२०२२
गरिब र पीडामा परेकाहरूलाई सहयोग गर्ने—उद्धरणहरू
नोभेम्वर २०२२


मासिक लियाहोना सन्देश, नोभेम्वर २०२२

गरिब र पीडामा परेकाहरूलाई सहयोग गर्ने

उद्धरणहरू

छवि
ओक्स पोस्टर उद्धरण

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा अनि यसका सदस्यहरूका रूपमा हामीले हाम्रा मित्रहरूका लागि धेरै कल्याणकारी र मानवीय सेवा सिकाएका र अभ्यास गरेका छौं । उदाहरणका लागि, हामी प्रत्येक महिनाको पहिलो दिन उपवास बस्छौँ र हाम्रो आफ्नै चर्चमा आवश्यकतामा रहेकाहरूलाई सहयोग गर्न कम्तिमा नखाएको खाना बराबरको योगदान दिन्छौँ । चर्चले विश्वभर मानवीय र अन्य सेवाहरूका लागि पनि असाधारण योगदान दिन्छ ।

हाम्रो चर्चले प्रत्यक्ष रूपमा गर्ने सबै विषयहरूका बावजुद, परमेश्वरका सन्ततिहरूका लागि विश्वव्यापी रूपमा अधिकांश मानवीय सेवा हाम्रो चर्चसँग कुनै औपचारिक सम्बन्ध नभएका व्यक्ति र संस्थाहरूद्वारा गरिन्छ । …

येशू ख्रीष्टको चर्च आवश्यकतामा परेकाहरूलाई सेवा गर्न प्रतिवद्ध छ र त्यो प्रयासमा अरूहरूसँग समन्वय गर्न पनि प्रतिवद्ध छ । …

आधुनिक प्रकाशले सिकाउँछ कि हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट, “संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्ने सत्य ज्योति हुनुहुन्छ” [सिद्धान्त र करार ९३:२] । यसद्वारा, परमेश्वरका सबै सन्ततिहरू उहाँ र एक-अर्काको सेवा गर्न आफ्नो ज्ञान र क्षमता अनुसार सर्वश्रेष्ठ हुन प्रबुद्ध हुन्छन् । …

… हामी मध्ये धेरैले अरूहरूले गरेका असल कार्यहरूलाई मान्यता दिनु पर्दछ र त्यसो गर्ने समय र साधनका रूपमा समर्थन गर्नु पर्दछ । …

म येशू ख्रीष्टको गवाही दिन्छु, जसको ज्योति र आत्माले संसारभरीका गरिब र कष्टमा परेकाहरूलाई सहयोग गर्न परमेश्वरका सबै सन्ततिहरूलाई मार्गदर्शन गर्दछ।

प्रिन्ट गर्नुहोस्