“३५. सभागृहहरूको हेरचाह र प्रयोग,” साधारण पुस्तिकाबाट छनोटहरू(२०२३) ।
“३५. सभागृहहरूको हेरचाह र प्रयोग,” साधारण पुस्तिकाबाट छनोटहरू
३५.
सभागृहहरूको हेरचाह र प्रयोग
३५.१
उद्देश्य
चर्चले सभागृहहरू प्रदान गर्छ ताकि प्रवेश गर्ने सबैले :
-
पवित्र विधिहरूद्वारा करारहरू गर्छन् र नवीकरण गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०:७५; ५९:९-१२) ।
-
सँगै भेट्छन् (हेर्नुहोस् ३ नफी १८:२२-२३) ।
-
सँगै आराधना र प्रार्थना गर्छन् (हेर्नुहोस् मोसीयाह १८:२५; मोरोनी ६:९) ।
-
एकअर्कालाई सिकाउछन् र सेवा गर्छन् (हेर्नुहोस् मोरोनी ६:४-५) ।
-
यस अध्यायमा वर्णन गरिए अनुसार अन्य स्वीकृत प्रयोगहरूमा सहभागी हुन्छन् ।
३५.२
भूमिका र उत्तरदायित्वहरू
३५.२.२
चर्चमा सुविधा व्यवस्थापक
चर्चमा-कार्यरत सुविधा व्यवस्थापकले प्रत्येक किलालाई सभागृहहरू सञ्चालन गर्न सहयोग गर्छन् । उनले प्रमुख मर्मत, गहन सफाइ र नियमित भवन मर्मतसम्भारको व्यवस्था गर्छन् ।
आवश्यकता अनुसार, सुविधा व्यवस्थापकले कसरी भवन सफा गर्ने र अन्य स्थानीय कार्यहरू गर्ने भन्ने सम्बन्धमा किला र वार्ड भवन प्रतिनिधिहरूलाई निर्देशन दिन सहयोग गर्दछन् । उनले निर्देशन, सामग्री र औजार उपकरण उपलब्ध गराउँछन् ।
उनले बिशपरिकसँग भवन खर्चको समीक्षा पनि गर्न सक्छन् ।
३५.२.७
बिशपरिक
बिशपरिक (वा वार्ड भवन प्रतिनिधि) ले सदस्यहरूलाई भवन कसरी प्रयोग गर्ने, हेरचाह गर्ने र सुरक्षित गर्ने भनेर सिकाउँछन् । बिशपरिकले वार्ड अगुवाहरूलाई भवनको साँचो पनि वितरण गर्छन् ।
तिनीहरूले भवन र मैदानमा भएका क्रियाकलापहरू सुरक्षित रूपमा सञ्चालन हुन्छन् भनी सुनिश्चित गर्छन् (हेर्नुहोस् २०.७) ।
तिनीहरूले मर्मत तथा सञ्चालनका आवश्यकताहरूको सम्बन्धमा चर्च सुविधा व्यवस्थापकसँग वार्तालाप गर्छन् । तिनीहरूले सुविधा व्यवस्थापकसँग सम्बन्धित खर्चहरूको समीक्षा गर्न पनि सक्छन् ।
३५.२.९
वार्ड भवन प्रतिनिधि
वार्ड भवन प्रतिनिधिलाई बोलावट गर्ने कि नगर्ने भनेर बिशपरिकले निर्धारण गर्छन् । यदि उनीहरूले यो बोलावट विस्तार गर्ने निर्णय गरेमा, बिशपरिकले वयस्क पुरुष वा महिला सदस्यलाई बोलावट गर्न सक्छन् । यदि वार्ड भवन प्रतिनिधिलाई बोलावट नगरिएमा, बिशपले आफ्नो सल्लाहकार, वार्ड कारिन्दा वा सहायक वार्ड कारिन्दा वा कार्यकारी सचिवलाई यो उत्तरदायित्व दिन सक्छन् ।
वार्ड भवन प्रतिनिधिले भवनको सरसफाइ र मर्मतसम्भार गर्न सदस्य र स्वयंसेवकहरूलाई सङ्गठित गर्छन् । उपलब्ध सामग्री र उपकरणहरूसहित प्रत्येक कार्य कसरी गर्ने भनेर उनले तिनीहरूलाई सिकाउँछन् ।
