धर्मशास्त्रहरू
सिद्धान्त र करार ६४


खण्ड ६४

चर्चका एल्डरहरूलाई अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, सेप्टेम्बर ११, १८३१ मा दिइएको प्रकाश । अगमवक्ता बाइबलको अनुवादको कार्यलाई पुनः आरम्भ गर्न, हाइरम, ओहायोमा सर्नका लागि तयारी गर्दै थिए, जुन कार्य उनी मिजोरीमा हुँदा स्थगित भएको थियो । सियोन (मिजोरी)मा यात्रा गर्नका लागि आज्ञा दिइएका बन्धुहरूको एक समूह अक्टोबरमा जानका लागि दृढतापूर्वक तयारी गर्नमा संलग्न थिए । यस्तो व्यस्त समयमा, यो प्रकाश प्राप्त गरिएको थियो ।

१–११, सन्तहरूले एकअर्कालाई क्षमा गर्नु पर्छ, अन्यथा उनीहरूमा अझै महान् पाप रहन्छन्; १२–२२, पश्चात्ताप नगर्नेहरूलाई चर्चसामु ल्याइनु पर्छ; २३–२५, दशांशको नियम पालना गर्नेहरूलाई परमप्रभुको आगमनको समयमा जलाइने छैन; २६–३२, सन्तहरूलाई ऋण विरुद्ध चेतावनी दिइन्छ; ३३–३६, विद्रोहीहरूलाई सियोनबाट अलग्याइने छ; ३७–४०, चर्चले राष्ट्रहरूको न्याय गर्ने छ; ४१–४३, सियोन फस्टाउने छ ।

हेर, परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छ, हे मेरा चर्चका एल्डरहरू, तिमीहरू सुन र ध्यान देऊ र तिमीहरू सम्बन्धि मेरा चाहनालाई ग्रहण गर ।

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्छु, म चाहन्छु कि तिमीहरूले संसारमाथि विजयी पाउनु पर्छ; यसकारण तिमीहरूमाथि म दयालु हुने छु ।

त्यहाँ तिमीहरूका बीच पाप गरेकाहरू छन्; तर साच्चैँ नै म भन्छु, यो अवधिको लागि, मेरा आफ्ना महिमाका लागि र आत्माहरूका मुक्तिका लागि, मैले तिमीहरूका पापहरू क्षमा गरेको छु ।

म तिमीहरूमाथि दयालु हुने छु, किनकि मैले तिमीहरूलाई अधिराज्य दिएको छु ।

अनि जबसम्म उनी जिउँछन् र उनले मेरा विधिहरूको पालना गर्छन्, मेरा सेवक जोसेफ स्मिथ, जुनियरबाट, मैले नियुक्त गरेको माध्यमद्वारा अधिराज्यका रहस्यका साँचाहरू लिइने छैनन् ।

त्यहाँ त्यस्ताहरू छन् जसले उनी विरुद्ध बिनाकारण अवसर खोजेका छन्;

यद्यपि, उनले पाप गरेका छन्; परन्तु साच्चैँ नै म भन्छु, म परमप्रभु, मेरासामु आफ्नो पापको आत्मसात गर्ने र क्षमा याचना गर्नेहरूलाई पापको क्षमा दिन्छु, जसले मृत्युतिर लैजाने पाप गरेका छैनन् ।

मेरा शिष्यहरूले, प्राचीन दिनहरूमा, एकअर्का विरुद्ध अवसर खोजे र उनीहरूका हृदयहरूमा एकअर्कालाई क्षमा गरेनन्; अनि यो दुष्टताका कारण उनीहरूलाई कष्ट दिइयो र कडा सजाय दिइयो ।

यसकारण, म तिमीहरूलाई भन्छु, कि तिमीहरूले एकअर्कालाई क्षमा गर्नुपर्छ; किनकि ऊ जसले आफ्नो बन्धुलाई उसको उलङ्घनको क्षमा गर्दैन, परमप्रभुसामु दोषी ठहर्‍याइने छ; किनकि उसमा अझै महान् पाप रहने छ ।

१० म, परमप्रभु, उसलाई क्षमा गर्छु जसलाई म क्षमा गर्छु, तर तिमीहरूले सबै मानिसहरूलाई क्षमा गर्नु आवश्यक छ ।

११ अनि तिमीहरूले आफ्ना हृदयहरूमा भन्नुपर्छ—परमेश्वरले म र तिमी बीचमा न्याय गर्नुपर्छ र तिमीलाई तिम्रो कार्यअनुसार पुरस्कार दिनुपर्छ ।

