“१९. सङ्गीत साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।
“१९. सङ्गीत,” साधारण पुस्तिकाबाट छनोटहरू
१९.
सङ्गीत
१९.१
चर्चमा सङ्गीतको उद्देश्य
पवित्र सङ्गीतले येशू ख्रीष्टमा आस्थाको वृद्धि गराउँछ । यसले आत्मालाई आमन्त्रण दिन्छ र सिद्धान्त सिकाउँछ । यसले सम्मानको भावना पनि सृजना गर्छ, सदस्यहरूलाई एकतावद्ध गर्छ र स्वर्गका पिता र येशू ख्रीष्टको उपासना गर्ने तरिका प्रदान गर्छ ।
१९.२
घरमा सङ्गीत
आफ्ना अगमवक्ताहरूद्वारा परमप्रभुले व्यक्ति र परिवारहरूलाई उनीहरूको दैनिक जीवनमा उत्थान गर्ने सङ्गीत प्रयोग गर्न प्रोत्साहन दिनुभएको छ ।
चर्चका सङ्गीतका रेकर्डिङहरू निम्न स्रोतहरूबाट उपलब्ध हुन्छन्:
-
पवित्र सङ्गीत एप
-
सुसमाचार पुस्तकालय एप
-
सीडीहरू मा store.ChurchofJesusChrist.org
१९.३
चर्च सभाहरूमा सङ्गीत
१९.३.१
चर्चका सभाहरूका लागि सङ्गीतको योजना निर्माण गर्ने
वार्ड र किलाका सङ्गीत संयोजकहरूले पादरित्व अगुवाहरूसँग आराधनाका सेवाहरूका लागि सङ्गीतको योजना निर्माणमा कार्य गर्छन् । तिनीहरूले सभाहरूमा आराधनाका भावना वृद्धि गर्ने सङ्गीत चयन गर्छन् ।
१९.३.२
प्रभुभोज सभामा सङ्गीत
प्रभुभोजका सभामा सङ्गीतले सभा प्रारम्भ र समापन गर्न र प्रभुभोजको प्रशासनपूर्व भजनको सामूहिक गायनलाई समावेश गर्छ । प्रभुभोजका भजनले प्रभुभोज स्वयंलाई वा मुक्तिदाताको बलिदानलाई उल्लेख गर्नु पर्छ ।
सभापूर्व सदस्यहरू एकत्रित हुँदै गर्दा सङ्गीत बजाइन्छ । समापनको प्रार्थना पश्चात् सदस्यहरू सभाबाट बाहिर निस्कँदा सङ्गीत बजाइन्छ ।
कुनै पनि प्रभुभोज सभाले सभाको बीचमा—उदाहरणका लागि, बोलिएका सन्देशहरूका बीचमा गाइएको चर्चको अतिरिक्त भजन पनि समावेश गर्न सक्छ ।
१९.३.३
कक्षा र अन्य वार्ड सभाहरूमा सङ्गीत
अगुवाहरूले शिक्षकहरूलाई तिनीहरूका शिक्षणलाई बढाउन भजन र अन्य पवित्र सङ्गीतहरू प्रयोग गर्न प्रोत्साहन गर्छन् ।
१९.३.६
साङ्गीतिक वाद्ययन्त्र
लाइभ वाद्ययन्त्रहरू सामान्यतया पूर्व र पाश्च सङ्गीतका लागि र चर्चका सभाहरूमा सङ्गीत र भजनका लागि प्रयोग गरिन्छ । तिनीहरू कहाँ उपलब्ध छन् र सदस्यहरूले तिनीहरू बजाउन सक्छन् भने, ओर्गनहरू र पियानोहरू निर्धारित उपकरणहरू हुन् । बिशपरिकहरूले चर्चको गायन, पूर्व र पाश्च सङ्गीतका लागि र अन्य सङ्गीतिक चयनहरूमा अन्य वाद्ययन्त्रहरूको प्रयोगलाई अनुमोदन गर्न सक्छन् ।
