२०२२
अनन्त करार
अक्टोवर २०२२


“अनन्त करार,” लियाहोना, अक्टो. २०२२ ।

मासिक लियाहोना सन्देश, अक्टोवर २०२२

त्यो अनन्त करार

ती सबै जसले परमेश्वरसँग करार गरेका छन्, तिनीहरुसँग एक विशिष्ट प्रकारको प्रेम र कृपाको पहुँच हुन्छ ।

छवि
येशू ख्रीष्टको चित्र

परमप्रभू येशू ख्रीष्ट, डेल पार्सनद्वारा

युद्ध र युद्धका अफवाहहरुले फाटिएको यो संसारमा सत्यता, प्रकाश र येशू ख्रीष्टको विशुद्ध प्रेम को आवश्यकता पहिले भन्दा अधिक छ । ख्रीष्टको सुसमाचार महिमामय छ, र हामी यसलाई अध्ययन गर्न पाउँदा र यसका नियमहरु अनुसार जिउन पाउँदा धन्य छौँ । हामी यसलाई बाँढ्ने अवसरहरु पाउँदा -जहाँ भएपनि यसको सत्यताको गवाही दिन पाउँदा आनन्दित छौँ ।

मैले अब्राहामिक करार र इस्राएलीको एकत्रीकरणको महत्वका बारेमा बारम्बार बोलेको छु । जब हामी सुसमाचारलाई अँगाल्छौं र बप्तिस्मा लिन्छौं, हामी येशू ख्रीष्टको पवित्र नाउँलाई आफूमा लिन्छौं । बप्तिस्मा त्यो द्वार हो जसले प्राचीनकालमा परमप्रभुले अब्राहाम, इसाक, याकूब र तिनीहरुका सन्ततिलाई गर्नुभएको सबै प्रतिज्ञाहरूमा संयुक्त उत्तराधिकारी हुन डोर्‍याउँछ।

“नयाँ र अनन्त करार” (सिद्धान्त र करार १३२:६) र अब्राहामिक करार -दुई तरिकामा परमेश्वरले नश्वर पुरुष र महिलासँग भिन्दाभिन्दै समयमा गर्नुभएको करार वास्तवमा उस्तै हो ।

यो विशेषण अनन्त ले देखाउँदछ कि यो करार संसार शुरु हुनुभन्दा पहिले नै अस्तित्वमा थियो । स्वर्गको महान परिषद्को योजनामा हामी सबै परमेश्वरको उपस्थितिबाट अलग हुनेछौँ भन्ने गम्भीर अनुभूति समाविष्ट थियो । यद्यपि, परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि उहाँले एक मुक्तिदाता प्रदान गर्नुहुनेछ जसले पतनका परिणामहरूलाई परास्त गर्नुहुनेछ । परमेश्वरले आदामलाई उनको बप्तिस्मापछि भन्नुभयो:

“तिमी उहाँको नियम अनुसार छौ जो दिनको शुरुवात बिना र वर्षको अन्त्य बिना हुनुहुन्छ, सबै अनन्तता देखि सबै अनन्तता सम्म ।

“हेर, तिमी मसँग एक छौ, परमेश्वरका पुत्र; र त्यसैले सबै मेरा पुत्रहरू हऊन्”(मोशा ६ :६७-६८) ।

आदम र हब्बाले बप्तिस्माको विधि स्वीकार गरे र परमेश्वरसँग एक हुने प्रक्रियालाई शुरु गरे । तिनीहरुले करारको मार्गमा प्रवेश गरेका थिए ।

जब तपाईं र मपनि त्यो मार्गमा प्रवेश गर्छौं, हामीसँग जीवनको एक नयाँ बाटो हुन्छ । हामी यसरी परमेश्वरसँग एउटा सम्बन्ध बनाउँछौं जसद्वारा उहाँले हामीलाई आशीष दिनुहुन्छ र परिवर्तन गर्नुहुन्छ । करारको मार्गले हामीलाई उहाँकहाँ डोर्याउँछ । यदि हामीले परमेश्वरलाई हाम्रो जीवनको निर्णय गर्न दियौं भने, त्यो करारले हामीलाई उहाँको नजिक लैजाने छ । सबै करारहरूको प्रयोजन बाँध्नु हो । तिनीहरुले अनन्तताको सम्बन्ध बनाउँछन् ।

एक विशेष प्रेम र कृपा

परमेश्वरसँग करारमा बाँधिएपछि हामी सदाका लागि निष्पक्ष भूमि त्याग्दछौँ । परमेश्वरले तिनीहरुसँग आफ्नो सम्बन्ध त्याग्नुहुनेछैन जसले उहाँसँग त्यस्तो सम्बन्ध बनाउँछन् । वास्तवमा, ती सबै जसले परमेश्वरसँग करार गरेका छन् तिनीहरुसँग एक विशिष्ट प्रकारको प्रेम र कृपाको पहुँच हुन्छ । हिब्रू भाषामा त्यो प्रेमपूर्वक करारलाई भनिन्छ हेसेद