१२ अनि जसले आफ्नो पापको प्रायश्चित गर्दैन र त्यसलाई स्वीकार्दैन, तिमीले चर्चसामु ल्याउनुपर्छ र आज्ञाद्वारा वा प्रकाशद्वारा, धर्मशास्त्रमा भनिए जस्तै उसलाई गर्नुपर्छ ।

१३ अनि तिमीहरूले यसो गर्नुपर्छ ताकि परमेश्वरलाई महिमा होस्—दया नभएका कारण क्षमा नगरेका कारण होइन तर कि नियमका आँखामा तिमीहरूको न्याय होस्, ताकि तिमीहरूले उहाँको अपमान नगरून् जो तिमीहरूका नियमदाता हुनुहुन्छ—

१४ साच्चैँ नै म भन्छु, यस कारण तिमीहरूले यी कार्यहरू गर्नु पर्छ ।

१५ हेर, म, परमप्रभु उनीसँग क्रोधित थिएँ मेरा सेवक एज्रा बूथ र मेरा सेवक आइजेक मोर्लीसँग पनि, किनकि तिनीहरूले न त नियमको न त आज्ञाहरूको नै पालना गरे;

१६ उनीहरूले आफ्ना हृदयहरूमा दुष्टता खोजे, अनि म, परमप्रभुले मेरा आत्मालाई रोकेँ । उनीहरूले दुष्टता नभएको विषयवस्तुमा दुष्टताको दोष लगाए; यद्यपि मैले मेरा सेवक आइजेक मोर्लीलाई क्षमा गरिसकेँ ।

१७ अनि मेरा सेवक एड्वार्ड पाट्रिजलाई पनि, हेर, उनले पाप गरेका थिए र शैतानले उनको आत्मालाई विनाश गर्न खोजे; तर जब यी विषयहरू उनीहरूलाई जानकारी दिइन्छन् र उनीहरूले दुष्टताको पश्चात्ताप गर्छन्, उनीहरूलाई क्षमा गरिने छ ।

१८ अनि अब साच्चैँ नै म भन्छु, यो मेरा लागि आवश्यक छ कि मेरा सेवक सिड्नी गिल्बर्ट, केही हप्ता पछि सियोनको भूमिमा आफ्नो कारोबार र आफ्नो प्रतिनिधित्वको कार्यमा फर्कनु पर्ने छ;

१९ अनि जुन उनले देखेका र सुनेका थिए, मेरा शिष्यहरूलाई जानकारी दिइने छ, ताकि उनीहरूको नाश हुने छैन । अनि यस कारण मैले यी वचनहरू बोलेको हुँ ।

२० अनि पुनः म तिमीहरूलाई भन्छु, कि मेरा सेवक आइजेक मोर्लीलाई उनको सहने क्षमताभन्दा बढी प्रलोभनमा पारिने छैन र तिमीहरूलाई चोट पुर्‍याउन गलत तरिकाले सल्लाह दिइने छैन, उनको खेत बेच्नु पर्छ भनेर मैले आज्ञा दिएँ ।

२१ म चाहन्न कि मेरा सेवक फ्रेडरिक जी. विलियम्सले उनको खेत बेच्नु पर्छ, किनकि म, परमप्रभु कर्टल्याण्डको भूमिमा मजबुत स्थान कायम राख्न चाहन्छु, किनकि म त्यहाँ पाँच बर्षसम्म दुष्ट हरूलाई परास्त गर्दिन, ताकि यसो गरेर मैले केहीलाई मुक्ति दिन सक्छु ।

२२ अनि त्यस दिन पश्चात्, म, परमप्रभुले, सियोनको भूमिसम्म खुला हृदयका साथ जानेलाई कुनै दोषी ठहर्‍याउने छैन; किनकि म, परमप्रभुलाई, मानिसहरूका हृदयहरूको आवश्यकता छ ।

२३ हेर, अब यसलाई आज भनिन्छ, मानिसका पुत्र नआउँदासम्म र साच्चैँ नै यो बलिदानको दिन हो र मेरा मानिसहरूका दशांशको दिन हो; किनकि जसले दशांश दिन्छ, उसलाई उहाँको आगमनको समयमा जलाइने छैन ।

२४ किनकि आजको दिनपछि जलाउने दिन आउँछ—यो परमप्रभुको प्रकारमा बोलिएको हो—किनकि साच्चैँ नै म भन्छु, भोली सबै घमण्डीहरू अनि उनीहरू जसले दुष्टतापूर्वक गर्छन् ठुटा जस्तै हुने छन्; अनि म तिनीहरूलाई जलाउने छु, किनकि म सैन्यहरूका अधिपति हुँ; अनि म बेबिलोनमा बाँकी रहेका कसैलाई पनि छोड्ने छैन ।

२५ यसकारण, यदि तिमीहरू मेरो विश्वास गर्छौ भने, आज भनिएको समयमा तिमीहरूले परिश्रम गर्ने छौ ।

