धर्मशास्त्रहरू
सिद्धान्त र करार ८७


खण्ड ८७

अगमवक्ता जोसेफ स्मिथद्वारा, युद्धका सम्बन्धमा कर्टल्याण्ड, ओहायोमा वा नजिकै, डिसेम्बर २५, १८३२ मा दिइएको प्रकाश र भविष्यवाणी । यस समयमा संयुक्त राज्यमा दासप्रथा र साउथ केरोलाइनाको संघीय शुल्कहरू रद्द गर्ने विषयमा विवादहरू चलिरहेका थिए । जोसेफ स्मिथको इतिहासले बताउँछ कि “चर्चले उजाड स्थानबाट यसको यात्रा सुरु गरेदेखि” “राष्ट्रहरू बीच समस्याहरूको उपस्थिति” अगमवक्तालाई यस पूर्व देखिने भन्दा “अझै बढी देख्न सकिने” बनिरहेका थिए ।

१–४, उत्तरी राज्यहरू र दक्षिणी राज्यहरू बीच युद्धको भविष्यवाणी गरिएको छ; ५–८, पृथ्वीका सबै बासिन्दाहरूमाथि ठूलो विपत्ति आइपर्ने छ ।

साच्चैँ नै, परमप्रभु ती युद्धहरूका सम्बन्धमा यसो भन्नुहुन्छ जुन छिट्टै पूरा हुने छन्, साउथ केरोलाइनाको विद्रोहबाट सुरु भएर, धेरै आत्माहरूको मृत्यु र दुःखमा अन्ततः समाप्त हुने छ;

अनि समय आउने छ कि युद्ध सबै राष्ट्रहरूमा खन्याइने छ, यस स्थानबाट सुरू भएर ।

किनकि हेर, दक्षिणी राज्यहरू उत्तरी राज्यहरू विरुद्ध विभाजित हुने छन् र दक्षिणी राज्यहरूले अन्य राष्ट्रहरूलाई बोलाउने छन्, ग्रेट ब्रिटेनको राष्ट्रलाई समेत, जसरी यसलाई भनिन्छ र तिनीहरूले अन्य राष्ट्रहरूका विरुद्ध आफ्नो रक्षा गर्न अन्य राष्ट्रहरूलाई पनि बोलाउने छन्; अनि युद्ध सबै राष्ट्रहरूमा खन्याइने छ ।

अनि यस्तो हुन जाने छ, धेरै दिन पछि, दासहरू तिनीहरूका मालिकहरू विरुद्ध खडा हुने छन्, जसलाई युद्धका लागि सङ्गठित र अनुशासित गरिने छ ।

अनि यो पनि हुन जाने छ कि भूमिका बाँकी रहेका अवशेषहरूले आफैँलाई युद्धका लागि सङ्गठित गर्ने छन् र अत्यन्तै क्रोधित हुने छन् र गैर-यहूदीहरूलाई पीडादायी आक्रोशले सताइने छ ।

अनि यसरी, तरवार र रक्तपातले पृथ्वीका बासिन्दाहरूले शोक गर्ने छन्; अनि अनिकाल, महामारी, भूकम्प, आकाशको गर्जन र भयङ्कर र ज्वलन्त बिजुलीका साथ, पृथ्वीका बासिन्दाहरूलाई रीस, क्रोध र सर्वशक्तिमान परमेश्वरको हप्काइका हातको अनुभूति गराइने छ, सर्वनाशको उर्दीले सबै राष्ट्रहरूको पूर्ण अन्त्य नगरेसम्म;

ताकि सन्तहरूको क्रन्दन र सन्तहरूको रगतको, तिनीहरूका शत्रुहरूमाथि प्रतिशोध लिन जमिनबाट, सबाथका परमप्रभुको कानमा आउन बन्द हुने छ ।

यसकारण, पवित्र स्थानहरूमा खडा होओ र परमप्रभुको दिन नआउँदा सम्म विचलित नहोओ; किनकि हेर, यो छिट्टै आउँदै छ, परमप्रभु भन्नुहुन्छ । आमीन ।