२०२१
सर्वश्रेष्ठ तपाईंको निर्माण गर्ने
सेप्टेम्वर २०२१


“सर्वश्रेष्ठ तपाईंको निर्माण,”, यूवाको शक्तिका लागि, सेप्टेम्वर २०२१, 6-7।

मासिक युवाको शक्तिका लागि सन्देश, सेप्टेम्वर २०२१

सर्वश्रेष्ठ तपाईंको निर्माण

एक खुशी र आनन्दित जीवन निर्माण गर्ने पाँच तरिकाहरू।

सिद्धान्त र करार ९५: १३-१४।

छवि
युवती महिला एक्स-रे, मन्दिरको ब्लूप्रिन्ट

जूलियट पर्सिवलद्वारा चित्रण

जब परमप्रभुले जोसेफ स्मिथलाई कर्टल्याण्ड मन्दिर निर्माण गर्न आज्ञा दिनुभयो, उहाँले उनलाई आफ्नै तरिकामा यो सबै कसरी गर्ने भनेर एक्लै छोड्नुभएन। उहाँले एक योजना प्रस्तुत गर्नुभयो जसले सफलता तर्फ अगुवाइ गर्नेछ।

“घर निर्माण हुन देऊ, संसारको तरीकाले होइन,” परमप्रभुले घोषणा गर्नुभयो। “मैले देखाउने तरिका अनुसार यसलाई निर्माण हुन देऊ” ({११} सिद्धान्त र करार: ९५: १३-१४ {१२})। त्यसपछि परमप्रभुले कसरी मन्दिर निर्माण गर्ने भनेर निर्देशन दिनुभयो (हेर्नुहोस् सिद्धान्त र करार ९५: १५-१७)।

कृतज्ञतापूर्वक, परमप्रभुले हामीलाई मन्दिरहरू कसरी निर्माण गर्ने भन्ने मात्रै भन्दा पनि बढी देखाउनुभएको छ। हामी बन्न सक्ने सब भन्दा उत्तम व्यक्ति बन्नका लागि हामीलाई सहयोग गर्न उहाँले हामीलाई निर्देशनहरू दिनुभयो। जब हामी उहाँहरूलाई अनुशरण गर्दछौँ, हामी “संसारको तरीका अनुसार” होइन तर परमप्रभुले डिजाइन गरेको तरिकामा हाम्रो जीवनलाई निर्माण गर्नेछौँ।

यहाँ येशू ख्रीष्टमा केन्द्रित एक खुशी र आनन्दित जीवन निर्माण गर्नका लागि पाँच तरीकाहरू छन्।

एक निश्चित आधार बनाउनुहोस्

कुनै पनि भवनका लागि कुनै वास्तुकार वा निर्माणकर्ताले एक ठोस आधार आवश्यक छ भनेर तपाईंलाई बताउनेछ। हेलामानले सिकाउनुभयो कि हाम्रो जीवनको सबैभन्दा उत्तम आधार “हाम्रा उद्धारकर्ताको चट्टान हो, जो ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ” (हेलामान ५:१२ )। हामी उहाँकोमा आएर र उहाँका शिक्षाहरूको अनुशरण गरेर ख्रीष्टलाई हाम्रो आधार बनाउन सक्छौँ। ख्रीष्टलाई तपाईंको जीवनको आधार बनाउनका लागि तपाईंले गरिरहनुभएको कामलाई कसरी लिनुहुन्छ?

अरूहरूको सेवा गर्नुहोस्

छवि
पाउ

अध्यक्ष डिटर एफ उक्डोर्फ, प्रथम अध्यक्षतामा दोस्रो सल्लाहकार, का अनुसार हाम्रो जीवन निर्माण गर्ने अर्को महान् तरिका तब आउँछ जब “हामी आत्मनिर्भर भई परमप्रभुको र हाम्रा वरपरकाहरूको सेवा गर्दैछौँ।” जब तपाईं अरूको सेवा गर्नुहुन्छ, तपाईं येशूले गर्नुभएको काम गर्दै हुनुहुन्छ र उहाँ जस्तै बन्न सिक्दै हुनुहुन्छ। अनि तपाईंले आफुले सेवा गर्ने मानिसहरूको जीवनलाई मात्रै आशीषित गर्नुहुन्न, तर तपाईं आफु पनि आशीषित हुनुहुनेछ।

प्रार्थना र धर्मशास्त्र अध्ययनलाई नियमित दिनचर्या बनाउनुहोस्

छवि
प्रार्थना गरिरहेका हातहरू

एक सुखी जीवन निर्माण गर्ने अर्को तरीका भनेको स्वर्गका पिता र येशू ख्रीष्टसँग सम्बन्ध निर्माण गर्नु हो। यसो गर्ने एक महान तरीका प्रार्थना र धर्मशास्त्रको अध्ययन हो।