हेसेद को समुचित अङ्ग्रेजी शब्द छैन । बाइवलको किङ्ग जेम्स् संस्करणको अनुवादकहरुलाई हेसेद लाई अङ्ग्रेजीमा अनुवाद गर्न कठिनाइ भयो होला । तिनीहरुले प्राय “प्रेमयुक्त दया” रोज्दथे । यसले हेसेदको मतलब धेरै बताउँछ तर सबै अर्थ होइन । अरु अनुवादहरु पनि प्रस्तुत गरिएको थियो जस्तै “कृपा” र “भलाइ।” हेसेद एउटा अद्वितीय परिभासिक शब्द हो जसले करारको सम्बन्धलाई परिभाषित गर्छ जसमा दुबैतर्फका व्यक्तिहरु एक अर्काप्रति निष्ठावान र विश्वासिलो हुनु जरुरी छ ।

सेलेस्टिअल विवाह एउटा त्यस्तो करारको सम्बन्ध हो । एक पति र पत्नीले परमेश्वरसँग र एकअर्कासँग एक-अर्काप्रति निष्ठावान र विश्वासिलो हुने करार गर्दछन् ।

हेसेद एक विशेष किसिमको प्रेम र कृपा हो जुन परमेश्वर उहाँसँग करारमा बाँधिएकाहरुका लागि महसुस गर्नुहुन्छ र हात फैलाउनुहुन्छ । र हामी हेसेद का साथ उहाँका सामु पारस्परिक सम्बन्ध अघि बढाउँछौं ।

छवि
नयाँ वैवाहिक दम्पत्ति एक मन्दिर बाहिर

तपाईं र म परमेश्वरसँग करारमा बाँधिएपछि उहाँसँग हाम्रो सम्बन्ध पहिलेको भन्दा धेरै नजिकिन्छ । अब हामी सँगै बाँधिएका छौं ।

जेरी एल. गार्न्सद्वारा तस्वीर

किनकि परमेश्वर उहाँसँग करारमा बाँधिनेहरुसँग हेसेद हुनुहुन्छ, उहाँ तिनीहरुलाई प्रेम गर्नुहुन्छ । उहाँले तिनीहरूसँगै कार्य गर्न जारी राख्नुहुनेछ र तिनीहरूलाई परिवर्तन गर्ने अवसरहरू प्रदान गर्नुहुन्छ । जब तिनीहरुले पश्चाताप गर्नेछन् उहाँले तिनीहरुलाई क्षमा गर्नुहुनेछ । अनि यदि तिनीहरु भौंतारिएमा उहाँले तिनीहरुलाई आफूकहाँ फर्कन सहयोग गर्नुहुनेछ ।

तपाईं र म परमेश्वरसँग करारमा बाँधिएपछि उहाँसँग हाम्रो सम्बन्ध पहिलेको भन्दा धेरै नजिकिन्छ । अब हामी सँगै बाँधिएका छौं । परमेश्वरसँगको हाम्रो करारका कारण उहाँ हामीलाई सहयोग गर्ने आफ्नो प्रयासबाट कहिल्यै थाक्नुहुनेछैन । परमेश्वरको हृदयमा हामी हरेकको विशेष स्थान छ । हामीप्रति उहाँको ठूलो आशा छ ।

अगमवक्ता जोसेफ स्मिथलाई परमप्रभुले दिनुभएको ऐतिहासिक घोषणा बारे तपाईंहरुलाई थाहा छ । यो प्रकाशद्वारा दिइएको हो । परमप्रभुले जोसेफलाई भन्नुभयो, “यो प्रतिज्ञा तिम्रो पनि हो किनभने तिमी अब्राहामका हौ र त्यो प्रतिज्ञा अब्राहामलाई दिइएको थियो”(सिद्धान्त र करार १३२:३१)।

यसरी सुसमाचारको पूर्णताको महान पूनर्स्थापनाको एक अंशको रुपमा यो अनन्त करारको पूनर्स्थापना भयो। त्यसका बारेमा विचार मनन गर्नुहोस्! मन्दिरमा गरिएको वैवाहिक करार त्यो अब्राहामिक करारसँग सिधै बाँधिन्छ । मन्दिरमा एक दम्पत्तिलाई ती सबै आशीषहरुसँग परिचित गराइनेछ जुन अब्राहाम, इसहाक र याकूबको आस्थावान वंशको लागि छुट्याइराखेको हुन्छ ।

