पुस्तिकाहरू र बोलावटहरू
३७. विशेष किलाहरू, वार्डहरू र शाखाहरू


“३७. विशेष किलाहरू, वार्डहरू र शाखाहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३७. विशेष किलाहरू, वार्डहरू र शाखाहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू बाहिर खाना खाँदै

३७.

विशेष किलाहरू, वार्डहरू र शाखाहरू

३७.०

परिचय

किला अध्यक्षले यस अध्यायमा व्याख्या गरेअनुसार सदस्यहरूलाई सेवा दिन विशेष किलाहरू, वार्डहरू र शाखाहरू सिर्जना गर्ने प्रस्ताव गर्न सक्छन् ।

३७.१

भाषागत वार्ड र शाखाहरू

किला अध्यक्षले (१) स्थानीय मातृभाषा नबोल्ने वा (२) साङ्केतिक भाषा प्रयोग गर्ने सदस्यहरूका लागि भाषागत वार्ड वा शाखा सिर्जना गर्ने प्रस्ताव गर्न सक्छन् ।

३७.७

किला, सुसमाचार प्रचार र क्षेत्रहरूमा समूहहरू

समूहहरू भनेको बिशप, शाखा अध्यक्ष वा सुसमाचार प्रचार अध्यक्षद्वारा निरीक्षण गरिएका सदस्यहरूको सानो आधिकारिक जमघट हो । किला वा सुसमाचार प्रचार अध्यक्षले निम्न परिस्थितिहरूमा समूह गठन गर्न सिफारिस गर्न सक्छन्:

  • यसका सम्भावित सदस्यहरूलाई वार्ड वा शाखामा सहभागी हुनका लागि यात्रा गर्न कठीन छ ।

  • थोरै सङ्ख्यामा सदस्यहरूले वार्ड वा शाखामा बोलिने भन्दा फरक भाषा बोल्दछन् ।

  • सेनामा रहेका सदस्यहरूलाई एक समूहमा रहँदा उत्तम सेवा गरिन्छ ।

एउटा समूहमा कम्तिमा दुई जना सदस्य हुनै पर्छ । हारूनको पादरित्वमा एक योग्य पादरी वा योग्य मल्कीसेदेक पादरित्व बाहक हुनु पर्छ ।

किलामा, किला अध्यक्षले समूह सङ्गठित र सुपरिवेक्षण गर्न बिशप वा शाखा अध्यक्षलाई नियुक्त गर्छन् । सुसमाचार प्रचार क्षेत्रहरूमा, सुसमाचार प्रचार अध्यक्षले यसलाई व्यवस्थित र सुपरिवेक्षण गर्न शाखा अध्यक्षलाई नियुक्त गर्छन् ।

किला अध्यक्ष, सुसमाचार प्रचार अध्यक्ष, बिशप वा शाखा अध्यक्षले समूहका अगुवालाई बोलावट गर्छन् र उनलाई पदीय जिम्मेवारी दिन्छन् । समूहका अगुवाले समूहका सभाहरू आयोजना र सञ्चालन गर्छन्, जसले प्रभुभोजको प्रशासनलाई समावेश गर्छ ।

समूहका अगुवाले पादरित्वका साँचाहरू धारण गर्दैनन् र उनलाई यी विषयहरूमा अधिकार छैन:

  • दशांश र भेटीहरू प्राप्त गर्ने ।

  • गम्भीर पापका सम्बन्धमा सदस्यहरूलाई सल्लाह दिने ।

  • अनौपचारिक वा औपचारिक सदस्यता प्रतिबन्धहरू दिने ।

  • पादरित्वका साँचाहरू आवश्यक पर्ने अन्य कर्तव्यहरू निर्वाह गर्ने ।

सामान्यतया, समूहहरूले आधारभूत इकाई कार्यक्रम प्रयोग गर्छन् ।

समूहका सदस्यहरूको सदस्यता अभिलेख समूहको सुपरिवेक्षण गर्ने वार्ड वा शाखामा राखिन्छ ।

चर्चको प्रधान कार्यालयले समूहहरूलाई इकाई नम्बर प्रदान गर्दैन ।

प्रिन्ट गर्नुहोस्