अध्यक्ष उक्डोर्फले यसो भन्नुभयो: “परमेश्वरसँगको हाम्रो सम्बन्धलाई मजबुत बनाउनका लागि हामीलाई उहाँसँगको केही सार्थक समयको जरूरत पर्दछ। मौन रुपमा दैनिक व्यक्तिगत प्रार्थना र धर्मशास्त्रहरूको अध्ययनमा जोड दिनु … स्वर्गका हाम्रा पिताको नजिक पुग्नका लागि गरिने हाम्रो समय र प्रयासको वुद्धिमानी लगानी हुनेछ।

प्रार्थना स्वर्गमा रहनुहुने हाम्रा पितासँग कुराकानी गर्ने एक अवसर हो। उहाँले हामीलाई चिन्नुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ, र हामीबाट सुन्न चाहानुहुन्छ! जब हामी इमान्दार रुपमा प्रार्थना गर्छौं, हाम्रो धन्यवाद ज्ञापन गर्दछौँ, र हामीलाई आवश्य पर्ने चीजहरू मग्दछौँ, उहाँले सुन्नुहुन्छ र सधैँ आफ्नै तरीका र समयमा जवाफ दिनुहुन्छ।

जब धर्मशास्त्र अध्ययनको विषय आउँछ, त्यहाँ कुनै एक सही तरीका छैन। महत्त्वपूर्ण कुरा यो हो कि तपाईंले गर्नुपर्यो! अध्यक्ष रासल एम् नेल्सनले सिकाउनुभएको छ, “दैनिक रुपमा परमेश्वरका वचनहरूमा डुब्नु आध्यात्मिक अस्तित्वका लागि महत्वपूर्ण छ।” बिना शङ्का, धर्मशास्त्रहरूमा प्रत्येक दिन समय बिताउनाले, तपाईंलाई एक आस्था र शक्तिको जीवन निर्माणमा सहयोग गर्दछ।

असल कुरा गर्नका लागि प्रोत्साहित गर्नेहरूलाई आफु वरिपरि राख्नुहोस्।

छवि
हात फैलाएको केटा

स्वर्गमा रहनुहुने पिताले हामीलाई अरूसँग सम्बन्ध जोडेको र निर्माण गरेको चाहनुहुन्छ—खासगरी परिवार र साथिहरुसँग । हामी प्रायजसो हामीले सँगै समय बिताउनेहरूद्वारा निर्मित गरिएका हुन्छौँ। चाहे उहाँहरू चर्चका सदस्य हुनुहोस् वा नहुनुहोस्, तपाईं आफैँलाई ती मानिसहरू बीचमा राख्नुहोस् जसले तपाइँलाई सुसमाचार अनुरुप जिउन, परमप्रभुका मापदण्डहरू पालना गर्न र अझै असल व्यक्ति बन्न सहयोग गर्नुहुन्छ। तपाईं पनि आफ्नो वरपरका मानिसहरूलाई उस्तै गर्न सहयोग गर्न सक्नुहुन्छ। तपाईंका साथीहरू मध्ये कसले तपाईंलाई धार्मिकताको आधार बनाउन सहयोग गर्दैछ?

तपाईंको आधार निर्माणमा खुशी पाउनुहोस्

चर्च जाने र प्रभुभोज लिने, करारहरू गर्ने र पालना गर्ने, जीवित अगमवक्ताहरूको सल्लाह अनुशरण गर्ने सहित अन्य धेरै तरिकाहरूबाट तपाईंले आफ्नो जीवनलाई आध्यात्मिक रुपमा मजबुत बनाउन र खुशी प्राप्त गर्न सक्नुहुन्छ।

यी सबै चीजहरू गर्नका लागि प्रयास र समय लाग्छ भनेर स्मरण गर्नु महत्वपूर्ण छ। त्यहाँ सदैव निर्माण गर्नुपर्ने र सिक्नुपर्ने छ, तर यो तपाईं एक्लै गर्नुपर्दैन। तपाईं र परमप्रभुले गर्व गर्नसक्ने र तपाईंलाई खुशी ल्याउने जीवन निर्माण जब तपाईं सक्दो प्रयास गर्नुहुन्छ परमप्रभुले तपाईंलाई प्रत्येक दिन सहयोग गर्नुहुनेछ ।

सूचीहरू:

  1. Dieter F. Uchtdorf, “Waiting on the Road to Damascus,” Apr. 2011 general conference (Ensign or Liahona, May 2011, 76).

  2. Dieter. F. Uchtdorf, “Of Things That Matter Most,” Oct. 2010 general conference (Ensign or Liahona, Nov. 2010, 21).

  3. Russell M. Nelson, “Hear Him,” Apr. 2020 general conference (Ensign or Liahona, May 2020, 89).

प्रिन्ट गर्नुहोस्