आदामले जस्तै तपाईं र मैले व्यक्तिगत रुपमा बप्तिस्माद्वारा करारको मार्गमा प्रवेश गरेका छौं । त्यसपछि हामी पूर्णरुपमा मन्दिरमा गएर पूरा गर्छौं । अब्राहामिक करारका आशीषहरु पवित्र मन्दिरहरुमा प्रदान गरिन्छ । यी आशीषहरुले हामीलाई पूनरुत्थानपछि “राजगद्दीहरु, राज्यहरु, शक्तिहरु, सिद्धान्तहरु र प्रभुत्वहरु ‘सबै कुरामा उन्नयन र महिमा’ प्राप्त गर्न अनुमति दिन्छ’[सिद्धान्त र करार १३२:१९]।”

पुरानो करारको अन्त्य भागमा हामी मलाकीको वाचा पढ्दछौं कि एलिजाले “ पिताहरूका हृदय तिनीहरूका सन्ततिहरूतिर रसन्ततिहरूका हृदय तिनीहरूका पिताहरूतिर फर्काइनेछ”(मलाकी ४:६)। प्राचीन इस्राएलमा पिताहरुको सन्दर्भमा पिताहरु अब्राहाम, इसहाक र याकूबलाई समावेश गरिने थियो। यो प्रतिज्ञा स्पष्ट भयो जब हामी यो पदको भिन्दै संस्करण पढ्छौं जुन् मोरोनीले अगमवक्ता जोसेफ स्मीथलाई उद्धृत गरे: “उनले [एलिजा] सन्ततिहरुको हृदयमा ती प्रतिज्ञाहरु रोप्नेछन् जुन् पिताहरूलाई गरिएको थियो,अनि सन्ततिहरूका हृदय तिनीहरूका पिताहरूतिर फर्किनेछन्”(जोसेफ स्मीथ-इतिहास १:३९)। ती बाबुहरु मध्ये अब्राहाम, इसहाक र याकूब अवश्य नै समावेश हुनेछन् । (हेर्नुहोस् सिद्धान्त र करार २७:९-१०।)

छवि
येशू ख्रीष्टको प्रतिमा

जसले पवित्र करारहरु लिन्छन् र त्यसलाई पालना गर्छन् तिनीहरुलाई अनन्त जीवन र उन्नयनको प्रतिज्ञा गरिन्छ। येशू ख्रीष्ट ती करारहरुको प्रत्याभूतिदाता हुनुहुन्छ ।

बाट विवरण ख्रीष्ट र धनी युवा शासक, हेनरिक हफ्म्यानद्वारा

येशू ख्रीष्ट: करारको केन्द्र

मुक्तिदाताको प्रायश्चितको बलिदानले आफ्ना सन्ततिहरूलाई गर्नुभएको प्रतिज्ञाहरू पूरा गर्न पितालाई सक्षम बनायो । किनभने येशू ख्रीष्ट नै “मार्ग, सत्य र जीवन हुनुहुन्छ,” त्यसपछि “कोही पनि पिता सामू पुग्न सक्दैन केवल [उहाँ]द्वारा मात्रै” (यहुन्ना १४:६)। हाम्रो मुक्तिदाता परमप्रभु येशू ख्रीष्टको प्रायश्चितद्वारा नै अब्राहामिक करारको पूर्ति सम्भव हुन्छ । येशू ख्रीष्ट नै अब्राहामिक करारको मध्य स्थानमा हुनुहुन्छ ।

पुरानो करार धर्मशास्त्रको पुस्तक मात्रै होइन; यो इतिहासको पुस्तक पनि हो । तपाईंलाई साराई र अब्रामको विवाहबारे पढेको सम्झना छ । किनभने तिनीहरु नि:सन्तान थिए, साराईले आफ्नो दासी हागारलाई परमप्रभुको निर्देशन अनुसार अब्रामको पत्नी हुन अनुमति दिइन् । हागारले इश्माएललाई जन्म दिए । अब्रामले इश्माएललाई प्रेम गर्दथे तर ऊ त्यो सन्तान थिएन जसबाट करार पूरा हुन्थ्यो । (हेर्नुहोस् उत्पत्ति ११:२९-३०; १६:१, ३, ११; सिद्धान्त र करार १३२:३४।)

परमेश्वरको आशीष र साराईको आस्थाको प्रतिक्रियामा, तिनी वृद्धावस्थामा गर्भवती भइन् ताकि तिनको छोरा इसहाकद्वारा करार पूरा हऊन् (हेर्नुहोस् उत्पत्ति १७:१९)। तिनी करारमा जन्मिएका थिए ।