३५.३
सभागृहहरू उपलब्ध गराउने
स्थानीय आवश्यकता र अवस्थाहरूका आधारमा सभागृहहरू आकार र प्रकारमा भिन्न हुन्छन् । सभागृह भनेको चर्च-निर्मित वा खरीद गरिएको स्थान, सदस्यको घर, स्थानीय विद्यालय वा सामुदायिक केन्द्र, भाडामा लिइएको स्थान वा अन्य स्वीकृत विकल्प हुन सक्छ ।
क्षेत्रीय र स्थानीय अगुवाहरूले उपलब्ध सभागृहहरू पूर्ण रूपमा प्रयोग गर्न र थप स्थान सिफारिस गर्न बुद्धिमानी हुन प्रयास गर्छन् ।
३५.४
सभागृहहरूको व्यवस्थापन
३५.४.१
सभागृहहरूको सरसफाइ र मर्मतसम्भार
प्रत्येक भवनलाई सफा र सही अवस्थामा राख्न सहयोग गर्न युवाहरू सहित स्थानीय अगुवाहरू र सदस्यहरूको उत्तरदायित्व हुन्छ ।
सरसफाइको कार्यतालिका सदस्यहरूका लागि बोझ हुनु हुँदैन । उदाहरणका लागि, यदि भवनसम्मको यात्रा चुनौतीपूर्ण छ भने, सदस्यहरूले त्यहीँ भवनमा भएको समयमा नै साप्ताहिक कार्यक्रमहरूको अंशका रूपमा सफा गर्न सक्छन् ।
३५.४.२
मर्मतका लागि आग्रह गर्ने
वार्ड र किला परिषदका सदस्यहरूले भवन मर्मतका लागि आवश्यकताहरू सूचित गर्न सक्छन् । यो सुविधासमस्या सूचित गर्ने उपकरण प्रयोग गरेर गर्न सकिन्छ ।
३५.४.५
सुरक्षा र संरक्षण
अगुवा र सदस्यहरूले:
-
सुरक्षित प्रवेश र निकासका लागि मजेरी, सिँढी, निकास र उपयोगिता कक्षहरू खुल्ला राख्नु पर्छ ।
-
भवनहरूमा जोखिमयुक्त वा ज्वलनशील पदार्थहरू प्रयोग वा भण्डार गर्नु हुँदैन ।
-
भवन बन्द गर्ने प्रक्रियाहरू स्थापना र पालना गर्नु पर्छ ।
-
चर्चको स्वामित्वमा रहेको उपकरण चोरी हुनबाट सुरक्षित गर्नु पर्छ ।
-
पानी, बिजुली र ग्यास वा ईन्धन जस्ता उपयोगिताहरू कसरी बन्द गर्ने भनेर जानकारी प्राप्त गर्नु पर्छ ।
आवश्यकता अनुसार, सुविधा व्यवस्थापकले आगो निभाउने उपकरणहरू, प्राथमिक उपचार बाकसहरू र उपयोगिताहरू बन्द गर्ने स्थानहरू देखाउने नक्सा उपलब्ध गर्न सक्छन् । सुरक्षाका सम्बन्धमा थप जानकारी “सभागृहहरूको व्यवस्थापन गर्ने” सभागृह व्यवस्थापन निर्देशिका मा “सुरक्षा र बन्द गर्ने प्रक्रियाहरू” मा उपलब्ध छ । २०.७पनि हेर्नुहोस् ।
३५.५
चर्चको सम्पत्ति प्रयोग गर्ने नीतिहरू
३५.५.१
कलाकृति
सभागृहहरूले येशू ख्रीष्टका लागि सम्मानको मनोवृत्ति प्रतिबिम्बित गर्नु पर्दछ र उहाँमा सदस्यहरूको विश्वासको गवाही दिनु पर्छ । यो केन्द्रीय विश्वास देखाउन सहयोग गर्ने येशू ख्रीष्टको चित्रण गर्ने कलालाई सभाघर प्रवेशद्वार क्षेत्रहरूमा राखिनु पर्छ ।
३५.५.२
भवन प्रयोगहरू जुन अनुमति छैन
३५.५.२.१
व्यापारिक प्रयोगहरू
