धर्मशास्त्रहरू
सिद्धान्त र करार ९५


खण्ड ९५

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा १ जुन, १८३३ मा दिइएको प्रकाश । यो प्रकाश परमप्रभुको गृह, आराधना र निर्देशनका लागि गृह निर्माण गर्न, दैवी निर्देशनहरूको निरन्तरता हो (हेर्नुहोस् खण्ड ८८:११९–१३६) ।

१–६, सन्तहरूलाई परमप्रभुको गृह निर्माण गर्न असफल भएकोमा हप्काइन्छ; ७–१०, परमप्रभुले उहाँका मानिसहरूलाई माथिबाट शक्ति प्रदान गर्न आफ्नो गृह प्रयोग गर्न चाहनुहुन्छ; ११–१७, गृहलाई आराधना गर्ने स्थानका रूपमा र प्रेरितहरूको शिक्षालयका लागि समर्पण गरिनु पर्छ ।

साच्चैँ नै, परमप्रभुले तिमीहरूलाई यसो भन्नुहुन्छ जसलाई म प्रेम गर्छु, अनि जसलाई म प्रेम गर्छु म तिनीहरूलाई हप्काउँछु पनि ताकि तिनीहरूका पापहरू क्षमा हुन सक्छन्, किनकि हप्काइसँगै मैले सबै विषयहरूमा प्रलोभनबाट तिनीहरूको छुट्काराका लागि मार्ग तयार गर्छु र मैले तिमीहरूलाई प्रेम गरेको छु—

यसकारण, तिमीहरूलाई मेरो मुहारसामु निश्चय नै हप्काउन र निन्दा गरिनु पर्छ;

किनकि तिमीहरूले मेरा विरुद्धमा धेरै गम्भिर पाप गरेका छौ, त्यसमा तिमीहरूले सबै विषयहरूमा महान् आज्ञालाई महत्त्व दिएनौ, जुन मैले तिमीहरूलाई मेरो गृह निर्माणका सम्बन्धमा दिएको छु;

अन्तिम पटक मेरो अङ्गुरको बगैँचा छाँटकाँट गर्न म मेरा प्रेरितहरूलाई तयार पार्नका लागि योजना बनाउँछु, ताकि म मेरो अनौठो कार्य गर्न सक्छु, कि म मेरो आत्मा सबै शरीरमा खन्याउन सक्छु—

परन्तु हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, ताकि त्यहाँ धेरै छन् जो तिमीहरूका बीचमा नियुक्त भएका छन्, जसलाई मैले बोलावट गरेको छु तर तिनीहरूमध्ये थोरै मात्रै छनोट गरिएका छन् ।

जो छनोट गरिएका छैनन्, तिनीहरूले अत्यन्तै गम्भीर पाप गरेका छन्, किनकि तिनीहरू दिउँसै अन्धकारमा हिँडिरहेका छन् ।

अनि यस कारणले गर्दा मैले तिमीहरूलाई एक आज्ञा दिएँ कि तिमीहरूले आफ्नो पवित्र सभा बोलाउनु पर्छ, ताकि तिमीहरूका उपवास र शोक सबाथका परमप्रभुको कानमा पुग्न सक्छन्, जुन व्याख्याद्वारा, प्रथम दिनका सृष्टिकर्ता, प्रारम्भ र अन्त्य हुनुहुन्छ ।

हो, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मैले तिमीहरूलाई एक आज्ञा दिएँ ताकि तिमीहरूले एक गृह बनाउनु पर्छ, जुन गृहमा मैले उच्चबाट शक्तिद्वारा छनोट गरेकाहरूलाई अभिदान गर्नका लागि रचना गर्छु;

किनकि यो तिमीहरूलाई पिताको प्रतिज्ञा हो; त्यसकारण म तिमीहरूलाई यरूशलेममा मेरा प्रेरितहरू जस्तै बस्नका लागि आज्ञा दिन्छु ।

१० यद्यपि, मेरा सेवकहरूले धेरै गम्भीर पाप गरे; र अगमवक्ताहरूको शिक्षालयमा विवाद उत्पन्न भयो; जुन मेरा लागि धेरै पीडादायी थियो, तिमीहरूका परमप्रभु भन्नुहुन्छ; त्यसैले मैले तिनीहरूलाई दण्ड दिन पठाएँ ।

११ साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यो मेरो चाहना हो कि तिमीहरूले एक गृह निर्माण गर्नु पर्छ । यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्‍यौ भने तिमीहरूसँग यसलाई निर्माण गर्ने शक्ति हुने छ ।

१२ यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गरेनौ भने, पिताको प्रेम तिमीहरूसँग निरन्तर रहने छैन, त्यसकारण तिमीहरू अन्धकारमा हिँड्ने छौ ।

१३ अब यहाँ ज्ञान र परमप्रभुको मस्तिष्क छ—गृह निर्माण गरिनु पर्छ, संसारको रीतिअनुसार होइन, किनकि म तिमीहरूलाई संसारको रीतअनुसार जिउन दिने छैन;

१४ त्यसकारण, यसलाई म तिमीहरूमध्ये तीन जनालाई देखाउने तरिकाअनुसार निर्माण गर्नु पर्छ, जसलाई तिमीहरूले यस शक्तिमा तोक्ने छौ र नियुक्त गर्ने छौ ।

१५ अनि त्यसको आकार पचपन्न फिट फराकिलो र त्यसको भित्री सभा गृह पैँसठ्ठी फिट लम्बाइको हुनु पर्छ ।

१६ अनि भित्री सभा गृहको तल्लो भाग तिमीहरूको प्रभुभोज अर्पणका लागि र तिमीहरूका प्रवचनका लागि र तिमीहरूका उपवास र तिमीहरूका प्रार्थनाका लागि र तिमीहरूका सबैभन्दा पवित्र चाहनाहरूको अर्पणका लागि मलाई समर्पण गरिनु पर्छ, तिमीहरूका परमप्रभु भन्नुहुन्छ ।

१७ अनि भित्री कक्षको माथिल्लो भाग मेरा प्रेरितहरूको शिक्षालयका लागि मलाई समर्पण गरिनु पर्छ, पुत्र आहमान भन्नुहुन्छ; वा, अर्को शब्दमा, अल्फस्; वा, अर्को शब्दमा, ओमेगस; येशू ख्रीष्ट तिमीहरूका परमप्रभु समेत । आमीन ।

प्रिन्ट गर्नुहोस्