परमेश्वरले साराई र अब्रामलाई नयाँ नाम दिनुभयो-साराअब्राहाम (हेर्नुहोस् उत्पत्ति १७:५, १५)। यी नयाँ नामहरु दिइएपछि यो परिवारको नयाँ जीवन र नयाँ गन्तव्यको प्रारम्भ भयो ।

अब्राहामले इश्माइल र इसहाक दुबैलाई माया गर्दथे । परमेश्वरले अब्राहामलाई भन्नुभयो कि इश्माइल सङ्ख्यामा वृद्धि हुनेछ र एक महान राज्य बन्नेछ (हेर्नुहोस् उत्पत्ति १७:२०)। त्यही समयमा परमेश्वरले यो कुरा प्रष्ट गर्नुभयो कि अनन्त करार इसहाकद्वारा स्थापित गरिनेछ (हेर्नुहोस् उत्पत्ति १७:१९)।

ती सबै जसले सुसमाचारलाई ग्रहण गर्दछन् अब्राहामको वंशको हिस्सा बन्दछन् । गलातीमा हामी पढ्छौं:

“किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।

“…ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ ।

“यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका सन्तति हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ” (गलाती ३:२७-२९)।

यसरी हामी त्यो करारमा जन्मले या अङ्गीकरणले उत्तराधिकारी बन्न सक्दछौं ।

छवि
बप्तिस्मा सेवाका लागि भेला भएका मानिसहरू

परमेश्वरसँग करारमा बाँधिएपछि हामी सदाका लागि तटस्थ भूमि त्याग्दछौँ । परमेश्वरले तिनीहरुसँग आफ्नो सम्बन्ध त्याग्नुहुनेछैन जसले उहाँसँग त्यस्तो सम्बन्ध बनाउँछन् ।

इसहाक र रिबेकाका पुत्र याकूब करारमा जन्मिएका थिए । साथै उहाँले आफ्नै समझदारी प्रवेश गर्न । तपाईंलाई थाहा नै छ, याकूबको नाम बदलिएर इस्राएल भएको थियो (हेर्नुहोस् उत्पत्ति ३२:२८), यसको अर्थ “परमेश्वरलाई विजयी हुन दिनुहोस्” अथवा “त्यो जसले परमेश्वरसँगै विजयी हुन्छ ।”

हामी प्रस्थानमा पढ्दछौं कि “परमेश्वरले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएको आफ्नो करार सम्झनुभयो” (प्रस्थान २:२४) । परमेश्वरले इस्राएलका सन्ततिलाई भन्नुभयो, “अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, तिमीहरूचाहिँ मेरो बहुमूल्य निज सम्पत्ति हुनेछौ” (प्रस्थान १९:५)।

त्यो वाक्यांश “बहुमूल्य निज सम्पत्ति” हिब्रू भाषा सेगलाबाट अनुवाद गरिएको हो, जसको अर्थ हो अत्यधिक मूल्यवान सम्पत्ति - एक “निज सम्पत्ति ।”

व्यवस्थाको पुस्तकले करारको महत्वबारे वर्णन गर्छ । नयाँ करारका प्रेरितहरुलाई यस करारबारे थाहा थियो । पत्रुसले मन्दिरका खुड्किलामा एक लङ्गडो मानिसलाई निको पारेपछि उनले दर्शकहरुलाई येशूका बारेमा सिकाए । पत्रुसले भने, “अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना पुत्र येशूलाई महिमित पार्नुभयो” (पत्रुस ३:१३) ।

पत्रुसले आफ्ना दर्शकहरुलाई यसो भन्दै आफ्नो सन्देश पूरा गरे, “तिमीहरू अगमवक्ताका सन्ततिहरू हौ; र तिमीहरू त्यो करारका हौ जुन पिताले तिमीहरूका पितापुर्खाहरुसँग गर्नुभयो, अब्राहामसँग यसो भन्दै: अनि तिम्रा सन्ततिमा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन्” (पत्रुस ३:२५) । पत्रुसले तिनीहरुलाई स्पष्ट पारे कि ख्रीष्टको उद्देश्यको एक अंश परमेश्वरका करारलाई पूरा गर्नु थियो ।

परमप्रभुले प्राचीन अमेरिकीवासीहरुलाई समान किसिमको उपदेश दिनुभयो । त्यहाँ पूनरुत्थित ख्रीष्टले ती जनहरुलाई तिनीहरु साँच्चै नै को हुन् भनेर बताइदिनुभयो । उहाँले भन्नुभयो:

“तिमीहरू अगमवक्ताका सन्ततिहरू हौ; र तिमीहरू इस्राएलका घरानाका हौ; र तिमीहरू त्यो करारका हौ जुन पिताले तिमीहरूका पितापुर्खाहरुसँग गर्नुभयो, अब्राहामसँग यसो भन्दै: अनि तिम्रा सन्ततिमा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन् ।

