“६. किला नेतृत्व,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।
“६. किला नेतृत्व,” साधारण पुस्तिकाबाट छनोटहरू
६.
किला नेतृत्व
६.१
किलाका उद्देश्यहरू
यशैयाले पछिल्ला दिनको सियोनलाई पालका रूपमा वा मण्डपका रूपमा वर्णन गरे (हेर्नुहोस् यशैया ३३:२०; ५४:२) ।
परमप्रभुले आफ्ना जनहरूको “एकसाथ भेला” र संसारबाट “रक्षाका लागि, र … शरणस्थान” का लागि किला स्थापित गर्नुहुन्छ (सिद्धान्त र करार ११५:६) ।
६.२
किला अध्यक्षता
किलामा रहेको चर्चको कार्यको नेतृत्व गर्न किला अध्यक्षले पादरित्वका साँचाहरू धारण गर्छन् (हेर्नुहोस् ३.४.१) । उनी र उनका सल्लाहकारहरूले एक किला अध्यक्षता खडा गर्छन् । तिनीहरूले येशू ख्रीष्टको सत्य अनुयायी बन्न सहयोग गर्दै प्रेमका साथ किलाका सदस्यहरूको हेरचाह गर्छन् ।
किला अध्यक्षका चार प्रमुख जिम्मेवारीहरू छन्:
-
उनी किलामा अध्यक्षता गर्ने उच्च पादरी हुन् ।
-
उनले किलामा मुक्ति र उत्कर्षको कार्यलाई अगुवाइ गर्छन् ।
-
उनी सामान्य न्यायकर्ता हुन् ।
-
उनले अभिलेख, वित्त र सम्पत्तिहरूको निरीक्षण गर्छन् ।
६.३
जिल्ला अध्यक्षहरूको अधिकार र किला अध्यक्षहरूको अधिकार बीचको भिन्नता
प्रत्येक सदस्य जिल्लामा, एक जना मल्कीसेदेक पादरित्व बाहकलाई जिल्ला अध्यक्ष भनिन्छ । परन्तु निम्न भिन्नताहरूसँगै उनले करीब किला अध्यक्षको जस्तै सेवा गर्छन्:
-
उनी उच्च पादरीहरूका गणका अध्यक्ष होइन । त्यस्ता गणहरू किलाहरूमा मात्रै सङ्गठित हुन्छन् ।
-
सुसमाचार प्रचार क्षेत्राध्यक्षको स्वीकृतिमा, जिल्ला अध्यक्षले एल्डरमा नियुक्त गरिने बन्धुको अन्तर्वार्ता लिन सक्छन् । जिल्ला अध्यक्ष वा उनको निर्देशनमा रहेका कसैले (१) समर्थनका लागि बन्धुलाई पेश गर्न र (२) विधि निर्वाह गर्न पनि सक्छन् (हेर्नुहोस् १८.१०.१.३, १८.१०.३, १८.१०.४) । यद्यपि, जिल्ला अध्यक्षले कूलपिता, उच्च पादरी वा बिशपहरू नियुक्त गर्न सक्दैनन् ।
-
सुसमाचार प्रचार क्षेत्राध्यक्षको स्वीकृतिमा, कुनै जिल्ला अध्यक्षले शाखा अध्यक्षहरूलाई पदीय जिम्मेवारी दिन सक्छन् (हेर्नुहोस् १८.११) ।
-
उनले पूर्णकालीन सुसमाचार प्रचारकलाई मुक्त गर्न सक्दैनन् ।
-
उनले मन्दिर अनुमति-पत्रको अन्तर्वार्ता सञ्चालन गर्दैनन् वा मन्दिर सिफारिसमा हस्ताक्षर गर्दैनन् (हेर्नुहोस् २६.३.१) ।
-
सुसमाचार प्रचार क्षेत्राध्यक्षले अनुमति नदिएसम्म उनले सदस्यता परिषद् बोलाउँदैन ।
६.५
उच्च परिषद्
किला अध्यक्षताले किला उच्च परिषद् गठन गर्न १२ उच्च पादरीहरूलाई बोलावट गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १०२:१; १२४:१३१) ।
६.५.१
किला अध्यक्षताको प्रतिनिधित्व गर्नुहोस्
किला अध्यक्षताले किलामा रहेका प्रत्येक वार्डमा उच्च परिषद् नियुक्त गर्छन् ।
किला अध्यक्षताले किलामा प्रत्येक एल्डरहरूको गणमा एक उच्च सल्लाहकार पनि नियुक्त गर्छ ।
किला अध्यक्षताले निम्न व्यक्तिहरूलाई मन्दिर र पारिवारिक इतिहासको कार्य र सुसमाचारको कार्यका लागि तिनीहरूका उत्तरदायित्वहरूमा मार्गदर्शन गर्न उच्च सल्लाहकारहरू नियुक्त गर्न सक्छन्:
-
एल्डरहरूको गणको अध्यक्षताहरू
-
वार्ड सुसमाचार प्रचार अगुवाहरू
-
वार्ड मन्दिर र परिवार इतिहास अगुवाहरू
६.७
किलाका सङ्गठनहरू
राहत समाज, युवती, प्राथमिक, शबाथको शिक्षालय र युवाका हरेक सङ्गठनहरूलाई अध्यक्षद्वारा नेतृत्व गरिन्छ । यी अध्यक्षहरूले किला अध्यक्षताको निर्देशनमा सेवा गर्छन् ।
यी अगुवाहरूको प्रमुख उत्तरदायित्व किला अध्यक्षतालाई सहयोग गर्नु र वार्ड सङ्गठनका अध्यक्षताहरूलाई निर्देशन र समर्थन गर्नु हो ।
६.७.१
किला राहत समाज, युवती, प्राथमिक र शबाथको शिक्षालयका अध्यक्षताहरू
यी अध्यक्षताहरूका सदस्यहरूसँग निम्न उत्तरदायित्वहरू छन्:
-
किला परिषदमा सेवा गर्नुहोस् (अध्यक्षहरू मात्र) ।
-
भर्खरै बोलावट गरिएका वार्ड सङ्गठनका अध्यक्षताहरूलाई प्रशिक्षण दिनुहोस् ।
-
निरन्तर समर्थन र निर्देशन प्रदान गर्नुहोस् । तिनीहरूका आवश्यकताहरू बुझ्न वार्ड सङ्गठनका अध्यक्षहरूसँग नियमित रूपमा वार्तालाप गर्नुहोस्, तिनीहरूले सेवा गर्ने सदस्यहरूका आवश्यकताहरूका सम्बन्धमा छलफल गर्नुहोस् र किला अध्यक्षताबाट जानकारी प्रदान गराउनुहोस् ।
-
किला नेतृत्व सभाहरूमा वार्ड सङ्गठनका अध्यक्षहरूलाई निर्देशन दिनुहोस् (हेर्नुहोस् २९.३.४) ।
६.७.२
किला युवा अध्यक्षता
किला युवा अध्यक्षताका निम्न उत्तरदायित्वहरू छन्:
-
हारुनको पादरित्वका भाइहरूका लागि तिनीहरूको जिम्मेवारीहरूमा बिशप्रिकहरूलाई स्रोतका रूपमा सेवा गर्नुहोस् ।
-
किला युवा नेतृत्व समितिमा सेवा गर्नुहोस् (हेर्नुहोस् २९.३.१०) ।
-
किला अध्यक्षताको निर्देशनमा किलाका हारुनको पादरित्वका क्रियाकलापहरू र शिविरहरूको योजना बनाउनुहोस् र समन्वय गर्नुहोस् ।