खण्ड १३७
अगमवक्ता जोसेफ स्मिथलाई जनवरी २१, १८३६ मा कर्टल्याण्ड, ओहायोको मन्दिरमा दिइएको दर्शन । त्यो अवसर मन्दिर समर्पणका लागि तयारी गर्दा विधिहरूको प्रशासनको थियो ।
१–६, अगमवक्ताले आफ्ना दाजु एल्विनलाई सेलेस्टियल अधिराज्यमा देख्छन्; ७–९, मृतकहरूका लागि मुक्तिको सिद्धान्त प्रकट भएको छ; १०, सबै बालबालिकाहरू स्वर्गको अधिराज्यमा सुरक्षित छन् ।
१ स्वर्गहरू हाम्रा लागि खोलियो र मैले परमेश्वरको सेलेस्टियल अधिराज्य र यसको महिमा देखेँ, शरीरमा वा बाहिर जेमा भएको भए पनि म भन्न सक्दिन ।
२ मैले त्यो अधिराज्यका उत्तराधिकारीहरू प्रवेश गर्ने द्वारको उत्कृष्ट सुन्दरता देखेँ, जुन आगोको ज्वालाको परिक्रमा जस्तै थियो;
३ साथै परमेश्वरको ज्वलन्त सिंहासन, जसमा पिता र पुत्र विराजमान हुनुहुन्थ्यो ।
४ मैले त्यो अधिराज्यका सुन्दर सडकहरू देखेँ, जसको सुनले ढाकिएको जस्तो स्वरूप थियो ।
५ मैले पिता आदम र अब्राहामलाई देखेँ; र मेरो पिता र मेरी माता; मेरा दाजु एल्विन, जो लामो समयदेखि सुतेका छन्;
६ अनि आश्चर्यचकित भयो कि कसरी उनले त्यो अधिराज्यमा उत्तराधिकार प्राप्त गरेका थिए, यो देखेर कि परमप्रभुले दोस्रो पटक इस्राएललाई एकत्रित गर्नका लागि आफ्नो हात राख्नुपूर्व नै उनले यो जीवन छोडेका थिए र पापहरूको क्षमाका लागि बप्तिस्मा लिएका थिएनन् ।
७ तसर्थ मेरालाई परमप्रभुको वाणी आयो, यसो भन्दै: सबै जो यस सुसमाचारको ज्ञान बिना नै बितेका छन्, जसले यो प्राप्त गर्ने थिए यदि तिनीहरूलाई बस्न अनुमति दिइएको भए तिनीहरू परमेश्वरको सेलेस्टियल अधिराज्यको उत्तराधिकारी हुने छन्;
८ साथै अब उप्रान्त सबै जो यसको ज्ञानबिना बित्ने छन्, जसले यसलाई आफ्नो सारा हृदयले प्राप्त गर्ने छन्, ती अधिराज्यका उत्तराधिकारी हुने छन्;
९ किनकि म, परमप्रभुले सबै मानिसहरूलाई तिनीहरूको कार्यअनुसार, तिनीहरूको हृदयको चाहनाअनुसार न्याय गर्ने छु ।
१० अनि मैले यो पनि देखेको छु कि जवाफदेहिताका वर्षहरूमा पुग्नुपूर्व मृत्यु हुने बालबालिकाहरू स्वर्गको सेलेस्टियल अधिराज्यमा सुरक्षित गरिएका हुन्छन् ।