“पिताले मलाई पहिले तिमीहरूकहाँ उठाउनुभयो, र तिमीहरूलाई [तिमीहरू] सबैलाई [तिमीहरूको] अधर्महरूबाट हटाउन आशीष दिन मलाई पठाउनुभयो । अनि यो किनभने तिमीहरू करारका सन्ततिहरु हौ” (३ नफी २०:२५-२६) ।

तपाईं यसको महत्व देख्नुहुन्छ? तिनीहरु जसले परमेश्वरसँगको करारलाई पालना गर्दछन् पाप प्रतिरोधी आत्माहरु बन्नेछन्! तिनीहरु जसले परमेश्वरसँगको करारलाई पालना गर्दछन् संसारको निरन्तर प्रभावलाई प्रतिरोध गर्ने शक्ति पाउनेछन् ।

छवि
मानिस प्रभुभोज लिंदै

तिनीहरु जसले परमेश्वरसँगको करारलाई पालना गर्दछन् पाप प्रतिरोधी आत्माहरु बन्नेछन्! तिनीहरु जसले परमेश्वरसँगको करारलाई पालना गर्दछन् संसारको निरन्तर प्रभावलाई प्रतिरोध गर्ने शक्ति पाउनेछन् ।

धर्मप्रचारको काम: करार बाँढ्दै

परमप्रभुले आज्ञा गर्नुभएको छ कि हामी सुसमाचार फैलाऔं र करार बाँढौँ । त्यसैकारण हामीसँग धर्मप्रचारकहरू छन् । उहाँ आफ्ना प्रत्येक सन्ततिलाई मुक्तिदाताको सुसमाचार रोज्ने र करारको मार्गमा हिँड्ने अवसर प्रदान गर्न चाहनुहुन्छ । परमेश्वर सबै मानिसहरुलाई प्राचीनकालमा अब्राहामसँग गरेका करारसँग जोड्न चाहनुहुन्छ ।

त्यसैले धर्मप्रचारको काम इस्राएलको महान भेलाको एक महत्वपूर्ण अंश हो । त्यो भेला आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्वपूर्ण कार्य हो । परिमाणमा अरू कुनै चीजको पनि तुलना हुँदैन । महत्त्वमा अरू कुनै चीजको पनि तुलना हुँदैन । परमप्रभुका धर्मप्रचारकहरु-उहाँका चेलाहरु-आज पृथ्वीमा सबैभन्दा महान चुनौती, महान उद्देश्य, महान कार्यमा संलग्न भएका छन् ।

तर त्यहाँ अझै धेरै छ-अति नै धेरै । त्यहाँ पर्दाको आर्को तर्फका मानिसहरुलाई सुसमाचार फैलाउनु ठूलो आवश्यकता छ । परमेश्वरले पर्दाका दुबै तर्फ रहेका हरेकले उहाँका करारका आशीषहरुको आनन्द उठाएको चाहनुहुन्छ । करारको मार्ग सबैका लागि खुला छ । हामी सबैलाई त्यो मार्गमा हामीसँग हिँड्न निवेदन गर्छौं । अरु कुनै कार्य त्यस्तो विश्वव्यापी रुपमा सम्मिलित छैन । किनकि “यसरी हामी देख्न सक्छौँ कि उनीहरूका निष्कपट हृदयमा उहाँको पवित्र नाम पुकार्नेहरू सबैप्रति परमप्रभु दयालु हुनुहुन्छ” (हेलामन ३:२७)।

किनकि मेल्किसेदेक पादरित्वको पुनरुत्थान भएकोले करारमा बाँधिएका महिला र पुरुषले सुसमाचारको सबै आत्मिक आशीषहरुको पहुँच पाएको छ (सिद्धान्त र करार १०७:१८; जोड दिएको)।

सन् १८३६ मा कर्टल्याण्ड मन्दिरको उद्घाटनमा, परमप्रभुको निर्देशनमा एलिया प्रकट भए । उनको उद्देश्य? “सन्ततिहरुलाई पिताहरूतर्फ … फर्काउन” (सिद्धान्त र करार ११०:१५)। इलियास पनि प्रकट भए । उनको उद्देश्य? जोसेफ स्मिथ र अलिवर काउड्रीलाई अब्राहामको सुसमाचारको युगको प्रतिवद्ध गराउन “यसो भन्दै कि हामी र हामी पछिका सबै पुस्ताका हाम्रा सन्ततिहरु आशीषित हुनुपर्दछ” (सिद्धान्त र करार ११०:१२)। यसरी गुरुले जोसेफ स्मिथ र अलिवर काउड्रीलाई पादरित्व अधिकार प्रदान गर्नुभयो र अब्राहामिक करारका अद्वितीय आशीषहरु अरुलाई बुझाउने अनुमति दिनुभयो ।

चर्चमा हामी करारको मार्गमा एक्लै र समूहमा यात्रा गर्छौं । जसरी विवाह र परिवारले एउटा अद्वितीय पार्श्व बन्धन बाँध्छ जसले एउटा विशेष प्रेमको सिर्जना गर्छ, त्यसरी नै एउटा नयाँ सम्बन्धको सिर्जना हुन्छ जब हामी सिधै हाम्रो परमेश्वरसँग करारमा बाँधिन्छौ!

