लियाहोना
सबैका मुक्तिदाता, सबैका लागि सुसमाचार
मार्च २०२४


“सबैका मुक्तिदाता, सबैका लागि सुसमाचार,” लियाहोना, २०२४।

मासिक लियाहोना सन्देश, मार्च २०२४

सबैका मुक्तिदाता, सबैका लागि सुसमाचार

येशू ख्रीष्टको सुसमाचार, प्रायश्चित र पुनरुत्थानले परमेश्वरका सबै सन्ततिहरूलाई आशीषित गर्छ ।

छवि
ख्रीष्ट र पक्षघात भएको मानिस

ख्रीष्ट र पक्षघात भएको मानिसजे. कर्क रिचर्ड्सद्वारा, प्रतिलिपि गर्न मिल्दैन

येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचार, सर्वप्रथम, महत्वपूर्ण र सदाका लागि यी पछिल्ला दिनहरूमा सबैका लागि स्थायी आनन्द, सत्य शान्ति र प्रसन्नताको स्रोत हो । सुसमाचार र ख्रीष्टको असीमित परोपकारबाट प्रवाह हुने आशीर्वादहरू पुरातन वा आधुनिक समयमा केही चयन गरिएका मानिसहरूका लागि मात्र होइनन् ।

हामीले जतिसुकै अपर्याप्त महसुस गरे तापनि अनि पापहरूले हामीलाई उहाँबाट केही समयका लागि टाढा राख्न सक्ने भए तापनि, “उहाँले [हामीलाई] पूरै दिन आफ्नो हात पसार्नु हुन्छ” (याकूब ६:४), हामी सबैलाई उहाँकहाँ आउन र उहाँको प्रेम महसुस गर्न आमन्त्रण गर्दै हाम्रा मुक्तिदाताले हामीलाई आश्वासन दिनुहुन्छ ।

सबै संसारका लागि सुसमाचारका आशीर्वादहरू

येशू ख्रीष्टको सुसमाचार “… पृथ्वीमा हरेक राष्ट्र, कुटुम्ब, भाषा र मानिसहरूका आवश्यकताहरू पूरा गर्न यी पछिल्ला दिनहरूमा पुनर्स्थापित गरिएको छ ।” सुसमाचारले सबै सांस्कृतिक रेखाहरू पार गर्दै सबै राष्ट्रियता र रङ्गलाई पार गर्छ “सबै परमेश्वरका लागि समान छन्” भनेर सिकाउनका लागि (२ नफी २६:३३) । मोर्मोनको पुस्तक यस सत्यको उल्लेखनीय साक्षीका रूपमा खडा हुन्छ ।

यो महान् अभिलेखले गवाही दिन्छ कि ख्रीष्टले सबै राष्ट्रहरूलाई सम्झनुहुन्छ (हेर्नुहोस् २ नफी २९:७) र “उहाँमा विश्वास गर्नेहरू सबैसामु आफैलाई प्रकट गर्नुहुन्छ, … र मानिसहरूका सन्ततिहरूका बीचमा शक्तिशाली आश्चर्यकर्महरू, सङ्केतहरू र आश्चर्यहरू [कार्य गर्नुहुन्छ]“२ नफी २६:१३) । यी शक्तिशाली आश्चर्यकर्महरू, सङ्केतहरू र आश्चर्यहरू सुसमाचारको प्रसार हो । त्यसकारण, हामी यसको सुसमाचारको गवाही दिन संसारभरि सुसमाचार प्रचारकहरू पठाउँछौँ । हामी हाम्रो वरपरका मानिसहरूलाई पनि सुसमाचार बाँढ्छौँ । जीवित र मृतकहरूका लागि पुनर्स्थापित पादरित्वका साँचाहरूको अभ्यासले सुसमाचारको परिपूर्णता अन्ततः स्वर्गका हाम्रा मातापिताका प्रत्येक छोरा र छोरीहरू—भूत, वर्तमान वा भविष्यमा उपलब्ध हुने छ भनेर सुनिश्चित गर्छ ।

यस सुसमाचारको केन्द्र—यस कार्यमा कुनै पनि समयमा बोलावट गरिएका हरेक अगमवक्ता र प्रेरितहरूको प्रमुख सन्देश—यो हो कि येशू नै ख्रीष्ट हुनुहुन्छ र उहाँ सबैलाई आशीर्वाद दिन आउनुभयो । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्यहरूका रूपमा, हामी घोषणा गर्छौं कि उहाँको प्रायश्चितको बलिदान सम्पूर्ण संसारका लागि हो ।

असीमित र अनन्त प्रायश्चितको आवश्यकता

म संसारभरि जाँदा, म चर्चका सदस्यहरूको अधिकतम समूहसँग अन्तर्वार्ता लिन्छु । उनीहरूले केही परको पाप स्वीकार गर्दा पनि तिनीहरूले आफ्नो जीवनमा येशू ख्रीष्टको प्रायश्चितको आशीर्वाद कसरी महसुस गर्छन् भन्ने सुनेर म प्रेरित हुन्छु । उहाँको प्रायश्चितको शुद्ध पार्ने सान्त्वना सदैव हामी सबैका लागि उपलब्ध हुनु कत्ति आश्चार्यको विषय हो!

