खण्ड १६
अगमवक्ता जोसेफ स्मिथ मार्फत् पिटर व्हिट्मर जुनियरलाई फेएट, न्यू योर्कमा जून १८२९ मा दिइएको प्रकाश (हेर्नुहोस् यस शीर्षकमा खण्ड १४) । पिटर व्हिट्मर पछि गएर मोर्मोनको पुस्तकका आठ साक्षीहरू मध्येका एक साक्षी बने ।
१–२, परमप्रभुका बाहु पृथ्वीभर फैलिएका छन्; ३–६, सुसमाचारको प्रचार गर्नु अनि जीवात्माहरूलाई मुक्ति दिलाउनु सबैभन्दा मूल्यवान् कार्य हो ।
१ सुन, मेरा सेवक पिटर, अनि तिम्रा परमप्रभु अनि तिम्रा मुक्तिदाता येशू ख्रीष्टका वचनहरूमा ध्यान देऊ ।
२ किनकि हेर, म तिमीलाई स्पष्टता अनि शक्तिका साथ भन्छु, किनकि मेरा बाहु पृथ्वीभर फैलिएका छन् ।
३ अनि म तिमीलाई त्यो भन्छु जुन कुनै मानिसलाई थाहा छैन, तिमी र म बाहेक—
४ किनकि धेरै पटक तिमीले सबैभन्दा मूल्यवान् तिम्रा लागि के हुन सक्छ भनेर मबाट जान्ने चाहना गरेका छौ ।
५ हेर, यसका लागि तिमी आशीषित छौ र मेरा आज्ञाहरूअनुसार मैले तिमीलाई दिएका मेरा वचनहरू बोलेकोमा ।
६ अनि अब, हेर, म तिमीहरूलाई भन्छु, कि तिम्रा लागि सबैभन्दा मूल्यवान् कार्य यी मानिसहरूलाई पश्चात्ताप घोषणा गर्नु हो, ताकि तिमीले मकहाँ जीवात्माहरूलाई ल्याउन सक्छौ, कि तिमीले उनीहरूसँग मेरा पिताका अधिराज्यमा विश्राम गर्न सक्छौ । आमीन ।