यसो भनिरहँदा नेफीले यही भन्न खोज्नुभएको हुनसक्छ: “परमेश्वरले तिनीहरूलाई नै प्रेम गर्नुहुन्छ जसले उहाँलाई तिनीहरुका परमेश्वर हुन दिन्छन्” (१ नफी १७:४०)। यसैकारणले, करारको एक अंश भएकोले, एक विशेष कृपा र प्रेम-अथवा हेसेद-जो परमेश्वरसँग यस बाँधिने र अति घनिष्ट सम्बन्धमा प्रवेश गर्छन्, “हजारौं पुस्ताहरुसम्म” समेत सबैका लागि उपलब्ध छ (व्यवस्था ७:९) ।

परमेश्वरसँग करारमा बाँधिएपछि हाम्रो उहाँसँगको सम्बन्ध सदाका लागि परिवर्तन हुन्छ । यसले हामीलाई एक विशेष मात्राको प्रेम र कृपाद्वारा आशीषित गर्दछ।१० यसले हामी को हौं भन्ने कुरामा असर गर्छ र हामी के हुन सक्छौं भन्ने बारेमा कसरी परमेश्वरले हामीलाई सहयोग गर्नुहुन्छ। हामीलाई प्रतिज्ञा गरिएको छ कि हामीपनि उहाँको एक “निज सम्पत्ति “ हुन सक्छौं (भजनसंग्रह १३५:४)।

प्रतिज्ञा र विशेषाधिकारहरु

जसले पवित्र करारहरु लिन्छन् र त्यसलाई पालना गर्छन् तिनीहरुलाई अनन्त जीवन र उन्नयनको प्रतिज्ञा गरिन्छ, “परमेश्वरको सबै उपहारहरु मध्येको सबैभन्दा ठूलो उपहार” (सिद्धान्त र करार १४:७)। येशू ख्रीष्ट ती करारहरुको प्रत्याभूतिदाता हुनुहुन्छ (हेर्नुहोस् हिब्रू ७:२२; ८:६)। करारमा बाँधिनेहरु जसले परमेश्वरलाई माया गर्छन् र आफ्नो जीवनका सबै कुराहरुमा उहाँलाई अगुवाइ गर्न दिन्छन् तिनीहरुले आफ्नो जीवनमा उहाँलाई सबैभन्दा शक्तिशाली प्रेरणा बनाउँदछन्।

हाम्रा दिनमा हामीले कुलपिताको आशीष पाउने र प्राचिन कुलपिताहरुसँगको हाम्रो सम्बन्धका बारेमा जान्ने अवसर पाएका छौं । ती आशीषहरुले हाम्रा अगाडि के छ भन्ने एउटा झलक पनि देखाउँछन् ।

छवि
येशू पत्रुससँग कुरा गर्नुहुँदै

करारमा बाँधिनेहरु जसले परमेश्वरलाई माया गर्छन् र आफ्नो जीपरमेश्वरसँग हाम्रो करारले गर्दा उहाँ हामीलाई सहयोग गर्ने आफ्नो प्रयासबाट कहिल्यै थाक्नुहुनेछैन, र हामी उहाँको कृपालु धैर्यतालाई कहिल्यै थकाउनेछैनौं ।वनका सबै कुराहरुमा उहाँलाई अगुवाइ गर्न दिन्छन् तिनीहरुले आफ्नो जीवनमा उहाँलाई सबैभन्दा शक्तिशाली प्रेरणा बनाउँदछन्।