“त्यहाँ प्रायश्चित हुनु पर्छ,” अमुलेकले घोषणा गरे, “अन्यथा सबै मानवजाति अपरिहार्य रूपमा नष्ट हुने छन् ।” यो प्रायश्चित्त बिना हामी सदैव “पतीत र … हराएका हुने छौँ, …” जसलाई “असीम र अनन्त बलिदान” चाहिन्छ। किनकि “संसारका पापहरूका लागि पर्याप्त हुने असीम प्रायश्चितभन्दा कम कुनै पनि चीज हुन सक्दैन” (अल्मा ३४:९, १०, १२) ।

“मृत्यु सबै मानिसहरूमा गएको छ, … हामीलाई परमेश्वरको उपस्थितिमा ल्याउनका लागि पुनरुत्थानको शक्ति आवश्यक छ” भनेर महान् अगमवक्ता याकूबले पनि सिकाउनुभयो (२ नफी ९:६) ।

पाप र मृत्यु दुबैमाथि विजय प्राप्त गर्नु आवश्यक थियो । यो मुक्तिदाताको उद्देश्य थियो, जुन उहाँले साहसका साथ परमेश्वरका सबै सन्ततिहरूका लागि पूरा गर्नुभयो ।

छवि
येशू ख्रीष्ट गेत्सेमनीमा

गेतसमनीजे. कर्क रिचर्ड्स द्वारा, प्रतिलिपि गर्न सकिँदैन

हाम्रा मुक्तिदाताको बलिदान

मृत्युको अन्तिम रातमा, येशू ख्रीष्ट गेतसमनीको बगैंचामा प्रवेश गर्नुभयो । त्यहाँ, उहाँ जैतुनका वृक्षहरूका बीचमा घुँडा टेकेर पीडाको गहिराइमा ओर्लनुभयो जुन तपाईंहरू र मैले कहिल्यै गर्ने छैनौँ ।

त्यहाँ, उहाँले संसारका पापहरू आफूमा लिन सुरू गर्नुभयो । उहाँले तपाईंहरू, म र कुनै पनि समयमा जिएका र जिउने हरेक आत्माका लागि हरेक पीडा, मानसिक व्यथा र शोक महसुस गर्नुभयो र सबै पीडा र कष्ट सहनु भयो । यो महान् र असीम पीडाले “[उहाँलाई], … सबै भन्दा महानलाई, पीडाका कारण काँप्नु पर्‍यो र अनि हरेक रोमकूपबाट रगत निस्क्यो,” (सिद्धान्त र करार १९:१८) । उहाँले मात्रै यो गर्न सक्नुहुन्थ्यो ।

त्यति पर्याप्त रूपमा असल अरू कोही थिएन

पापको मूल्य चुकाउन ।

उहाँले मात्रै द्वार खोल्न सक्नुहुन्छ

स्वर्गको अनि हामीलाई भित्र जान दिन सक्नुहुन्छ ।

त्यसपछि येशूलाई खप्परेमा लगियो र यस संसारको इतिहासमा सबैभन्दा दु:खद अन्यायपूर्ण क्षणमा, उहाँलाई क्रूसमा टाँगियो । उहाँको जीवन उहाँबाट कसैले पनि लिन सक्दैन थियो । परमेश्वरका एक मात्र पुत्रका रूपमा, उहाँसँग शारीरिक मृत्युमाथि प्रभूत्व थियो । उहाँले आफ्ना पितालाई प्रार्थना गर्न सक्नुहुन्थ्यो र उहाँका यातना दिनेहरूलाई परास्त गर्न र सबै विषयहरूमा उहाँको प्रभुत्व देखाउन स्वर्गदूतहरूको सेना आउन सक्थे । “परन्तु त्यसो भए धर्मशास्त्रका विषयहरू कसरी पूरा हुने छन्,” येशूले आफ्नो विश्वासघातमा सोध्नुभयो, “यसरी यस्तो हुनु पर्छ?” (मत्ती २६:५४) ।

