लियाहोना
उजाडस्थानमा हाम्रो ज्योति
जनवरी २०२४


“उजाडस्थानमा हाम्रो ज्योति”, लियाहोना, जन. २०२४

मासिक लियाहोना सन्देश, जनवरी २०२४

उजाडस्थानमा हाम्रो ज्योति

जसले इमानदारितापूर्वक मोर्मोनको पुस्तक पढ्नुहुन्छ, यसका उपदेशहरूअनुसार जिउनुहुन्छ र यसको सत्यताका सम्बन्धमा प्रार्थना गर्नुहुन्छ, उहाँहरूले पवित्र आत्मा महसुस गर्नुहुने छ र मुक्तिदातामा आफ्नो आस्था र गवाही वृद्धि गर्नु हुने छ ।

छवि
चम्किला पत्थरहरू सहित येरेदका भाइ

नर्मन्डी पोल्टरद्वारा चम्किलो ढुङ्गाहरूसँग येरेदका भाइको चित्र

एक सानो बालक हुँदा पनि जवान जस्तै, ममा मोर्मोनको पुस्तकको गवाही थियो । “प्रतिज्ञाको भूमि” को यात्रामा येरेदका भाइ र तिनका जनहरूको कथामा मैले विशेष रूपमा आकर्षित भएको महसुस गरेँ (एतेर २:९) ।

जब अप्रकाशित बार्जहरूमा यात्रा गर्नु पर्ने प्रत्याशाको सामना गर्नुपर्‍यो, येरेदका भाइले सोधे, “हेर, हे परमप्रभु, के तपाईंले हामीलाई अँध्यारोमा यो विशाल पानीलाई पार गर्ने कष्ट दिनुहुन्छ?” जवाफ दिँदै, परमप्रभुले भन्नुभयो, “तिमीहरू के चाहन्छौ जुन मैले गर्नु पर्छ ताकि तिमीहरूका वाहनहरूमा प्रकाश हुन सकोस्?” (एतेर २:२२, २३) ।

परमप्रभु सबै शक्तिशाली हुनुहुन्छ भनेर येरेदका भाइलाई जानकारी थियो । परमप्रभु सबै ज्योतिको स्रोत हुनुहुन्छ भनेर उनलाई जानकारी थियो । परमप्रभुले आवश्यकताको समयमा उहाँलाई पुकार्न आफ्ना जनहरूलाई आज्ञा गर्नुभएको थियो भनेर उनलाई जानकारी थियो । त्यसअनुसार ,परमप्रभुमा आस्था राख्दै, येरेदका भाइले १६ वटा साना पत्थरहरू तयार पारे । उहाँले परमप्रभुलाई आफ्नो औंलाले पत्थरहरूलाई छुन भन्नुभयो, “ताकि तिनीहरू अन्धकारमा चम्कन सकून्” भनेर तपाईंले स्मरण गर्नुहुन्छ (एतेर ३:४) ।

ती पत्थरहरूलाई छुने परमेश्वरको चित्र त्यो कथा पहिलो पटक पढेदेखि नै मेरो मनमा कोरिएको छ । यो मेरा आँखा अगाडि भइरहेको थियो जस्तो गरेर म त्यो दृश्य देख्न सक्छु । सम्भवत: त्यो उज्यालोले अन्धकारको चित्रलाई हटाइएको विषय मेरा लागि वास्तविक छ ।

जब म पवित्र आत्मा महसुस गर्दिन, जब म परमप्रभुको आत्मा सँग थोरै बाहिर हुन्छु, म अन्धकार महसुस गर्छु । परन्तु जब म मोर्मोनको पुस्तक पढ्छु, उज्यालो फर्कन्छ । मोर्मोनको पुस्तक मेरा लागि परमप्रभुले छोएको चम्किलो पत्थर जस्तै भएको छ । यसले मेरो जीवन यात्रालाई उज्यालो बनाएको छ ।

सदाका लागि एक ज्योति

परमप्रभुको हातद्वारा पुरातन अमेरिकामा ल्याइएकाहरू जस्तै, हामी सबैले उत्कर्षको प्रतिज्ञा गरिएको भूमिको यात्रामा आँधीबेहरी र काला दिनहरूको सामना गर्छौं । परन्तु परमप्रभुले येरेदीहरू र नफीहरूका लागि जे गर्नुभयो हाम्रा लागि पनि गर्नुहुने छ । यदि हामीले उहाँका आज्ञा पालना गऱ्यौं, उहाँमा आस्था राख्यौँ र उहाँको सहयोगका लागि बिन्ती गऱ्यौं भने— उहाँले हामीलाई डोर्‍याउनुहुने छ र हाम्रो मार्ग उज्यालो पार्नुहुने छ।