यिनीहरुलाई भन्दा बढी मलाई प्रेम गर्छौ? डेविड लिन्ड्सलीद्वारा

करारमा बाँधिएका इस्राएलका रुपमा हाम्रो बोलावट यो हो कि परमेश्वरसँग करार गर्नाले आउने खुशी र अवसरहरु चर्चका हरेक सदस्यले महसुस गरुन । यो त्यस्तो एउटा बोलावट हो जसले करारमा रहेका हरेक पुरुष र महिला, बालबालिकाहरुलाई आफ्नो प्रभावको क्षेत्रमा आउने सबैलाई सुसमाचार बाँढ्न प्रोत्साहन गर्दछ । यो त्यस्तो बोलावट पनि हो जसले हाम्रा धर्मप्रचारकहरुलाई सहयोग र प्रोत्साहन गर्न, जसलाई बप्तिस्मा दिन र इस्राएलको एकीकरणमा सहयोग गर्न निर्देशन दिई पठाइएको छ, ताकि हामी सबै एकैसाथ परमेश्वरका जन बन्न सकौँ र उहाँ हाम्रा परमेश्वर हऊन् । (हेर्नुहोस् सिद्धान्त र करार ४२:९)।

हरेक पुरूष र महिला जो पादरित्वका विधिहरूमा संलग्न हुन्छन् र जो परमेश्वरसँग करारहरूमा बाँधिन्छन् र त्यसलाई पालना गर्छन्, तिनीहरूमा परमेश्वरको शक्तिमा प्रत्यक्ष पहुँच हुन्छ। हामी व्यक्तिगत रुपमा परमप्रभुको नाम आफूमा लिन्छौं । हामी मानिसका रुपमा उहाँको नाम आफूमा लिन्छौं । पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चको सही नाम प्रयोग गर्ने विषयमा भावपूर्ण बन्नु भनेको हामी मानिसका रुपमा उहाँको नाम आफूमा लिन्छौं भनेर देखाउने एक महत्वपूर्ण तरिका हो । वास्तवमा नै, पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च र यसका सदस्यहरुका हरेक परोपकारी कार्यहरु परमेश्वरको हेसेदका अभिव्यक्ति हुन् ।

इजरायललाई किन तितरबितर परियो? किनभने मानिसहरुले आज्ञाको उल्लङ्घन गरे र अगमवक्ताहरुलाई ढुङ्गाले हिर्काए । प्रिय तर शोकाकुल बुबाले इस्राएललाई दूर र व्यापक रुपमा तितरबितर गरेर प्रतिक्रिया दिनुभयो ।११

यधपि, उहाँले तिनीहरूलाई एक प्रतिज्ञा सहित तितरबितर गर्नुभयो कि एक दिन इस्राएललाई पून: उहाँको गोठमा एकत्रित गरिनेछ ।

परमप्रभुको पहिलो आगमनको लागि संसारलाई तयार गर्ने उत्तरदायित्व यहुदाको कुललाई दिइयो । त्यही कुलबाट मरियमलाई परमेश्वरका पुत्रकी आमा बन्ने बोलावट आयो ।

योसेफको कुल, ऊ र आसनतका छोराहरु एफ्राइम र मनश्शेलाई (हेर्नुहोस् उत्पत्ति ४१:५०-५२; ४६:२०), इस्राएलको भेला गर्न नेतृत्व गर्ने, संसारलाई परमप्रभुको दोस्रो आगमनका लागि तयार गर्ने उत्तरदायित्व दिइयो ।

यस्तो कालातित हेसेद को सम्बन्धमा, परमेश्वरले इस्राएलको भेला गर्न चाहनु स्वाभाविक हो । उहाँ हाम्रा स्वर्गका पिता हुनुहुन्छ! उहाँ आफ्ना प्रत्येक सन्ततिले - पर्दाको दुबै तर्फ - येशू ख्रीष्टको पूनर्स्थापित सुसमाचारको सन्देश सुनून् भन्ने चाहनुहुन्छ ।

प्रेमको मार्ग

करारको मार्ग -त्यो अविश्वसनिय हेसेद, त्यो दयालु हेरचाह र एकअर्काको नजिक पुग्ने प्रेमको मार्ग हो । त्यो प्रेमलाई महसुस गर्नु भनेको मुक्ति पाउनु र उत्थान हुनु हो । परमेश्वर र उहाँका सबै सन्ततिहरूप्रतिको प्रेमले परिपूर्ण हुँदा तपाईंले कहिल्यै अनुभव नगरेको सबैभन्दा ठूलो आनन्दको अनुभूति गर्नु हुनुहुनेछ ।

कसैलाई वा अन्य कुनै चीजभन्दा बढी परमेश्वरलाई प्रेम गर्नु भनेको सत्य शान्ति, सान्त्वना, आत्मविश्वास अनि आनन्द ल्याउने अवस्था हो ।

करारको मार्ग भनेको परमेश्वरसँगको हाम्रो सम्बन्ध हो-उहाँसँगको हाम्रो हेसेद सम्बन्ध हो । जब हामी परमेश्‍वरसँग करारमा प्रवेश गर्छौं, हामीले उहाँसँग करार गरेका छौँ जसले सधैँ आफ्नो वचन पालन गर्नुहुनेछ । उहाँले हाम्रो छनौटको स्वतन्त्रतालाई उल्लङ्घन नगरी, हामीलाई हाम्रो स्वतन्त्रता कायम राख्न सहयोग गर्न सक्नुहुने सबै कुरा गर्नुहुनेछ ।