उहाँका पिताको पूर्ण आज्ञाकारिताबाट—अनि हाम्रा लागि पूर्ण प्रेम — येशूले स्वेच्छाले आफ्नो जीवन दिनुभयो र उहाँको शाश्वत र अनन्त प्रायश्चितको बलिदान पूरा गर्नुभयो, जुन समय र सबै अनन्तकालसम्म पुग्छ ।

हाम्रा मुक्तिदाताको विजय

येशूले उहाँका प्रेरितहरूलाई उहाँको मृत्यु पछि आफ्नो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । तिनीहरूले यो कसरी गर्ने छन्? तिनीहरूमध्ये अधिकांश केवल साधारण माझीहरू थिए र कुनै पनि सभागृहहरूमा सेवाका लागि प्रशिक्षित थिएनन् । त्यो समयमा, ख्रीष्टको चर्च लोप हुने निश्चित थियो । परन्तु प्रेरितहरूले आफ्नो बोलावटलाई काँधमा राख्न र संसारको इतिहासलाई साकार पार्न शक्ति प्राप्त गरे ।

यस्तो स्पष्ट कमजोरीबाट के कारणले शक्ति आयो? एङ्ग्लिकन चर्चका अगुवा र विद्वान फ्रेडरिक फारारले यसो भन्नुभयो: “त्यहाँ एउटा मात्र सम्भावित जवाफ छ—मृत्युबाट पुनरुत्थान । यो सबै विशाल क्रान्ति ख्रीष्टको पुनरुत्थानको शक्तिका कारण थियो ।” पुनरुत्थान हुनु भएका परमप्रभुका साक्षीका रूपमा कुनै पनि विषयले यो कार्यलाई अगाडि बढ्नबाट रोक्न सक्दैन भनेर प्रेरितहरूलाई थाहा थियो । प्रारम्भिक चर्चले सबै कठिनाइहरूमाथि विजय प्राप्त गरेका कारण तिनीहरूका साक्षी दिगो शक्तिका स्रोत थिए ।

यो ईस्टरको समयमा, उहाँका साक्षीहरू मध्येमा नियुक्त भएको एकका रूपमा, म घोषणा गर्छु कि एक सुन्दर आइतबार बिहान, परमप्रभु येशू ख्रीष्ट हामीलाई मजबुत बनाउन र सबैका लागि मृत्युको बन्धन तोड्न मृत्युबाट उठ्नुभयो । येशू ख्रीष्ट जीवित हुनुहुन्छ । उहाँकै कारण मृत्यु हाम्रो अन्त्य होइन । पुनरुत्थान सबैका लागि ख्रीष्टको स्वतन्त्र र विश्वव्यापी वरदान हो ।

छवि
चिहानमा ख्रीष्ट र मरियम मग्दालिनी

चिहानमा ख्रीष्ट र मरियम,जोसेफ ब्रिकीद्वारा

ख्रीष्टमा आउनुहोस्

येशू ख्रीष्टको सुसमाचार र प्रायश्चित सबैका लागि —अर्थात्, हरेकका लागि हो । हामीले मुक्तिदाताको प्रायश्चितको बलिदानका पूर्ण आशीर्वादहरू अनुभव गर्ने एक मात्र तरिका व्यक्तिगत रूपमा उहाँको आमन्त्रणलाई स्वीकार गर्नु हो: “मकहाँ आऊ” (मत्ती ११:२८) ।

जब हामी उहाँमा आस्था राख्छौँ र पश्चात्ताप गर्छौं हामी ख्रीष्टकहाँ आउँछौँ । उहाँको नाममा बप्तिस्मा लिएर पवित्र आत्माको वरदान प्राप्त गर्दा हामी उहाँकहाँ आउँछौँ । जब हामी आज्ञाहरू पालना गर्छौं, हामीहरू उहाँकहाँ आउँछौँ विधिहरू प्राप्त गर्छौं, करारहरूको सम्मान गर्छौं, मन्दिरमा अनुभवहरू आत्मसात गर्छौँ र ख्रीष्टका शिष्यहरू जस्तै जीवन बिताउँछौँ ।

