खण्ड ३२
अगमवक्ता जोसेफ स्मिथद्वारा पार्ली पी. प्राट र जिबा पिटरसनलाई, म्यानचेस्टर, न्यू योर्कमा, अक्टोबर १८३० को सुरुमा दिइएको प्रकाश । एल्डरहरूद्वारा लमानीहरूका सम्बन्धमा महान् रुचि र चाहनाहरू महसुस गरिएको थियो, भविष्यवाणी गरिएका जसका आशीर्वादहरूका सम्बन्धमा चर्चले मोर्मोनको पुस्तकबाट सिकेको थियो । परिणाम स्वरूप, त्यस समयमा पश्चिमका इन्डियन जनजातिहरूका बीचमा एल्डरहरूलाई पठाइनुहुन्छ या हुँदैन, भनेर परमप्रभुले आफ्नो चाहनालाई सङ्केत गर्नुहुने छ भनी बिन्ती याचना गरिएको थियो । प्रकाश आउन सुरु भयो ।
१–३, लमानीहरूलाई प्रवचन दिन अनि ओलिभर काउड्री र पिटर ह्वीटमर जुनियरलाई साथ दिन पार्ली पी. प्राट र जिबा पिटरसनलाई बोलावट गरिन्छ; ४–५, धर्मशास्त्रहरूलाई बुझ्नका लागि तिनीहरूले प्रार्थना गर्नु पर्छ ।
१ अनि अब मेरा सेवक पार्ली पी. प्राटका सम्बन्धमा, हेर, म उनलाई भन्छु कि म जसरी जीवित छु म चाहान्छु कि उनले मेरो सुसमाचार घोषणा गर्नु पर्दछ र मबाट सिक्नु पर्छ, अनि विनम्र र कोमल हृदयको हुनु पर्छ ।
२ अनि मैले उनीलाई नियुक्त गरेको त्यो हो कि उनी मेरा सेवकहरू, ओलिवर काउड्री र पिटर ह्विटमर जुनियर सँगै लमानीहरूका माझमा उजाडस्थानमा जानु पर्छ ।
३ अनि जिबा पिटरसन पनि तिनीहरूसँग जानु पर्छ; अनि म आफै पनि तिनीहरूसँगै जाने छु र तिनीहरूका बीचमा हुने छु; र म पितासँग तिनीहरूको अधिवक्ता हुँ र तिनीहरूका विरुद्ध कुनै पनि विषय विजयी हुने छैन ।
४ अनि तिनीहरूले लेखिएका विषयहरूमा ध्यान दिनु पर्छ र अरू कुनै प्रकाश प्राप्त गरेको दाबी गर्नुहुँदैन; र तिनीहरूले सदासर्वदा प्रार्थना गर्नुपर्दछ ताकि म तिनीहरूको बुझाइमा उही विषय प्रकट गर्न सक्छु ।
५ अनि तिनीहरूले यी वचनहरूमा ध्यान दिनु पर्छ र बेवास्ता गर्नु हुँदैन र म तिनीहरूलाई आशीर्वाद दिने छु । आमीन ।