चर्चको सम्पत्ति व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । उदाहरणका लागि, यो कुनै पनि प्रकारको व्यवसायलाई समर्थन गर्न प्रयोग गर्न सकिँदैन । यस्तो प्रयोगले चर्चका सम्पत्तिहरूको उद्देश्यसँग मेल खाँदैन । यो स्थानीय वा राष्ट्रिय कानुनहरूसँग पनि बाझिन सक्छ जसले चर्चको सम्पत्तिको कर छुट नहुन सक्छ ।
सञ्चालन गर्ने वक्ता वा प्रशिक्षकहरू जसले सहभागीहरू नियुक्ति गर्दछन्, ग्राहकहरू वा क्रेताहरू अनुरोध गर्दछन् वा शुल्क तिरेर गरिने गोष्टीहरू, शिक्षाहरू (निजी पियानो वा वाध्यसामग्री निर्देशन बाहेक; हेर्नुहोस् १९.७.२ ), व्यायाम कक्षाहरू र अन्य क्रियाकलापहरूको अनुमति छैन ।
३५.५.२.२
राजनीतिक प्रयोजनहरू
चर्चको सम्पत्ति राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न सकिँदैन । यिनीहरूले राजनीतिक सभा वा अभियानहरू सञ्चालन गर्ने विषय समावेश गर्छन् । चर्च राजनीतिक रूपमा तटस्थ छ (हेर्नुहोस् ३८.८.३०) ।
३५.५.२.३
अन्य प्रयोगहरू
चर्चका सम्पत्ति अन्य प्रयोगहरूका लागि अनुमति प्राप्त नभएकाहरूमा यी समावेश छन्:
-
सङ्गठित खेलकुद अभ्यासहरू वा चर्चद्वारा प्रायोजन नगरिएका अन्य कार्यक्रमहरूसञ्चालन गर्ने । सामुदायिक गायकहरू र सामाजिक परम्परागत विवाहहरू अपवाद हुन सक्छन् (सामाजिक परम्परागत विवाहका सम्बन्धमा हेर्नुहोस् ३८.३.४ ) ।
-
रात बिताउने अनुमति दिँने (आकस्मिक अवस्थामा बाहेक; हेर्नुहोस् ३५.५.४) ।
-
शिविर वा अन्य क्रियाकलापहरू जसमा रात बिताउने विषय समावेश छ ।
सामान्यतया निम्न प्रयोगहरू स्वीकृत छैनन् । स्थानीय अगुवाहरूले यदि आफुहरूलाई आकस्मिक आवश्यकता भएको महसुस गरेमा सुविधा व्यवस्थापकलाई सम्पर्क गर्छन् ।
-
चर्चका भवनहरू र सम्पत्तिहरू भाडामा वा सम्झौतामा दिने
-
राजनीतिक मतदाता दर्ताका लागि वा मतदान स्थलहरूका रूपमा सम्पत्तिहरू प्रयोग गर्ने; उचित विकल्प नभएको र चर्चको अस्तित्व वा तटस्थ स्थितिलाई हानी नपुग्ने अवस्थामा परिस्थिति हेरी सरकारी अधिकारीहरूको अनुरोधमा अपवादमा निर्णय गर्न सकिन्छ (हेर्नुहोस् ३८.८.३०)
३५.५.४
आपतकालीन अवस्थाहरू
आपतकालिन समयमा, किला अध्यक्षले वार्ड र किला वैठकहरू गर्ने कि नगर्ने भनेर निर्णय गर्छन् । उनले भवनहरू र चर्चका सम्पत्तिलाई विपद्-राहत संस्थाहरू र सम्बन्धित प्रयासहरूका लागि प्रयोग गर्न पनि अनुमति दिन सक्छन् ।
३५.५.१०
प्रभुभोज सभाको समयमा फोटो र भिडियो रेकर्ड गर्ने
प्रभुभोज सभाहरू पवित्र छन् । यस कारणले, प्रभुभोज सभाहरूमा फोटो खिच्ने वा रेकर्ड गर्ने अनुमति छैन ।
प्रभुभोजका सभाहरू र अन्य सभाहरू प्रसारण वा सञ्चालनका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् २९.७ ।