परमप्रभुले नफीलाई भन्नुभयो, अनि उजाडस्थानमा म तिम्रो ज्योति पनि हुने छु; म तिम्रा अगाडि मार्ग तयार पार्ने छु, अनि यसो भयो भने कि तिमीले मेरा आज्ञाहरू पालना गर्ने छौ; यसकारण, जति जति तिमी मेरा आज्ञाहरू पालना गर्छौ त्यति नै तिमीहरूलाई प्रतिज्ञाको भूमितर्फ अगुवाइ गरेर लगिने छ; अनि मद्वारा तिमी अगुवाइ गरिएका छौ भनी तिमीहरूले बुझ्नेछौ। (१ नेफी १७:१३)।

परमप्रभुले नफीका भाइ याकूबलाई भन्नुभयो, “मेरा वचन सुन्नेहरूका लागि म सदैव ज्योति हुने छु” (२ नफी १०:१४) ।

मुक्तिदाताका सम्बन्धमा, अगमवक्ता अबिनादीले गवाही दिए, “उहाँ ज्योति र संसारको जीवन हुनुहुन्छ; हो, एक ज्योति जुन अनन्त छ, जुन कहिल्यै अँध्यारो हुन सक्दैन” (मोसीयाह १६:९) ।

आफू स्वयम् का सम्बन्धमा, मुक्तिदाताले गवाही दिनुभयो, “म संसारको ज्योति र जीवन हुँ ।” उहाँले भन्नुभयो, “हेर, म ज्योति हुँ; मैले तिम्रा लागि एउटा उदाहरण बसाएँ” (३ नफी ९:१८; १८:१६),

छवि
अध्यक्ष रसल एम. नेल्सन हिँड्दै

प्रकाश महसुस गर्दै

म हाम्रा अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनलाई प्रेम गर्छु । उहाँको छेउमा सेवा गर्ने आशीर्वाद प्राप्त गरेको छु । जब उहाँ कुनै कोठामा जानुहुन्छ, त्यो कोठा तत्कालै उज्यालो भएको महसुस हुन्छ । उहाँले आफूसँगै ख्रीष्टको प्रकाश वहन गर्नुहुन्छ ।

ख्रीष्टको ज्योति वास्तविक छ । यो “दैवी ऊर्जा, शक्ति वा प्रभाव हो जुन ख्रीष्टद्वारा परमेश्वरबाट निस्कन्छ र सबै चीजहरूलाई जीवन र प्रकाश दिन्छ ।” यो एक प्यारो आध्यात्मिक वरदान हो जसले परमेश्वरका सन्ततिहरूलाई पवित्र आत्मा र येशू ख्रीष्टको सुसमाचारमा डोर्याउन सक्छ । मोर्मोनको पुस्तक पढ्दा त्यो ज्योति मजबुत हुन्छ ।

यदाकदा हामीले हाम्रो यात्रामा कसरी सहयोग प्राप्त गरेका छौँ भनेर स्मरण गर्नका लागि हामीले हाम्रो जीवनमा फर्केर हेर्नु पर्छ । हामीले पछाडि फर्केर हेर्दा, हामी मुक्तिदाताको प्रभाव पुन: महसुस गर्न सक्छौँ । जब धर्मशास्त्रहरूले बताउँछन्, “सम्झनुहोस्, सम्झनुहोस्” (हेलमान ५:१२), मलाई लाग्छ कि तिनीहरूले हामीलाई यसो भन्दैछन्, “एक पटक तपाईंलाई के थाहा वा तपाईंले के महसुस गर्नुभएको थियो भनेर मात्र नसम्झनुहोस्; बरू पुन: त्यो उज्यालो महसुस गर्नुहोस् ।”

कसैका लागि, आध्यात्मिक प्रकाश महसुस गर्न सजिलो हुन्छ । अरूहरूका लागि, व्यक्तिगत सङ्घर्ष वा सांसारिक विचलनका कारण आध्यात्मिक प्रकाश महसुस गर्न कठीन हुन सक्छ । परन्तु यदि हामी आस्थावान् छौँ भने—ती समयमा हामीले आशा नगर्ने तरिकामा प्रकाश आउँछ ।

अध्यक्ष नेल्सन, जसले हामीलाई “प्रार्थनापूर्वक मोर्मोनको पुस्तक हरेक दिनअध्ययन गर्न” सल्लाह दिनुभएको छ, मोर्मोनको पुस्तकले हामीलाई मुक्तिदाताको समीप ल्याउन र सुसमाचारको प्रकाश महसुस गर्न, सुसमाचारका सत्यताहरू बुझ्न र प्रत्यक्ष रूपमा सुसमाचारका शिक्षाहरू प्राप्त गर्नका लागि सहयोग गर्न सक्ने धेरै तरिकाहरू बाढ़्नुभएको छ ।

