पुस्तिकाहरू र बोलावटहरू
१५. सेमीनरी र इन्स्टिच्यूटहरू


“१५. धर्मका सेमीनरी र इन्स्टिच्यूटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१५. सेमीनरी र इन्स्टिच्यूटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
युवती कक्षामा आफ्नो हात उठाउँदै

१५.

सेमीनरी र इन्स्टिच्यूटहरू

१५.०

परिचय

सेमीनरी र इन्स्टिच्यूटहरू (S&I) ले अभिभावक र चर्चका अगुवाहरूलाई युवा र युवा वयस्कहरूलाई येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचारमा तिनीहरूको आस्थामा वृद्धि गर्नका लागि सहयोग गर्छन् ।

अगुवाहरूलाई S&I कार्यक्रमहरू व्यवस्थापन गर्नका लागि सहयोग गर्न प्रत्येक किलामा एक S&I प्रतिनिधि नियुक्त गरिएको छ ।

१५.१

सेमीनरी

सेमीनरी भनेको चार वर्षको कार्यक्रम हो जसमा युवाहरूले धर्मशास्त्रमा उपलब्ध हुने येशू ख्रीष्टको सुसमाचार र पछिल्ला दिनका अगमवक्ताहरूका शिक्षाको अध्ययन गर्छन् । सेमीनरीका विद्यार्थीहरू सामान्यतया १४-१८ वर्षका हुन्छन् ।

बिशपरिक, युवा अगुवाहरू र गण र कक्षाका अध्यक्षहरूले प्रत्येक युवाहरूलाई सेमीनरीमा पूर्ण रूपमा सहभागी हुन प्रोत्साहन गर्छन् ।

१५.१.१

शिक्षकहरू

सेमीनरी शिक्षक परमप्रभु येशू ख्रीष्टमा आस्था गर्ने र उहाँको पुनर्स्थापित सुसमाचारको गवाही भएका चर्चका सदस्यहरू हुनुपर्छ । तिनीहरूले आफूहरूले सिकाउने सिद्धान्तहरूअनुसार जिउनु पर्छ र असल तरिकामा युवाहरूसँग कार्य गर्नुपर्छ । सम्भव भएसम्म, शिक्षकहरूसँग हालको मन्दिर अनुमति-पत्र हुनुपर्छ ।

किला अध्यक्षताका एक सदस्य वा नियुक्त गरिएका एक उच्च सल्लाहकारले किलाका सेमीनरी शिक्षकहरू र किला पर्यवेक्षकहरूलाई बोलावट गर्छन्, पदीय जिम्मेवारी दिन्छन् र पदमुक्त गर्छन् ।

शिक्षक र विद्यार्थीहरूको सुरक्षाका लागि, सेमीनरीको कक्षा सञ्चालन गरिने भवन वा घरमा दुई वयस्कहरू उपस्थित हुनुपर्छ ।

१५.१.२

सेमीनरीका विकल्पहरू

जब विद्यार्थीहरूले हप्ताको प्रत्येक दिन शिक्षकसँग भेट्न सक्छन् सेमीनरी सबैभन्दा उपयोगी हुन्छ । यद्यपि, सुरक्षाका विषयहरू, यात्रा गर्ने दूरी र अन्य सन्दर्भहरूका कारण यो सम्भव नहुन सक्छ ।

चर्चका अगुवाहरूले आफ्नो S&I प्रतिनिधिसँगकुन विकल्प सही हुने छ भन्ने निर्णय गर्न सल्लाह दिन्छन् जसले:

  • विद्यार्थीहरूलाई सुसमाचार सिक्न र आध्यात्मिक रूपमा प्रगति गर्न उत्तम सहयोग गर्न सक्छ ।

  • विद्यार्थीहरूलाई सुरक्षित राख्छ ।

  • परिवारलाई अनावश्यक बोझ दिँदैन ।

आइतबार कक्षाहरू सञ्चालन गरिनु हुँदैन ।

१५.१.३

भवन, उपकरण र सामग्रीहरू

किला र वार्ड अगुवाहरूले सेमीनरीका कक्षाहरूका लागि सभागृहहरू वा सदस्यहरूका घरहरू जस्ता स्थानहरू उपलब्ध छन् भनी सुनिश्चित गर्छन् ।

S&I प्रतिनिधिले प्रत्येक कक्षाका शिक्षक र विद्यार्थीहरूका लागि सामग्रीहरू उपलब्ध गराउँछन् । विद्यार्थीहरूले छापिएको वा डिजिटल आफ्नै धर्मशास्त्र ल्याउनु पर्छ ।

१५.१.५

क्रेडिट र स्नातक

यदि तिनीहरू नियमित रूपमा कक्षामा उपस्थित हुन्छन्, सहभागिता जनाउँछन् र कक्षा बाहिर धर्मशास्त्रहरू अध्ययन गर्छन् भने सेमीनरीका विद्यार्थीहरूले अझै प्रभावकारी रूपमा सिक्न सक्छन् र तिनीहरूको परिवर्तनलाई गहन बनाउन सक्छन् । तिनीहरूले यी कार्यहरू गर्दा उनीहरूले प्रत्येक वर्ष सेमीनरीको क्रेडिट पनि प्राप्त गर्छन् र सेमीनरीबाट स्नातक गर्न सक्छन् ।

सेमीनरीबाट स्नातक गर्नका लागि एक विद्यार्थीले चार वर्षको क्रेडिट प्राप्त गर्नुपर्छ र बिशपरिकका सदस्यबाट चर्चको समर्थन प्राप्त गर्नुपर्छ ।

१५.२

इन्स्टिच्यूट

इन्स्टिच्यूटले साताका दिनमा सुसमाचार अध्ययनका कक्षाहरू उपलब्ध गर्छ जसले येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचारमा आस्था र गवाहीलाई मजबुत बनाउँछ । १८–३० उमेरका सबै युवा एकल वयस्कहरूलाई इन्स्टिच्यूट कक्षाहरूमा उपस्थित हुन प्रोत्साहन गरिनु पर्छ, चाहे तिनीहरू विद्यालय जाँदै गरेका हुन् वा नहुन् ।

१५.३

चर्च शिक्षालयहरू र चर्च शैक्षिक प्रणाली

चर्चका प्राथमिक र माध्यमिक विद्यालयहरू, BYU-पाथवे विश्वव्यापी र उच्च शिक्षाका संस्थाहरूका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् CES.ChurchofJesusChrist.org. विद्यार्थीहरूलाई यी विद्यालयहरूमा उपस्थित हुनका लागि चर्चको समर्थन पूरा गर्ने सम्बन्धमा जानकारी पनि त्यहाँ प्रदान गरिएको छ ।

थप रूपमा, CES Ecclesiastical Clearance Office द्वारा रोजगारी सम्बन्धी Clearance Office का सम्बन्धमा जानकारी यहाँ प्राप्त गर्न सकिन्छ । help.ChurchofJesusChrist.org.

प्रिन्ट गर्नुहोस्