२०२३
हाम्रो निरन्तरको मित्र
नोभेम्बर २०२३


मासिक लियाहोना सन्देश, मे २०२३

हाम्रो निरन्तरको मित्र

उद्धरणहरू

छवि
alt text

हामीहरूलाई आवश्यक छ र तपाईंहरूलाई पनि पवित्र आत्माको निरन्तर साथ आवश्यक हुने छ । अब, हामी यो चाहन्छौँ तर हामी अनुभवबाट जानकारी प्राप्त गर्छौँ कि यो प्राप्त गर्न सजिलो छैन । हाम्रो दैनिक जीवनमा हामी प्रत्येकले आत्मालाई अपमानित गर्न सक्ने कार्यहरू सोच्छौँ, बोल्छौँ र गर्छौं ।

जब त्यो हुन्छ, जसरी हुने छ, हामीले परमप्रभुबाट असम्मति महसुस गर्न सक्छौँ । अनि हामी एक्लो … भएको महसुस गर्न प्रलोभित हुन सक्छौँ ।

यदि तपाईंहरूले आफूलाई पवित्र आत्मा महसुस गर्न कठिनाइ भएको पत्ता लगाउनुभयो भने, तपाईंहरूले पश्चात्ताप गर्न र क्षमा प्राप्त गर्न आवश्यक कुनै पनि विषय छ कि छैन भनेर मनन गर्न सक्नुहुन्छ । विशुद्ध हुन के गर्नु पर्छ भनेर तपाईंहरूले आस्थाका साथ प्रार्थना गर्न सक्नुहुन्छ र यसरी पवित्र आत्माको निरन्तर सहचार्यका लागि सम्भवत: योग्य हुन सक्नुहुन्छ ।

यदि तपाईंहरूले पवित्र आत्माको सङ्गति प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंहरूले यसलाई सही कारणहरूका लागि चाहनु पर्छ । तपाईंहरूका उद्देश्य परमप्रभुका उद्देश्य हुनु पर्छ । यदि तपाईंहरूका अभिप्रायहरू धेरै स्वार्थी छन् भने, तपाईंहरूले आत्माका प्रोत्साहनहरू प्राप्त गर्न र महसुस गर्न कठीन महसुस गर्नुहुने छ ।

मुक्तिदाताले चाहना राख्नुभएको जस्तै चाहना राख्नु मेरो र तपाईंहरूका लागि प्रमुख बिषय हो । हाम्रा उद्देश्यहरू ख्रीष्टको विशुद्ध प्रेमद्वारा परिचालित हुनु पर्छ । …

… पवित्र आत्मा येशू ख्रीष्टको चर्चका आस्थावान् करारवद्ध सदस्यहरूलाई पठाइँदै छ । अब, तपाईंहरूका अनुभवहरू अद्वित्तीय हुने छन् र आत्माले तपाईंहरूको आस्था र क्षमतालाई तपाईंहरूका लागि र तपाईंहरूले प्रेम गर्ने र सेवा गर्नेहरूका लागि प्रकाश प्राप्त गर्नका लागि उत्तम तरिकामा मार्गदर्शन गर्ने छ । तपाईंहरूको आत्मविश्वास बढ्ने छ भनेर म मेरो सम्पूर्ण हृदयले प्रार्थना गर्छु ।

प्रिन्ट गर्नुहोस्