जब हामीले मोर्मोनको पुस्तक पढ्छौँ, अध्यक्ष नेल्सनले भन्नुभयो, येशू ख्रीष्टको प्रायश्चितका सम्बन्धमा हाम्रो बुझाइ र प्रशंसा वृद्धि हुने छ ।

हामीले “पुनः जन्म” (मोसीयाह २७:२५) को चाहना महसुस गर्ने छौँ किनकि यो पुस्तकले हामीलाई हृदय परिवर्तनको अनुभव गर्न सहयोग गर्छ (हेर्नुहोस् मोसीयाह ५:२) ।

जब हामीले इस्राएलको एकीकरणका सम्बन्धमा मोर्मोनको पुस्तकको शिक्षा पढ्छौँ र अध्ययन गर्छौं, हामी हाम्रा मृतकहरूको खोजी गर्ने र तिनीहरूका लागि मन्दिरमा मुक्ति र उत्कर्षका विधिहरू प्रस्तुत गर्ने चाहना वृद्धि भएको महसुस गर्ने छौँ ।

हामीले हाम्रा प्रश्नहरूको जवाफ, निर्णय गर्न निर्देशन र पश्चात्ताप गर्ने र दुष्टताको सामना गर्ने शक्ति प्राप्त गर्दा हामी हल्का महसुस गर्ने छौँ ।

अनि जब हामी मोर्मोनको पुस्तकमा पाइने सत्यहरू पढ्छौँ, हामीले हाम्रो आत्मालाई चङ्गाइ, सान्त्वना, पुनर्स्थापना, सहयोग, सामर्थ्य, आश्वासन र आनन्द महसुस गर्ने छौँ ।

“त्यसोभए , के यो वास्तविक होइन?” अल्माले सत्य, ज्ञान र गवाहीको फुल्ने, उम्रिने बिउका सम्बन्धमा सोधे । “म तिमीहरूलाई भन्छु, हो, किनभने यो उज्यालो छ; र जे पनि उज्यालो छ, त्यो असल छ, किनकि यो बुझ्न सकिने छ, त्यसैले यो राम्रो छ भनी तिमीहरूलाई जानकारी हुनु पर्छ” (अल्मा ३२:३५) ।

छवि
येशू ख्रीष्टको आकृति

हेनरिक हफम्यानद्वाराख्रीष्ट को चित्र

अन्धकारमा मुक्तिदाता खोज्नुहोस्

जब मेरी साथी कम्रीन १० वर्षकी थिइन्, उनलाई दुर्लभ तर स्थायी आँखाको रोग लागेको थियो जसले उनको दाहिने आँखाको कोर्नियामा सङ्क्रमण गर्यो । कहिलेकाहीँ, जब सम्बन्धित दुखाइ निरन्तर र असहनीय भयो, कम्रीनले कुनै पनि प्रकाशलाई सहन गर्न सक्दैनथिन् । उनको आमाबुबा, उनी अन्धी हुन सक्छिन् भन्ने चिन्ताले उनको शयनकक्षका झ्यालहरू अँध्यारो पारेर उनलाई आरामदायी रूपमा राख्न प्रयास गर्नुहुन्थ्यो । कम्रीनकी आमा जन्नाले सम्झाउनुभयो:

“उनको निदान पछिका चार महिना पछि, म उनको अँध्यारो कोठामा गएँ । जब मेरा आँखा जुधे, मैले कम्रीनलाई उनको ओछ्यानमा भ्रूणको स्थितिमा रहेको देखेँ । उनी यति धेरै पीडामा थिइन् कि म भित्र आएको बुझेर पछि पनि उनी न त चलिनन् वा रोइनन् । दुबै आँखा सुन्निएर बन्द अवस्थामा उनी त्यहाँ सुतेकी थिइन् ।

“मैले उसको ओछ्यानमा घुँडा टेकेँ, उनको हात आफ्नो हातमा लिएर तीन पटक निचोरेँ—‘म तिमीलाई माया गर्छु’ भन्ने हाम्रो गोप्य सङ्केत । सामान्यतया उनीले चार पटक कम्मर कस्थिन्, ‘म तिमीलाई धेरै प्रेम गर्छु’ भनेर तर उनले प्रतिक्रिया दिइनन् । उनी धेरै पीडामा थिइन् । मेरा गालाहरूबाट आँसु बगिरहे, मैले कुनै बेला जीवित मेरी १० वर्षीयालाई बल जस्तै डल्लो परेको देखेँ । मेरो मुटु तोडियो ।”