२६ अनि मेरा सेवकहरू नुवल के. व्हिटनी र सिड्नी गिल्बर्टले उनीहरूका भण्डारहरू र आफ्ना सम्पत्तिहरू यहाँ बेच्नु उपयुक्त हुँदैन; किनकि यस स्थानमा चर्चका बाँकी रहेकाहरू सियोनको भूमिमा नजाउन्जेलसम्म यसो गर्नु बुद्धिमानी हुँदैन ।

२७ हेर, मेरा नियमहरूमा भनिएका छन् अथवा शत्रुहरूसँग ऋणमा पर्न निषेधित गरिएको छ;

२८ परन्तु हेर, कुनै पनि समयमा यसो भनिएको छैन कि परमप्रभुले उहाँले चाहना गर्नुभएको समयमा लग्नु हुँन्न र उहाँलाई असल महसुस भएको समयमा तिर्नु हुन्न ।

२९ यसकारण, तिमीहरू प्रतिनिधिहरू भएकाले, तिमीहरू परमप्रभुका कार्यमा छौ; अनि परमप्रभुका चाहनाअनुसार जे जति गर्छौ त्यो परमप्रभुको कर्तव्य हो ।

३० अनि उहाँले तिमीहरूलाई यी अन्तिम दिनहरूमा उहाँका सन्तहरूका आवश्यकताहरूमा उपलब्ध गराउनका लागि नियुक्त गर्नुभएको छ, ताकि उनीहरूले सियोनको भूमिमा उत्तराधिकार प्राप्त गर्न सक्ने छन् ।

३१ अनि हेर, म, परमप्रभु तिमीहरूलाई घोषणा गर्छु र मेरा वचनहरू निश्चित छन् र असफल हुने छैनन्, कि तिनीहरूले प्राप्त गर्ने छन् ।

३२ परन्तु सबै कुराहरू आफ्नो समयमा आउनु पर्छ ।

३३ यसकारण, भलाइ गर्ने कार्यमा थकित हुनु हुँदैन, किनकि तिमीहरूले महान् कार्यको आधार सृजना गरिरहेका छौ । अनि साना विषयवस्तुहरूबाट महान् विषयवस्तुहरू आउँछन् ।

३४ हेर, परमप्रभुलाई हृदयहरू र चाहना भएको मस्तिष्कको आवश्यकता छ; अनि यी अन्तिम दिनहरूमा चाहना भएका र आज्ञाकारीहरूले सियोनको भूमिका असल कुराहरू खाने छन् ।

३५ अनि विद्रोहीहरूलाई सियोनको भूमिबाट अलग्याइने छ र निष्कासित गरिने छ र भूमिको उत्तराधिकार प्राप्त गर्ने छैनन् ।

३६ किनकि, साच्चैँ नै म भन्छु, कि विद्रोहीहरू एफ्राइमका घरानाका होइनन्, यसकारण, उनीहरूलाई हटाइने छ ।

३७ हेर, म परमप्रभुले यी अन्तिम दिनहरूमा राष्ट्रहरूलाई न्याय गर्न पहाडमाथि अथवा उच्च स्थानमा बसिरहेको न्यायकर्ता जस्तै मेरो चर्च बनाएको छु ।

३८ अनि यस्तो हुने छ कि सियोनका बासिन्दाहरूले सियोनसँग सम्बन्धित सबै विषयहरूमा न्याय गर्ने छन् ।

३९ अनि उनीहरूले झुटा र ढोँगीहरूलाई प्रमाणित गर्ने छन् र जो प्रेरित र अगमवक्ताहरू होइनन् तिनीहरूको पहिचान गरिने छन् ।

४० अनि बिशप, जो न्यायकर्ता हुन् र उनका सल्लाहकारहरू, यदि उनीहरू आफ्ना व्यवस्थापनमा आस्थावान भएनन् भने दोषी ठहर्‍याइने छन् र उनीहरूका स्थानमा अर्को प्रतिस्थापन गरिने छ ।

४१ किनकि, हेर, म तिमीलाई भन्छु कि सियोन फस्टाउने छ र परमप्रभुको महिमा उनीमाथि हुने छ;

४२ अनि मानिसहरूसामु उनी ध्वजा हुने छिन् र स्वर्ग मुनि उनीकहाँ सबै राष्ट्रहरूबाट आउने छन् ।

४३ अनि त्यो दिन आउने छ जब पृथ्वीका राष्ट्रहरू सियोनका कारण थर थर काँप्ने छन् र उनका डरलाग्दाहरूका कारण त्रसित हुने छन् । परमप्रभुले बोल्नुभएको छ । आमीन ।