कहिलेकाहीँ, तपाईंहरूले निरुत्साह र निराशाको सामना गर्नुहुने छ । तपाईंहरूको हृदय तपाईंहरूस्वयम् वा तपाईंहरूले प्रेम गर्ने कसैका लागि टुट्न सक्छ । अरूहरूको पापको बोझ तपाईंहरूमा पर्न सक्नुहुन्छ । तपाईंहरूले गर्नुभएका गल्तीहरू—सम्भवतया गम्भीर गल्तीहरूले—तपाईंहरूलाई शान्ति र आनन्दले सदाका लागि छोडेको छ भनेर त्रसित बनाउन सक्छ । यस्तो समयमा, मुक्तिदाताले तपाईंहरूको पापको बोझ मात्रै उठाउनुहुन्न तर “पीडा, कष्ट र सबै प्रकारका प्रलोभनहरू पनि सहनु[भयो]“ भनेर सम्झनुहोस् (अल्मा ७:११)! तपाईंहरूका लागि उहाँले जे भोग्नुभयो त्यस कारण, तपाईंहरूले जीवन परिवर्तन गर्ने उहाँको आमन्त्रण : “मकहाँ आऊ” लाई स्वीकार गर्दा तपाईंहरूलाई कसरी सहयोग गर्ने भनेर उहाँले व्यक्तिगत रूपमा बुझ्नुहुन्छ ।

सबैलाई स्वागत् छ

स्वर्गका पिताका सबै सन्ततिहरूले उहाँको सुसमाचार र प्रायश्चितका आशीर्वादहरूमा समान दावी गर्न सक्छ भनेर येशू ख्रीष्टले स्पष्ट पार्नुभएको छ । “एक अर्कोमा सबै विशेषाधिकार प्राप्त छन् र कुनै पनि निषेधित छैन” भनेर उहाँले हामीलाई स्मरण गराउनुहुन्छ (२ नफी २६:२८) ।

“उहाँले ती सबैलाई उहाँकहाँ आउन र उहाँको असलपनामा सहभगी हुन आमन्त्रण गर्नुहुन्छ; र उहाँकहाँ आउने कुनै पनि कालो र गोरो, बन्धक र स्वतन्त्र, पुरुष र महिलालाई उहाँले अस्वीकार गर्नुहुँदैन” (२ नफी २६:३३) ।

“उहाँले तिनीहरू सबैलाई ”—यसको अर्थ हामी सबैलाई आमन्त्रण गर्नुहुन्छ! हामीले आफूलाई वा अरूहरूलाई सतही चिन्ह र कृत्रिम विभेदहरू राख्नु हुँदैन । हामीले मुक्तिदाताको प्रेममा कुनै व्यवधानहरू राख्नु हुँदैन वा हामी वा अरूहरू उहाँको पहुँचभन्दा बाहिर छौँ भन्ने जस्ता विचारहरूराख्नु हुँदैन । मैले यसपूर्व बताए जस्तै, “[कसैलाई] ख्रीष्टको प्रायश्चितको असीमित ज्योति भन्दा तल डुब्न सम्भव छैन ।”

बरु, दिदी हल्यान्ड र मैले उहाँको स्वर्गारोहण हुनुभन्दा केही महिनापूर्व सिकाए जस्तै हामीलाई “प्रेम गर्ने आज्ञा दिइएको छ, जुन प्रेम परोपकार हो” (२ नफी २६:३०) । यो मुक्तिदाताले हामीलाई देखाउनुभएको प्रेम हो, “उहाँले संसारको लाभका लागि बाहेक अरू केही गर्नुहुँदैन किनकि उहाँले संसारलाई प्रेम गर्नुहुन्छ, उहाँले सबै मानिसहरूलाई उहाँतर्फ आकर्षण गर्न सक्नुहुन्छ भनेर आफ्नो प्राण अर्पण गर्नुहुन्छ” (२ नफी २६:२४) ।

सुसमाचार र येशू ख्रीष्टको प्रायश्चित सबै मानिसहरूका लागि हो भनेर म गवाही दिन्छु । उहाँले ल्याउनुभएको आशीर्वादलाई तपाईंहरूले प्रसन्नताका साथ स्वीकर गर्नुहुने छ भनी म प्रार्थना गर्छु ।

सूचीहरू

  1. हावर्ड डब्लु. हन्टर, “The Gospel—A Global Faith,” Ensign, नोभेम्बर १९९१, १८ ।

  2. हेर्नुहोस् हावर्ड डब्लु. हन्टर, “All Are Alike unto God” (Brigham Young University fireside, Feb. 4, 1979), 1–5, speeches.byu.edu.

  3. There Is a Green Hill Far Away,” भजनहरू, नं. १९४ ।

  4. फ्रेडरिक डब्ल्यू. फरार, The Life of Christ (१९९४), ६५६।

  5. जेफ्री आर हल्याण्ड,“The Laborers in the Vineyard,” लियाहोना, मे २०१२, ३३ ।

  6. हेर्नुहोस्, जेफ्री आर. र पट्रीसिया टी. हल्याण्ड, “A Future Filled with Hope” (worldwide devotional for young adults, Jan. 8, 2023), broadcasts.ChurchofJesusChrist.org.

प्रिन्ट गर्नुहोस्