यदि पियानो, ओर्गन वा सङ्गीत बजाउन कोही उपलब्ध छैन भने, रेकर्डिङहरू प्रयोग गर्न सकिन्छ (हेर्नुहोस् १९.२) ।
१९.२
गायक मण्डलीहरू
१९.३.७.१
वार्डका भजन गायन मण्डलीहरू
जहाँ पर्याप्त सदस्यहरू छन्, वार्डहरूले नियमित रूपमा प्रभुभोजका सभामा गाउने भजन गायन मण्डलीहरू सङ्गठित गर्न सक्छन् ।
वार्ड भजन गायन मण्डलीहरूका अतिरिक्त, परिवार र महिलाहरू, पुरुषहरू, युवाहरू वा बालबालिकाहरूका समूहहरूलाई चर्चका सभाहरूमा गाउन आमन्त्रण गर्न सकिन्छ ।
१९.४
वार्डमा सङ्गीत नेतृत्व
१९.४.१
बिशपरिक
बिशप वार्ड सङ्गीतका लागि उत्तरदायी हुन्छन् । उनले यो उत्तरदायित्व आफ्ना कुनै एक सल्लाहकारलाई दिन सक्छन् ।
१९.४.२
वार्ड सङ्गीत संयोजक
वार्ड सङ्गीत संयोजकले बिशपरिकको निर्देशनमा सेवा गर्छन् । ऊ वा उनीसँग निम्न उत्तरदायित्वहरू छन्:
-
सङ्गीतका सम्बन्धमा बिशपरिक र अन्य वार्ड अगुवाहरूका लागि स्रोत बन्ने ।
-
प्रभुभोजका सभाहरूका लागि सङ्गीतका योजना बनाउन बिशपरि कसँग कार्य गर्ने (हेर्नुहोस् १९.३.१ र १९.३.२) ।
-
बिशपरिकले अनुरोध गरेअनुसार वार्डका सङ्गीतका बोलावटहरूमा सेवा गर्न सदस्यहरूको सिफारिस गर्ने । आवश्यकताअनुसार समर्थन, निर्देशन र तालीम प्रदान गर्दै यी बोलावटहरूमा सेवा गर्नेहरूलाई प्रशिक्षण गर्ने ।
१९.४.३
अतिरिक्त बोलावटहरू
बिशपरिकले निम्न बोलावटहरूमा सेवा गर्न सदस्यहरूलाई बोलावट गर्न सक्छन् ।
१९.४.३.१
वार्डको सङ्गीत अगुवा
अनुरोध गारिएअनुसार सङ्गीतका अगुवाले प्रभुभोजका सभाहरू र अन्य वार्ड सभाहरूका लागि चर्चका भजनहरू सञ्चालन गर्छन् ।
१९.४.३.२
वार्डका लागि सङ्गीतमा सहयोगी
अनुरोध गारिएअनुसार वार्डका लागि सङ्गीतमा सहयोगीले प्रभुभोजका सभामा र अन्य वार्ड सभाहरूमा भजनहरूका लागि पूर्व र पाश्च सङ्गीत प्रदान गर्छन् ।
१९.७
अतिरिक्त नीति तथा मार्गदर्शनहरू
१९.७.२
अभ्यास, निजी मार्गदर्शन र साङ्गीत प्रस्तुतिका लागि सभागृहका उपकरणहरूको प्रयोग
त्यहाँ कुनै उचित विकल्प नहुँदा पादरित्व अगुवाहरूले अभ्यासका लागि सभागृहका पियानो र ओर्गनहरू मूल्य तिरिने निजी मार्गदर्शन र त्यो सभागृह प्रयोग गर्ने सोही एकाइहरूका सदस्यहरू संलग्न गराइने साङ्गीत प्रस्तुतिका लागि अधिकार प्रदान गर्न सक्छन् ।