मोर्मोनको पुस्तक यस अनन्त करारको सन्दर्भमा सुरु र अन्त्य हुन्छ । शीर्षक पृष्ठदेखि मोर्मोन र मोरोनीका अन्त्यको गवाहीसम्म मोर्मोनको पुस्तकले करारका बारेमा उल्लेख गर्छ (हेर्नुहोस् मोर्मोन ५:२०; ९:३७)। मोर्मोनको पुस्तकको आगमन एक सङ्केत हो कि परमप्रभुले इस्राएलको भेला गर्न र उहाँले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएको आफ्नो करार पूरा गर्न आरम्भ गर्नुभएको छ ।”१२

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, पृथ्वीको इतिहासको यो महत्त्वपूर्ण समयमा अनन्त करारको सुन्दरता र शक्तिको बारेमा संसारलाई सिकाउनका लागि हामीलाई बोलावट दिइएको छ । हाम्रा स्वर्गका पिताले हामीलाई यो महान कार्य गर्नका लागि नि:शन्देह विश्वास गर्नुहुन्छ ।

यो सन्देश मार्च ३१, २०२२ को साधारण सम्मेलनको नेतृत्व वैठकमा पनि प्रदान गरिएको थियो ।

सूचीहरू

  1. हेर्नुहोस् रसल एम. नेल्सन, “Children of the Covenant,” Ensign, मे १९९५, ३४।

  2. नयाँ र अनन्त करार हो येशू ख्रीष्टको सुसमचारको पूर्णता हो । हाम्रो मुक्तिका लागि चाहिने सबै विधिहरु र करारहरू यसमा सम्मिलित छन् (हेर्नुहोस् सिद्धान्त र करार ६६:२) । जब परमप्रभुले यसलाई नयाँ बनाउनुहुन्छ या पूनर्स्थापित गर्नुहुन्छ यो “नयाँ” हुन्छ र यो “अनन्त” हो किनभने यो कहिल्यैपनि परिवर्तन हुँदैन ।

  3. हेसेद र अनन्त करारका बारेमा व्यापक छलफल Kerry Muhlestein को God Will Prevail: Ancient Covenants, Modern Blessings, and the Gathering of Israel मा पाइन्छ (२०२१) ।

  4. रसल एम. नेल्सनको, “Special Witnesses of Christ,” लियाहोना, अप्रिल २००१, ७।

  5. हिब्रूमा इश्माएल भनेको “परमेश्वरले सुन्नुहुन्छ” (बाइवल शब्दकोश, “Ishmael”) ।

  6. “विश्वासद्वारा साराले आफ्नो उमेर ढल्किसकेपछि पनि गर्भधारण गर्ने शक्ति प्राप्त गरीन् । किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिईन्” (हिब्रू ११:११) ।

  7. बाइवल शब्दकोश , “Israel।”

  8. बाइवल शब्दकोश हेर्नुहोस्, “Peculiar”; “Hebrew and Chaldee Dictionary,” Strong’s Exhaustive Concordance of the Bible (१९८४), ८२, word ५४५९ ।

  9. हेर्नुहोस् Russell M. Nelson, “Thanks for the Covenant” (Brigham Young University devotional, Nov. 22, 1988), 4, speeches.byu.edu.

  10. “परमेश्वरसँगको हरेक करार उहाँसँग नजिक हुने अवसर हो । परमेश्वरको प्रेमका बारेमा आफूले पहिले नै महसुस गरिसकेका विषयहरूमा एक क्षणका लागि प्रतिविम्वित गर्ने जो कोहीका लागि, त्यो बन्धनलाई बलियो बनाउनु र त्यो सम्बन्धलाई अझ नजिक बनाउनु एक अपरिहार्य प्रस्ताव हो ।” (Henry B. Eyring, “Making Covenants with God” [Brigham Young University fireside, Sept. 8, 1996], 3, speeches.byu.edu) ।

  11. “परमप्रभुले आफ्ना चुनिएका जनहरूलाई संसारका राष्ट्रहरूमाझ तितरबितर गरेर ती राष्ट्रहरूलाई आशीष दिन प्रयोग गर्नुभयो” (Guide to the Scriptures, “Israel,” scriptures.ChurchofJesusChrist.org; see also Jacob 5:1-8, 20).

  12. रसल एम. नेल्सन, “The Future of the Church: Preparing the World for the Savior’s Second Coming,” Liahona, अप्रील २०२०, ९ ।

प्रिन्ट गर्नुहोस्