जन्नाले मौन, हृदयदेखि प्रार्थना गर्नुभयो ।

“मैले स्वर्गका पितालाई भनेँ कि मलाई थाहा छ कि उहाँ राम्रोसँग बुझ्नुहुन्छ, तर मैले प्रार्थना गरेँ, ‘कृपया उनलाई सहयोग गर्नुहोस् ।’ जब म त्यहाँ प्रार्थना गर्दै बसेँ, न्यानो छालले मलाई स्पर्श गर्यो । मैले शान्ति महसुस गरेँ जब मुक्तिदाता येशू ख्रीष्टका सम्बन्धमा मेरो मस्तिष्कमा एक विचार आयो: ‘उहाँ ज्योति हुनुहुन्छ । अन्धकारमा उहाँलाई खोज्नुहोस् ।’’

जन्नाले आफ्नो टाउको उठाउनुभयो र कम्रीनको कानमा सुस्त बोल्नुभयो: “तिमीले अन्धकारमा मुक्तिदाता खोज्नु पर्छ ।”

त्यसपछि, चर्चको पुस्तकालय एपमा भजन र धर्मशास्त्रहरू सुन्दै कम्रीन सुतिन् ।

छवि
आँखामा प्याच लगाएकी बालिका

जब उनको आँखाको सङ्क्रमण बढ्छ, कम्रीनले अन्धकारमा मुक्तिदाता भेट्टाउँछिन् ।

कम्रीनको परिवारको सौजन्य तस्वीर

कम्रीनको रोग अधिकांश समय निष्क्रिय रहन्छ तर जब उनलाई रोगले आक्रमण गर्छ, जन्ना र उहाँनका श्रीमान्, ड्यारिनले उनलाई सान्त्वना दिनुहुन्छ र पुन: उनको सुत्ने कोठाको झ्यालमा ब्ल्याकेट राख्नुहुन्छ । ती पीडादायी समयहरूमा, कम्रीन भन्छिन्, “म अन्धकारमा मुक्तिदाता खोज्दै छु ।”

जब जीवन “अन्धकार, उदास र उजाड” जस्तो देखिन्छ (१ नफी ८:४), हामीले पनि अन्धकारमा मुक्तिदाता खोज्नु पर्ने हुन सक्छ । “येशू नै ख्रीष्ट, अनन्त परमेश्वर हुनुहुन्छ”, यसको साक्षी सहित मोर्मोनको पुस्तकले हामीलाई उहाँसम्म अगुवाइ गर्छ भनेर म गवाही दिन्छु” । मलाई थाहा छ कि जसले इमानदारीपूर्वक मोर्मोनको पुस्तक पढ्नुहुन्छ, त्यसका उपदेशहरू अनुसार जीवन बिताउनुहुन्छ र यसको सत्यताका सम्बन्धमा प्रार्थना गर्नुहुन्छ उहाँहरूले पवित्र आत्मा महसुस गर्नुहुन्छ र मुक्तिदातामा आफ्नो आस्था र गवाही वृद्धि गर्नुहुन्छ ।

हामी यो “सबैभन्दा सही” पुस्तक का लागि कृतज्ञता प्रकट गर्न सक्छौँ, यसलाई पढेर,यसलाई प्रेम गरेर गरेर र संसारको ज्योतिमा हाम्रो र अरूहरूको आस्थालाई मजबुत बनाउन प्रयोग गर्न सक्छौँ ।

सूचीहरू

  1. शीर्षकहरू र प्रश्नहरू हेर्नुहोस्, “ख्रीष्टको ज्योति,” topics.ChurchofJesusChrist.org ।

  2. रसल एम. नेल्सन,The Book of Mormon: What Would Your Life Be Like without It?,” लियाहोना, नोभेम्बर २०१७, ६२ ।

  3. हेर्नुहोस् रसल एम. नेल्सन,The Book of Mormon: What Would Your Life Be Like without It?,” ६२, ६३ ।

  4. हर्पेस सिम्प्लेक्स भाइरस केराटाइटिस ।

  5. म जन्ना क्यानन र उनकी छोरी कम्रीनलाई आफ्नो कथा बाँढ्नुभएकोमा धन्यवाद दिन्छु ।

  6. मोर्मोनको पुस्तकको शीर्ष पृष्ट

  7. Teachings of Presidents of the Church: Joseph Smith (२००७), ६४ ।

प्रिन्ट गर्नुहोस्