाँको उत्सुकता एक अमूल्य उपहार हो।

  13. हेर्नुहोस २ नफी ३१:१८-२०

  14. नफी अगमवक्ता राजा बेन्जामिन।

  15. मोसीयाह २:४१

  16. सिद्धान्त र करार १०:५; जोड दिएर थपिएको।

  17. हेर्नुहोस् मोसेस १:१६; यो पनि हेर्नुहोस् पद १-२०

  18. मोसा १:२०

  19. हेलामान ५:१२

  20. मोरोनी ६:४

  21. मोर्मोन ९:१५; यो पनि हेर्नुहोस् पद १९

  22. यहून्ना प्रेरितले घोषणा गर्नुभयो कि उहाँले मुक्तिदाताका चमत्कारहरू अभिलेख गर्नुभयो ताकि “[हामी] येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्न सकौं” (यूहन्ना २०:३१)।

  23. मोर्मोन ९:२१

  24. यशैया ४०:२९

  25. मत्ती ६:१४

प्रिन्ट गर्नुहोस्