धर्मशास्त्रहरू
सिद्धान्त र करार ९


खण्ड ९

अगमवक्ता जोसेफ स्मिथद्वारा ओलिवर काउड्रीलाई हार्मोर्नी, पेन्सिलभेनियामा, अप्रिल १८२९ मा दिइएको प्रकाश । ओलिवरलाई धैर्य गर्न चेतावनी दिइन्छ र अनुवाद गर्ने प्रयास गर्नुको सट्टा, केही समयका लागि अनुवादकको श्रुतिलेखमा रहन आग्रह गरिएको छ ।

१–६, अन्य प्राचीन अभिलेखहरू अनुवाद हुन बाँकी छन्; ७–१४, मोर्मोनको पुस्तक अध्ययन र आध्यात्मिक प्रमाणीकरणद्वारा अनुवाद गरिएको छ ।

हेर, म तिमीलाई भन्दछु, मेरा छोरा, कि तिमीले मैले चाहना गरे अनुसार अनुवाद गरेनौ र मेरा सेवक, जोसेफ स्मिथ, जुनियरका लागि लेख्न पुनः सुरू गर, त्यसरी नै म चाहन्छु कि तिमीले यो अभिलेख पूरा नगर्दासम्म तिमीले निरन्तरता दिनु पर्छ, जुन मैले उनलाई सुम्पेको छु ।

अनि तब, हेर, मसँग अन्य अभिलेखहरू छन्, कि म तिमीलाई शक्ति दिने छु कि तिमीले अनुवाद गर्न सहयोग गर्न सक्छौ ।

धैर्य होऊ, मेरा छोरा, किनकि ममा ज्ञान छ कि वर्तमान यस समयमा तिमीले अनुवाद गर्नु उपयुक्त छैन ।

हेर, तिमीलाई सम्पन्न गर्नका लागि बोलावट गरिएको कार्य मेरा सेवक जोसेफका लागि लेख्नु हो ।

अनि, हेर, तिमीले अनुवाद गर्न सुरू गरेपछि तिमीलाई आज्ञा दिए अनुसार तिमीले निरन्तरता दिएनौ कि मैले तिमीबाट यो विशेषाधिकार खोसेको छु ।

गनगन नगर, मेरा पुत्र, ममा ज्ञान छ कि मैले तिमीसँग यस प्रकार व्यवहार गरेको छु ।

हेर, तिमीले बुझेका छैनौ; तिमीले सोचेका थियौ कि म तिमीलाई दिने छु, जब तिमीले मसँग माग्न बाहेक केही विचार गरेनौ ।

परन्तु, हेर, म तिमीलाई भन्दछु, कि तिमीले यसलाई आफ्नो मष्तिष्कमा अध्ययन गर्नु पर्छ; त्यसपछि तिमीले यदि यो सही छ भनेर मलाई सोध्नु पर्छ र यदि यो सही छ भने, मैले तिमी भित्र तिम्रो हृदयमा जल्ने बनाउने छु; त्यसकारण, यो सही हो भनेर तिमीले महसुस गर्नु पर्दछ ।

परन्तु यदि यो सही छैन भने, तिमीमा त्यस्तो कुनै भावना आउने छैन तर तिमीमा सोचको गडबड हुने छ जुन तिमीलाई गलत विषय बिर्साउने कारण हुने छ; त्यसकारण, जुन पवित्र छ त्यो तिमीलाई मैले नदिएसम्म तिमीले लेख्न सक्दैनौ ।

१० अब, यदि तिमीलाई यो जानकारी भएको भए तिमीले अनुवाद गर्न सक्थ्यौ; तैपनि, तिमीले अहिले अनुवाद गर्नु उपयुक्त छैन ।

११ हेर, यो उपयुक्त थियो जब तिमीले प्रारम्भ गरेका थियौ; तर तिमी डरायौ, अनि समय बितिसकेको छ र यो अहिले उपयुक्त छैन;

१२ किनकि, के तिमीले देख्दैनौ कि मैले मेरा सेवक जोसेफलाई पर्याप्त शक्ति दिएको छु, जसद्वारा यो बनाइएको छ? अनि तिमीहरू मध्ये कसैलाई पनि मैले दोषी ठहर्‍याएको छैन ।

१३ मैले तिमीहरूलाई आज्ञा दिएको यो कार्य गर, अनि तिमीहरू सफल हुनु पर्दछ । आस्थावान् बन, र कुनै प्रलोभनमा नपर ।

१४ मैले तिमीलाई बोलावाट गरेको कार्यमा दृढ बन र तिम्रो शिरको एक केश पनि हराउने छैन र तिमी अन्तिम दिनमा उचालिने छौ । आमीन ।