खण्ड ११७
अगमवक्ता जोसेफ स्मिथद्वारा फार वेस्ट, मिजोरीमा, जुलाई ८, १८३८ मा, विलियम मार्क्स र नुवल के. व्हिटनीका तत्कालीन कार्यभारहरूका सम्बन्धमा दिइएको प्रकाश ।
१–९, परमप्रभुका सेवकहरूले सांसारिक विषयहरूको लोभ लालचा गर्नु हुँदैन, किनकि “परमप्रभुलाई सम्पत्ति भनेको के हो?”; १०–१६, तिनीहरूलेआत्माको सानोपन त्याग्नु पर्छ र तिनीहरूका बलिदानहरू परमप्रभुका लागि पवित्र हुने छन् ।
१ साचैँ नै परमप्रभु मेरा सेवक विलियम मार्क्सलाई र नुवल के. व्हिटनीलाई पनि यसो भन्नुहुन्छ, उनीहरूले आफ्नो व्यवसायलाई छिटो व्यवस्थित गर्नु पर्छ र कर्टल्याण्डको भूमिबाट यात्रा गर्नु पर्छ, म परमप्रभुले पृथ्वीमा हिउँहरू पठाउनु भन्दापूर्व ।
२ उनीहरू जाग्नु पर्छ र उठ्नु पर्छ र अगाडि बढ्नु पर्छ र विलम्भ गर्नु हुँदैन, किनकि म परमप्रभुले आज्ञा दिएको छु ।
३ त्यसकारण, यदि उनीहरूले विलम्भ गरे भने त्यो उनीहरूका लागि राम्रो हुने छैन ।
४ उनीहरूले तिनीहरूका सबै पापहरू र तिनीहरूका सबै लोभी चाहनाहरूको पश्चात्ताप गर्नु पर्छ, परमप्रभु भन्नुहुन्छ; किनकि मेरा लागि सम्पत्ति के हो? परमप्रभु भन्नुहुन्छ ।
५ कर्टल्याण्डका सम्पत्तिहरू ऋण तिर्नका लागि परिणत गरिनु पर्छ, परमप्रभु भन्नुहुन्छ । तिनीहरू जानु पर्छ, परमप्रभु भन्नुहुन्छ र जति रहन्छ, त्यो तिमीहरूका हातहरूमा रहनु पर्छ, परमप्रभु भन्नुहुन्छ ।
६ किनकि के मसँग स्वर्गका पक्षीहरू, समुद्रका माछाहरू पनि र पहाडहरूका जनावरहरू छैनन् र? के मैले पृथ्वी सृष्टि गरेको छैन र? के म पृथ्वीका राष्ट्रहरूका सबै सेनाहरूका नियति नियन्त्रण गर्दिन र?
७ त्यसकारण, के मैले बाँझा स्थानहरूमा कोपिला फलाउने र फुल्ने बनाउँदिन र प्रसस्त मात्रामा ल्याउँदिन र?
८ के आदम-ओन्दी-अह्मानका पहाडहरूमा र ओलाहा शिनेहाहका मैदानहरू अथवा आदम बसेको भूमिमा पर्याप्त स्थान छैन कि तिमीहरूले त्यसको लोभ गर्नु पर्छ जुन थोपा थोपा मात्रै हो र अरू गहकिला विषयहरूको बेवास्ता गर्नु पर्छ?
९ त्यसकारण, यहाँ मेरा जनहरूको भूमिमा आओ, जुन सियोन हो ।
१० मेरा सेवक विलियम मार्क्स केही विषयहरूमा आस्थावान् हुनु पर्छ र उनी धेरैमाथि शासक बन्ने छन् । फार वेस्टको शहरमा मेरा जनहरूका बीचमा उनले अध्यक्षता गर्नु पर्छ र मेरा जनहरूका आशीर्वादहरूद्वारा अशीषित हुनु पर्छ ।
११ मेरा सेवक नुवल के. व्हिटनी निकोलाइटेन समूह र तिनीहरूका सबै गोप्य कुकर्महरू र मेरासामु उनको आत्माको सानोपनका लागि लज्जित हुनु पर्छ, परमप्रभु भन्नुहुन्छ र आदम-ओन्दी-अह्मानको भूमीमा आउनु पर्छ र मेरा जनहरूमा बिशप हुनु पर्छ, परमप्रभु भन्नुहुन्छ, नाममा होइन तर कार्यमा, परमप्रभु भन्नुहुन्छ ।
१२ अनि पुनः, म तिमीहरूलाई भन्छु, म मेरा सेवक ओलिवर ग्रेन्जरलाई सम्झन्छु; हेर, साच्चैँ नै म उनलाइ भन्छु कि उनको नाम एउटा पिँढी देखि अर्को पिँढीसम्म, सदा र सदासर्वदाका लागि पवित्र समझनामा रहने छ, परमप्रभु भन्नुहुन्छ ।
१३ त्यसकारण, उनले मेरो चर्चको प्रथम अध्यक्षताको उद्धारका लागि दृढतापूर्वक परिश्रम गर्नु पर्छ, परमप्रभु भन्नुहुन्छ; अनि जब उनी असफल हुन्छन्, उनी पुनः उठ्ने छन्; किनकि मेरा लागि उनको बलिदान उनको उन्नति भन्दा अझ बढी पवित्र हुने छ, परमप्रभु भन्नुहुन्छ ।
१४ त्यसकारण, उनी यहाँ सियोनको भूमिमा छिट्टै आउनु पर्छ; अनि समय आएपछि उनलाई मेरो नामका लागि मध्यस्थकर्ता बनाइने छ, परमप्रभु भन्नुहुन्छ, मेरा जनहरूको लाभका लागि ।
१५ त्यसकारण कसैले मेरा सेवक ओलिभर ग्रेन्जरलाई बेवस्ता नगर्नू, तर मेरा जनहरूका आशीर्वादहरू उनीमथि सदा र सदासर्वदा हुनु पर्छ ।
१६ अनि पुनः, साच्चैँ नै म तिमीलाई भन्छु, कर्टल्याण्डको भूमिमा मेरा सबै सेवकहरूले परमप्रभु उनीहरूका परमेश्वरलाई सम्झनु पर्छ अनि मेरो गृह पनि, पवित्र राख्नु र संरक्षण गर्नु पर्छ, र पैसा आर्जन गर्नेहरूलाई मेरो आफ्नै समयमा परास्त गर्ने छु, परमप्रभु भन्नुहुन्छ । तसर्थ यस्तै हुने छ । आमीन ।